परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रकृतिले मान्छेलाई दिएको कडा चेतावनी

सन्दर्भ : वातावरण दिवस

एक वातावरणविद् भएको हैसियतले स्वच्छ र सुन्दर वातावरणको मनोकांक्षा राख्नु मेरो अधिकार हो । सायद यो मनोकांक्षा वर्तमान परिस्थितिमा पुरा हुने छैन किनकी प्राकृतिक मात्र नभएर मानव सिर्जित वातावरण पनि प्रदुषित र अस्वस्थ देख्छु र भोग्दैछु।

अझ त्यसै मध्येको एक ठूलो विपद् हामीले वर्तमानमा भोगिरहेका छौं । जुन कोभिड–१९ को रुपमा हामीसँग परिचित छ । यो कुनै नयाँ किसिमको विपद् होइन् तर जल्दोबल्दो भएर उजागर गरेकी हुँ । यस्ता विपद् वर्षौदेखि देखापरेका छन् । तर तुलनात्मक रुपमा यसको संख्या अनि रुप चाहिँ बढ्दो छ । यस्ता विपद्हरू मानवका असंख्यक इच्छा, लोभ र लालचको पूर्तिको फलस्वरुप आएका हुन भन्ने कुरा हामी नकार्न सक्दैनौं । सामाजिक प्राणी भएर मानिसले प्रकृतिका अरु बोल्न नसक्ने प्राणी र तत्वको प्रयोग गलत ढङ्गले गरेकाले यस्ता विपद्को सामना गर्नुपरेको छ । मान्छेले आफूलाई बिनाशर्तको अग्र पंक्तिमा धकेलिरहेका छन् ।

दशकौंदेखि वातावरणको संरचना र ब्यवस्थापन मानव केन्द्रित रहेको छ । मानिसले आफ्नो गाँस, बाँस र कपासको मागलाई पुरा गर्ने वातावरणलाई आफ्नो अनुरुप ढालिरहेका छन् । अझ भनौं यो मागभन्दा बढी मान्छेका स्वार्थ र लोभका कारण यसको विनाशको गति तिब्र पारेका छन् ।

विश्व वातावरण दिवस, हरेक वर्ष जुन ५, मनाउने क्रममा मेरो विद्यालय जीवनको स्मृतिलाई केलाउँछु । वातावरण दिवस मनाउदाँ हामी विद्यालय र त्यसको वरिपरि सफा गथ्र्याैं, प्लेकार्ड बोकेर ¥यालीमा जान्थ्यौं र कार्यक्रममा सहभागी भई भाषण सुन्थ्यौं तर मनन कम हुन्थ्यो ।

बढ्दो उमेर र शैक्षिक योग्यतासँगै ज्ञानको सीमा फराकिलो हुँदैगयो । तर अहिले वातावरण दिवसको बेला वातावरण संरक्षण गर्नुपर्छ भन्ने भाषण सुन्दै गर्दा, देशका कुनाकाप्चामा बन जङ्गल विनाश जारी छ । जङ्गली जनावर मारिदैछन् । चराचुरुङ्गी बासस्थान विहिन छन् । पृथ्वीको बायुमण्डल दुषित ग्यासले भरिदोँ छ र यी घटनासँगै प्राकृतिक प्रकोप पनि बढ्दो छ ।

यस्ता सबै गतिविधि देख्दा मलाई कक्षा ५ मा पढेको न्युटनको सिद्धान्त याद आउँछ “टु एभ्री एक्सन, देयर इज इक्वल एन्ड अपोजिट रियाक्सन” किनकी आजकालका सञ्चार माध्यमका समाचारमा बाढी, पहिरो, किटहरूको वृद्धि जस्ता समाचारहरूको संख्यामा कमी पाउँदिन ।

अझ त्यसै मध्येको एक ठूलो विपद् हामीले वर्तमानमा भोगिरहेका छौं । जुन कोभिड–१९ को रुपमा हामीसँग परिचित छ । यो कुनै नयाँ किसिमको विपद् होइन् तर जल्दोबल्दो भएर उजागर गरेकी हुँ । यस्ता विपद् वर्षौदेखि देखापरेका छन् । तर तुलनात्मक रुपमा यसको संख्या अनि रुप चाहिँ बढ्दो छ । यस्ता विपद्हरू मानवका असंख्यक इच्छा, लोभ र लालचको पूर्तिको फलस्वरुप आएका हुन भन्ने कुरा हामी नकार्न सक्दैनौं । सामाजिक प्राणी भएर मानिसले प्रकृतिका अरु बोल्न नसक्ने प्राणी र तत्वको प्रयोग गलत ढङ्गले गरेकाले यस्ता विपद्को सामना गर्नुपरेको छ । मान्छेले आफूलाई बिनाशर्तको अग्र पंक्तिमा धकेलिरहेका छन् ।

भित्री रुपमा मनन् गर्दा अहिले प्रकृतिले लिएको बदला हो, तोकेर भन्नलाई विज्ञानले तथ्य र प्रमाण माग्दछ जुन धेरै खोजले देखाइसकेका छन् । विज्ञानले अहिलेको बढ्दो प्रकोपलाई मानव सिर्जित भनेर किटान गरिसकेको छ । तर पनि मानिसहरू वातावरण सन्तुलित राख्न चाहिने प्रत्येक प्राणीको आदर गर्न सकिरहेका छैनन् । जुन कुरा बोटविरुवाको पराग सेचनमा मद्दत गर्ने मौरीको घट्दो जनसंख्याले पनि देखाउँछ । यी सबै कुराले मानवमा प्राकृतिक सुन्दरताभन्दा भौतिक तत्वहरूको महत्व हाबी भएको देखिन्छ ।

अहिले लकडाउनको अवधिमा मैले सुन्दर र सफा आकाश देख्न पाएकी छु । चराचुरुङ्गीको चिर्बिर बिहानीमा सुन्छु, फूलहरू स्वच्छ हावा पाएर नाचेका देख्छु । तर यो छोटो अवधिको खुसी र आनन्दको अनुभवले मलाई झन् पिरोल्छ । भर्खरै एउटा समाचार सुनेकी थिएँ, लकडाउनले गर्दा भारतको ऋषिकेशमा गंगाको पानी खान योग्य भयो भनेर । तर म विश्वस्त छु लकडाउन पछि फेरि हावा दुषित हुन्छ । गाडीका चर्को ध्वनीले चराचुरुङ्गीको चिर्बिर बिथोलिन्छ । धुलोधुँवाले बोटविरुवा ढाकेर त्यसको सुन्दरता लुट्छ र फेरि पनि सफा आकाशमा हवाईजहाजको र कलकारखानाको धुँवा चल्मलाउँछन् । फेरि पनि मानिस प्रकृति माथि हाबी हुन्छन् र यसको अस्तित्वलाई धमिलाइदिन्छन् ।

तसर्थ, यो महामारी एउटा पाठ हो मानवसभ्यतालाई जसले बारम्बार भनिरहेको छ कि प्रकृतिलाई चुनौति नदेऊ र यसको सन्तुलित उपभोग गर नत्र माया सभ्यता विलिन भएझै अहिलेको सभ्यता विलिन हुन समय लाग्नेछैन । मानव सभ्यताले “आफू बाँचौ र अरुलाई पनि बचाऔं” भन्ने सिद्धान्तलाई वास्तविक रुपमा अवलम्बन गर्दै लगे मात्र वातावरण दिवश मनाउनु असलीमा सार्थक हुनेछ ।

Facebook Comments