परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन २३ बुधबार

 

  • नेपालमा पहिलो पटक उपभोक्ताले क्षतिपूर्ति पाउन सक्ने गरी कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । कालोबजारी गरेमा तीन वर्षसम्म कैद हुने प्रावधान पनि सोही कानुनमा छ ।

 

  • एशियाली विकास बैंकले आठ सय मेगवाटको दूधकोशी जलाशययुक्त जलविद्युत परियोजना निर्माणका लागि ५५ अर्ब छ करोड रूपैयाँ ऋण दिने भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • आउँदो भदौ १४ र १५ गते काठमाडौंमा हुने  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोग बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुन आउने उच्चस्तरीय विदेशी पाहुनाको सुरक्षाका लागि सरकारले बुलेटप्रुफ गाडी र जामर भाडामा लिने भएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • चीनको केरुङ र काठमाडौंलाई जोड्ने रेलमार्गको प्रारम्भिक सम्भाव्यता प्रतिवेदन तयार भएको छ । चिनिया कम्पनीले तयार पारेको यस प्रतिवेदनबारे थप जानकारी भौतिक पूर्वाधार तथा रेल्वे विभागका प्रतिनिधिहरू भदौ ४ गते चीन जाने कार्यक्रम रहेको समाचार छ ।

 

  • २०७४ सालको साउनमा तराईमा आएका बाढीबाट पीडित कतिपय नागरिकले अहिलेसम्म पनि राहत नपाएका र सहयोगका लागि पठाइएको लाखौं रकम फिर्ता भएको समाचार छ ।

 

  • प्रा.डा. गोविन्द केसीले सरकारसँग भएको सम्झौता अक्षरशः पालना हुनुपर्नेमा जोड दिनुभएको खबर सञ्चार माध्यममा छाएका छन्  ।
  • ११ निशान खड्काको अपहरण तथा हत्या प्रकरणमा प्रहरीसँगको भीडन्तमा मारिएका भनिएका गोपाल तामाङ र  अजय तामाङबारे मृत्युबारे आशंका उब्जिएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

  • एकै महिनामा २३ वटा बलात्कारका घटना भएको खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • सरकारले गरिबको परिचयपत्र वितरण गर्दा व्यापक बेथिति भएको र धनी व्यक्तिले पनि पाएको समाचार पनि नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।

 

  • चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरास्थित पार्क भिलेज वाटर फ्रन्ट रिजोर्टका अधिकांश संरचना फेवाताल मिचेर बनाएको सरकारी छानबिन टोलीले निष्कर्ष निकालेको छ ।

 

  • सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निष्कर्ष निकालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शत्रुघनप्रसाद पुडासैनी संयोजकत्वको सात सदस्यीय अध्ययन दलले सो निष्कर्ष निकालेको हो ।

 

  • पूर्वपश्चिम रेलमार्ग अन्तरगत बुटवलदेखि गड्डाचौकीसम्म पश्चिम खण्डको विस्तृत परियोजना प्रतिवेदनको प्रतिवेदन तयार भएको समाचार छ ।
  • प्यूठान जिल्लाको प्यूठान नगरपालिका -५ जुम्रिकाँडामा स्थानीयको सहभागिता हर्बल साबुन उद्योग सञ्चालनमा आएको समाचार छ ।

 

  • विषालु सर्पको टोकाइबाट उदयपुरमा दुई महिनामा ६ जनाको मृत्यु भएको खबर छ ।

 

  • काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७५/०७६ मा टेकु भन्सार, माइतीघर, बबरमहल (काठमाडौं जिल्ला अदालतनेर), पुतलीसडक, महराजगञ्ज, कोटेश्वर र गौशाला चोकमा आकाशे पुल (फुट ब्रिज) निर्माण गर्ने भएको छ ।

 

  • रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरले आफ्नो पारिश्रमिकबाट नगरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सम्बन्धित विद्यायलको सिफारिसमा छात्रृत्ति प्रदान गर्नुभएको छ ।

 

  • धनकुटा जिल्ला अस्पताल चिकित्सकविहीन हुँदा मर्कामा परेको समाचार छ ।

 

  • भारतको सिक्किम सरकारले पश्चिमी सिक्किमको उत्तरी क्षेत्रसँग नेपालको सीमाना नजिक रहेको चिवा भञ्ज्याङलाई जोड्न सडक निर्माण गर्न लागेको समाचार छ ।

 

  • भारत तथा चीनबाट आएका आप्रवासीका कारण अष्टे«लियाको जनसंख्या प्रतिवर्ष चार लाखका दरले बढिरहेको बीबीसीले जनाएको छ ।

 

 

Facebook Comments