परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन २६ शनिबार

  • अर्थमन्त्री डा. युवराज खतिवडाको संघीयता कार्यान्वयन गर्न र पूर्वाधार विकास गर्न विश्व बैंकलगायतका साझेदारहरूबाट ठूलो मात्रा आर्थिक सहयोग आवश्यक रहेको बताउनुभएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • बूढीगण्डकी जलविद्युत आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट २२ अर्ब रूपैयाँ सङ्कलन भएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ । नेपाल आयल निगमले उपभोक्तालाई थप भार नपर्ने गरी तीन वर्षको अवधिमा त्यति रकम सङ्कलन गरेको हो ।

 

  • भदौ १ गतेदेखि लागू हुने नयाँ मुलुकी संहिताले उपचारको क्रममा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएमा चिकित्सकले पाँच वर्ष जेल सजाय भोग्नुपर्ने प्रवधान राखेको छ ।

 

  • नेपाल र बंगलादेशबीच उर्जा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । राजधानीमा साउन २५ गते आयोजित एक समारोहमा सम्झौतापत्रमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र बंगलादेशी उर्जा राज्यमन्त्री नसरुल हसिमले हस्ताक्षर गर्नुभयो ।

 

  • प्रसिद्ध रेडियोकर्मी यज्ञनिधि दाहालको ६५ वर्षको उमेरमा साउन २५ गते निधन भएको छ । रेडियो नेपालको लोकप्रिय साहित्यिक कार्यक्रम ‘साहित्य संसार’ बाट लोकप्रियता कमाउनु भएका दाहाल लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्थ्यो ।

 

  • चारपर्वलाई दृष्टिगत गरी नेपाल-भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिने भएको छ । दिल्लीमा सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्ष बलको तेस्रो समन्वय बैठकमा यस्तो सहमति भएको हो ।

 

  • सत्तारुढ नेकपाका सांसद मेटामणि चौधरीले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग्नुभएको छ । उहाँले अर्थमन्त्रीले ल्याउनुभएको बजेटले जनता निराश भएको भन्दै यस्तो माग राख्नुभएको हो ।

 

  • रुपन्देहीमा दिनहुँ तीनदेखि पाँचजनाले आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
    रामेछापको इलाका प्रशासन कार्यालय महिनौंदेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेको समाचार छ ।

 

  • सरकारले कूटनीतिक राहदानी दुरुपयोग गर्नेलाई तीन वर्षसम्म कैद र पाँच लाखसम्म जरिवाना हुने कानुनी प्रावधान प्रस्ताव गरेको छ । राहदानीसम्बन्धी कानुन संशोधन गर्न विधेयकमा यस्तो प्रावधान प्रस्ताव गरिएको हो ।

 

  • क्यानडाको पूर्वी शहर फेडिरिक्टन अज्ञान बन्दुकधारी समूहले चलाएको गोली लागी चारजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

 

  • इबोला रोगका कारण कङ्गोमा १० जनाको मृत्यु भएको समाचार छ ।
Facebook Comments