परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार ३१ आइतबार

  • इजराइलले प्यालेस्टाइनको विद्रोही संगठन हमासविरुद्ध सन् २०१४ पछिको गरेको सबैभन्दा भीषण आक्रमणमा २ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको बीबीसीले जनाएको छ ।
  • रसुवाको नौकुण्ड गाउँपलिका युब्राका १ हजार घरधुरी पहिरोको उच्च जोखिममा रहेको समाचार छ ।
  • दक्षिण कोरियाली सरकारले श्रमिकको तलब ११ प्रतिशतले बढाउने निर्णय गरेको द कोरिया टाइम्सले जनाएको छ । यसबाट त्यहाँ कार्यरत ४० हजार नेपाली कामदार लाभान्वित हुने भएका छन् ।
  • ब्रिटिश गोर्खा सैनिकमा नेपाली महिला पनि भर्ती हुने बाटो खुलेको खबर द सन्डे टाइम्सको अलनाइन संस्करणमा छापिएको छ ।
  • राष्ट्रिय जनता पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुर निर्विरोध चयन हुनुभएको छ ।
  • पेस्तोल बिक्री गर्दै हिँडेको अभियोगमा ललितपुरको नख्खुमा तीनजना पक्राउ परेको खबर छ ।
  • जेब्रा क्रसिङ वा आकाशे पुल (फुट ब्रिज) बाट बाटो नकाट्नेले ट्राफिक नियमबारे ट्राफिक प्रहरीबाट दुई घण्टा प्रशिक्षण लिनुपर्ने प्रावधान ट्राफिक प्रहरी महाशाखाले अघि सारेको छ ।
  • भारतले नेपाली गोलभेंडाको निर्यातमा रोक लगाएपछि धरानस्थित कृषि उपज बजारमा लाखौं रूपैयाँ बराबरको गोलभेंडा कुहिन थालेको समाचार छ ।
Facebook Comments