नेपालको ऐतिहासिक सामान्य ज्ञान बजारमा

केही पढ्ने र लेख्ने अभ्यास  हाम्रो यश परिसम्बाद अनलाइन पोर्टलको डेक्समा चलिरहेको छ । यस्तै समयमा हाम्रो अगाडि  डिल्लीराज पोखरेलले लेख्नु भएको पुस्तक  आइ पुग्यो । एक सफल प्रशासकले लेखेको पुस्तक भएको हुनाले पनि यसलाई हामीले पहिलो प्राथमिकता दियौं र आद्यौपान्त पढ्ने काम भयो । “नेपालको ऐतिहासिक सामान्य ज्ञान” नाम दिएर पैरवी बुक हाउस प्रा . लि . ले प्रकाशन गरेको यो सामान्य ज्ञानको सामाग्री खोज्न लेखकले असामान्य परिश्रम गर्नु भएको रहेछ । वास्तवमा “सामान्य ज्ञान” भन्नासाथ जागिरे बाहेक कतिपय व्यक्ति  नाक खुम्च्याउने गर्छन् । तर, यो पुस्तकमा भने सामान्य ज्ञान मात्र होइन साँच्चैको इतिहास पनि पढ्न पाइन्छ ।

३६२ पेज संख्याको किताबलाई ठूलो बनाउन खोजिएको होइन गहन र उत्कृष्ट  विषय वस्तुले भरिपूर्ण बनाइएको छ । चारवटा विषेश विषयवस्तु र त्यस भित्र समेटिएका भिन्नभिन्न विषयले पाठकलाई थुप्रै खाले जानकारी दिन्छ । किताबमा विषयवस्तुको पहिलो रोजाइ “नेपालको सामाजिक एवं साँस्कृतिक अवस्था” शीर्षक भित्र – सामान्यज्ञान,उत्तरकुञ्जी, छोटा प्रश्नोत्तर र जानकारी समेटिएको छ । यसै भित्र प्रथा, परम्परा, धर्म र सँस्कृति पनि परेको छ । यसमा पनि सामान्य ज्ञान, उत्तरकुञ्जी, छोटा प्रश्नोत्तर र जानकारी पढन पाइन्छ । अब आउँछ नेपालको इतिहास । यश भित्र पनि प्राचीन इतिहास, मध्यकालीन तथा आधुनिक इतिहास सम्बन्धि सामान्य ज्ञान, उत्तरकुञ्जी, छोटा प्रश्नोत्तर र जानकारी राखिएको छ ।

नेपालको भूगोल सम्बन्धि छोटा तथा महत्त्वपूर्ण जानकारीका लागि पनि किताब उत्तिकै महत्वपूर्ण छ । पुस्तकको अन्त्यमा विविध विषयलाई रुचिकर र पठनीय बनाउँदै लेखक डिल्लीराज पोखरेलले आफ्नो सीप सिर्जनात्मक रुपले पस्किनु भएको छ ।

किताबका विशेषताहरूलाई यसरी वर्गीकरण गर्न सकिन्छ ।

१) नेपालको इतिहासका नखुलेका पाटाहरूका अतिरिक्त नेपालको सामाजिक अवस्था, खासगरी जातजाति, धर्म, संस्कार आदिका विषयमा नयाँ नयाँ विषयहरू समावेश भएको ।

२) सामान्य ज्ञानको सतही विश्लेषणमा मात्र सिमित नरही थप ज्ञान उपलब्ध गराउने प्रयास गरिएको ।

३) हाल बजारमा प्राप्त पुस्तकहरूमा भन्दा फरकपन समेटिएको ।

४) आधिकारिकता पुष्टी हुने किसिमका तथ्यांक मात्र उल्लेख गरिएको ।

५) तिथि मितिसहित अन्य विषयलाई प्राथमिकता दिएको ।

६) पृष्ठ संख्या मात्र बढाएर लागत बढाउनुको सट्टा एउटै प्रश्न भित्र धेरै प्रश्न समावेश गर्ने प्रयास गरिएको ।

७) विषयलाई थप सहज बनाउन त्यससँग सम्बन्धित अन्य विषय फुटनोटका रुपमा संलग्न गरिएको ।

८) प्रस्तुत पुस्तक सुरक्षा निकाय, संगठित संस्था, प्रदेश लोकसेवा र लोकसेवा आयोग जस्ता निकायमा परीक्षा दिन इच्छुक सबै तह र श्रेणीका परीक्षार्थीका लागि लाभदायक हुने छ भने पुस्तकमा समेटिएका विषयहरू हेर्दा यो पुस्तक ज्ञान आर्जन गर्न चाहने सबै वर्ग, तह र तप्कालाई उपयोगी हुने देखिन्छ ।

९) नेपाल परिचयका रुपमा प्रस्तुत  पुस्तक पठनीय र संग्रहणीय छ ।

१०) अध्ययनका क्रममा आफूले थाहा नपाएका धेरै कुराहरू यश पुस्तकबाट जानकारी हुने छ ।

यो पुस्तकको मूल्य ६२५ / अलि महंगो हो कि भन्ने लाग्न सक्छ । तर, लेखकको परिश्रम र किताबको आकार प्रकार हेर्दा भने त्यस्तो महंगो भन्न मिल्ने अवस्था छैन ।

Facebook Comments
Comments (0)
Add Comment