परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

स्वस्थ भोजनका सूत्रहरू

 

भोजन गर्ने संसारभर आ–आफ्ना तरिका छन् । पूर्वीय हिन्दू चलन अनुसार, नबोली खाने लगायत आफ्नै प्रकारका वैज्ञानिक तर्कहरू छन् भने पाश्चात्य देश्हरूमा आ–आफ्नै शैली र तौरतरिकाहरू रहेका छन् । स्वास्थ्यका दृष्टिकोणले भोजनका प्रकार ग्रहण गर्ने तरिका तथा भोजनको प्रवृत्ति जस्ता कुराहरूले महत्व राख्दछन् ।
  • भोजन गर्दा आफ्नो प्रकृति अनुकूल केही कम् अर्थात् ७५% वा ८०% गर्ने अर्थात् २०/ २५% जति कम गर्ने ।
  • भोजन गर्दा शान्त एवं तनावरहित वातावरणमा गर्नुपर्छ ।
  • भोजन बिस्तारैबिस्तारै राम्रोसँग चपाएर गर्ने । यसो गर्दा र्याल वा थुकसँग पाचन रस निस्कनुका साथै राम्रोसँग चपाएको भोजन आमाशयमा राम्ररी पोषण तथा पाचन हुन्छ ।
  • भोजन चपाउँदा मुखमा आएका र्याल वा थुकले केही पाचन रस निकाल्ने हुँदा भोजन पेटमा पुग्दा आमाशय र प्यान्क्रियाजलाई धेरै श्रम गर्न पर्दैन ।
  • हिँड्दैडुल्दै वा उठिउठी गरेको भोजनभन्दा बसेर गरेको भोजन लाभदायक हुन्छ ।
  • भोजनपश्चात् तुरुन्त धेरै पानी पिउँदा पाचनक्रियामा गड्बडी आउनसक्छ किनभने पाचन रसहरू फैलिनुका साथै खानालाई गलाउने, पचाउने रसहरूले राम्ररी काम गर्न पाउँदैनन् ।
  • हरेक समय केही न केही खाइरहने वा चपाइरहने व्यक्तिको पाचन क्रिया कमजोर हुन्छ । परिणामस्वरूप, भोजनका बेला पाचन तन्त्र पूर्ण रूपमा क्रियाशील हुन सक्दैन ।
  • भोजन गरेको तत्काल पश्चात् हिँड्ने, डुल्ने, काम गर्ने, वा खेलकुद गर्ने गर्नुहँुदैन । यसो गर्दा अक्सिजन फोक्सो, मांशपेशी लगायत अन्य अङ्गलाई बढी आवश्यक पर्नुका साथै अन्य अङ्ग बढी सक्रिय हुँदा पाचनमा असर पर्नसक्छ ।
  • भोजनलाई सकेसम्म ११५ड्ढ सेन्टिग्रेड तापक्रमभन्दा बढीमा पकाउनुहुँदैन । यसो गर्दा भोजनमा भएका पौष्टिक तत्त्व नष्ट हुन पाउँदैनन् ।
  • बिहान अर्थात् प्रातःकालीन भोजन सबैभन्दा उत्तम हुन्छ ।
  • बिहान थोरै नास्ता लिएर दिउँसोको खाना खानुभन्दा उत्तम धेरै नास्ता वा खाजा खाएर खाना ढिलो खाने वा विहानको खाजा नखाएको खण्डमा विहान ९/१० बजेसम्ममा खाना खाइसकेको राम्रो हो ।
  • सुत्नुभन्दा कम्तीमा २ घण्टाअगाडि रातीको खाना खानुपर्दछ ।
  • रातीको खाना साँझ ७ बजेसम्ममा खाइसक्नुपर्दछ ।
  • साँझ ५ बजेपश्चात् धेरै वा भारी प्रकारका खाना नखाएको राम्रो ।
  • भोजन गर्ने समय नियमित हुनुपर्दछ ।
  • भोजनमा तेल प्रयोग गर्दा सकेसम्म जैतून (olive oil) , वा virgin coconut oil  नरिवलको तेल प्रयोग गरेको राम्रो । यसमा कोलेष्ट्रोल कम वा नहुनुका साथै यसमा गामा लिमोलिनिक एसिड (fatty acid) पाइने हुनाले हृदयलाई स्वस्थ्य राख्नमा मद्दत गर्छ । साथै, तोरीको वा कम कोलेष्ट्रोल भएको तेल प्रयोग गर्न सकिन्छ ।
  • ५० वर्षमाथिकाले मांशाहारी खानपान कम वा सकभर नगरेको राम्रो किनभने यसबाट टक्सीन (Toxin) तथा युरिक एसिड हुनसक्छ । साथै, ५० वर्षमाथिका व्यक्तिको शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुने हुनाले जवान व्यक्ति झँै मांशाहारबाट उत्पादित अम्लहरूसँग लड्न सक्दैन ।
  • माइक्रोवेभमा पकाइएको भोजन स्वास्थ्य अनुकूल हुँदैन । यसमा पकाइएका भोजनको पौष्टिकता न्युन हुन्छ ।
  • भोजनमा हरियो, रातो तरकारी तथा सलादको मात्रा बढाउनुपर्दछ ।
  • भोजनमा अदुवा–लसुन जस्ता मसालाको प्रयोग गर्नाले रोग प्रतिरोधी क्षमतामा बृद्धि हुन्छ ।
  • भोजनमा मैदा, चिनी नून तथा चिल्लोको मात्रा घटाएमा मानिसलाई स्वस्थ एवं निरोगी रहनमा मद्दत पुग्छ ।
  • भोजनको पश्चात् तुरुन्त चिया–कफी पिउनुहुँदैन ।
  • बालबालिका तथा युवा व्यक्तिलाई पनि केही मात्रामा मासुको प्रोटिन आवश्यक हुन्छ । बालबालिकाको शारीरिक विकास तथा अभिि हरूको पनि मर्मत सम्भार गर्ने तथा केही प्रकारका प्रोटिनका अम्लहरू वनस्पतिमा नपाइने र ती जनावरको स्रोतबाट मात्र प्राप्त गर्न सकिने हुनाले बालबालिकाका निमित्त मासुको प्रोटिन आवश्यक हुन्छ ।
Facebook Comments