परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कपन बासीको भरोसा राजन भट्टराई

काठमाडौं । प्रतिनिधिसभाको गत निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरू फेरि अाफ्नो क्षेत्रमा देखा पर्न थाल्नु भएको छ । जितेर गइसकेपछि स्थानीय जनता, स्थानीय अावश्यकता र अाफ्नो क्षेत्रका जनताको समस्या तर्फ कुनै ध्यान नदिने नेता गाउँ टोलमा देख्दा चुनाव लागेको अनुभव जनताले गर्न थालेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं. ४ बुढानिलकण्ठ वडा नं. १० निबासी नेपाली काङग्रेसका कार्यकर्ता तीर्थ श्रेष्ठ भन्नु हुन्छ -चुनाव लागे छ । हामीले जिताएर पठाएका नेपाली काङ्ग्रेसका महामन्त्री पाँच वर्षपछि फेरि देखिनु भयो । गफ ठूलो गर्ने काम नगर्ने नेता चुनिए छ अब त्यो गल्ती दोहोराउदैनौ । हामीले गल्ती गरेकै हो सच्याउ छौ ।

यस क्षेत्रका जनताले गगन थापा प्रति निकै अाश गरेका थिए तर, त्यो अाश अहिले निराशामा परिणत भएको छ । नेपाली काङग्रेसले गगनलाई हैंसियत भन्दा ठूलो पद भिराइ दिएपछि कहिले `एमसिसी पास भयो भने मलाई चारपाटा मुडेर चार भञ्ज्याङ कटाउनु´ भन्छन फेरि कहिले `एमसिसी पास भएन भने नेपाल कंगाल हुन्छ´भन्दै पास गर्न ठूलो कसरत गर्छन । कहिले मागेर नेपाललाई धनी बनाउछु भन्दै भाषण गर्छन् । अब हामी गगन जस्ता नेता चुन्ने पक्षमा छैनौ भन्दै श्रेष्ठले अाफ्नै नेता प्रति तितो पोख्नु भयो ।

कपनकै साततले नजिक बस्ने समाजसेवी गोपाल बाबु अधिकारी पनि नेपाली कङग्रेसका नेता गगन थापा प्रति अाक्रोस पोख्दै भन्नुहुन्छ – गगन थापा कृतघ्न बन्नु भयो । गफ ठूलो गर्नु भयो स्थानीय समस्या समाधान गर्न थोरै पहल पनि गर्नु भएन । चुनाव हारेर जानु भएका एमाले नेता डाक्टर राजन भट्टराईले स्थानीय जनताको समस्या समाधान गर्न पहल गर्नु भयो । धेरैतिर खटेर सडक ढलान गर्न, कलभर्ट निर्माण गर्न, ढल निकासको व्यवस्था गर्न र सडक नभएका टोलसम्म पुग्न सडक निर्माण गर्न बजेट निकासा गराउनु भयो । र, निर्माण सम्पन्न गर्न अाफै खट्नु भयो । गगन फर्केर पनि अाउनु भएन । जब चुनाव घोषणा भयो तब फेरि गगन अाएर ठूलठूला भाषण सुनाउदै हुनुहुन्छ । तर, अब यहाँका मतदाताले गगनको गफाडी प्रतिबध्दता पत्याउदैनन् । अहिले यहाँका जनता `जुन नेता यहाँका समस्या समाधान गर्न र बुढानिलकण्ठ नगर क्षेत्रको विकास गर्न खटेको छ उसैलाई भोट दिन्छौ´ भन्न थालेका छन् ।

स्थानीय जनताका अनुसार जितेर गएपछि गगन थापा फर्केर अाउनु भएन भने थोरै मतले पराजित हुनु भएका डाक्टर राजन भट्टराई यहाँका जनताको समस्या समाधान गर्न रातोदिन यहीँ खट्नु भयो । गगन थापाले १० वर्ष यहाँको प्रतिनिधित्व गर्नु भयो । तर, अाफ्नै क्षेत्रका जनताका लागि उहाँ बिरानो बन्नु भयो । अब उहाँलाई यो १० वर्षमा तपाईंले अाफ्नो क्षेत्रको समस्या समाधान खातिर कुन काम गर्नु भयो ? भनेर सोध्ने पक्षमा यहाँका जनता पुगेका छन् । काठमाडौंमा पछि विकास भएको कपन क्षेत्र निकै अस्तब्यस्त शहरको रुपमा चिनिन्छ । सडक, ढल, कलभर्ट, खाने पानीको समस्या समाधान र गुम्बा, मठ मन्दिरको संरक्षण यस क्षेत्रको मुख्य काम हो । तर, हाम्रो प्रतिनिधि गगन थापाले कुनै काम गर्नु भएन भन्दै गोपाल बाबु अधिकारी अगाडि भन्नुहुन्छ डाक्टर राजन भट्टराई बजेट निकासा गराउने देखि सबै काममा खट्दा थापा कहाँ बेपत्ता हुनु भयो ? हामीलाई अनौठो लागेको छ ।

अब अाउने मंसिर ४ गते चुनाव हुने निर्णय भए पछि स्थानीय बुढानिलकण्ठ नगरपालिका अन्तर्गत पर्ने कपन क्षेत्रका जनतामा पनि उम्मेदवारहरूको चर्चा परिचर्चा हुन थालेको छ । पहिला गरेको गल्ती सच्याउने पक्षमा पुगेका मतदाताको रोजाइमा अहिले डा. राजन भट्टराई अग्र पङत्तिमा देखिनु भएको छ । स्थानीय निकायको चुनावी नतिजा यो क्षेत्रमा एमालेको पक्षमा गएको छ भने त्यस पार्टीको संगठन पनि निकै बलियो छ । अहिले गगन थापाकै कारणले काङग्रेस कार्यकर्ता निराश भएको, प्रचार गर्ने ठाउँसमेत थापाले नराखी दिएको विषय काङग्रेस कार्यकर्ता नै भन्दै हिड्न थालेका छन भने यता एमाले नेता डाक्टर भट्टराईले भने स्थानीय जनताको काम गरेर, अाफूलाई मतदाताको प्यारो बनाउन सफल भएको तर्क काङग्रेसहरू नै गर्न थालेका छन् ।

बुढानिलकण्ठ १० कपन निबासी विज्ञान राई अाफ्नो घर अगाडिको ढलान भएको सडक देखाउदै भन्नु हुन्छ – यो सडक राजन भट्टराई अाफै खटेर निर्माण सम्पन्न गराउनु भएको हो । लाजमर्दो कुरो छ हाम्रो नेता गगन थापा चुनाव जितेर गएपछि फर्केर पनि अाउनु भएन । तर, डाक्टर राजन भट्टराई भने यहाँको विकास कार्यमा खुबै खट्नु भएको छ । यस क्षेत्रको विकास र जनताको सुख दुखमा साथ दिने जनप्रतिनिधि चुन्ने हो भने  अब मंसिर ४ गते हुने चुनावमा हामीले राजन भट्टराईलाई जिताउनु पर्छ भनेर टोल बासी बसेर सल्लाह गरी सकेका छौ । उहाँ भन्नुहुन्छ हामीले हाम्रो समस्या समाधान गर्ने प्रतिनिधि खोजेको हो, ठूला गफ गर्ने, काम केही नगर्ने र राष्ट्रघाती काम जति सबै गर्ने नेता खोजेको होइन ।

राईकै छिमेकी युवा विवेक ठकुरी अाक्रोसित हुदै भन्नुहुन्छ – हामीले १० वर्षसम्म गगन थापाई बोकेर ठूलो गल्ती गरेको स्वीकार गरेका छौ । अब हामी प्रायश्चित्त गर्न पनि राजन भट्टराईलाई जिताउन चाहन्छौ । अबको हाम्रो जनप्रतिनिधि भनेको राजन भट्टराई हो, गगन थापा होइन ।

Facebook Comments