परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सुफिज्म र बुध्दिज्मको सेरोफेरोका बहसमा नेपाली सहभागिता

सार्क क्षेत्रका लेखक र साहित्यकारहरुलाई जम्मा गरेर दक्षिण एसियाली लेखकहरुको संगठन, फोसवालले सम्मेलन गर्ने गर्दछ । यसले फेब्रुअरी २२ देखि २४, २०१९ मा सुफिज्म र बुध्दिज्मसम्बन्धी सम्मेलन (जात्रा) सफलतापूर्वक आयोजना ग¥यो । यसपालिको कार्यक्रम भारतको नयाँ दिल्लीमा साहित्य एकेडेमीको सहयोगमा आयोजना भएको हो ।

अघिल्लोपल्ट जस्तै यसपालिको सम्मेलनमा पनि पाकिस्तानका सर्जकको उपस्थिति शून्य नै रह्यो । बंगलादेश, अफगानिस्तान र श्रीलंकाका टोली जम्बो थिए । नेपालबाट १२÷१३ जनाको नाम स्वीकार गरिएको भए पनि जम्मा ६÷७ जनामात्र सरिक हुनसक्यौं ।

सम्मेलनमा नेपालका पुराना गुरु अभि सुवेदीलाई खोज्ने प्रशंसक थुप्रै थिए । अर्का हस्ति श्रीधर गौतम र सुमन पोखरेलको पनि अनुपस्थिति थियो । रामदयाल राकेश, केशव सिग्देल, सिन्धु रिजाल, अनुपम रोशी, भिष्म उप्रेती तथा एकप्रसाद दुवाडीका कवितामा श्रोता जोडले ताली पिट्दै थिए ।

आधा जतिले पहिलोपटक सहभागी जनाउँदै थिए । भुटान र अफगानिस्तानको टोलीमा पनि केही सदस्य नयाँ भेटिए । केही सेसनका अध्यक्ष थिएनन भने केहीका वाचक पूरै अनुपस्थित भएकाले बारम्बार उद्धोषकले कविता वाचनका लागि बोलाउँदै गरेको सुनिन्थो ।

जाँदाजाँदै के पनि थाहा पाइयो भने नेपाल वायुसेवाका नयाँ जहाजका सेवा र गुणस्तर एअर इण्डियाका जहाजका भन्दा राम्रा र अब्बल रहेछन् । समय पनि जम्मा १ घन्टा १५ मिनेट जतिमात्र लाग्दोरहेछ काठमाडौँबाट नयाँ दिल्ली पुग्न । खाना र सत्कार पनि हाम्रोतिर नै राम्रो ।

वाइल्ड कार्ड इन्ट्री गरेका तिब्बती मूलका कवि तेन्जिङ क्षुन्दुले माहोल तताउनुभयो । धर्मशालामा जीवनको अधिकांश उर्बर समय बिताउनु भएका तेन्जिङको रिफ्युजी कविता एकदमै मर्मस्पर्शी थियो । धर्मशालामा बर्सने मुसलधारे पानीको वर्णन अनि आफू बुद्ध अनुयायी भएकाले शत्रुलाई मार्न असमर्थ हुनुपरेको हुँदा सिपाही बाबुप्रति घात गरेको कविता कम रोमाञ्चक थिएन ।

उहाँले करिब आधा दर्जन कविता वाचन गरेर हाम्रो ध्यान र सपोर्ट आफूतिर तान्ने प्रयास गर्नुभयो । “म कुनै काम गर्दिन, मात्र आफ्ना कविता बेचेर गुजारा गर्दैछु !”, उहाँले हाकाहाकी भन्नुभयो । उहाँले आफूलाई सांस्कृतिक फ्रि तिब्बत अभियानको सदस्य भनिरहँदा वास्तविकतामा चाहिँ कुम्फु मास्टर जस्तै हुलियाका देखिनुभएको थियो ।

हामी धेरैले उहाँका किताब किन्यौं किनकि एउटा सर्जकको साधनाको कदर गर्नु हामी सबैको कर्तब्य थियो । उहाँलाई बंगलादेशकी एक प्राध्यापकले तुरुन्तै उतातिरको सम्मेलनमा पनि बोलाउने वचन दिनुभयो ।

उहाँको किताब “कोरा” पढ्दा थाहा भयो– उहाँ त त्यही सुपरम्यान (तिब्बतका भगत सिंह) हुनुहुँदो रहेछ, जसले २००२ मा सनसनी मच्चाउनु भएको थियो । चीनका उतिबेलाका प्रधानमन्त्री झु रोङजी बसेको होटेलको १४ औँ तलामा पुगेर “फ्रि तिब्बत” लेखिएको ब्यानर र तिब्बतको झन्डा देखाउनु भएको थियो । उहाँप्रति सहानुभूतिको बाढी अझ बढेर आयो । अरु गुरिल्ला युद्ध लड्छन् तर उहाँ कलमको युद्ध लड्नु हुँदोरहेछ ।

अन्य आकर्षणहरू

कार्यक्रमको अर्को विशेषता भनेको लेखक फोरम– फोसवालकी अध्यक्ष अजीत कौर, जसलाई धेरैले दिदी वा माता भनेर पुकार्छन्, आफ्नो बिरामी अवस्थामा पनि सहभागीहरुको हौसला बढाउन हलमा तीन दिन नै उपस्थित हुनुभयो । विशेषगरी बिहानको सेसनमा उहाँको सक्रिय सहभागिता रहन्थ्यो । अनि उहाँको भाइचरा र शान्ति कायम गर्ने मनसुवा भएको भाषण पनि रोचक तथा प्रेरक थियो ।

वन्धुत्व विस्तारको कामनासंगै आयोजना भएको सम्मेलनबाट फर्केको भोलिपल्ट बिहानै पाकिस्तानमा गरिएको भनिएको बमबारीले फेरि झसङ्ग बनायो । हामी सबैले त त्यहाँ भाइचारा, सद्भाव, आदर, समानता तथा शान्तिका उद्योषहरु घन्काएका थियौं । सायद जसले त्यो सुन्नुपर्ने हो तिनीहरु यस्ता सम्मेलनमा हुँदैनन् तर जो ज्ञानी छन् उनीहरुलाई नै ज्ञानको बुटी बाँडिन्छ । सायद यस्तै हुन्छ अन्त पनि ।

अंग्रेजी भाषामा गर्नु पर्ने भएपनि केही भारतीय र अफगानी कविले हिन्दी र फारसी भाषामा कविता वाचन गरे । अर्को कुरा के भने बोल्ने मान्छेको मुखमा लगाम लगाइएको पनि पाइएन यसपल्ट । एउटै समस्या भनेको यसपाली सांस्कृतिक टुरको आयोजना आयोजकले नगरेका कारण पहिलो पटक दिल्ली गएका लेखकलाई बडो चटारो भयो । कार्यक्रम सकिनेबित्तिकै वा सुरु हुनु केही समयपूर्व हतारहतार अटोमा हान्निएर वरिपरिको भ्रमण गर्नुपर्ने बाध्यता । यही कारण हुनसक्छ– हल भरिएका थिएनन्, प्रायः सेसनमा ।

बारखम्बा रोडमा रहेको होटेलमा राखिएकाले गर्दा वरिपरिका इण्डियागेट, संसद्भवन, चाँदनीचोक, लालकिल्ला, लोटस टेम्पल र अक्षरधामको तीर्थ त गरियो, तर एकदम छोटो र अधुरो जस्तो । साँझमा संसद्भवन नजिक बालिने मनमोहक बत्ती हेर्न सयौँ पर्यटक जम्मा भएका बेला पनि प्रधानमन्त्रीको भ्रमण हुँदा बाटोमा १०÷१५ मिनेट रोकिनुपर्दा लाग्यो यताका राजा पनि उस्तै रहेछन् । केही समयपछि तीन वटा हेलिकप्टरले दिएको पहरा र लगत्तै तीन वटै लडाकु प्लेन उडाउँदै गरिएको रखबारीले कतै ठूलो युद्धको तयारी त होइन भनी खुब कुतुहल भयो ।

जाँदाजाँदै के पनि थाहा पाइयो भने नेपाल वायुसेवाका नयाँ जहाजका सेवा र गुणस्तर एअर इण्डियाका जहाजका भन्दा राम्रा र अब्बल रहेछन् । समय पनि जम्मा १ घन्टा १५ मिनेट जतिमात्र लाग्दोरहेछ काठमाडौँबाट नयाँ दिल्ली पुग्न । खाना र सत्कार पनि हाम्रोतिर नै राम्रो ।

कविता र अनुसन्धानपत्र प्रस्तुतिसँगै बेलुकीखेर फिल्म÷डकुमेन्ट्रीहरुको प्रदर्शन गरिए । अर्को रमाइलो त के भने बंगाली कविका प्रस्तुतिमा भिडियो र पावरप्वाइन्टहरु प्रयोग गरिँदा सुनमा सुगन्ध थपियो । यसले दिक्क मानेर सुन्नु पर्ने लामा भाषाणहरुलाई थप प्रभावकारी बनाउन मद्दत गरेको पाइयो ।

पहिले पहिले जस्तो सहभगीहरु जहाजबाटै जानुपर्ने बाध्यता नभए पनि यति धेरै पाहुना अनुपस्थित हुनुले के संकेत गर्छ ? आयोजकले समीक्षा गर्दै होलान् । समग्रमा सार्क क्षेत्र अनि समग्र संसारमा शान्ति स्थापना र भाइचारा बाड्ने उद्देश्यले बर्सेनि आयोजना गरिने यस्ता सम्मेलन प्रशंसनीय नै हुन्छन् । फोसवालकी अध्यक्ष अजीत कौरले यस्तो संकल्प र प्रयाश गर्ने हुनाले उहाँ प्रशंसाकी पात्र हुनुभयो । आगामी वर्षहरुमा पाकिस्तानका समकक्षीलाई समेत उपस्थित गराउन सक्नुभयो भने उहाँको हाइट अझ अग्लिने कुरामा सन्देह छैन ।

वन्धुत्व विस्तारको कामनासंगै आयोजना भएको सम्मेलनबाट फर्केको भोलिपल्ट बिहानै पाकिस्तानमा गरिएको भनिएको बमबारीले फेरि झसङ्ग बनायो । हामी सबैले त त्यहाँ भाइचारा, सद्भाव, आदर, समानता तथा शान्तिका उद्योषहरु घन्काएका थियौं । सायद जसले त्यो सुन्नुपर्ने हो तिनीहरु यस्ता सम्मेलनमा हुँदैनन् तर जो ज्ञानी छन् उनीहरुलाई नै ज्ञानको बुटी बाँडिन्छ । सायद यस्तै हुन्छ अन्त पनि ।

Facebook Comments