परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सम्पादकीय

सङ्घीयताप्रतिको वितृष्णा मनमौजी कर

मुलुक सङ्घीयतामा गएको धेरै भएको छैन । बिक्रम संवत् २०७२ सालमा संविधान सभाले पारित गरी जारी भएको नेपालको संविधानको व्यवस्था अनुसार, तीन तहका निर्वाचन सम्पन्न भइसकेका छन् । सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकार र व्यवस्थापिका सक्रिय भइसकेका छन् । आम नागरिकलाई राजनीतिक तहबाट मुलुक सङ्घीयतामा गइसकेपछि उन्नति र समृद्धिका दिन आउने बताइएको थियो । आम जनताले त्यसैका भरमा राजनीतिक नेतृत्वले जेजे भन्यो, त्योत्यो गर्दैरहे । अनि भरोसा पालिरहे– सङ्घीयता कार्यान्वयनमा आएपछि समृद्धि घरआँगनमै आउँछ भनेर। अझ गाउँगाउँमा सिंहदरबार लैजान पाए दुःखका दिन सकिन्छन् भन्ने प्रचारले जनजनका मनमा घर गरेको थियो । हिजो स्थानीय जनताप्रति जिम्मेवारीबिहीन कर्मचारीतन्त्र र दलीय संरचनाले मच्चाएको लूट लामो समयसम्म भोगेका नेपाली आजीत भैसकेका थिए । उनीहरू स्थानीय निर्वाचित जनप्रतिनिधिले शासन गरे दुःखसुखमा मलम लगाउँछन् भन्ने आशामा थिए । केन्द्रमा थुप्रिएको राज्य शक्तिको स्रोत सिंहदरबार गाउँगाउँमा आएपछि सरकार नै घर आँगनमा पुग्छ र हाम्रा दुःख देख्छ भन्ने घरगाउँका मान्छेको आशा र भरोसा थियो । (more…)

पुराना सम्पादकीय
सङ्घीयताप्रतिको वितृष्णा मनमौजी कर
मुलुक सङ्घीयतामा गएको धेरै भएको छैन । बिक्रम संवत् २०७२ सालमा संविधान सभाले पारित गरी जारी भएको नेपालको संविधानको व्यवस्था …
Read More
न्यायाधीश नियुक्तिः प्रणालीमै खराबी
विगत केही समयदेखि देशको न्यायपालिका बारम्बार विवादमा मुछिँदै आउनु बडो दुःख र बिडम्बनाको विषय भएको छ । सैद्धान्तिक हिसाबमा भन्दा, …
Read More
समस्या नै समस्याको पोको राजधानी !
देशको राजधानी काठमाडौँ समस्यै समस्याको पोको बनेको छ । देशका अन्य भागबाट राजधानी नदेखेका नागरिक कत्रो कौतूहलताका साथ जब काठमाडौँ …
Read More
काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने
सरकारले ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरू सम्बद्ध कम्पनीविरुद्ध कारबाही गर्ने जेजस्तो तयारी गरिरहेको छ, त्यो सकारात्मक …
Read More
निर्देशन पालना नहुने प्रवृत्ति
मुलुकको कार्यकारी प्रमुखदेखि संसदीय समितिहरुसम्मले दिएका निर्देशन पालना नहुने प्रवृत्ति देखिएको छ , त्यसले प्रधानमन्त्रीय र संसदीय पद्धतिकै उपहास भएको …
Read More