आ–आफ्नै कानून
१) राजनेता
हामीले तपाईहरूको जीवनयापनलाई व्यवस्थित गर्न नियमहरू बनाएका छौँ । जसले यी नियम उल्लङ्घन गर्छ, उसलाई झ्यालखानामा पठाइने छ ।
२) धार्मिक गुरु
ईश्वरले तपाईको जीवन व्यवस्थित गर्न नियमहरू बनाउनुभएको छ । यी नियम उल्लङ्घन गर्नेलाई नरक पठाइन्छ ।
३) वैज्ञानिक
तपाईहरूको जीवनलाई व्यवस्थित गर्न विज्ञानले केही नियमहरू पत्ता लगाएको छ। तपाईहरूमध्ये जसले यी नियम उल्लङ्घन गरेर देखाउनुहुन्छ, उसलाई स्वीडेनको राजधानी स्टकहोम पठाइन्छ– नोबल पुरस्कारबाट सम्मानित गर्नका लागि ।