परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन १४ सोमबार

  • बाँके र बर्दियामा एक सय १३ वटा सीमास्तम्भ हराएका समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
  • चिकित्सा शिक्षा जाँचबुझ आयोगले बर्खास्तको सिफारिस गरिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले आयोगका संयोजक गौरबहादुर कार्कीमाथि नै छानबिन र कारबाही हुनुपर्ने माग गरेका खबर कान्तिपुर दैनिकमा प्रकाशित छ ।
  • पाँच वर्षको अवधिमा राष्ट्रिय ऋण ६५ प्रतिशतले वृद्धि भएको नेपालको कुल ऋण प्रत्येक नेपालीलाई भाग लगाउने हो एकजनाको थाप्लोमा ३० हजार पर्ने समाचार छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन विपरीत बजेट सक्न विदेश भ्रमणमा गएका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ५९ कर्मचारीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले छानबिन शुरु गरेको समाचार छ ।
  • नेपाल आयल निगमले चौबीसै घण्टा खुल्ने स्मार्ट पेट्रोल पम्प सञ्चालन गर्ने योजना अघि सारेको खबर छ ।
  • राजविराज नगरपालिकाले नागरिकताका लागि निःशुल्क सिफारिस गर्ने भएको छ । तर उसले मदिरा व्यवसायमा ५० प्रतिशत कर वृद्धि गरेको छ भने बहाल कर १० प्रतिशत कायम गरेको छ ।
  • आफ्नो कार्यक्षेत्रलाई संघीय सरकारले हस्तक्षेप गरेको भन्दै प्रदेश नं. २ को सरकारले सवारी चालक अनुमतिपत्रको आवेदन खुलाउन अस्वीकार गरेको समाचार छ ।
  • प्रदेश नं. १ मा प्रहरी आचरण विपरीत काम गरेको भन्दै ३८ जना प्रहरी निलम्बनमा परेको समाचार छ ।
  • नागरिकको उजुरी सुन्ने सरकारी संयन्त्र ‘हेलो सरकार’ मा मासिक एक हजारको संख्यामा उजुरी पर्ने गरेको समाचार    छ ।
  • नेपाली कांग्रेसकी नेतृ पूर्वसांसद ओमदेवी मल्ल नेकपामा प्रवेश गर्नुभएको छ । यसैबीच, नेकपाले हृदयस त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहलाई आफ्नो पार्टीमा समाहित गर्ने प्रक्रिया अघि बढाएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
  • नेपालमा सञ्चालित उत्तर कोरियाली नागरिकका व्यापार व्यवसाय बन्द गराउन संयुक्त राष्ट्रसंघले पत्राचार गरेपछि गृह मन्त्रालयले त्यसको यकिन विवरण उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको समाचार छ ।
  • साउन १३ गते बिहान दुबई लागि उड्यन तयारी अवस्थामा रहेको फ्लार्इ दुबईको विमानका पाइलटले मादक पदार्थ सेवन गरेको भेद खुलेपछि काठमाडौंमा रोकिएको खबर छ ।
  • हात्तीको आक्रमणबाट पाँच वर्षको अवधिमा झापामा ३५ जनाले ज्यान गुमाउनुपरेको जिल्ला वन कार्यालय झापाले जनाएको छ ।
  • भीषण बाढी र उच्च तापक्रमका कारण सयौंको ज्यान गएको जापान एक महिना पनि बित्न नपाउँदै शक्तिशाली समुद्री आँधीबाट ग्रस्त बनेको बीबीसीले जनाएको छ ।
  • छिमेकी मुलुक भारतमा अविरल वर्षाका कारण छ सय व्यक्तिको मृत्यु भएको तथा जनजीवन अस्तव्यस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। अविरल वर्षाका कारण त्यहाँका छवटा राज्य बढी प्रभावित भएका छन् ।
  • इन्डोनेशियामा भूइँचालो जाँदा थोरैमा १४ जनाको मृत्यु भएको छ । भूइँचालो चर्चित पर्यटकीय स्थल लोम्बोक बढी प्रभावित भएको समाचार छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारलाई ‘जनताका सत्रु’ भनेकोमा त्यहाँको समाचारपत्र ‘द न्यूयोर्क टाइम्स’ ले त्यसको विरोध गरेको छ । ‘द न्यूयोर्क टाइम्स’ का प्रकाशक एजी सल्जबर्गरले राष्ट्रपति ट्रम्पसँगको भेटमा यसप्रकारको अभिव्यक्तिले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई अपमान गर्ने भएकोकाले त्यसो नगर्न राष्ट्र पति ट्रम्पसँग आग्रह गरेको बीबीसीले जनाएको छ ।
Facebook Comments