विश्व ब्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता

माक्र्स भन्छन् : मान्छेले आफ्नो इतिहास आफै बनाउँछन् । तर उनीहरुले आफूले चाहे जसरी आफैंले छानेका अवस्थामा होइन, अतितबाट आएको र आफैंले जम्काभेट गरेको अवस्थामा मात्र इतिहास बनाउछन् । अर्को ठाउँमा माक्र्स भन्छन् : आफूभित्र उत्पादक शक्तिको विकासको स्थान रहुन्जेल कुनैपनि सामाजिक ब्यवस्था ढल्दैन र पुरानो ब्यवस्थाको गर्भमा नयाँ ब्यवस्थाको भौतिक परिस्थीति परिपक्क नभई नयाँ ब्यवस्थाको विकास हुन सक्दैन । माक्र्सले यो प्रस्थापनालाई आफ्नो विधिको मुलभूत शुत्र मध्यको एक मानेका छन् ।