परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अर्थको अनर्थ लाउँदाकाे दुःख


कक्षामा अध्यपन गराइरहेका शिक्षकलाई एक विद्यार्थीले संस्कृतको एउटा श्लोक दिएर र उक्तश्लोकको अर्थ लगाइदिन अनुरोध गरेछन् । विद्यार्थीले दिएको श्लोक यस्तो रहेछः
‘लाहो र्नुगन नपाम्रधू, छ तधीषेनीनपाद्यम’
कक्षा कोठामा उक्तश्लोकको अर्थ शिक्षकले लगाउन सकेनन् । यसको अर्थ आफुले अर्को कक्षामा दिने भनीनिस्किए । शिक्षकले आफ्नो विद्यालयको पुस्तकालयमा रहेका संस्कृत विषयका कितावहरू पल्टाए । ती श्लोकको खोजी गरे तर अर्थ पत्तालगाउन सकेनन् । उनी उक्तश्लोकको अर्थ खोज्नका लागि सहरमा रहेका अन्य पुस्तकालय पनि चाहरे । उनको खोजीबाट उक्तश्लोकको अर्थ भेट्न सम्भव भएन । सम्भव नभएपछि उनी आफ्ना गुरुजनहरूको शरणमा पुगे तर परिणाम केहीहातलागेन ।
शिक्षक महोदय उक्तश्लोकको जतिखोजी गरे पनि अर्थ पत्ता लगाउन नसकेपछि अन्तिम विकल्पको रूपमा विद्यार्थीले उक्तश्लोक कहाँबाट ल्याएको रहेछ भनेर सोध्ने निश्कर्षमा पुगेछन् । शिक्षककक्षा कोठामा पुगेर आफूले उक्तश्लोकको अर्थ पत्ता लगाउन नसकेको बताउँदै विद्यार्थीलाई सोधेछन्, ‘बरु तिमीले कहाँबाट ल्याएकाहौ ?’
शिक्षकको प्रश्नको विद्यार्थीले सहज जवाफ दिएछन् –यो श्लोक मैले प्रधानअध्यापकको कार्यकक्ष बाहिर लेखेको देखँें, आफुले त्यसको अर्थ लगाउन नसकेको हुँदा सरसँग सोधेको हुँ ।
शिक्षक झनविलखबन्दमा परे । दैनिक जाने–आउने ठाउँमा आफुले नदेखेको श्लोक कसरी देखेछन विद्यार्थीले । उनी विद्यार्थीलाई लिएर प्रधानअध्यापकको कार्यकक्षतिर लिएर गएछन् । विद्यार्थीले परबाटै देखाउँदै भनेछन् ‘लौ हेर्नुस्,त्यहाँ त्यही लेखिएको छ ।’
विद्यार्थीले उपलब्ध गराएको श्लोकको अर्थ दिन नसकेका शिक्षकको हातमा लठ्ठीभएको भएविद्यार्थीको राम्रोसँग ढाड सेक्ने थिए । विद्यार्थीको भाग्यले गर्दा प्रधानअध्यापकको कार्यकक्षमा जाँदा शिक्षकको हातमा लठ्ठीन भएको हुँदाबचे ।
वास्तविक्ता के रहेछ भने प्रधानअध्यापकको कार्यकक्ष बाहिर सिसाले बेरिएको थियो । सिसामा भित्रपट्टिबाट लेखिएको थियो । भित्रपट्टिबाट लेखिएको सन्देशलाई विद्यार्थीले बाहिरबाट टिपेर शिक्षकसँगत्यसको अर्थ सोधेका रहेछन् । शिक्षकलाई दुई दिनसम्म अर्थ पत्ता लगाउन नसकेको श्लोक त सिसामा यसरी पो लेखिएको रहेछ – ‘धूम्रपान नगर्नु होला, मद्यपान निषेधित छ’ !

 

Facebook Comments