परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरनाले स्मरण गराएको विगत र सिर्जित चुनौती

विश्व आज कोरना प्रकोपबाट गुज्रिरहेको छ। कोरना भाइरसबाट विश्वमा हालसम्म करिव एक करोड मानिससंक्रमित छन् भने पाँच लाखको हाराहारी तिर मृत्यु हुने संख्या बढी रहेको छ। शक्ति सम्पन्न देश अमेरीकाका यो प्रकोपबाट बढी आक्रान्त छ भन्ने कुरा तथ्याङ्कहरुले देखाई रहेका छन्। उत्तर अमेरिकामा साढे तेइस लाख जति संक्रमित छन् भने सवा एक लाखको मृत्यु भई सकेको छ। अमेरीका लगायत शक्ति संम्पन्न राष्ट्रहरु कोरनाको प्रकोपबाट कसरी र कहिले मुक्ति पाउने भन्नेमा अन्यौलग्रस्त छन्। नेपाल जस्ता अति कम विकसित राष्ट्रहरुमा कोरना प्रकोप नियन्त्रणमा विद्यमान् स्वास्थ्य क्षेत्रका पूर्वाधार, खर्च ब्यवस्थापन र नागरिकहरुका दैनिक गुजारा, वेरोजगारी ब्यवस्थापन चुनौतीपूर्ण छन् र चुनौती थपिने झनै निश्चित छ। २०२० मे महिनाको ८ तारिखमा अमेरीकामा एक अफ्रो अमेरीकन डेभिड फ्लोएडको हत्या पछि तरङ्गित विश्व विगतलाई पुन एक पटक स्मरण गर्न बाध्य भएको छ।

पहिलो विश्व युद्ध शुरु हुन अगावै अमेरीका र यूरोपले अफ्रिकी महादेशको प्राकृतिक स्रोत भण्डार र अर्थतन्त्रलाई उपनिवेशको माध्यमबाट टाट पल्टाइसकेका थिए। अफ्रिकाको अर्थ राजनीति मात्र होइन धार्मिक, साँस्कृतिक, संस्कार, भाषा, भेषभूषा आदि सबै विस्थापित गराइ दिए। त्यतिले नपुगेर कृतिम बिभाजनको रेखा कोरी सिङ्गो अफ्रिका महादेशलाई नियतवश गृह युद्धको भूमरीमा जाकिदिए। आजसम्म पनि यस महादेशका अधिकाशं देशहरु गृहयुद्ध, भोकमरी, अशिक्षा र वेरोजगारीबाट अस्थिर राजनीतिको चपेटाबाट गुज्रिरहेको यथार्थ छ।

यूरोप र अमेरीकाको समृद्धिको आधारः दाश ब्यापार

पन्ध्रौ शताब्दिको मध्यबाट अफ्रिकी महादेशमा आरम्भ भएको उपनिवेशवादी राजनीतिक ब्यवस्थाले अफ्रिकी जनताको बैचारिक, सांस्कृतिक र जीवन शैलीमा सदाका लागि नकारात्मक परिवर्तन ल्यायो। अफ्रिकी भाषा, भेषभूषा, कपाल कटाई, धार्मिक आस्था, परमपरागत कृषि उत्पादन सबै सङ्कट ग्रस्त भई क्रमशः पलायन भए। साम्राज्यवाद विस्तारको प्रकृयामा अवलम्वन गर्न बाध्य पारिएको औपनिवेशिक ब्यवस्था अन्र्तगत एटलान्टिक दाश ब्यापारले अफ्रिकी मौलिक अर्थ ब्यवस्था चकनाचुर भयो। अफ्रिका र यूरोप बीच भएको यस सम्बन्धले अफ्रिका क्रमशः ध्वस्त हुँदै गयो तर त्यही सम्बन्धले यूरोपमा समृद्धि र विकासको लहर ल्यायो।

यूरोपले अफ्रिकाको ब्यापारलाई पूर्णत नियन्त्रणमा राख्यो। अफ्रिकालाई उपनिवेश बनाउनुको उद्देश्य भौतिक, मानवीय र प्राकृतिक स्रोतमाथि चरम शोषण गरी आफू समुन्नत बन्नु नै थियो। त्यसैले अफ्रिकालाई विभाजन गरी अफ्रिकी अर्थ ब्यवस्थाको स्वस्फूर्त विकाशलाई ध्वस्त परेर नियन्त्रणमा लिने काम भयो। तत्कालीन समयमा विकासको चरणबाट गुज्रिरहेको यूरोपलाई कच्चा पदार्थ आवश्यक थियो, जसको आपूर्तिको विकल्प अफ्रिका नै थियो।

अफ्रिकन नागरिकहरुलाई नियन्त्रणमा लिंदै यूरोपले आफ्ना औपनिवेशिक अर्थतन्त्र भएका अमेरीका लगायतका क्षेत्रहरुमा ‘दाश’ बनाई बेच्ने काम ग¥यो। औपनिवेशिक अर्थतन्त्र भएका ती क्षेत्र वा देशहरु सोह्रौं देखि अन्नाईसौं शताब्दीसम्म तिनै दाशका भरमा उत्पादन र सेवा कार्यमा निर्भर रहे। दाशहरु सबैखाले काम गर्न बाध्य थिए। मूलत कृषि फर्मका क्षेत्रमा उनीहरुले उल्लेख्य योगदान गरे। अमेरीकालाई हालको विश्वको ठूलो अर्थतन्त्र बनाउँन तिनै ‘दाश’हरुले अतुलनीय योगदान गरे। अमेरीकी स्वतन्त्रताको आन्दोलनमा समेत सक्रिय रुपले भाग लिए। इतिहासविद् ईरीक बिल्लियम्सका अनुसार (१९४४ मा) उपनिवेशहरु वा अफ्रिका र क्यारवियनसंग गरेको दाश ब्यापारको नाफाले ब्रिटेनको औद्योगिक क्रान्तिमा ठूलो योगदान पु¥यायो। यूरोपियनहरु अफ्रिकीसंग भएको ब्यापार नाफाबाट झनै बढी दाशहरु किन्ने गर्दथे। सन् १८०७ मा ब्रिटेनले र १८०८ मा मात्र आएर अमेरीकाले दाश ब्यापारमा प्रतिबन्ध लगाए।

पहिलो, दोस्रो विश्व युद्ध पछिको परिणाम

पहिलो विश्व युद्ध शुरु हुन अगावै अमेरीका र यूरोपले अफ्रिकी महादेशको प्राकृतिक स्रोत भण्डार र अर्थतन्त्रलाई उपनिवेशको माध्यमबाट टाट पल्टाइसकेका थिए। अफ्रिकाको अर्थ राजनीति मात्र होइन धार्मिक, साँस्कृतिक, संस्कार, भाषा, भेषभूषा आदि सबै विस्थापित गराइ दिए। त्यतिले नपुगेर कृतिम बिभाजनको रेखा कोरी सिङ्गो अफ्रिका महादेशलाई नियतवश गृह युद्धको भूमरीमा जाकिदिए। आजसम्म पनि यस महादेशका अधिकाशं देशहरु गृहयुद्ध, भोकमरी, अशिक्षा र वेरोजगारीबाट अस्थिर राजनीतिको चपेटाबाट गुज्रिरहेको यथार्थ छ।

पहिलो र दोस्रो विश्वयुद्ध दुवै जर्मनी र यूरोपका लागि दुभाग्य सावित भयो। पहिलो विश्वयुद्धले अधिराज्यहरु धस्त बनाई धेरै नयाँ राज्यहरु निर्माण ग¥यो र यूरापियन उपनिवेशहरुलाई स्वतन्त्र हुन प्रोत्साहन ग¥यो। प्रथम विश्व युद्धले अमेरीकालाई विश्वको शक्तिशाली राष्ट्र भनी चिनायो, रुसमा सोभियत कम्न्यूज्मको नेतृत्व स्थापित र जर्मनमा हिटलरको जगजगी थियो।

दोस्रो विश्व युद्ध पश्चात् यूरोपियन उपनिवेश भएका राज्यहरु क्रमश घटदै गए। अमेरीका र सोभियत संघ ठूला शक्ति सम्पन्न राष्ट्रहरु भए र शीत युद्धको थालनी भयो।

सन् १९४४ मा अमेरीका र ब्रिटेनले एङलो–अमेरीकन पेट्रोलिएम संझौता गरे। तत् पश्चात् अमेरीकाको मध्य पूर्वमा प्रत्यक्ष सहभागीता रहदै आएको छ। दोस्रो विश्व युद्ध पछि अमेरीकाले पश्चिम एसिया क्षेत्र (खाडी मुलुकहरु) लाई रणनीतिक हिसाबले बढी महत्व दिदै आयो। पश्चिम एसिया क्षेत्रका देशहरुमा रहेको अथाह पेट्रोलियम खानीको स्रोतमाथि कब्जा जमाउनु नै अमेरीकाको मूल ध्येय थियो त्यसैले त्यहाँ पनि फुटाउ र राज गरको रणनीति अख्तियार ग¥यो। सबैलाई थाह छ ईरान–ईराक युद्ध, अरव–ईजरायल युद्ध, आईएसआइएस, तालिवान, अलकाइदा, मुजाहिद्दिनको गठन र परिचालन, शद्दाम हुसेनको अन्त्य, सिरीया युद्ध लगायत सबै द्वन्द्वमा अमेरीकाको प्रत्यक्ष संग्लनता रह्यो। दार्शनिक नम चोस्कीका अनुसार विश्व इतिहासमा अमेरीकालाई पश्चिम एसियाली क्षेत्र सबभन्दा ठूलो भौतिक पुरस्कार हो। अर्को क्षेत्र वा देशको प्राकृतिक स्रोत र सम्पदा हत्याउन पुरै निर्लज्लताका साथ विगतमा ब्रिटेन र हाल अमेरीकी अग्रसरता रहे।

अन्य आकर्षणहरू

पश्चिम एसियाली क्षेत्र तहसनहस गरेपश्चात् अमेरीकाको नयाँ योजना अनुरुप इण्डो–प्यासिफिक रणनीतिले सन् २००६÷०७ सालदेखि क्रमशः आकार ग्रहण गर्दैछ। यसको उद्देश्य चीनले प्राथमिकताका आधारमा विकास गरेको आर्थिक र रणनीतिक क्षमतालाई रोकेर भारतको आर्थिक र सैनिक शक्ति बढ्वा गर्नु हो। सरल भाषामा यसलाई चीन घेर्ने रणनीति भनेर पनि बुझिन्छ। यसैसंग जोडरे एम.सी.सी चर्चाको शिखरमा छ। नेपालमा यसको पक्ष र विपक्षमा बहस तीव्र छ। यस सन्र्दभमा राष्ट्रिय स्वास्र्थका आधारमा समान धारणा बनाउन नसक्नु विडम्वना नै मान्नु पर्छ। यस सन्दर्भमा उल्लेखित अफ्रिका र खाडी क्षेत्रको घटनाक्रमलाई सरसर्ती हेर्ने हो भने अमेरीकी र यूरापेली सहयोगका नाममा आएका दुस्परिणाम बुझ्न कठीन छ र ?

जर्ज फ्लोइडको हत्या र मानव अधिाकार

सन् २०१८ अमेरीकाको जनगणना ब्यूराले अनुमान गरे अनुसार कुल जनसंख्या (पउने ३३ करोड) मा झण्डै १५ प्रतिशत अफ्रिकन अमेरीकनको उपस्थिति छ। त्यस्तै यूरोपको कुल जनसंख्यामा झण्डै एक करोड २० लाख जनसंख्या अफ्रिकनहरुको छ। यो संख्याको दुई तिहाईभन्दा बढीको उपस्थिति ब्रिटेन र फ्रान्समा मात्रै छ। यदि उत्तर अफ्रिकाबाट अरव हुँदै हाल यूरोपमा बसोवास गर्नेहरुको संख्या जोड्ने हो भने यो भण्डै दुई करोड ४० लाख हुन आउँछ। आफ्नो सर्वस्व त्याग्न बाध्य पारेर यूरोप र अमेरीकाको उत्थानमा सम्लग्न बनाइएका ती अफ्रिकी अमेरीकनहरुमा शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा आदिमा समान पहुँच छैन। आज कोरनाको प्रकोप पछि परिस्थिति फेरिएको छ, समान पहँुच झनै टाढाको विषय हुन पुगेको छ। कोरनाको सबभन्दा बढी प्रतिकुल प्रभाव तिनै काला जातिमा पर्ने निश्चित छ। मेडिकल न्यूज टुडेका अनुसार अमेरीकामा बर्ण अनुसार स्वास्थ्यमा असमानता छ। गोरा अमेरीकन भन्दा अफ्रिकन अमेरिकनहरुको मर्ने संख्या साढे तीन गुणा बढी हुने संभावना छ। कोरनाको कारणले गोराभन्दा कालाको मृत्यूदर पनि करिव साढे दुई गुण बढी छ।

जर्ज फ्लोइडको हत्या पछि ब्रिटेनका एक दाश ब्यापारी ईडवर्ड कोलस्टानको मूर्ति ढालियो जो रोयल अफ्रिकन कंम्पनीका सदस्य थिए र एकलाखभन्दा बढी पुरुष, महिला र केटाकेटीलाई पश्चिम अफ्रिकाबाट अमेरीका र क्यारेवियनमा दाश बनाई बेचेका थिए। हिजोआज विश्वमा यस्ता दाश ब्यापारीको मूर्ति ढाल्ने क्रम जारी छ। फ्लोइडको हत्या पछि रेसरड ब्रोक्सको हत्या अमेरीकामा भयो। अमेरीका र यूरोपमा स्वस्फूर्तरुपमा जर्ज फ्लोइडको हत्याको ब्यापक विरोध भए पनि अन्य देशमा यस्ता घटना हुँदा चर्को विरोधमा उत्रने संयुक्त राष्ट्र संघका मानव अधिकार प्रमुख, अफ्रिकन यूनीयन, यूरोपियन युनियन, एमनेष्टि ईन्टरनेशनल र ह्यूमन राईट वाचले विरोधलाई सामान्य प्रेस वक्तब्यमा मात्र सिमित गरे। नेपालका मानव अधिकारवादी कता छिरे पत्तो भएन। तर एक गेरु बस्त्र धारी मानवअधिकारवादीले भारत र चीन बिच गलवान घाँटीमा १६ जुनमा सीमा विवादमा घटेको घटनाका सन्दर्भमा चाईना वारः क्राईम लेखेर छातिमा टाँसीेएको पोष्टर फेसबुकमा देख्न पाइयो। यसले नेपालका मानव अधिकारवादी संघ संगठनहरुको वास्तविकता पनि उजगार गरेको छ।

कोरना प्रकोप पछिको हाम्रो चुनौती

कोरनाका कारण विश्व अर्थतन्त्रमा प्रतिकुल प्रभाव पार्नेमा दुईमत छैनक। अन्र्तराष्ट्रिय मुद्रा कोष प्रमुखका अनुसार विश्वब्यापी रुपमा ब्यापक बन्दाबन्दीका कारण आर्थिक बृद्धि ऋणात्मक हुनेछ र ‘जी –२०’ देशहरुले कम आय भएका देशहरुलाई धेरै सहयोग गर्नु पर्नेछ। बन्दाबन्दीले गर्दा अर्थतन्त्रमा खपत कम हुने र यसको चौतर्फी नकारात्मक प्रभाव उद्योग, पर्यटन र सेवा क्षेत्रमा पर्ने निश्चित छ। अन्तराष्ट्रिय श्रम संगठनका अनुसार अनौपचारिक क्षेत्रमा काम गर्ने एक करोड सागी लाख मानिसको जीवनयापन धरासयी हुनेछ।

अन्त्यमा, विश्वमा सरकारहरुले कसरी कोरना महामारीको नियन्त्रण गर्छन र यसबाट सिर्जित समस्याको कति कुशलतापूर्वक समाधान गर्दछन् त्यसैमा नै सरकार र राजनीतिक स्थिरता निर्भर हुनेछ। यसबाट नव उदारवादको चपेटामा परेका नेपालजस्ता परनिर्भर अर्थतन्त्र भएका मुलुकहरु बढी प्रभावित हुने निश्चित छ। नेपालको अर्थतन्त्रलाई स्वाधीन अर्थतन्त्रमा बदल्न सकिने आँकलन थियो तर त्यसतर्पm सरकारकोे ध्यानमा कमी आएको हो कि भन्ने अडकल गर्न थालिएको छ। त्यसका साथै विश्वमा शक्ति सम्पन्न राष्ट्रहरुले कोरना महामारीलाई देश भित्र र विश्वभर कसरी समाधानको पहल गर्छन् यसैका आधारमा भावी विश्व राजनीतिको नयाँ शक्ति संन्तुलन कायम हुने निश्चित छ।

सन् २०२० को अन्त्यसम्ममा तीन करोड तीस लाख पूर्णकालीन कामदारको समेत रोजगारीमा प्रतिकुलता आउने छ। यो असर कुनै देश वा क्षेत्रमा सीमित हुने छैन तापनि विश्वका ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरीका र चीनले अन्तर्राष्ट्रिय ब्यापारमा ठूलो अबरोध झेल्नु पर्नेछ। यी दुई देश मध्ये कसले कसरी कोरना प्रकोपको ब्यवस्थापन गर्न सफल हुन्छन् भन्ने आधारले धेरै महत्व राख्छ। नेपाल जस्तो कुल ग्राहस्थ उत्पादनमा औपचारीक रुपमा नै लगभग ३० प्रतिशत हिस्सा ओगटने विप्रेशणको कार्ययोजना सहितका विकल्पहरु सरकार र निजी क्षेत्र दुवैले दिन सकेका छैनन्।

कोरना प्रकोपको नियन्त्रणका सम्बन्धमा हालका प्रतिपक्षी दल नेपाली काँगे्रस लगायतका दलहरुबाट नेपाल सरकारले कोरना रोकथाममा उचित कदम चाल्न सकेन भनी विरोध भइरहेको छ। यस सम्बन्धमा समीक्षा गर्नु आवश्यक छ। विरोधको नाममा विरोध हो कि प्रतिपक्षले यसको नियन्त्रणमा कुनै विकल्प पनि सरकार समक्ष प्रस्तुत गरेको छ ? त्यस्तै सेवा प्रवाह गर्ने प्राविधिक र प्रशासनिक कर्मचारीहरु तथा तिनको दक्षता र कुशलता हाल आएर मात्र कम प्रभावी भएको होइन। यसको लामो श्रृङ्खला छ। नेपालमा कर्मचारीतन्त्रलाई पङ्गु बनाउनमा नेपाली काँग्रसको सबैभन्दा ठूलो योगदान छ। सेवा प्रवाह गर्ने प्रशासनिक दक्षता र संयन्त्रले राजनीतिक दल र सरकारप्रतिको जनभावना उजगार गर्ने मात्र हो।

अन्त्यमा, विश्वमा सरकारहरुले कसरी कोरना महामारीको नियन्त्रण गर्छन र यसबाट सिर्जित समस्याको कति कुशलतापूर्वक समाधान गर्दछन् त्यसैमा नै सरकार र राजनीतिक स्थिरता निर्भर हुनेछ। यसबाट नव उदारवादको चपेटामा परेका नेपालजस्ता परनिर्भर अर्थतन्त्र भएका मुलुकहरु बढी प्रभावित हुने निश्चित छ। नेपालको अर्थतन्त्रलाई स्वाधीन अर्थतन्त्रमा बदल्न सकिने आँकलन थियो तर त्यसतर्पm सरकारकोे ध्यानमा कमी आएको हो कि भन्ने अडकल गर्न थालिएको छ। त्यसका साथै विश्वमा शक्ति सम्पन्न राष्ट्रहरुले कोरना महामारीलाई देश भित्र र विश्वभर कसरी समाधानको पहल गर्छन् यसैका आधारमा भावी विश्व राजनीतिको नयाँ शक्ति संन्तुलन कायम हुने निश्चित छ।

Facebook Comments