एअरपोर्टको सुन, ल्याम्ने कोहुन कोहुन, तर, गृहमन्त्री चोखो हुन !
हाम्रो नारन कम्रेसको यो सुन काण्डमा कुनै संलग्नता छैन । म यो अप्पर डोल्पाको भेडी गोठमै बस्ने भए पनि उनी संलग्न नभको ठोकुवा गर्छु । सप्पैले बुझे हुन्छ गृहमन्त्री नारन काम्रेसले अबो त्यो जाबो एक सय केजी सुन ल्याम्न त्यत्रो दुख गर्नै पर्दैन । यसपालि पनि हाम्रो नारन काम्रेसले धेरै भनेको भए एरपोर्टको केटाहर्लाई “परिपञ्च, परिबन्ध र नरमकरम मिलाएर, पूर्व अर्थमन्त्री धनार्जनसंग सम्पर्क गरिकन पास गराउनु” भनेर आदेश दिए होलान । गृहजस्तो मन्त्रीले २ वर्ष अघिदेखि सजिलोसँग आइरहेको विषयमा आदेश पनि दिन नपाम्ने ? ल्यायौ त ल्यायौ लौ के गर्छौ? हैन ती गणेश बस्नेत भन्ने कोरान ! हाम्रो नारन काम्रेसलाई अप्ठ्यारो पर्ने गरि लेख्ने ? सम्झियो कि बत्तिसा कर्केर आम्छ ।
ललिता निबास र नक्कली भुटानी शरणार्थी प्रकरणतिर हेर्न छाडेर पत्रकारहरू पनि के भाको हाउ ! हुन त हाम्रो नारन दाइले पनि केजातिहर्लाई चाहिँ मिलाकै रैनछ । त्यो राजस्व अनुसन्धान भन्ने को हो ! त्यसलाई पनि “हङकङको प्रसाद” भनेर बिलो दिएको भए यो भ्याउलो आइलाग्ने नै थिएन । भित्रको केटाहर्लेत त्यत्रो सुन बाहिरसम्म ल्याएर पुरुसकार, तक्मा र बढुवा पाम्ने काम गरि त हाल्यो । हाम्रो माउवादीको पनि मान्छे चाहिँ ठाउँ ठाउँमा छ क्या । परेको बेलामा माउवादी काम्रेसहर्लाई काम लाग्छ भनेर त्यत्रो सुन झ्यााप बोकेर त्यहाँको माउवादी केटोहर्ले सिनामंगलस्थित गोदामसम्म ओसारे छ । त्यतिमात्र होर ! कारापकुरुप पारेर, ट्याक्सीमा हालेर बाजेको सेकुवानेर पुराई सकेको थियो ।
नारन दाइले त गर्देको हो । त्यतिको चाँजोपाँजो मिलाउन अरुलाई गारै पर्थ्यो । धनार्जन र हामी माउवादीकै अपजसे खप्पर । त्यति ओर ल्याएपछि २०६७/६८ सालतिर बैंक लुटेर ल्याम्दा सुन, चाँदी र नगद बोक्नेलाई हाम्रो हतियारधारी जत्थाले छेकोमारेर हिडाए जस्तो हिडाउनु पर्थ्यो । यहींनेर गल्ती भो । अब दुनियाँले हाम्रै माउवादीले सुन ल्याएको भन्ने ठोकुवा गर्न थाले । अर्थ सचिव, हवाई विभागका हाकिम, विमानस्थलमा कार्यत सुरक्षा निकायका, भन्सारका बड्कालगायतले सत्य कुरा फ्याट्ट बोले भने हामी त झ्यालखानातिर । तिनार्लाई “म छु, नडराम्नु” भन्नू है नारन दाइ । ढाडस दिदै गर्नुपर्छ । पत्रकारलाई पो धम्क्याउन सकियो, छिस् पोल खुल्यो भने हाम्रो त हड्डी मकियो ।
नारन दाइले पहिला काभ्रेका नेता स्वर्गीय कमान सिंह लामाको दुई करोड रुपैयाँ र घरबार चिरिप्प पार्दा कमान सिंह बोल्नै सकेनन् । अहिले अर्काको देशबाट नाथे सय किलो सुन ल्याम्दा यत्रो हल्लखल्ल ! बाहिरतिर अहिले हामीलाई हेपेर बोल्न थालेका छन् । हिजै बेलुका काङ्ग्रेसी नेताले “यदि तिमार्को मिलोमतोमा सुन ल्याको होइन भन्छौ भने लौत विमानस्थलमा कार्यरत ठूला कर्मचारीलाई समातेर देखाउ” भनेर धम्क्याए । हाम्रो नारन दाइले पत्रकार गणेबस्नेतसँग गला मिलार के गर्नु ! उता काङ्ग्रेसी सांसदहरू एकहात माथि उफ्रिएर “गृहमन्त्रालयकै सेटिङमा १०० किलो सुन भन्सारको सबै जाँच पास भएर बाहिरिएको हो” भन्दैछन् । अझ पुर्वको कौना जिल्लाबाट जितेर आएका हुन सुनिल शर्मा भन्ने सांसद “गृहमन्त्रीलाई सोधपुछ गर्न जाउ” भनेर काङ्ग्रेसका अरु नेतालाई पनि उचाल्दै थिए । काङ्ग्रेसीहरू उचालिनु भनेको हामी थचारिनु हो । हाम्रो माउवादी काम्रेसहर्ले खै कुरो बुझेको !
सय किलो सुन काण्डको, हामीले जतिसुकै ढाकछोप गरे पनि सेटिङमा अएरपोर्ट पुगेका हाम्राहरू नपक्रिएसम्म छोपिदैन जस्तो छ । अब उता तिनारू पक्राउ परे भने यता हाम्रो माउवादी पार्टीका ठूला नेता जति सोलोङलोङ जेलतिर हुन बेर छैन । भुटानी शरणार्थीमा पनि हाम्रो एकजना ठूलै नेता सर्लक्क जोगिनु भा छ । अब यसमा पनि फुत्त ओभानो हुने चतुरो जुक्ति लाम्नुपर्छ । लाम्नु त पर्छ भनियो तर, कसरी ! जरोदेखि टुप्पोसम्म हामी नै छौ ! तालाचाबी हाम्रै महान नेताहर्को हनतमा छ । अएरपोर्टका लोडर, खरदार र टाइपिस्टलाई पक्रेर के पार लाग्लार ! अब एउटा उपाय बाँकी छ । बुढानिलकण्ठ भगवानको शरणमा पुगेर यो भन्दा अघि हाम्रो आफ्नै देउवा दाइलाई प्रधानमन्त्री बनाउन जसरी प्रचन्न र माधवले स्तुत्य स्तुति बन्धना गरेका थिए सुन काण्डको डर लाग्दो दण्डबाट बच्न त्यसै गर्ने । त्यही “स्तुत्य स्तुति बन्धना”बाट दाजु-भाउजू प्रसन्न होइबक्सने छ । र आफ्नै काङ्ग्रेसलाई पापको भागिदार बनाएर भए पनि हाम्रा नेताहर्लाई दण्ड सजायबाट अमलेख गरिबक्सने छ ।
बुढानिलकण्ठ निबास जाँदा एउटा बोतलमा झुसी ठर्रा र अर्को बोतलमा विदेशी “होइन” लिएर जानु । त्यसै पनि हाम्रो माउवादी पार्टी “यित्रु” भर खिएर सकिन लागेको छ । अहिले पनि देउवा दाइको आशीर्वादले राज्य ढुकुटीमा फुपूको सराद्धे गरेर डकारी रहेका छौ । हेक्का रहोस् काम्रेस ! अहिलेसम्म हामीले गरेका तमाम अपराधहरू छोपिएर रहेका छन् । जब उद्यौली हावा चल्छ तब हाम्रो अपराध छोप्ने भारतीय टपरी त्यही हावाले उडाउँछ । भारतले “काम लाग्यो भाँडो,आफल तेरो ठाँडो” बनाम्ने छ । जसले जतिसुकै खोके पनि अब हाम्रो एकलौटी पार्टी शक्तिमाथि अर्कैले आइस ब्रेक गर्यो । टाउकामा टेकेर गर्धनमा बजायो काम्रेस । हामीले पेलपाल गरेर बोल्न नदिएकाहरू अहिले उठेर बोल्न थालेका छन् । हामीबाट लुटिएका, कुटिएका, काटिएका, अपांग भएका, लखेटिएका सप्पै मिलेर हामीलाई नै लखेट्न खोज्दैछन् । राति सपनामा पनि कमान सिंह लामाको प्रतिनिधित्व गर्दै तर्साउन आम्छन् । माम्रेस हामी अहिले सत्तामा भर मात्रै हो नत्र हामीलाई डाडो कटाइ सक्ने थिए । आफू जोगिनु र हामीलाई पनि जोगाउनु । प्रचन्न काम्रेसलाई युरोप अम्रिका नपठाम्नु । के हो के हो चिप्पझ्याप पार्न सक्छ ।