परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेदरल्याण्ड्स् विरूद्ध नेपाल विजयी

सुखद् एक दिवसीय क्रिकेट यात्रा

नेदरल्याण्ड्स्को आर्मस्टरडममा भएको नेपाल – नेदरल्याण्ड्स्बीचका एक दिवसीय क्रिकेट प्रतिस्पर्धाको पहिलो दिन निदरल्याण्डसँग हारेको नेपालले आज विजय हासिल गर्दै बराबरीमा आफूलाई उभ्याएको छ । पहिलो एक दिवसीय खेलमा ५५ रनले हारेको नेपालले आज निकै रोमान्चक ढङ्गले १ रनले विजय हात पा¥यो । सोमपाल कामीले ६१ रन बनाए । कप्तान पारस खड्काले ५५ रन जोडेका थिए । 

टस जितेर नेपालले पहिलो पालोमा ब्याटिङ्ग गर्दै २१७ को लक्ष्य दिएको थियो । निदरल्याण्डले अन्तिम ४९ ओभरमा सो लक्ष्यको नजिक पुग्दा ९ विकेट गुमाइसकेको थियो । नेपालको तर्फबाट अन्तिम ओभरको बलिङ्मा पारस खड्का थिए । तर अन्तिम बल बाँकी हुँदा निदरल्याण्डलाई जित निकाल्नका लागि २ रनको आवश्यकता थियो । निकै रोमाञ्चित बनेको यो खेलमा पारसको अन्तिम ओभरको अन्तिम बलिङ्गमा दनेरल्याण्ड्स्को सबै विकेट गिर्न पुग्यो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले सुरुमा ४८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २१६ रन जोडेको थियो । नेपालका लागि कप्तान पारस खड्काले ५१ रन र सोमपाल कामीले सर्वाधिक ६१ रन जोडेका थिए । यो नेपालले पहिलो ऐतिहासिक एक दिवसीय क्रिकेट खेलमा प्राप्त गरेको विजय हो ।

साउन १६ गते भएको पहिलो खेलमा नेपालको प्रदर्शनी निराशाजनक थियो । नेपाल न त ब्याटिङमा लयमा थियो न बलिङ्ग÷फिल्डिङमा नै । तर आज नेपालले ब्याटिङमा निकै जमेर खेल्यो र २१६ को योगफल बनाउन सक्यो । त्यस्तै बलिङमा पनि नेपालले निकै आशलाग्दो प्रदर्शन ग¥यो । 

आजको खेलबाट नेपाली टोलीले खेलप्रेमी नेपालीहरूलाई खुशी तुल्याएको छ । यो प्रतिस्पर्धामा जित हासिल गर्न अझै नेपालले एक प्रतिस्पर्धामा जित्नुपर्ने छ । अस्तिको खेलमा निराशाले भरिएका सामाजिक मिडिया आज खुशी र हर्षले भरिएका छन् ।  सोमपाल कामी म्यान अफ दि म्याच घोषित भएका छन् ।

 

 

 

Facebook Comments