अपराधलाई राजनीतिक संरक्षण गर्नु अर्को अपराध हो
उच्चशिक्षा बहस
सम्वत् २०५४ सालको असौजको महिना थियो । त्यसवेला यो लेखक झापामा थियो । मेची सिमानाको अध्ययनको सिलसिलामा दार्र्जिलिङ कोर्ट रेकर्डका सामग्रीको खोजी पछि केही पुरातात्विक सामग्री विहारको किसनगञ्जमा पनि छ भन्ने सुनेर हामी दुईजना त्यतातिर बतासियौं । पुगेकोे दिन साँझ ६ बजेको थियो । एउटा होटल खोजेर गाँस र बासको बन्दोबस्त गर्दै झोला राखेर बाहिर सहर घुम्ने प्रयत्न गर्दा होटलवालाले हामीलाई भन्यो “भाइसाहेव रातको ८ बजेसे होटलमे ताला लाग जाएगा” । समसाँझै होटल बन्द गर्नु पर्ने कारण थियो सुरक्षा । विहान भए पछि हामी सम्बन्धित उद्देश्यका लागि लाग्यौ । बेलुका भद्रपुर आइपुगेका थियौं ।
त्यही स्थानमा हामी फेरि २०६८ भदौमा पुगेका थियौं । आफ्नो बस्ने रोजाई पहिलेकै होटललाई बनायौं र होटल मालिकलाई सोध्यौं के ८ बजे होटल भित्र पसिसक्नु पर्ने हो ? होटल मालिकले भन्यो रातको १२ बजे आए पनि हुन्छ । हामीले होटलवालालाई सोध्यौं –यो के चमत्कार हो ? उसले जवाफ दियो – यो नितिस कुमारको चमत्कार हो । उसंगै अब धेरै कुरा गर्नु थिएन । अव हाम्रो जिज्ञाशा पलायो । नितिस कुमारले के चमत्कार गरे र कसरी ? भोलिपल्ट हाम्रो यहाँ प्रमुख जिल्ला अधिकारी भनेजस्तो त्यहाँ मजिस्ट्रेट थियो । भेट पाएमा त्यसलाई भेट्ने हाम्रो अभिलाषा रह्यो । भोलिको उज्यालो र अफिस खुल्नसंग हामीले प्रतीक्षा गर्नु थियो ।
इतिहासको कालखण्ड खोज्दै जाँदा राजनीतिक अपराधको जड पञ्चायतकालदेखिनै हामी पाउँछौं । राजनीतिको आवरणमा गरिने गुण्डागर्दी उदाहरण केही दिउँ – २०३९ सालतिर झापाको दमकमा मण्डलेहरुद्वारा अनेरास्ववियुका विद्यार्थी विमल उप्रेती र धर्म भट्टराई मरणसन्न हुने गरी कुटाई खाए तर पुलिसले तिनै कुटाई खाने पीडितलाई पक्रिएर लग्यो । ती मण्डले गुण्डाराजमा आफूलाई हुर्काएका थिए बहुदलीय शासनको स्थापना पछि काँग्रेसका कार्यकर्ता भए । काँग्रेसी राजमा पनि ती सक्रिय रहे । गिरिजाप्रसाद नेतृत्वको पहिलो सरकारमा भएको कर्मचारी आन्दोलन दवाउन परिचालित गुण्डाहरु संस्थगत राजनीतिको आवरणमा चल्ने अपराधिको रुपमा परिणत भए । त्यसको संस्कारले पछिल्लो पुस्ताका काँग्रेसी कार्यकर्ता प्रशिक्षित भए ।
त्यो समय पनि आयो र हामीले सम्मानपूर्वक भेट पनि पायौं । हाम्रो जिज्ञाशा मेटाउन पहिले र अहिलेको शान्ति सुरक्षाको सवाल पनि सोध्यौ । उनले भन्न थाले– नितिस कुमार सत्तामा आए पछि शान्ति सुरक्षाको सवालमा विहारमा के कुराले अवरोध पु¥याएको छ भनेर आफ्ना प्रदेशका प्रशासन र सुरक्षा संयन्त्रसंग सोधनी गर्दा सुरक्षा संयन्त्रले भन्यो रे सवै राजनीतिक अपराधको परिणाम हो । अपराधिहरु राजनीतिक आवरणमा अपराध गरी सुरक्षित हुन्छन् बरु प्रशासनमा बस्ने असुरक्षित छन् । नितिस कुमारले राजनीतिको आवरणमा अपराध गर्नेहरुको सूची मागे र सुरक्षा निकायले अरु राजनीतिक दलको क वर्गका अपराधी र मुख्यमन्त्रीका दलका ख वर्गका समेत नाम उठाएर उनलाई दिए पछि आफ्नै दलका अपराधी ठेगान लगाउँदै अरुका पनि लगाउन आदेश दिए रे । मुख्यमन्त्रीको आदेशमा सुरक्षा संयन्त्रले काम ग¥यो । आफ्रनै दलका केही र अरुको दलभित्र बसेका केही अपराधीलाई ठेगान लगाए पछि राजनीतिक दलभित्र लुकेर बसेका अपराधी सवै ठेगान लागे र भागे भनी उनले सुनाए । हामीले फेरि प्रश्न ग¥यौं “ती कता भागे ?” उनको जवाफ थियो नेपाल तिर ।
ती विहारतिरबाट आएका अपराधी नेपालमा हुन या नहुन तर तिनीहरुको अपराध गर्ने शिल्पता हाम्रो मुलुकमा भने भित्रिएको छ ।
हाम्रा कतिपय राजनीतिककर्मीहरु र नेताहरु लालु यादवको शैलीबाट प्रशिक्षित भएका छन् । त्यसैले हाम्रो मुलुकमा तस्कर, ठग ठेकेदार, घुस्याहा तथा कामचोर कर्मचारी, तस्कर राजनीतक कर्मी ठूला ठूला पहुँच र शक्तिको नजिक पुगेका छन् र निष्ठा र त्याग पलायन हुँदै गएको छ । सायद यो अवस्था हेर्दा किसनगञ्जका मेजिस्ट्रेटले ठीकै भनेका हुन कि जस्तो लाग्छ । हाम्रो राजनीतिमा अपराधिकरणले व्यापकता लिएको छ । मिडियाको क्षेत्रमा सामाजिक सञ्जाल फेसबुक र युटुवहरु अपराध र अपराधी मानसिकताका प्रचारक बनेका छन् । एउटा उदाहरण एक कमल नामको व्यक्तिले युटुव बनाएर हाम्रा प्रधानमन्त्री ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएर निवास आउँदा ठीक त्यसको विपरित संवेदनाहीन सन्देश फोटो सहित सम्प्रेषण गरेको थियो । त्यसलाई पछि भाइरल बनाएर विभिन्न व्यक्तिहरुले फेसबुक मार्फत प्रचार गरे । यस्ता अराजक अफवाह माथि सरकारी निकाय मौन बस्यो कुनै कारवाही भएको कतै प्रचारमा आएन । यस्ता तत्वको मनोबल बढेको हुनु पर्दछ । ठूला ठूला सञ्चार गृहले पनि नजानिदो गरेर यस्ता कुरालाई प्रोत्साहन दिएको पाइन्छ ।
इतिहासको कालखण्ड खोज्दै जाँदा राजनीतिक अपराधको जड पञ्चायतकालदेखिनै हामी पाउँछौं । राजनीतिको आवरणमा गरिने गुण्डागर्दी उदाहरण केही दिउँ – २०३९ सालतिर झापाको दमकमा मण्डलेहरुद्वारा अनेरास्ववियुका विद्यार्थी विमल उप्रेती र धर्म भट्टराई मरणसन्न हुने गरी कुटाई खाए तर पुलिसले तिनै कुटाई खाने पीडितलाई पक्रिएर लग्यो । ती मण्डले गुण्डाराजमा आफूलाई हुर्काएका थिए बहुदलीय शासनको स्थापना पछि काँग्रेसका कार्यकर्ता भए । काँग्रेसी राजमा पनि ती सक्रिय रहे । गिरिजाप्रसाद नेतृत्वको पहिलो सरकारमा भएको कर्मचारी आन्दोलन दवाउन परिचालित गुण्डाहरु संस्थगत राजनीतिको आवरणमा चल्ने अपराधिको रुपमा परिणत भए । त्यसको संस्कारले पछिल्लो पुस्ताका काँग्रेसी कार्यकर्ता प्रशिक्षित भए ।
यो घेराउले राजनीतिक आवरणमा अपराधलाई प्रोत्साहन ग¥यो । प्राध्यापकहरु आफैं यस्तो कार्यमा लागे पछि विद्यार्थीहरुले मौका पाए । विद्यार्थीहरु त्यही शिक्षाबाट दीक्षित भए । त्यसवेला ती घेराउ गर्ने प्राध्यापकहरु माथि कारवाही भएको भए विश्वविश्वद्यिालयभित्र राजनीतिक अपराधको प्रवेश हुने थिएन । पछि माधव शर्मा उपकुलपति हुँदा विद्यार्थीको एउटा जमातले उपकुलपति र शिक्षाध्यक्षलाई मोसो दले, परीक्षामा उतीर्ण नहुनाको कारण अंग्रेजी विभागमा विभागकै अग्नी पूजा गरे, आफ्नै स्ववियुभित्रको अपराध छोप्न त्यसमाथि आगो लगाइयो । तर कसैमाथि कारवाही भएन ।
जस्ले जे भने पनि मनमोहन अधिकारी नेतृत्वको सरकार छिटो अपदस्त नभएको भए माओवादी जनयुद्धको थालनी भए पनि त्यसले उर्जा सहजै प्राप्त गर्न सक्ने थिएन । शेरबहादुर देउवा नेतृत्व सरकारले जनयुद्ध दमन गर्न अपनाएको हतकण्डा र राजनीतिक अपराधीको परिचालनले माओवादीमा प्रतिशोधको भावना आयो परिणाम त राजनीतिमा अपराध अझ बढ्नथाल्यो । माओवादी कार्यकर्तामा दम्भ र अहंकार बढ्दै जाँदा धाकधम्की र हप्कीदप्कीको शैली विकास भयो । जसको परिणाम राजनीतिक अपराधमा त्यो पनि रुपान्तरित हुनथाल्यो । त्यसबाट मुक्त राख्न नेतृत्वले कहिल्यै पनि कार्यकर्तालाई शिक्षा दिने चेष्टा गरेन । राजनीतिक अपराधका यी शैलीहरु सामाजिक विकृतिका रुपमा अहिले हरेक राजनीतिक दलभित्र मौलाएर गएका छन् र तिनीहरु नेतृत्वको कुनै न कुनै तहबाट जानेर या नजानेर पनि संरक्षित छन् ।
राजनीतिक अपराधका केही घटनाहरु विद्यालय र विश्वविद्यालयहरुमा पनि देखा परेका छन् । कलिला विद्यार्थीहरु पढ्ने विद्यालयमा राजनीतिक कारणले अपराधीलाई संरक्षण गर्नाले उनीहरुको मनमस्तिस्कमा पर्ने छाप र प्रभावले तिनै मध्ये कसैलाई अपराधी बनाइरहेको हुन्छ । २०५२ सालमा मनमोहन अधिकारीको नेतृत्वको सरकार विघठन भएपछि त्रिभुवन विश्वविद्यालयमा तत्कालीन उपकुलपति कमलकृष्ण जोशीको राजिनामा माग गर्दै देशभरीका काँगे्रसी झण्डा बोक्ने प्राध्यापकहरुले विश्वविद्यालय घेराउ गरे । सायद कमजोर मनस्थितिका उपकुलपति हुन्थे भने त्यसैवेला राजीनामा दिएर उनी हिड्ने थिए ।
यो घेराउले राजनीतिक आवरणमा अपराधलाई प्रोत्साहन ग¥यो । प्राध्यापकहरु आफैं यस्तो कार्यमा लागे पछि विद्यार्थीहरुले मौका पाए । विद्यार्थीहरु त्यही शिक्षाबाट दीक्षित भए । त्यसवेला ती घेराउ गर्ने प्राध्यापकहरु माथि कारवाही भएको भए विश्वविश्वद्यिालयभित्र राजनीतिक अपराधको प्रवेश हुने थिएन । पछि माधव शर्मा उपकुलपति हुँदा विद्यार्थीको एउटा जमातले उपकुलपति र शिक्षाध्यक्षलाई मोसो दले, परीक्षामा उतीर्ण नहुनाको कारण अंग्रेजी विभागमा विभागकै अग्नी पूजा गरे, आफ्नै स्ववियुभित्रको अपराध छोप्न त्यसमाथि आगो लगाइयो । तर कसैमाथि कारवाही भएन ।
अपराध सानो होस् या ठूलो आफ्नो होस् या पराइको जो सुकैको भए पनि कारवाही गरे अघि बढ्ने समय सरकार सामुन्ने देखिएको छ । अपारधीको ठूलो जत्थासंग डाराएर आफ्नो दायित्व बिर्सनु र बाटो विराउन भन्दा त्यसलाई नियन्त्रण गर्नमा नै उपलब्धी हुनेछ । ठूलो संख्या छ भन्दै विकृतिको संवाहक र संरक्षकलाई साथ लिएर अघि बढ्ने कल्पना कसैले गरेको छ भने त्यसबाट सुधारको आशा गर्न सकिदैन । राज्य, समाज र नकारात्मक गतिविधि माथिको सुधार विश्वविद्यालय भित्रैबाट थालनी गरौं, यो आजको आवश्यकता हो ।
स्तरीय अध्ययन र अध्यापन गर्ने गराउनेभन्दा आन्दोलन गरेर र अनसन बसेर विश्वविद्यालयभित्र प्राध्यापकको दर्जा पाउन जानेहरु त्रिभुवन विश्वविद्यालयमा अहिले पनि हावी छन् । ठूलो संख्यामा काँग्रेसी जमात रहेको हिसाव किताव गरेर तत्कालीन प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले यस्ता कसिंगरहरु विश्वविद्यालयभित्र हुलेका छन् । तिनको फोहोर रोक्न दरबन्दी युनिटको संयोजक हुँदा यस लेखकले प्रयास गर्दा ३०÷४० जनाको डफ्फाले घेरेर आक्रमणको प्रयास नगरेको होइन । तर पदीय दायित्वमा तत्कालीन शिक्षाध्यक्ष र निमित्त रजिष्ट्रारको विश्वविद्यालयप्रतिको हीत भन्दा पनि गैह्र जिम्मेवारी स्वार्थले प्रेरित भएर काम गर्नाले त्यो फोहोर अहिले पनि विश्वविद्यालयमा पोष्टिङ नभई थुप्रिएको गन्धको रुपमा रहेको छ । तत्कालीन उपकुलपति हीराबहादुर महर्जन भाग्दाभाग्दै जत्थाबाट घेरिएर त्यो फोहोरी गतिविधिलाई वैधानिकता दिन विवश बनेको तथ्य छँदै छ । आफ्नो चार वर्षको कार्यकालमा रजिष्ट्रार डिल्ली उप्रेतीले तह लाउन नसकेको त्यो फोहोरको व्यवस्थापन गर्न अहिलेका नव नियुक्त रजिष्ट्रारलाई चुनौती छ । विश्वविद्यालयभित्रै यस्ता सुसुप्त अपराधजन्य कार्य हुन्छन् भने नैतिकता र उच्च शिक्षा कसले दिने ? यो हाम्रो सामु चुनौतीको विषय हो ।
एकातिर अहिलेको बहुमतकोे सरकार र मोहमद् अफ्ताव आलम र अभिषेक प्रताप शाह जस्ता व्यक्ति उपरको कारवाहीको भइरहेको र आफ्नै सभामुख खोरमा बसेको यो अवस्थामा विश्वविद्यालयभित्रका लाठी मुङ्ग्राहरु छटपटाउन थालेका छन् । त्यसैले कहिले उपकुलपतिको कार्यलयमा टेबुल ठोक्न पुग्छन् भने कहिले विद्यार्थी उचालेर सहायक डीन माथि हातपात गर्न पुग्छन् । अब त माग पनि कस्तो फेल भएकोमा पास गरिदिनु प¥यो रे नत्र तोडफोड । यस्तो अवस्थामा जो सुकै होस समाज सुधार्ने र बाटो देखाउने क्षेत्र भनेको विश्वविद्यालय हो । विश्वविद्यालय तथा विद्यालयबाट सुधार गरिए राज्यनै सुधार उन्मुख हुन जान्छ ।
अपराध सानो होस् या ठूलो आफ्नो होस् या पराइको जो सुकैको भए पनि कारवाही गरे अघि बढ्ने समय सरकार सामुन्ने देखिएको छ । अपारधीको ठूलो जत्थासंग डाराएर आफ्नो दायित्व बिर्सनु र बाटो विराउन भन्दा त्यसलाई नियन्त्रण गर्नमा नै उपलब्धी हुनेछ । ठूलो संख्या छ भन्दै विकृतिको संवाहक र संरक्षकलाई साथ लिएर अघि बढ्ने कल्पना कसैले गरेको छ भने त्यसबाट सुधारको आशा गर्न सकिदैन । राज्य, समाज र नकारात्मक गतिविधि माथिको सुधार विश्वविद्यालय भित्रैबाट थालनी गरौं, यो आजको आवश्यकता हो । आज राजनीतिक आवरणमा अपराध गर्नेहरु सबै राजनीतिक दलभित्र पसेका छन् । तिनीहरुको विनासविना नेपाली समाज र जनताले मुक्ति पाउने छैनन् । समाज सुधारको उदाहरण सिक्न अव अन्त जानु पर्दैन । आफ्नै छिमेकी भारतको बिहार काफी देखिएको छ । अपराधलाई राजनीतिक संरक्षण दिनु भनेको अर्को अपराध हो ।