परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार १८ सोमबार 

  •  वीर अस्पतालअन्तर्गतको ट्रमा सेन्टरको उपचार शुल्क नर्सिङ होमको भन्दा पनि महङ्गो भएको भन्दै उजुरी परेको छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले छानबिन शुरु गरेका छन् ।
  •  मनसुन सक्रिय भएसँगै तराइका विभिन्न भाग डुबानमा पर्ने, जनधनको क्षति र राजमार्गहरू अवरुद्ध हुने सिलसिला बढेको छ।
  • सभामुख कृष्णबहादुर महराले संसदमा उठेका प्रश्नहरूको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।
  • केही दिनअघि जुम्लामा अनसन बस्न पुग्नुभएका डा. गोविन्द केसीमाथि धरपकड भयो भन्दै संसदमा सरकारको विरोध भएको छ।
  • कानुनतः यातायात क्षेत्रको सिण्डिकेट हटे पनि व्यवहारमा भने कायमै रहेको जनगुनासो बढ्न थालेको छ ।
  • नेपाल गरिब देशका रूपमा परिचित भए पनि स्वीस बैकमा नेपालीका लगभग ३५ अर्ब रूपैयाँ सञ्चित रहेको सार्वजनिक भएको छ । स्वीस बैकको गोपनीयतासम्बन्धी नीतिका कारण सञ्चयकर्ताको नाम गोप्य रहेको छ ।
  • प्रदेश नं. ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । पोखरालाई स्थायी राजधानी बनाउने प्रस्तावलाई प्रदेशसभाको दुई तिहाइ बहुमतले पारित गरेको हो ।
  • ‘राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक, २०७५’, ‘सत्य निरूपण तथा मेलमिलाप आयोग पहिलो संशोधन विधेयक, २०७५’ तथा ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको परिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक, २०७५’ संसदबाट पारित भएको छ ।
Facebook Comments