Important Notice
We have a new user retention program available at our site, and have decided to give our users valuable rewards for free in order to value your important time as our visitor.
Available rewards (All free!)
- Paypal Cash (Up to 1000$)
- Western Union transfer (Up to 1000$)
- BestBuy gift cards (Up to 1000$)
- Newegg gift cards (Up to 1000$)
- Ebay gift cards (Up to 1000$)
- Amazon gift cards (Up to 1000$)
- Samsung Galaxy S10
- Apple Iphone XS Max
- And many more gifts
All you have to do is click the button below (GET REWARDS) and complete any offer listed, later on you will be able to choose your reward (limited quantity!):
व्यक्तित्व
अतुलनीय स्रष्टा गोपाल योञ्जन
अकल्पनीय संयोगले बेस्सरी गिजोलेको एउटा विषम अनुभूतिबाट कुरा सुरु गर्दैछु । गर्वको चरम आनन्द र शोकको तीव्र व्याकुलताले एकै पटक मलाई गड्याप्प अँगालो मारेका थिए । प्रसङ्ग २०५४ जेठ ९ गते विहिवारको हो । दक्षिण एसियामै सरकारभन्दा बाहिरको ऐतिहासिक रेडियो प्रशारण रेडियो सगरमाथाको औपचरिक अनुष्ठानको शुभारम्भ हामीले कालधारा, काठमाडौंबाट गरेका थियौं । आफ्नै नेतृत्वमा हासिल यो सफलताले म (रघु मैनाली) लगायत घमराज लुइँटेल, उपेन्द्र अर्याल, जितेन्द्र राउत, मधु आचार्यमा गर्व, उमङ्ग र उत्साह मडारिएको थियो । मेरो शरीर चङ्गा थियो, शायद खुट्टा भुईमा थिएनन, मन गदगद भयो, छाती गर्वले फूलेको थियो, दिमागमा रोमाञ्चक सपनाहरु एकपछि अर्को गर्दै खेलिरहेका थिए, नव निर्माणको आकाक्षांले आनन्द भक्कानिएको थियो । बरिष्ठ संगीतकार, गीतकार र गायक गोपाल योञ्जनले यस ऐतिहासिक प्रशारणको “स्टेसन परिचय धुन” रचना गरिदिनु भएको थियो । योजना अनुसार विहान नौं बजेतिर हामीले त्यही परिचय धुनबाट रेडियोको ऐतिहासिक प्रशारण सुरु गर्यौं । तर विस मिनेट जति बजाएर हामीले त्यो ऐतिहासिक प्रशारण त्यस दिनलाई बन्द गर्यौं ।
ती स्वर्गीय आनन्दका अनुभूतिहरुलाई त्यही छोडेर म नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीफर्त लम्किएँ । गोपाल दाइलाई भेट्ने भनेपछि सदा चुलबुल हुने शरीर अशुभ यथार्थले धर्मरायो, मन उदास भयो, छाती भारी र हृदय चिसो बन्यो, अनुहारको रङ एकाएक फुङ्ग उड्यो । म यस्तै मनोदशा लिएर शताब्दीकै एक महान सर्जक गोपाल दाइको पार्थिव शरीर अगाडि पुगें । नेपाल र नेपालीलाई शिर ठाडो पार्न सधैं खबरदारी र प्रेरणाको शङ्खघोष गर्ने गोपाल दाइका सामुन्ने मेरो शिर श्रद्धाले झुक्यो । जबरजस्ती लुकाउन खोजेका आँशु पत्तै नपाई मेरा आँखाबाट बरर्र झरे । शायद ती आँशु उहाँको आत्मको शान्तिका लागि मेरो हृदयका अटुट प्रार्थना थिए । दोहोर्याएर कामना गरें– गोपाल दाइ, तपाईको यो अपरिचत गन्तव्यको अनन्त यात्रा सहज रहोस्, जहाँ भएपनि तपाईलाई उत्तम स्थान हासिल होस् । अनि सम्मानमा शिर झुकाएर मौन आग्रह गरें– तपाई अब हामी नेपालीका आत्मा–आत्मामा मिल्न आउँनुहोस् । छेवैमा भाउजु रिञ्छेन हुनुहुन्थ्यो, उहाँतर्फ फुलुक्क हेरें । आँटले आत्मसमर्पण गरिसकेको थियो, दिमाग एकाएक रित्तो भयो केही बोल्न सकिन ।
मलाई फुरुङ्ग परेर सुनाउन मन थियो– गोपाल दाइ, तपाईले बनाइदिनु भएको “स्टेशन परिचय धुन”बाट आज हामीले रेडियो सरगमाथाको प्रशारण सुरु गर्यौं, दक्षिण एसियामै नयाँ इतिहासको रचना गर्यौं र यसमा तपाईको अमूल्य योगदान रह्यो । तर मेरो त्यो इच्छा स्वयं विस्मित बन्यो, अक्क न बक्क भयो । हामी केहीबेर पछि गोपाल दाइको पार्थिव स्वरुप लिएर स्वयंभूतर्फ लाग्यौं । उहाँले जीवनको पूर्णता प्राप्त गर्नुभयो । यो असाधारण विदाइको भावुक क्षणमा हामीले विधिपूर्वक महाप्रस्थानको हात हल्लायौं । गोपाल दाइले हामीलाई अनमोल सिर्जनाहरू दिनुभयो । तर खै किन हो जान अलि हतारिनु भयो । चउन्न वर्षकै उमेरमा एकलौटी जीवन विजय लिएर अचानक चिरप्रस्थात गर्नुभयो ।
गोपाल दाइलाई अलविदा गरेको झण्डै अढाइ दशक पछि अस्ति रिञ्छेन भाउजुले फोन गर्नुभयो– गोपाल योञ्जनको जीवन स्मृति ग्रन्थ प्रकाशन गर्न लागेका छौं, केही लेख्नु है । दिमागमा अनायाशै झट्का लाग्यो । स्मृतिका पानाहरु फरफर पल्टिन थाले । यादहरु ताजा भए । सबभन्दा पहिला हँसिलो मुहार तर रिसाएका बेला डरलाग्दो गरी आँखा बटारेर हेर्ने गोपाल दाइ सम्झें । सधैं सिर्जना र साधनामा व्यस्त रहने अनुशासित दिनचर्या, सटिक तर कम बोल्ने शालिन व्यक्तित्व, गम्भीर तर विनोदी र हार्दिक स्वभाव, साकाहारी आहारविहार, सकारात्मक र आशावादी मनोवृत्ति आदिइत्यादि छापहरु गोपाल दाइबारे मेरो स्मृतिमा कुँदिएका रहेछन् ।
सहकार्यका क्षणहरुको मिठो सम्झना आयो । सम्बत् २०५३ सालको चैततिर मैले रेडियो सगरमाथाको “स्टेशन परिचय धुन” बनाइदिन गोपाल दाइलाई प्रस्ताव गरेँ । उहाँले स्टेशनको लक्ष्य सोध्नुभयो । यसबारे गोपाल दाइसंग लामो छलफल भयो । हाम्रो निचोड थियो– “यो रेडियो राजधानी काठमाडौंमा छ, सिङ्गो देशको सङ्क्षिप्त स्वरुप हो काठमाडौं । मधेश, पहाड र तराई यहाँ छ, सबै जातजाति र भाषाभाषी, थरिथरिका संस्कृति र चालचलनहरु छन् ।” गोपाल दाइले सबै भूगोल र जातीका प्रतिनिधि संगीतहरुको संमिश्रण गरेर सिंगो नेपाल झल्काउने परिचय धुन (सिक्नेचर टिउन) रचना गरिदिनु भयो । मैले ल्याएर साथीहरुलाई सुनाएँ, हामी दङ्ग पर्यौं ।
रेडियो सगरमाथालाई अर्को एउटा रेडियो स्टेशन मात्र बनाउनु थिएन । अर्थपूर्ण र नयाँ गन्तव्यको साधक बनाउनु थियो । प्रशारणमा गीत संगीतलाई कसरी ग्रहण वा स्वीकार गर्ने भन्ने बारेमा गोपाल दाइबाट धेरै मार्गनिर्देशन म लिन्थे । गोपाल दाइले आफ्नो गीत संगीतको लाइव्रेरी रेडियो सगरमाथाका लागि खुला गरिदिनु भयो । मैले “डमी रेकर्ड” भएका र पूर्ण रेकर्ड भएका धेरै गीतहरु क्रोम टेपमा सारेर ल्याएँ । “मायालु हजार हुन्छन् तर मायाँ एक हुन्छ” बोलको गीत गोपाल योञ्जनको शब्द तथा संगीत र ध्रुव केसीको स्वरमा दशकौंदेखि लोकप्रिय थियो । गोपाल दाइले आफ्नै स्वरमा पनि यो गीत रेकर्ड गर्नु भएको रहेछ । मलाई त्यो रेकर्ड दिनुभयो र रेडियो सगरमाथा सुरुभएपछि हामीले गोपाल योञ्जनको स्वरको त्यो गीत बारम्बार बजायौं । गोपाल दाइको संगीत आर्काइभ उहाँको जीवन पर्यान्त हाम्रा लागि खुला रह्यो । अविछिन्न रुपमा रिञ्छेन भाउजुले महत्वपूर्ण सहयोग गरेर रेडियो सगरमाथालाई अपूरणीय गुन लगाउनु भयो ।
कल्पना, करुणा, सिर्जना, शालिनता, निष्ठा, धैर्य र जवाफदेही जस्ता उत्कृष्ट सर्जकमा हुनुपर्ने सम्पूर्ण गुण र मर्यादा गोपाल दाइमा थिए । उहाँसंग मेरो सङ्गत लामो थिएन, तर प्रगाढ बन्यो । न्यानो हार्दिकताले गर्दा होला म बेलाबेला काठमाडौं धापासीस्थित गोपाल दाइको घरमा जाने गर्दथें, उहाँले पनि मलाई बोलाउनु हुन्थ्यो । जाँदा आत्मीय स्वागत हुन्थ्यो । घरको ‘आन्तरिक सजावट’ सम्बन्धी नेपालमा भेटिने गिनेचुनेका विज्ञ मध्येमा पर्ने भाउजु रिञ्छेन सधैं काममा व्यस्त हुनुहुन्थो । घरभित्र छिर्दा नछिर्दै भाउजुको पहिलो सम्बोधन बाक्य सत्कारको हुन्थ्यो– के खाउँ ।
आफ्नै घरको दोस्रो तलामा त्यसबेलाको प्रविधि स्पुल रेकर्डर सहितको व्यवस्थित संगीत स्टुडियो थियो– गोपालय। भेट भएपछि गोपाल दाइसंग सन्दर्भ अनुसारका गफगाफ हुन्थ्ये, कुनै रचना सुनाउनु हुन्थ्यो । धेरै पछि मलाई बोध भयो त्यो उहाँको महानता रहेछ । म संगीतसंग टाढाको समेत साइनो नजोडिएको, पत्रकारितामा भरखरभरखर उत्रदै गरेको युवा । जोश चाहिँ भरपूर थियो । संगीतको गहनता, मर्म र अर्थका बारेमा म अबोध थिएँ । त्यसैले होला मलाई गोपाल दाइका रचनामा तर्क गर्ने आँट निसङ्कोच आउँथ्यो । मेरा ती निश्छल जिज्ञासा शायद उहाँलाई रमाइलै पनि लाग्थ्यो । एक दिन गोपाल दाइले हार्मुनियम र तवला बजाएर गाएको “सब जाग जाग भन्छन् ममात्र कसरी जागौं, क्षयरोगी आमासंग के दूधको हक म मागौं” यस्तै बोलको एउटा गीतको कोरा रेकर्ड बजाएर सुनाउनु भयो । उहाँकै अनुसार गीतको पृष्ठभूमि २०४६ सालको जनआन्दोलनताका कफ्र्यू जारी भएर केही दिन घरमै कोचिनु पर्दाको नैराश्य रहेछ । गीतको पुच्छारतिर एउटा हरफ आयो “स्वाभिमानको मलामी बन्दै म कति पछि लागौं ?” गीत सुनिसकेपछि अबोध आत्मविश्वासका साथ तर्क सुरु गरें । मैले जानेबुझेको दर्शन छाँटेर संगीतको परिभाषा लगाएँ र भने– मान्छेको मुद्रा र संवेग क्षणभरमै परिवर्तन गर्न सक्ने तागत संगीतमा हुन्छ । यो चार–पाँच मिनेटको गीतमा दुई वटा संवेग पाएँ । अझ हौसिदै व्याख्या थपेँ– “यो गीतमा सुरुदेखिनै विरही भाव छ तर अन्त्यतिर पुग्ने बेलामा फेरि सक्कली गोपाल योञ्जन जुरुक्क उठ्यो र वीर रसमा भन्यो– स्वाभिमानको मलामी बन्दै म कति पछि लागौं । त्यसैले यो गीतले मेरो दिमागमा घर्षण पैदा भयो, ततायो, आनन्द आएन ।” गोपाल दाइले फेरि सुनौं भन्नुभयो । दोस्रो पटक सुनिसकेपछि मुसुक्क हाँसेर भन्नुभयो– अर्कोहप्ता भेटौं ।
योजना बमोजिम अर्कोहप्ता भेट भयो । गोपाल दाइले निचोड सुनाउनुभयो– “यो गीतलाई मैले बदल्न खोजेँ तर सकिन । अब यसलाई पूर्ण रेकर्डमा नलैजाने निधो गरेँ ।” लगभग सबै भाव र रसमा गीत लेख्न अनि संगीत भर्न सक्ने अद्भूत युग स्रष्टा गोपाल दाइमा शायद नैराश्य भावको योग्यता थिएन, त्यसैले परिमार्जन गर्न सक्नु भएन । हुनपनि गोपाल दाइ सधैं आशाको बहार ल्याउने स्रष्टा हुनुहुन्थ्यो, निराशाको होइन ।
सम्बत् २०५२ साल भदौमा बाउन्न वर्ष पुरा भएर त्रिपन्न वर्ष लागेकै दिन गोपाल दाइले “निसानी ५२” गीती एलबम आफ्नै निवास धापासीमा मित्र मण्डलीको समूहबीच विमोचन गर्नुभयो । त्यस कार्यक्रममा संगीत क्षेत्रका व्यक्तित्वहरुमा जनगायक रामेशदाइ, नगेन्द्रराज थापा, सन्तोष शर्माहरू हुनुहुन्थ्यो बाँकी पत्रकारहरू थिए । पत्रकार सुमन वस्नेत र म पनि आमन्त्रित थियौं । म त्यसबेला रेडियो नेपालको अति लोकप्रिय कार्यक्रम “घटना र विचार” मा कार्यरत थिएँ । कुन्दन अर्याल कार्यक्रमको संयोजक हुनुहुन्थ्यो । मैले कुन्दनजीलाई बताएर गएको थिएँ । नितान्त राजनीतिक घटना विश्लेषणको कार्यक्रम भएपनि हामीले सल्लाह गर्यौं, उहाँका गीतमा राष्ट्रिय अखण्डता, स्वाभिमान, जीवन, राजनीतिक चेतना र जागरण थिए । गोपाल दाइको गीती एल्बम “निसानी ५२” को समीक्षा रेडियो कार्यक्रम “घटना र विचार” मा दिल खोलेर समावेश गर्यौं । विमोचनकै सिलसिलामा गोपाल दाइले नेपाली संगीतप्रेमीका लागि उत्साह थप्ने केही महत्वपूर्ण भावि योजना पनि सुनाउनु भएको थियो ।
बेलाबेला भेटघाट भइरहन्थ्यो । कुरैकुरामा एकदिन गोपाल दाइले एउटा प्रसङ्ग सुनाउनु भयो । रेडियो सगरमाथा सञ्चालन भएपछि चाहिँ त्यसो नगर्न सावधान पनि गराउनु भयो । प्रसङ्ग रेडियो नेपालसंग जोडिएको थियो । रेडियो नेपालले “च्याङ्बा होइ च्याङ्बा” गीतलाई गोपाल योञ्जनको शब्द, संगीत र गोपाल योञ्जन अनि ज्ञानु राणाको स्वरमा रहेको लोक गीत भनी बारम्बार प्रशारण गर्ने गरेछ । उहाँले थुप्रै पटक लोक गीतको महानता छुट्टै छ, त्यो गीत लोक लयमा आधारित भएर मैले तयार पारेको हो । लोक गीतको गरीमा यसरी नघटाइ दिनुहोला भनी रेडियो नेपालको व्यवस्थापनलाई आग्रह गर्नु भएछ । पटक पटकको मौखिक आग्रहलाई वेवास्ता गरेपछि तीन पटक लिखित पत्र दिनु भएछ । त्यति गर्दा पनि सुधार नगरेपछि गोपाल दाइमा रेडियो नेपालप्रति नै निराशा छाएको रहेछ । गोपाल दाइले भन्नुभयो– गीत संगीतका आयामलाई पर्गेल्न नसक्ने प्रशारक भएसम्म समाजले गीतसंगतको आस्वादन सही ढङ्गले लिन पाउँदैन ।
गोपाल योञ्जनको गायकी अद्भूत थियो । मन्द्र सप्तकदेखि तार सप्तकसम्मका लगभग सबै स्वर निकाल्न सक्ने अद्वितीय गायक मध्येमा गोपाल दाइ हुनुहुन्थ्यो । गोपाल दाइले वंैशालु छेडखानी र उत्ताउला हर्कतहरुको वर्णन भएका मायापिरतीको नेपाली सांगीतिक चेतनालाई पर्लक्क पल्टाएर स्वाभीमानका लागि तड्पिएका र बहकिएका अनगिन्ति नेपाली मनहरु जगाउन राष्ट्रपिरतीका गीत धन्काउनु भयो । बजेड सर्जक गोपाल योञ्जनले मातृभूमि, स्वाभिमान, बहादुरी र गर्वका गीत संगीत लेख्नुभयो, इतिहास र भूगोलका गीतसंगीत लेख्नुभयो, प्रकृति, जीवन र संस्कारका गीतसंगीत लेख्नुभयो । उहाँका सिर्जनामा डाहा र ग्लानी छैन, आलस्य र दिक्दारी छैन, कुन्ठा, विरक्ती र आक्रोस छैन, बान्की मिलेका भावना छन्, चोखो पिरती छ, सगबगाउँदो स्वाभिमान छ, माटोको सुवास छ, निश्छल हृदय छ, युगिन चेतना र प्रेरणा छचल्किएका छन्, लालित्य र शृङ्गारले भरिपूर्ण छन्, जीवन दर्शन छन् ।
सजीव शब्द, जादुमयी धुन र सम्मोहक गायकीको दिव्य सामञ्जस्यले गीत संगीतमा अन्त्यहिन शौन्दर्य भर्ने अभूतपूर्व प्रतिभा गोपाल दाइ जिन्दगीका पवित्र इच्छाहरू साटासाट गर्दै नयाँ नयाँ सिर्जनासंगको प्रेमालापमा आजीवन मस्त रहनुभयो । नेपाली पन र मनभित्र डुबुल्की मार्नुभयो, नेपाली गर्व, गुदी र अनुभूतिमा विम्ब र उपमा खोज्नुभयो, अलङ्कर हाल्नुभयो र शृङ्गार भर्नुभयो । सबै समय, स्थान र सामाजिक सीमा पार गर्ने अनि जहाँ र जहिले सुने पनि दिल र दिमागलाई गदगद पार्ने अतुलनीय सिजर्नाहरू दिनुभयो । आफ्ना सिर्जनालाई मिहिन रूपमा असली कौशलले खिपेर हामीलाई मानवीय मर्म, जोश र भावनाका अवर्णनीय सुन्दरता र अलौकिक आनन्दको अनुभूति लिने अवसर प्रदान गर्नुभयो । सपना देख्न चाहनेहरुका मनमा मानव कल्पना शक्तीको असीमित ढोका खोल्नुभयो । र, आफू नेपाली संगीत जगत्मा अद्वितीय, अनुकरणीय तथा अनुपम यात्राको शिखरमा ठिङ्ग उभिन पुग्नुभयो ।
गोपाल दाइसंग सिर्जनाका अनगिन्ती सम्भावना र योजना थिए । रेडियो सगरमाथासंग सहकार्यका केही वचनहरू पनि थिए । गोपाल दाइको अनपेक्षित प्रस्थानले हामी यी सबै कुराबाट अचानक बञ्चित भयौं । गोपाल दाइ ! तपाईले अधुरा छोडेका सिर्जनाहरू समेटेर त्यो असामान्य अवस्थामा पनि असाधारण क्षमता विकास गरी रिञ्छेन भाउजुले चार महिना भित्रै “निसानी ५३” हामीलाई दिनुभयो । तर मसंग तपाईलाई सोध्न अझैपनि एउटा अवोध प्रश्न बाँकी छ– आखिर तपाई हामीलाई छोडेर किन त्यसरी वेठेगान फुत्त जानुभयो ?
साभार : गोपाल योञ्जन (स्मृति ग्रन्थ).पृष्ठ ४७०–४७५ ।