परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आपत्मा आफ्नो देश आउन खोज्नु के पाप हो !

कोरोना डायरी २

लकडाउनले सबैलाई कोठामा थुन्यो । जब कुनै पनि नसोचेको प्रकोपले मान्छेलाई आक्रमण गर्छ तब कसैमाथि पक्षपात गर्दैन । यो प्रकृतिको नियम हो । कोरोनाले पनि धनी, गरिब, उच्च निच, ठूला जात, साना जात, बलियो दुब्लो भनेर कसैलाई भेदभाव गरेन । समानरुपले आक्रमण ग¥यो । अब यसबाट मुक्ति पाउनका लागि पनि हामी सबै मिलेर लड्नु छ ।

कोठामा आफूले आफैंलाई थुनेर राख्नु त्यति सहज छैन । तर, डरका मारे मान्छेहरु आफूले आफैलाई थुनेर राख्न बाध्य छन् । नेपाल मात्र होइन विश्व नै अहिले थुना परेको छ । देखिने शत्रु भए अमेरिकाले अणु बम र नेपालीले खुकुरीले हानेर मारी सक्थे । नदेखिने तर डर लाग्दो ‘कोरोना’ नामक शत्रुसँग विश्व नै आत्मसमर्पण गर्दै छ । यो के हो ? कहाँबाट पृथ्वीलोकमा प्रदापर्ण ग¥यो ? निदान के हो , विज्ञानले सबै कुरा पुरा गर्ने ठानिएको थियो । अहिले त्यो विज्ञान कोरोना सामु निरिह बनेर किन झोक्राएर बसेको छ ?

म कोठा भित्र बसेर यस्तै तर्कनामा रुमलिदै छु । छटपटे मान्छेलाई कोठा भित्र थुनिदाको पीडा महाभारतको युद्धमा शर सैयामा सुतेका भिष्म पितामहलाई भन्दा चर्को छ । कुनै पनि युद्ध कसैले जित्दैन । सबैले हारेकै हुन्छ । महाभारतदेखि अहिलेसम्मका कुनै पनि युद्ध मानव जातिले जित्तै जितेन । तर, मान्छेले युद्ध जितेको इतिहास लेख्यो महाभारतमा पाण्डवहरुले आफ्ना नातागोता, कुलकुटुम्व, जनता र फौज गुमाए पछि रित्तो धर्ती प्राप्त गरे । पहिलो र दोश्रो विश्व युद्धमा पनि मान्छे नराम्रोसँग हारेको थियो । तपाई आफैं भन्नुहोस् त खै ! त्यो विश्व युद्ध जित्ने देश र महामानव ! विजित इतिहास वाइयात तर्कना हो ।
म थुनिएको कोठा महाभारत कालिन लाहगृह जस्तै लाग्न थालेको छ । कहिले यही कोठा ठूलो लाग्छ, कहिले सानो लाग्छ । अनि मनमा तर्कना पनि त्यही खालको आउन थालेको छ । उफ………….! कस्तो दिग्दारिलो समय !

हिजो बेलुका पत्रकार मोहन मैनालीसँग फोन वार्ता भयो । उहाँ सीमाना पारि थुनिएर रहेका नेपालीले आफ्नो घर आउन पाएका छैनन् । काम खोज्दै भारतको कालापहाड गएका कर्णाली र सुदुरपश्चिमवासीले उनीहरुकै भाषामा भन्दा पसिना बगाएर ल्याएको तोडा (कमाइ) ले त्यहाँको जनजीवन पालिएको छ । सानो हिस्सा भए पनि नेपालको अर्थतन्त्रमा योगदान पु¥याएको छ । अहिले कालापहाडका मालिकहरुले कोरोनाका कारण काम बन्द गरे पछि उनीहरु फर्किएका हुन । नेपाल सरकारले उनीहरुलाई नेपाल भित्र्याएर कोरेन्टाइनमा राखेर पछि आ–आफ्नो घर जाने ब्यवस्था गरीदिनु पर्छ ।

ठिकै हो मोहन मैनालीको भनाई । नेपाल रेमिटेन्सको भरमा उभिएको मुलक हो । तिनै रेमिटेन्स भित्र्याउनेहरुको भने यो बिचल्ली पार्ने ? उपाय सोचेर सरकारले समस्या समाधान गर्न ढिलो गर्नु हुदैन । नागरिक प्रतिको सरकारको कर्तव्य पनि त यही हो ।

आज छत वार्तामा पनि केशव वस्यालजीले सीमा पारि रहेका तिनै मजदुरको विचल्लीको कुरा गर्नु भयो । भन्दै हुनुहुन्थ्यो– सरकार संवेदनशील बन्नु पर्छ निर्दयी होइन । उनीहरुको घर आउन पाउने अधिकारको सम्मान गर्नुपर्छ । आफ्नै देश ल्याउने, स्वास्थ्य चेक जाँच गराउने, कोरेन्टाइमा राख्ने वा घर पठाउने के हो त्यो निर्णय सरकारले गर्नुपर्छ ।

हो त केशवजीले ठिकै भन्नु भयो । आफ्नै घर आएका हुन् । उनीहरुको सुरक्षा र ब्यवस्थापन सरकारले गर्नु पर्छ । उनीहरुको कन्त विजोग बनाउनु हुँदैन ।
छत वार्ता, फोन वार्ता । मन वार्ता समाप्त भयो । अब के गर्ने ? हेर मान्छेलाई जे गर्दा पनि हुदैन । बसेर थकाई मार्नै पाए पनि हुन्थ्यो भन्ने मान्छे अहिले बस्न नपरे पनि हुन्थ्यो भन्दै छ । काम विहिन भएपछि मानिससँग कल्पना बाहेक केही पनि हँुदैन । जस्तो अहिले म छु । किन ढाट्नु । अहिले कोठामा थुनिएर फुर्सद भएको बेला कुनै सिर्जनात्मक काम गरेको भए पो !

भावनामा पौडिदै कल्पनाको समुद्रमा डुबुल्की मार्न साहित्यकार र कविलाई छाडी दिनु पर्छ । हाम्रो काम भनेको अहिलेलाई कोठामा घुम्यो, ओछ्यानमा पल्टियो, भ¥याङ उक्लिएर छतमा पुग्यो, फोन वार्ता र छत वार्ता ग¥यो बस् यति हो ।

साथीहरु तपाईंहरु के गर्दै हुनुहुन्छ ? पक्कै सिर्जनात्मक काममा लाग्नु भएको होला । ठीक छ, तपाईंको सिर्जना भविष्यसम्म काम लागोस् मेरो शुभकामना । मलाई फेरि छततिर उक्लिन हुटहुटी भयो । लौ त वाई वाई नमस्कार ! फेरि भेटौंला ।

चैत १९ गते दिउँसो

Facebook Comments