परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ साउन ४ शुक्रबार

  • राजधानीबाट प्रकाशित सबैजसो अखबारले जुम्लामा अनसनरत प्रा.डा. गोविन्द केसीलाई बल प्रयोग गरी काठमाडौं ल्याइएको समाचारलाई उच्च प्राथमिकता दिएर छापेका छन् । सरकारको कदमप्रति सामाजिक सञ्जालमा आक्रोश छाएको छ ।
  • जिल्ला प्रशासन कार्यालय, गुल्मीले डिजिटल नागरिक वडापत्र शुरु गरेको समाचार छ ।
  • सरकारले देशभरका सबै ७५३ स्थानीय तहमा रोजगार सूचना केन्द्र खोल्ने तयारी गरेको श्रम विभागले जनाएको छ ।
  • ऐतिहासिक महत्व बोकेको बागदरबार भत्काउन पुरातत्व विभागले अनुमति दिएकोमा संरक्षणका पक्षधरहरूले विरोध गरेका छन् ।
  • पाकिस्तानमा आमनिर्वाचन नजिकिँदै जाँदा परिचयपत्रको अभावमा लाखौंको संख्यामा रहेका हिन्दू समुदाय मतदानको अधिकारबाट बञ्चित भएको तथ्य बीबीसीले सार्वजनिक गरेको छ ।
  • सेवाग्राहीको गुनासो सङ्कलन गर्ने सरकारी संयन्त्र ‘हेलो सरकार’ ले वैशाख, जेठ र असार महिनामा कुन कुन माध्यमबाट कति गुनासो आए भन्नेबारे तथ्याङ्क सार्वजनिक गरेको छ । तीन महिनामा प्राप्त ३ हजार ७२ गुनासामध्ये इमेल, टेलिफोन, ट्वीटर, फेसबुक र अन्य माध्यमाबाट क्रमशः दुई सय १७, पाँच सय १९, एक हजार आठ सय ९४, दुई सय ७३ र एक सय ६९ गुनासो प्राप्त भएको ‘हेलो सरकार’ ले जनाएको छ ।
  • स्थानीय तहमा लामो तथा छोटो अवधिको प्राविधिक शिक्षको पहुँच २९ प्रतिशतमात्र रहेको खबर छ ।
  • भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा देशका २५ भन्दा बढी स्थानमा केबलकार निर्माण गर्न निवेदन परेको खबर कारोबार दैनिकले छापेको छ ।
  • सरकारले कुनै खास कार्ययोजना र कार्यविधि विना नै स्वदेशी तथा विदेशी कम्पनीलाई खानी उत्खनन गर्ने अनुमति दिँदा बेथिति बढेको खबर पनि कारोबार दैनिकले नै छापेको छ ।
  • प्रतिस्पर्धा कानुन मिचेकोमा युरोपेली युनियनले गुगुललाई पाँच अर्ब डलर जरिवाना गरेको छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिकी भ्रमणको निम्ता दिनुभएको बीबीसले जनाएको छ । अमेरिका र रुसबीच बैरभावपूर्ण सम्बन्ध रहँदै आएको छ ।
Facebook Comments