परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

वंशानुगत अर्थात् हेरिडिटरी रोगहरू

‘एउटा परिवारमा अनौठो बच्चा जन्मियो, वा परिवारका सबै बच्चाहरू ओठ काटिएका जन्मिएका छन्’ आदि  जस्ता समाचार बेलाबखत पत्रपत्रिकामा आउने गर्दछन् । यस्ता समस्याबाट पीडित आमाबाबुलाई चिन्ता हुन्छ- आगामी पुस्ता पनि यस्तै रोगबाट पीडित हुने हो कि ? डायबिटिज, मोटोपना, हाई ब्लडप्रेसर, थायरायड, क्षयरोग जस्ता रोगहरू अचेल सामान्य भइसकेका छन । यसको अतिरिक्त सुस्त मनस्थिति, जन्मजात अपाङ्ग वा अशक्त जन्मिने, ओठ काटिएको (खुडे) जन्मिने, महिलाहरूमा बच्चा नहुने, बच्चा भए पनि मरेको जन्मिने वा बच्चा खेर जाने आदि जस्ता रोगहरू पनि देखिन्छन् । यो लेखमा यस्ता केही वंशानुगत रोगहरू र यिनका बीच कसरी स्वस्थ सन्तान जन्माउन सकिन्छ भनेर चर्चा गर्ने प्रयास गरिनेछ ।

के हो वंशानुगत रोग;-

हाम्रो शरीर अर्बौँ सेलहरुको सङ्गठन हो । पुरुषको एक्स र महिलाको वाई मिलेर २३ जोडी क्रोमोजोम बन्छन्। यिनै क्रोमोजोमले आमाबाबुमा भएका गुण-अवगुण पछिल्लो पुस्तामा सार्ने गर्दछन् । यिनै जिन्सबाट सर्ने रोगलाई नै वंशानुगत (हेरिडिटरी) रोग भनिन्छ । यसरी आमाबाबु दुबैको परिवारमा सर्दै आएको रोग सन्तानमा सर्ने सम्भावना बढी हुन्छ । वंशानुगत रोग भन्नुको तात्पर्य यस्ता रोगहरू जुन कुनै व्यक्तिको वंशमा लगातार पुर्ख्यौलीबाट चली नै आइरहेको छ ।

यस प्रकारका रोगहरू प्रायः गरी स्थायी प्रकृतिका हुन्छन् । यस्ता रोगको उपचारका लागि विभिन्न विधिहरू छन् । होमियोप्याथिक चिकित्सा प्रणालीमा भने वंशानुगत रोगोपचारका लागि दम्पत्तिलाई नै औषधीको सेवन गराइन्छ ता कि भविष्यमा ऊनीहरूको जन्मिने सन्तान रोगग्रस्त नहोस् । यहाँ यस्तै केही रोगहरूको उपचार प्रस्तुत गरिएको छः

ओठ काटिएको (खुडे) बच्चा जन्मिनुः- केही यस्ता महिलाहरू हुन्छन्, जसको जन्मिने बच्चा ओठ काटिएका (खुडे) जन्मिन्छन् । यस्ता महिला पुनः गर्भवती भएको अवस्थामा ‘कल्केरिया सल्फ6x /शक्तिमा प्रतिदिन बिहान-बेलुकी सातौँ या आठौँ माहिनासम्म दिनुपर्ने हुन्छ । यस औषधीको सेवनपश्चात् जन्मिने सन्तान सामान्य हुन्छ ।

मोटो र निर्बल बच्चा जन्मिनुः- यदि कुनै परिवारमा जन्मिने बच्चा धेरेजसो मोटो, थुलथुले शरीर र निर्बल जन्मिन्छ भने पफेरि हुने सन्तान यस्तो नहोस् भन्नका लगि गर्भवती महिलालाई ‘कल्केरिया कार्ब– २००/ १एम शक्तिको केवल एक मात्रा औषधी गर्भ रहेको पाचौँ महिनातिर लिनुपर्ने हुन्छ । यसरी यो औषधीको सेवनबाट बच्चा सामान्य र सबल अवस्थामा जन्मिन्छ ।

कमजोर बच्चा जन्मिनु;- यदि कुनै दम्पत्तिको बराबर कमजोर हड्डी भएको, कमजोर, दुब्लो, पातलो, मरन्च्यासे बच्चा जन्मिने गर्दछ भने महिलालाई ‘कल्केरिया फाँस नामक होमियोप्याथिक औषधीको सेवन गराउनुपर्ने हुन्छ । गर्भवती महिलाको शारीरिक स्थिति अनुसार औषधीको क्षमता निर्धारण गर्ने कार्य उसको चिकित्सकमा भर पर्दछ । होमियोप्याथीका प्रसिध्द चिकित्सक डा. पि. शकरानको भनाई अनुसार, यो औषधीले गर्भपात हुनबाट पनि रोक्दछ । यसैगरी, डा. मदनलाल सरहदीले आफ्नो पुस्तकमा के लेख्नुभएको छ भने जुन महिलाको तेस्रो या पाँचौँ महिना गर्भपतन हुने आशङ्का रहन्छ (हुन त सातौँ महिनामा गर्भपात हुने आम समस्या हो) उनीहरूलाई समेत यो औषधीको सेवन गराउनाले  गर्भपतन हुने आशङ्का रहँदैन ।

मरेको बच्चा जन्मिनुः- यस्ता महिलाहरू पनि छन्, जसको  प्रायः मरेको बच्चा जन्मिन्छ या जन्मेको केही दिन पश्चात मर्ने गर्दछ । यस्ता महिलाले ‘सिमिसिफ्युगा – Q’ ( मदर टिन्चर) औषधीको ५ थोपा प्रतिदिन (बिहान सबेरै) एक पटक गर्भ रहेको लगातार चौथो महिनासम्म लिनुपर्दछ । यसका साथै ‘कल्केरिया फाँस 12x / शक्तिको औषधी पनि सेवन गर्नुपर्ने हुन्छ । यसको प्रयोगले बच्चा जीवित जन्मिन्छन् र स्वस्थ एवं दीर्घजीवी हुन्छन् ।

आठ महिनामा बच्चा जन्मिनुः- धरैजसो महिला यस्ता पनि हुन्छन्, जसको समय नपुगिकनै आठौँ महिनामै प्रसव पीडा (व्यथा) लागेर बच्चा जन्मिन्छन् । यसरी असमयमा जन्मेका सन्तान प्राय:जसो कमजोर हुन्छन् । यस्तो अवस्थामा गर्भवती महिलालाई ‘कोलोफाइलम ३० / शक्तिको औषधी सातौँ र आठौँ महिनामा प्रत्येक दिन बिहानको समयमा दिने हो भने यसबाट आठौँ माहिनामा बच्चा जन्मिने समस्या हट्छ र प्रसव पनि सजिलैसित सामान्य अवस्थामै हुन्छ । तर याद राख्नुपर्ने कुरो के हो भने प्रसव हुनु केही दिन अर्थात् २५ दिनअगाडि नै यस औषधीको सेवन गर्न बन्द गरिदिनुपर्छ ।

वंशमा टी.बी. रोग हुनुः- यदि कुनै परिवारमा टी.बी. (क्षय) रोगको पुरानो इतिहास छ तथा त्यस परिवारमा जन्मिने बच्चा क्षयरोगको संरचनाको शरीर लिएर जन्मिने गरेको छ भने अर्को स्वस्थ बच्चा जन्माउन चाहेमा गर्भवती महिलालाई चिकित्सकको सल्लाहमा ‘ट्युबरकुलिनम १एम/ शक्ति को केवल एक मात्रा सेवन गराउनुपर्ने हुन्छ । यसबाट, जन्मिने बच्चालाई टी.बी. रोग हुँदैन र बच्चाको शारीरिक संरचना पनि क्षयरोगग्रस्त बच्चा जस्तो हुँदैन ।

माथि लेखिएका होमियोप्याथिक औषधिहरूको प्रयोग आफ्नो नजिकैको कुनै योग्य तथा अनुभवी चिकित्सकको सल्लाह लिएर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

Mishradr.lk@gmail.com

Facebook Comments