परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गुरु…. को सान्निध्यमा

 

गुरु को ?
जो लघु होइन, त्यो गुरु हो ।
अनि लघु को ?
जो गुरु होइन, त्यो लघु हो ।
त्यसो भए लघु र गुरु को र के ?
यी दुबै एकअर्काका विरोधाभाषी हुन ।
ल अब परिहास छाडेर मूल विषयमा चिन्तन गरौं ।
गुरु को ?
जोसँग तपाईभन्दा बढी बुद्धि छ, ऊ गुरु हो ।
जोसँग तपाईभन्दा बढी ज्ञान छ, ऊ गुरु हो ।
जोसँग तपाईभन्दा बढी अनुभव छ, ऊ गुरु हो ।
जोसँग तपाईभन्दा बढी धैर्य छ, ऊ गुरु हो ।
जोसँग तपाईभन्दा बढी सहनशीलता छ ,ऊ गुरु हो ।
जोसँग तपाईभन्दा बढी विवेक छ, ऊ गुरु हो ।
जो तपाईभन्दा बढी क्षमतावान दूरदृष्टि सम्पन्न र जीवन्त छ, ऊ गुरु हो ।
गुरु एउटा माध्यम हो ।

Facebook Comments