परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गजल

सक्छौ भने अन्याय र अत्याचार बन्द गर
कालकुट भरिएको विचार बन्द गर

खबर कत्ति सुन्नु यहाँ शान्ति हराएको,
अशान्ति मौलाएको समाचार बन्द गर

मानवताको खोलभित्र लुकेका ए दानवहरू,
धर्म–जातमा क्रान्ति छर्ने प्रचार बन्द गर

जनतासामु गाई बन्ने ब्वाँसा पनि छन् यहाँ,
छेपारो  झैँ रङ्ग फेर्ने आचार बन्द गर !

Facebook Comments