‘मुकाम रणमैदानः नेपाल-अंग्रेज युद्धको बखान’ किताब बजारमा

(मोहन मैनालीले लेखेको किताब मुकाम रणमैदानः नेपालअंग्रेज युद्धको बखान का मुद्रितइबुक र अडियोबुक संस्करण बुकहिल प्रकाशनले हालै बजारमा ल्याएको छ । सो किताबको लेखकीय हाम्रा पाठकका लागि उपयोगी होला भनेर यहाँ उद्धृत गरेका छौँ– सम्पादक ।)

१८७१-७२ सालमा नेपालको अंग्रेजसँग घमासान युद्ध भयो । यतिको ठूलोयतिको लामोयतिको धेरै ठाउँमा फैलिएको लडाइँ नेपालले यसअघि कहिल्यै लड्नुपरेको थिएन । यसपछि पनि लड्नुपरेको छैन । 

मध्यनेपालको सानो पहाडी राज्य गोरखाले विभिन्न राजा रजौटासँग लडेका साना-ठूला लडाइँले नेपाल राज्यको विस्तार गरेको हो । अंग्रेजसँगको यस लडाइँले भने नेपाललाई झन्डै-झन्डै अहिलेको स्वरूपमा खुम्च्याइदियो । 

लडाइँलाई नाटकको उपमा दिने गरिन्छ— गैरआख्यान नाटकजसमा पात्रहरूको भूमिका मोटामोटी रूपमा त तोकिएको हुन्छ तर समग्र क्रियाकलाप पहिल्यै निर्धारित हुँदैन । परिस्थितिअनुसारको भूमिका निर्वाह गर्न सबै पात्र स्वतन्त्र हुन्छन् । सामान्यतया नाटकमा सबै पात्र एउटै निर्देशकबाट निर्देशित हुन्छन् तर लडाइँरूपी नाटकमा दुई वा दुईभन्दा बढी निर्देशक हुन्छन् । एउटा निर्देशकबाट निर्देशित पात्रले कुन वेला के-कस्तो भूमिका निर्वाह गर्छ भन्ने कुरा अर्को निर्देशकलाई थाहा हुँदैन । त्यसैले आफ्नो अधीनका पात्रलाई कुन बखत कस्तो क्रिया वा प्रतिक्रियामा उतार्ने भन्ने कुरा उसले पहिले नै तय गर्न सक्तैन । लडाइँ अघि बढ्दै जाँदा निर्देशकको रणनीतिमात्र होइनपात्रहरूको भूमिका र कहिलेकाहीँ  त चरित्रले समेत अप्रत्याशित मोड लिन सक्छ । यही विशेषताले लडाइँलाई नाटकभन्दा अझ बढी नाटकीय बनाउँछ । 

यस नाटकको मञ्चः टिस्टादेखि सतलज नदीसम्मको १,५०० किलोमिटर लामो मैदान र पहाड । 

नाटकको अवधिः छोटो स्थगनसमेत डेढ वर्ष । 

नेपालतिरका पात्रः काठमाडौँमा बसेर भूमिका खेल्ने राजामुख्तियारमुख्तियारका सहायकचौतरियाज्योतिषीतान्त्रिक आदि । विभिन्न ठाउँमा खटिएका बुढाकाजीचौतरियाकाजीभारदारसरदारकमान्डरविभिन्न दर्जाका सिपाही र झाराली ।

हिन्दुस्तानमा राज गरिरहेको अंग्रेजतर्फका पात्रः बेलायती सम्राट्बेलायतमा रहेका ईस्ट इन्डिया कम्पनीका हाकिमहिन्दुस्तानका गभर्नरअंग्रेजका जंगी तथा निजामती कर्मचारीगोरा र काला तिलंगाटिस्टादेखि सतलजसम्मका युद्धक्षेत्र वरपरका राजा रजौटानवाबनेपालले बन्दुकका भरमा कब्जा गरेका ठाउँका अपदस्थ राजा रजौटा र रैती (कतैका अलि धेरै सक्रिय र प्रभावकारीकतैका कम सक्रिय र अप्रभावकारी) । 

छिमेकतर्फका पात्रः सिक्किम र पञ्जाबका राजादेखि लिएर महाचीनका बादशाहसम्म । 

यो समग्र नाटकबारे अंग्रेज लेखकहरूले धेरै किताब लेखेका छन् तर नेपालीमा यसका कुनै-कुनै खण्डबारे मात्रै लेखिएको छ । लडाइँको बयान गरिएका केही चिठी छिटपुट रूपमा विभिन्न प्रकाशनमा छापिएका छन् । तिनमा चिठी लेख्नेले आफूले लडेका लडाइँबारे मात्रै उल्लेख गर्नु स्वाभाविकै हो । इन्ट्रोडक्शन टु द मिलिट्री स्केचेज अफ द गुर्खा वार इन इन्डियाको भूमिकामा भनिएको छ— “एउटै लडाइँ लडेका दुई जना सिपाहीले पनि त्यस लडाइँबारे प्रायः फरक खालको बयान गर्छन् । लडाइँको समग्र दृश्य थाहा पाएको मानिसले गरेको बयानलाई उनीहरू पत्याउँदैनन् । लडाइँ लड्ने सिपाहीलाई नाटकको त्यस्तो पात्र ठान्न सकिन्छजसलाई आफूले खेलेको भूमिकाबारे मात्रै थाहा हुन्छदर्शक दीर्घामा बसेर नाटक हेर्ने मान्छेले देखेको नाटकको पूर्ण प्लटबारे थाहा हुँदैन ।

नेपालमा अलग-अलग ठाउँमा प्रकाशित अलग-अलग चिठीले विभिन्न ठाउँका निश्चित लडाइँका बारेमा त बताएका छन् तर टिस्टादेखि सतलजसम्मको त्यो लडाइँको समग्र प्लट बुझाउँदैनन् । नेपाली सिपाहीले लडाइँको मैदानबाट लेखेका धेरै चिठी अहिलेसम्म पनि गोप्य’ राखिएका छन् । त्यस्ता चिठी एकै ठाउँमा व्यवस्थित ढंगले राखिएका छैनन् । धेरैवटा पोकामा बाँधिएका छन्थरीथरीका विषयका कागजका खातमा चेपिएर बसेका छन् । 

यस लडाइँको समग्र चित्र देखाउने नेपाली किताब छापिएको छैन । निश्चित ठाउँका लडाइँबारे छापिएका किताब पनि विदेशी लेखकले दिएका जानकारीमा बढी भर परेका छन् । विदेशीले लेखेका किताब मूलतः अंग्रेजका बयानमा आधारित हुनाले तिनमा अंग्रेजले लडेको लडाइँका दृश्यमात्र देखिन्छन्नेपालीले लडेको लडाइँ अर्थात् आधा पाटोका दृश्य देखिँदैनन् । 

पढ्नेलेख्ने र अनुसन्धान गर्ने चलन नभएका वेला यसो हुनु स्वाभाविक थियो तर यस्तो चलन चलेको वा चलेको भनिएको निकै वर्ष र लडाइँ सकिएको २०८ वर्ष पर्खिसक्दा पनि लडाइँको समग्र चित्र समेटिएको किताब नेपाली पाठकले पढ्न नपाउनु न्यायोचित होइन । 

— — —

यस किताबका इबुक र अडियो संस्करण यहाँबाट पढ्न र सुन्न सकिन्छः

Bookhill London
https://bookhill.co.uk/bookDetail.php?id=97
Bookhill Kathmandu
https://bookhill.co.uk/bookDetail.php?id=97

— — —

मैले यो किताब लेख्ने जमर्को यसै पृष्ठभूमिमा गरेको हुँ । सामग्री खोज्ने क्रममा मैले थाहा पाएँ— त्यस लडाइँबारे लेखिएका धेरै सामग्री लडाइँ भएको धेरै वर्षपछि उडन्ते कुरा सुनेर त्यसमा थप कथा घुसाएर लेखिएका रहेछन् । मैले त्यस्ता सामग्रीको सहयोग लिएको छैन । म मूलतः लडाइँलाई लडी जान्ने मानिसका बयानमा भर परेको छु । यसका लागि मैले त्यो लडाइँ लड्ने र लडाउनेहरूले त्यस बखत लेखेकापाएसम्मका सबै चिठी पढे । उनीहरूले लेखेका केही चिठी नष्ट भएजस्तो देखिन्छ । केही चिठी पुराना कागजका चाङमा पुरिएका हुन सक्छन्जसलाई फेला पार्न मजस्ता कुनै एक जनाको प्रयासले सकिँदैन । त्यसैले मैले पाएसम्मका चिठीमा लडाइँका केही पक्षबारे जानकारी भेटिएनन् । यस्तो अवस्थामा म सुनी जान्ने/पढी जान्नेले लेखेका विश्वासिला बयानमा भर परेको छु । 

पछि लेखिएका तर साँचा हुन् कि होइनन् भनी यकीन गर्न नसकिने खालका केही हस्तलिखित सामग्रीबाट लिइएका जानकारी एक-दुई ठाउँमा राखेको छु । त्यस्ता ठाउँमा यो बेहोरा उल्लेख गरेको छु । अनुसन्धान गर्नेहरूले यस विषयको निर्कयोल गर्नु नै हुनेछ ।

यो किताब यस लडाइँबारे लेखिएका अरू किताबभन्दा अर्को अर्थमा पनि फरक छ— मैले यो लडाइँ लड्ने अंग्रेज र नेपाल दुवैतिरका कमान्डर र लडाकूहरूले लेखेका चिठी र दुवैतिरका विद्वान्‍हरूले लेखेका किताब तथा लेख पढेको छु । यसले गर्दा एउटै ठाउँको लडाइँलाई दुईतिरका कमान्डरसिपाही र लेखकले कसरी बयान गरेका रहेछन् भनी दुवै पाटो राखिदिन सकेको छु । 

मेरो औपचारिक शिक्षा इतिहास विषयमा होइन तथापि स्नातक तहसम्म इतिहास अध्ययन गर्न पाएको थिएँ । स्नातकोत्तर तहमा समाजशास्त्र पढ्दा प्राग्-इतिहास विषय पढेको थिएँ । साथैसामाजिक शास्त्रअन्तर्गतका विषयको अनुसन्धान विधिको औपचारिक अध्ययन गरेको थिएँ । 

इतिहास र अनुसन्धान मेरो रुचिको विषय हो । मैले लामो समयसम्म अभ्यास गरेको खोज पत्रकारिताले मलाई असंख्य मानिसले खडा गरेका असंख्य कागज केलाएर आफूलाई चाहिएको जानकारी खोज्ने सीप सिकाएको छ । मेरो पढाइ र पेशा दुवैले मलाई आफूले संकलन गरेका जानकारी सही हुन् कि होइनन् भनी यकीन गर्न कठोर जाँच गर्न सिकाएका छन्अभ्यस्त बनाएका छन् । यी सबै कारणले गर्दा मैले यस विषयमा हात हाल्ने जमर्को गरेको हुँ । 

२०८/२०९ वर्ष पुरानो लडाइँबारे लडी जान्ने मानिसका बयानका आधारमा किताब लेख्न खोज्नु भनेको अभिलेखहरूको शरण पर्नु हो । यसका लागि अभिलेख सम्हालेर बसेका मानिसहरूको सक्रिय सहयोग चाहिन्छ । मैले यस्तो सहयोग पाएकाले नै यो किताब लेख्न सकेको हुँ । राष्ट्रिय अभिलेखालयमा रहेका यस विषयका सामग्री देखाइदिएकोमासामग्रीका इलेक्ट्रोनिक र प्रिन्ट प्रति उपलब्ध गराइदिएकोमा र यस किताबको अनुसूचीमा छापिएको चिठी छाप्न अनुमति दिएकोमा राष्ट्रिय अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्गप्रमुख छविकार कुमार श्रेष्ठअनुसन्धान अधिकृत मनिता न्यौपानेअभिलेख अधिकृत रज्जु हाडाछविकार ज्योति न्यौपानेकल्पना पराजुलीसहन रञ्जितकारसीता फुयाल पुडासैनीसीता खड्काशान्ति थापा र कमल न्यौपानेप्रति आभारी छु । 

यो किताबका लागि जानकारी संकलन गर्ने क्रममा मैले यी पुस्तकालयहरूको सहयोग लिएको छु ः सोशल साइन्स बहाः पुस्तकालयडिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालयराष्ट्रिय अभिलेखालयको पुस्तकालयमदन पुरस्कार पुस्तकालयनेपाली सेनाको सैनिक केन्द्रीय पुस्तकालय । अन्यत्र नपाइने पुस्तक पढ्ने अवसर दिएकोमा यी पुस्तकालयप्रति आभारी छु । 

माथि नै भनेको छुयस लडाइँसँग सम्बन्धित धेरै चिठी अहिले पनि सार्वजनिक भएका छैनन् । त्यस्ता चिठी हुन सक्ने पोकाहरूको अध्ययन गरी तिनका आधारमा सामग्री तयार गर्न अनुमति दिएकोमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र यस्तो अनुमति दिलाउने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिनुभएकोमा शाखा अधिकृत विजय राज तन्डुकारप्रति हार्दिक आभार प्रकट गर्दछु । 

परराष्ट्र मन्त्रालयको स्वामित्वमा रहेका यी कागजात राष्ट्रिय अभिलेखालयमा राखिएका छन् । परराष्ट्र मन्त्रालयको अनुमति पाएपछि यी कागजातको अध्ययन गर्ने ठाउँ र सुविधा उपलब्ध गराइदिएकोमा अभिलेखालयप्रति हार्दिक आभार प्रकट गर्दछु । 

यस किताबका लागि चाहिने जानकारीका सम्भावित स्रोतबारे जानकारी दिनुका साथै र आफ्नो संकलनमा रहेका महत्त्वपूर्ण दस्तावेज उपलब्ध गराइदिनुभएकोमा डा. महेशराज पन्त र प्रा. दिनेशराज पन्तप्रति विशेष आभारी छु । पुराना कागजमा उल्लेख भएका केही शब्दको अर्थ खुलाइदिनुभएकोमा पनि प्रा. दिनेशराज पन्तप्रति आभारी छु । 

यस लडाइँसँग सम्बन्धित केही जानकारी बेलायती अभिलेखालयमा रहेको कुरा थाहा पाएको थिएँ । त्यहाँ गएर ती जानकारी भेला गर्न मेरो बुताले भ्याउँदैनथ्यो । ती सामग्री लिन बेलायती अभिलेखालयका झन्झटिला शर्त पूरा गर्नुपर्थ्यो । लन्डनमा रहनुभएकी साहित्यकार संगीता स्वेच्छाले यी सबै झन्झट बेहोरेर मलाई ती सामग्री पठाइदिनुभयो । मलाई र नेपाली पाठकलाई उहाँले लगाउनुभएको यो गुन तिरेर कहिल्यै सकिँदैन । 

हस्त गुरुङले मेरा यसअघिका दुई-तीनवटा किताबको पहिलो मस्यौदा पढ्ने र परिमार्जनका लागि सुझाव दिने झन्झटिलो तर जसविहीन काम गर्नुभएको थियो । यो किताबका पनि पटक-पटकका मस्यौदा पढेर सुधारका लागि महत्त्वपूर्ण सुझाव उहाँले दिनुभयो । हार्दिक आभारी छु हस्तजीतपाईँप्रति । यस्तै गरीसबै खण्डका मस्यौदा पढेर परिमाजर्नका लागि सुझाव दिनुभएकोमा साथी दीपक थापाप्रति पनि आभारी छु ।  

अरूले लेखेका सामग्री सम्पादन गरेर चिरिच्याँट्ट पार्नु झन्डै-झन्डै असम्भव काम हो । मेरा पहिलेका किताबमा जस्तै यस किताबमा पनि यो काम शरच्चन्द्र वस्तीले गरिदिनुभयो । उहाँप्रति पनि आभारी छु । 

यो किताब लेख्न हौस्याउने र केही खण्डका पहिलो मस्यौदा पढेर सुझाव दिने सुजित मैनाली र छिचोल्न नसकिने जस्ता लागेका पुराना चिठी पढ्न हौस्याउने धातृप्रसाद सुवेदीप्रति पनि आभारी छु । 

लडाइँसम्बन्धी केही जानकारी भेटेपछि यसबारे फिक्शन डिजाइनर कुमार नगरकोटी र बुकहिल पब्लिकेशनका भूपेन्द्र खड्कासँग कुरा गर्ने मौका मिलेको थियो । उहाँहरूले मेरो कुरा सुन्नेबित्तिकै मलाई थप जानकारी खोज्न र किताब लेख्न हौसला दिनुभयो । भूपेन्द्रले किताब छाप्ने वचन दिनुभयो । जानकारी खोज्ने र बुझ्ने क्रममा ठूलठूला बाधा अड्चन आउँदा उहाँहरूको हौसलाले मलाई मैदानमा डटी रहन प्रेरित गर्‍यो । 

हिज्जेका लागि धातृप्रसाद सुवेदीलेआउटका लागि उमेश काफ्ले र कभर डिजाइनका लागि सचिन यगोल श्रेष्ठप्रति आभारी छु । 

गम्भीर विषयमा लेख्नका लागि वातावरण मिलाइदिएकोमा मेरी पत्नी भीमा प्रसाईको गुन कहिल्यै बिर्सन्नँ । 

विभिन्न सामग्रीबाट संकलन गरेका जानकारी रुजु गर्न सहयोग गरेकोमा र यस किताबमा राखिएका नक्शा बनाइदिएकोमा छोरा अरुण मैनालीलाई पनि धन्यवाद ! 

२०८० साल वैशाख वदि ९ रोज ६ 

(तदनुसार २०८० साल वैशाख १ गते शुक्रवार) 

मुकाम हाँडीगाउँकान्तिपुरशुभम् ।

Facebook Comments
Comments (0)
Add Comment