परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

शरीर क्षारीय हुनुपर्दछ

 

शरीरमा हुने रोगहरू जस्तै मधुमेह, हृदयरोग, उच्च रक्तपात, जोर्नी दुख्ने, पिसाव सम्बन्धी रोग, हाड सम्बन्धी रोग, ओस्टियापोरोसिस, रोरायसिस, युरिक एसिड बढ्नु, बाथरोग, थायराइड, ग्यास, किड्नी रोग र पेट सम्बन्धी अनेक विकारको सम्बन्ध शरीरभित्रको वातावरणसँग हुने गर्छ सन् १९३१ मा नोवेल पुरस्कार विजेता डा. ओटो वारवर्गले भनेका छन्– ‘नो डिजीज इन्क्लुडिग क्यान्सर, क्यान एक्जिष्ट इन एल्कलाइन एनभायरोमेन्ट’ ।
‘एल्क्लाइन’ र्र एसिडिक’ भनेको ‘पी.एच.’ स्तर हो ।
‘पी.एच.’ स्तरलाई १ देखि १४ मा गणना गरिन्छ । ७  ‘पी.एच. स्तर’ भनेको मध्ये यो न्यूटल अवस्था हो । यस स्तरमा न अम्लीयता न क्षरीयता ।
जव ७ को मध्यस्तरवाट ‘पी.एच. स्तर’ क्रमाङ्क तलतिर खस्छ, अम्लीयतामा बृद्धि हुन थाल्छ ।
त्यसैगरी ‘पी.एच. स्तर’ ७ बाट उकालो लाग्नु भनेको क्षरीयता वृद्धि हुँदै जानु हो ।
हाम्रो शरीरमा रगत लगायत अनेकाैं    ‘हर्मोन’ हुन्छन् । यिनर्को पी.एच. स्तर’ बढ्नु नै शरीरमा अम्लीयता हुनु हो । र, शरीरका द्रबमा बढेको अम्लीयता नै अनेकाैं रोगको कारण वन्छ ।
हामी अचेल जुन भोजन गर्छौं तीमध्ये ९० प्रतिशत भोजनले शरीरभित्र अम्लीयता वृद्धि गर्न सघाउ पुर्याउँछन् । र, शरीरमा अम्लीयता स्तर बढी मात्रामा रहिरहेसम्म जतिसुकै औषधी सेवन गरे पनि रोगबाट मुिक्त पाउन सकिन्न ।
क्यान्सर वृद्धि र ‘पी.एच. स्तर’ सम्बन्ध क्यान्सर कोशिकाको वृद्धि अम्लीय वातावरण हुन्छ । अक्सिजनको कमीले गर्दा क्यान्सर कोशिकामा रहेर्को सुगर’ मा फरमेंटेशन (Fermentation) हुन्छ । यसले गर्र्दा लैक्टिक एसिड’ को निर्माण हुन्छ । यसले अम्लीय वातावरण बनाउँछ र क्यान्सर कोशिकाको वृद्धिमा सघाउ पुर्याउँछ ।

क्यान्सर लगायत आदि यावत रोग शरीरभित्रको वातावरण क्षरीय (ALKALINE)   भएमा हुर्किन सक्दैनन् –डाक्टर ओटो बारबर्ग

 

बाथरोग– बाथरोगमा रगतमा युरिक एसिडको मात्रा बढ्ने गर्छ । रगत जति बढी अम्लीय हुन्छ, बाथले त्यति नै सताउँछ ।
पिसाब सङ्क्रमण– पिसाब सम्बन्धी सङ्क्रमण हुनुका पछाडि ई–कोली नामक ब्याकटेरिया प्रमुख कारक हो । यो ब्याकटेरिया अम्लीय वातावरणमा हुर्किन्छ । त्यसैगरी ‘क्यानडिडा (Candida Alliances) अल्बीकेन्स’ नाम गरेको फङ्गस पनि युरिनरी ट्रैक्ट इन्फेक्सन (U.T.I) को कारण हुन्छ । यो पनि अम्लीय वातावरणमै हुर्किन्छ ।
किड्नी सम्बन्धी रोग– किड्नी सम्बन्धी रोग हुनुमा शरीरको अम्लीय वातावरण नै मुख्य कारक हुन्छ । किड्नीको वातावरण क्षरीय बनाउन सकेमा किड्नी सम्बन्धी रोगबाट बचाउ गर्न सकिन्छ ।
अम्लीयता कसरी घटाउने?
हरिया सागसब्जी विशेषगरी लौका, पालक, विभिन्न हरिया साग, गाँजर, अदुवा पुदिना, कोपी, बन्दा, फर्सी, मूला, भेँडे खुर्सानी, काँक्रो जस्ता तरकारी काँचै खाएमाअथवा यिनलाई मिसाएर ‘जुस’ बनाई सेवन गरेमा शरीरको अम्लीयता घटेर क्षयरीता वद्धि हुन्छ ।
स्याउ, केरा, जामुन, खजूर, अंजीर, अंगुर, अम्बा, आँप, सुन्तला, मौसम, मेवा, नास्पाती, भुइँकटर, अनार, खरवुजा, गोलभेँडाको सेवनले पनि अम्लीयता घटाउँछ ।
यसका अतिरिक्त तुल्सी पात, ज्वानो, दाल–चिनी, कोदो, फापर, सीदे नूनले अम्लीयता नियन्त्रण गर्न सघाउँछ ।
चिया, कफी, चिनी, धुम्रपान, मध्यपान, सफ्ट ड्रिङ्क्स्, चाउचाउ लगायतका सबै ‘जंक फुड’ ले अम्लीयता बृद्धि गर्छ ।
शरीरमा बढेको अम्लीयता कम गरेर क्षरीयता स्तर कायम राख्न तपाई आफैँ सजिलै सक्नुहुन्छ । उल्लेखित भोजन र बानी परित्याग गर्नुस् । चिल्लो अमिलो, पीरो, गुलियो, तारेको भोजनमा रुचि नदेखाउनुस् । साथै, बढेको अम्लीयतालाई घटाउन निम्न उपाय गर्न सकिन्छः
१. लौकाको रस – विहान खाली पेटमा लौकाको रस नियमित सेवन गरेमा बढेको अम्लीयता घटाउन सघाउँछ । चिसा ठाउँहरूमा बिहान लौकाको रसले चिसो लाग्नसक्छ । यसवाट जोगिन लौका–रसमा तुल्सी पत्ता, सिदे नुन वा मरिचको धुलो मिसाउन सकिन्छ । लौकाको रस विहान खाली पेटमा प्रयोग गर्नुपर्छ र यसपछि एक घण्टासम्म केही ग्रहण गर्नुहुन्न ।
२. क्षारीय पानी– तपाई घरमा नै क्षारीय पानी बनाएर आफ्नो पी.एच. स्तरर्’ मेन्टेन गर्न सक्नुहुन्छ ।
एक दाना कागती, २५ ग्राम काँक्रो, ५ ग्राम अदुवा, २०–२५ पुदिनाका पात र आधा चम्चा सिदे नुनलाई स–सना टुक्रामा काटेर एउटा शिशाको भाँडामा २ गिलास पानी घोलेर राख्नुस् । रातभरि यसलाई छोपेर राख्नुस् । बिहान सबै टुक्रालाई पानीमा मिच्नुस् र छानेर यो पानी खाली पेटमा ग्रहण गर्नुस् ।
माथि देखिएका दुबै विधिले बढेको अम्लीयतालाई कम गरी क्षरीयता बृद्धिमा आशातीत सघाउ पुर्याउँछन् ।

Facebook Comments