कथा एकादेशको

रीरको बोसो किन घटाउँछौ मित्र?

उजाडिएका घरबारी

अनि बाँझिएका डाँडापाखा सम्झेर

बढून झारजंगल र जीवजन्तु त्यहाँ,

तिमी-हामी हावी हुनुअघि आखिर

यिनै थिए जमिनका हकदार

 

केही समय लाग्ने न हो

कुनै न कुनै दिन

माटो खोजिरहेका फिरन्ते

वा माटोबाट खेदिएका अभागीले

फेरि झारजंगल हटाउलान्

फेरि जीवजन्तु धपाउलान्

फेरि बस्ती बसाउलान्

 

‘त्यो नयाँ युग हुनेछ’

यसो त भन्न सक्तिनँ म,

त्यसबेला न म यहाँ हुनेछु

न तिमी सपनाको दुनियाँमा,

केवल रहनेछ कथा एकादेशको,

उजाडिएका खेतबारीको,

बाँझिएका डाँडापाखाको ।

Facebook Comments
Hemraj
Comments (0)
Add Comment