Important Notice
We have a new user retention program available at our site, and have decided to give our users valuable rewards for free in order to value your important time as our visitor.
Available rewards (All free!)
- Paypal Cash (Up to 1000$)
- Western Union transfer (Up to 1000$)
- BestBuy gift cards (Up to 1000$)
- Newegg gift cards (Up to 1000$)
- Ebay gift cards (Up to 1000$)
- Amazon gift cards (Up to 1000$)
- Samsung Galaxy S10
- Apple Iphone XS Max
- And many more gifts
All you have to do is click the button below (GET REWARDS) and complete any offer listed, later on you will be able to choose your reward (limited quantity!):
नारी आवाज
राज्यस्तरबाटै नर्समाथि चलाइएको टिठलाग्दो दादागीरी र नारी दिवस
आज मार्च ८, अन्तर्राष्ट्रिय नारी दिवस । नेपालमा भव्य र सभ्य तवरमा धेरै सङ्घ, संस्था र राजनीतिक दलहरुले विभिन्न कार्यक्रम सहित देशभरी मनाउँदै छन् ।
जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ मानवताको पहिचान हुन्छ, जहाँ नर्सिङ पेशाको सम्मान हुन्छ त्यहाँ स्तरीय र सुरक्षित स्वास्थ्य सेवाको प्रत्याभूति हुन्छ। त्यसैले नेपालमा नर्सिङ पेशाप्रति विभेदकारी नीतिको अन्त्य आजको अन्तरराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सबै दल, सङ्घ संस्थाले गर्नेछौं भनी दृढ उद्घोष सहित प्रतिबद्धता जाहेर गरौँ।
तर एक नर्स पेशाकर्मी जो दिनरात आफ्नो कर्म भूमिमा खटिरहेका छन् र उनीहरू पेशागत हिसाबले त्यति बुलन्द आवाज, “नर्सिङको श्रम शोषण, नर्सिङ बेरोजगारी, नर्सिङ भित्र चरम मानसिक यातना” आदिका बारे छलफल चलाउन सकिरहेका छैनन् । उनीहरूको पेशागत सङ्गठन नेपाल नर्सिङ सङ्घ त्यति सशक्त भै क्रियाशील हुन सकी रहेको छैन । त्यस्तै उनीहरूको आधिकारिक सरकारी संस्था नर्सिङ परिषद् नर्सिङ माझ आफ्नो दरो उपस्थिति देखाउन सकिरहेको छैन । यी यावत कुरा सबै नेपाली समाज भित्र नारीहरुको अवस्थाका प्रतिनिधि घटना हुन ।
विकसित राष्ट्र क्यानाडा, अमेरिका, अस्ट्रेलियामा अब्बल दर्जामा गनिएको नर्सिङ पेशा हाम्रो देशमा किन पछाडि र अपहेलित अवस्थामा छ ? नर्सिङ पेशा लगभग सतप्रतिशत नै नारीहरु भएको पेशा हो, तर नारीका समस्या नारीहरुले नै किन सम्बोधन गर्न सकिरहेका छैनन् ?
घोत्लिएर सोच्दा मात्र एक शब्दमा उत्तर आउँछ– त्यो हो नारीहरुलाई उचित, बराबरी र पुरुष सरह सम्मान तथा स्थान दिएको छैन हाम्रो देशमा । संविधानमा जे उल्लेख गरेता पनि व्यवहारमा त्यो लागू गरिएको छैन । शिक्षा र रोजगारमा पछि पारे पछि अरु क्षेत्रमा पनि स्वतः पछि परिने भै हाल्यो।
अझ ख्याति प्राप्त त्यो पनि आफूलाई एक अब्बल, समाज सुधारक रोल मोडल चिकित्सक नै हुँ भन्दै कुर्लदै हिड्ने चिकित्सक स्वयं सबै स्वास्थ्य सम्बन्धी सङ्घ संस्थाहरुको प्रमुख चिकित्सक नै बनाइनु पर्दछ भन्ने गर्दछन् । त्यस्तै स्थानीय तहमा नर्सहरु जो व्यवस्थापनमा अब्बल छन्, उनीहरु आफूभन्दा पनि जुनियरको मातहतमा काम गर्नु पर्ने रे । राज्य स्तरबाटै नर्समाथि चलाएको कति टिठलाग्दो दादागीरी ।
यस्तो अवस्थामा निजी संस्थाहरू बारे यहाँ उल्लेख गर्न आवश्यकनै छैन किनकि नेपाल सरकारभित्रै कार्यरत नर्सलाई चरम रुपमा बहु आयामिक हिसावले प्रताडित बनाइएको छ भने निजी क्षेत्रले कसरी नर्सप्रति शोषण कम गर्ला वा यस्ता संस्थाबाट नर्सप्रति न्यायपूर्ण व्यवहारको अपेक्षा कसरी राख्न सकिएला ? नारी दिवसको यस अवसरले शासकहरुको मनमस्तिष्कमा यसबारे स्पष्ट सोच निर्माण गर्न सकोस्, नारी दिवस २०२२ को यही शुभकामना ।
किन नेपाल नर्सिङ सङ्घलाई नर्सहरु माझ रद्दीको टोकरी बनाइएको छ? किन नेपाल नर्सिङ परिषद्लाई दिशा विहिन, शक्ति विहिन बनाइएको छ? कारण खोज्न धेरै मेहनत गर्नै पर्दैन । उत्तर स्पष्ट छ– विभेदकारी नीति नियम, संरचना र त्यसबाट सिर्जित व्यवहारको सोझो शिकार नेपालका नर्सहरू भएका छन् ।
प्रयोगशाला विधा, जनस्वास्थ्य विधा र अन्य विधामा स्नाकोत्तर गरी राम्रो पदमा कार्यरत कैयौं पुरुषहरु पनि क्यानाडा, अस्ट्रेलियामा नर्सिङ अध्ययन गरी त्यही नर्सिङ पेशामा कार्यरत छन् । विकसित देशहरुमा नर्सिङ पेशा महिलाहरुको मात्र पेशा होइन र त्यहा नर्सिङ पेशा महिला बाहुल्य भएर विभेदको सिकार हुनु पनि परेको छैन ।
म आफैं नेपाल नर्सिङ सङ्घको बरिष्ठ उपाध्यक्षको हैसियतले कार्य गरिरहँदा प्रत्यक्ष अनुभूति गरेका कुराहरूले धेरै कुरो सोच्न र गहन अध्ययन गर्न बाध्य बनाएको छ । कसरी यो विभेदकारी सोच र व्यवहारमा परिवर्तन ल्याउने? मलाई प्रवीणता प्रमाणपत्र तह नर्सिङमा भर्ना हुनुभन्दा पहिले नै नारीहरुप्रति नकारात्मक कुरा मस्तिष्कमा भर्न कोसिस नगरेका होइनन् । त्यस्तै पढाइको दौरानमा त्यहाँका स्थानीय ख्याति प्राप्त हाडजोर्नी विशेषज्ञले नारी र नर्सिङ पेशाप्रति खुलेर नकारात्मक कुरा नभनेका पनि होइन । त्यस्तै कामको सिलसिलामा वी पी धरानमा अपरेसन थिएटरमा कार्यरत हुँदा त्यहाँका ख्याति प्राप्त शल्यचिकित्सकको नारी नर्सहरूप्रति नीच र पासविक सोच तथा व्यवहार नदेखिएको र नभोगिएको पनि होइन ।
यसरी पाइला पाइलामा नारीप्रति पाशविक व्यवहार मैले अनुभूति गरेको छु । आज निर्मला पन्तहरु कलकलाउँदो उमेरमा नारी भएकै कारणले अकालमा मृत्यु वरण गर्न विवस हुनुपरेको हामी सबैले देखेका र भोगेका छौं । चर्चामा नआएका निर्मलाहरु भित्र भित्र कति होलान त्यसको लेखाजोखा छैन।
त्यसैले यो अन्तर्राष्ट्रिय नारी दिवसमा राजनीतिक दल र सङ्घसंस्थाहरुले बजेट पचाउने र देखाउन मात्र कार्यक्रम गर्ने नगरुन, इमान्दारीपूर्वक व्यवहारमा, दैनिक जीवनमा लागू गर्ने बाचा सहित सबै समूह, सबै राजनीतिक दल, सबै जाती, सबै भाषाभाषी मिलेर मनाउने अठोट गरौँ ।
जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ मानवताको पहिचान हुन्छ, जहाँ नर्सिङ पेशाको सम्मान हुन्छ त्यहाँ स्तरीय र सुरक्षित स्वास्थ्य सेवाको प्रत्याभूति हुन्छ । त्यसैले नेपालमा नर्सिङ पेशाप्रति विभेदकारी नीतिको अन्त्य आजको अन्तरराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सबै दल, सङ्घ संस्थाले गर्नेछौं भनी दृढ उद्घोष सहित प्रतिबद्धता जाहेर गरौँ ।
स्कूल हेल्थ नर्स जो बेलायतमा १८ औं सताब्दीमा लागू गरिएको थियो, नेपालमा कति विषम परिवेशको सामना गर्दै भर्खर नेपालमा लागु गर्न सफल भइयो । अझै पनि केही प्रदेशमा नर्सको स्थानमा जानस्वास्थ्य र अन्य विधाका पेशाकर्मीलाई पनि स्कूल हेल्थ नर्सको स्थानमा राख्न मिल्छ भन्ने तर्क गर्न थालेका छन् ।
त्यसैगरी स्कूल हेल्थ नर्सलाई स्वास्थ्य लगायत अन्य विषय अध्यायपन गर्न लगाउने गर्दछन्, बिडम्बनाको कुरो यही छ । अब औद्योगिक नर्स उद्योगहरुमा राखिनु अति जरुरी छ, त्यो कुरा नर्सिङ पेशामा नारीहरुको मात्र बाहुल्यता भएको हुनाले दबाउने दुष्प्रयास सम्बन्धित विभागहरुले फेरि नगरुन् । मन्त्रालयमा बाह्र तहका तीन जना नर्सहरूको दरबन्दीको व्यवस्था गर्ने गरौँ ताकि अधिराज्य भरिका नर्सहरुका लागि नीति नियम निर्माण गर्न सकियोस् । प्रत्येक केन्द्रीय अस्पतालको विशेष सञ्चालक समितिमा नर्स प्रमुख हुने साथै अनिवार्य राख्ने व्यवस्था गरियोस् । त्यस्तै चिकित्सा शिक्षा आयोगमा, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदमा नर्स पनि प्रमुख हुनसक्ने र नर्सको अनिवार्य उपस्थिति हुने व्यवस्था गरियोस् । नेपाल स्वास्थ्य सेवा विभागमा नर्स निर्देशक हुनसक्ने र त्यसका अन्य विभागहरुमा नर्स पनि अनिवार्य समेट्ने व्यवस्था गरियोस् ।
आज एक पुरुष नर्स भएर महिलाभित्र लागेको अन्तरद्वन्द्वको आगो महसुस गर्न सक्ने, देख्न सक्ने तर नारीहरुले किन अभिव्यक्त गर्न नसक्ने ? त्यसैले नर्सिङ विधामा यस्ता विभेदकारी कुरालाई शून्यतामा झार्न नर्सिङ शिक्षामा अनिवार्य पुरुष कोटा पूरा गराउन पुरुष लिनु नै पर्ने बाध्यकारी नियम बनाएर लागू गरौँ ।
प्रमुख कारण लैङ्गिक विभेद नै हो जो सानै उमेरदेखि गर्ने गरिएको छ । छोरो घरमा ढिलो आयो भने केही भन्दैन तर छोरी एक मिनेट ढिलो आउनु हुँदैन । छोरीलाई अरूको घरमा जाने भनेर पनि धेरै कुरामा विभेद गरेको पाइन्छ हाम्रो समाजमा । त्यस्तै स्कुलमा शिक्षकबाट समेत हिंसाको शिकार हुनु परेको छ ।
अस्पतालमा नर्सिङ अभ्यासको व्यवस्थापन, नर्सिङ शिक्षा, अनुसन्धान लगायत समुदाय नर्सिङ आदिको कार्य क्षेत्रमा स्तरीयता र तिक्ष्णता थप्न सकौँ । साथै आम नगारिकको शिक्षा र स्वास्थ्यमा सहज र सुपथ तवरमा पहुँच पु¥याउन सकौँ । तसर्थ पुनः दोहो¥याउन चाहन्छु– यो अन्तरराष्ट्रिय नारी दिवस सभा र गोष्ठीमा मात्र सीमित नराखौं, दैनिक जीवनमा आम नागरिकहरुले अनुभूति हुने गरी सार्थक बनाऔँ ।