परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गाउँवासीको मन जोड्ने परम्परा

लमजुङको दुराडाँडा मुख्य बासस्थान रहेको नेपालको अल्पसंख्यक दुरा समुदाय चाडवाड र संस्कृतिका लागि धनी मानिन्छ । आफ्नै भाषा र संस्कृति भएको दुरा समुदायमा पनि देशका अन्य समुदायले जस्तै धूमधामसँग दशैँ मनाइने गरिन्छ ।

यस समुदायले सनातनदेखि नै दशैँ मनाउन थालेको हो वा समयको कुनै निश्चित कालखण्डदेखि हो ? यसबारे खासै अनुसन्धान भएको छैन । यसबारे ऐतिहासिक अध्ययन गरेपछि मात्र निष्कर्षमा पुग्न सकिएला ।

यही घडीमा गाउँको भावी कार्ययोजनाबारे पनि गाउँलेबीच छलफल हुन्छ । यो जमघट एकप्रकारले सानोतिनो गाउँसभा हो । गाउँका देवीदेउताको पूजा–अर्चना के कसरी गर्ने ? पूजाका लागि बलिको जोहो कसरी गर्ने ? बाटोघाटो, पानीपँधेरा र सन्धिसर्पनको मर्मत–सम्भार र उपयोग कसरी गर्ने ? नाच–घाँटुजस्ता सांस्कृतिक गतिविधि के–कसरी सञ्चालन गर्ने ? यी सबैका बारेमा त्यतिबेलै छिनोफानो हुन्छ।

यद्यपि, दुरा समुदायका लागि दशैँ अभिन्न चाड नै भइसकेको छ । दशैँमा मीठो–मसिनु खाने आमचलन अनुरूप चामल, मासु तथा अन्य खाद्य परिकार जुटाइन्छ । मासुका लागि गाउँले मिलेर राँगो वा र्भैँसीको व्यवस्था गरिन्छ । त्यसलाई अष्टमीको दिनमा काट्ने चलन छ

मासु सबै घरधुरीलाई बराबर बाँडिन्छ । पैसा पनि बराबर उठाइन्छ । यसमा धनी वा गरिबको कुनै सरोकार हुँदैन । आफ्नो परिवारलाई बढी हुने देखिएमा अर्को परिवारलाई मासु दिन सकिन्छ । यसरी सबै घरधुरीलाई समान किसिमले बाँडिने मासुको भागलाई ‘बिलो’ भन्ने चलन छ ।

काटिएको राँगो वा र्भैँसीको टाउको चाहिँ भाग नलगाई जिम्मुवाल वा मुखियाको घरमा राखिन्छ । दशैँको अन्तिम दिन अर्थात् दशैँ पूर्णिमाको दिनमा त्यो टाउको फोरिन्छ । यो काम मुखियाको घरमा हुन्छ । त्यसबेला गाउँवासी तथा तन्नेरी–तरुनीहरू मुखियाको घरमा भेला हुन्छन् । गाउँलेका तर्पmबाट टाउकाको गिदी र जिब्रो मुखियाको परिवारलाई दिने चलन छ ।

मुखियाले मासुसँग खानका लागि गाउँलेलाई छनुवा जाँड र रक्सीको व्यवस्था गर्छन् । त्यहाँ भेला भएका गाउँलेहरूका लागि मकै–भटमास, काँक्रो र घरमा उपलब्ध अन्य खानेकुराको भोज आयोजना गरिन्छ । सबैजना खानपिन गर्दै आपसी आत्मीय भलाकुसारी गर्छन्। त्यस समयमा छिमेकी गाउँ वा इष्टमित्रबाट निम्तो आयो भने नाच नचाउन त्यतातिर जाने चलन पनि छ ।

यही घडीमा गाउँको भावी कार्ययोजनाबारे पनि गाउँलेबीच छलफल हुन्छ । यो जमघट एकप्रकारले सानोतिनो गाउँसभा हो । गाउँका देवीदेउताको पूजा–अर्चना के कसरी गर्ने ? पूजाका लागि बलिको जोहो कसरी गर्ने ? बाटोघाटो, पानीपँधेरा र सन्धिसर्पनको मर्मत–सम्भार र उपयोग कसरी गर्ने ? नाच–घाँटुजस्ता सांस्कृतिक गतिविधि के–कसरी सञ्चालन गर्ने ? यी सबैका बारेमा त्यतिबेलै छिनोफानो हुन्छ ।

सामान्यता, सांस्कृतिक विषयमा निर्णय लिँदा गुरुबाउको भूमिका मुख्य हुन्छ भने अन्य विषयमा मुखियाको केन्द्रीय भूमिका रहन्छ । गाउँलेको सहमतिमा गरिएका यस्ता निर्णयलाई मिच्ने अधिकार कसैलाई पनि हुँदैन ।

यता, खानपिनसँगै गाउँमा रमाइलो वातावरण बन्दै जान्छ । त्यसपछि कृष्णचरित्र र अन्य नाचगान शुरु हुन्छ । गाउँवासी रामरमितामा रमाउन थाल्छन् । अनन्त थकाइहरू भुल्छन् र भोलिको कर्मजीवी जीवनका लागि उर्जा सञ्चय गर्छन् । आपसी मेलमिलाप र आत्मीयताको गाँठो अझ दह्रो पार्छन् ।

दुरा समुदायको यस किसिमको जीवनशैली सामूहिक जीवन पद्धतिको द्योतक हो । यसले ‘म’ भन्दा पनि ‘हामी’ भन्ने भावना विकास गर्छ । सामाजिक मूल्य–मान्यताहरूलाई शिरोपर गर्दै विकास भएको यस प्रकारको स्वस्पूmर्त सामूहिक जीवनशैलीका आयामलाई संरक्षण र संवद्र्धन गर्नु आवश्यक छ ।

हाम्रो सांस्कृतिक पहिचान र एकतालाई बलियो बनाउने यस किसिमको लोकहितैषी चलन बसाल्ने हाम्रा अग्रज तथा पितापूर्खाप्रति कृतज्ञ नबनी बस्नै सकिन्न । समाजलाई एकजुट बनाउने माया–ममता बाँड्न सिकाउने यस्ता चलनले दीर्घकालसम्म निरन्तरता पाउनुपर्छ । समाजको हित र एकताका लागि बाटो देखाउने हाम्रा दिलदार पूर्खालाई लाख लाख नमनका साथ असीम श्रद्धा ! अनि दुरा समुदाय तथा सबै नेपालीहरुमा सनातनी चाड वडा दशैको हार्दिक शुभकामना !

Facebook Comments