पुस्तकालयको सार्वजनिक प्रयोग खुला : मदन भण्डारी मेमोरियल कलेज

काठमाडौं । पठन संस्कृति विकास गर्नु नेपाली समाजमा अझै पनि चुनौतीको विषय बनिरहेको छ । यसै अवस्थालाई मध्यनजर गरी काठमाडौं, नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजले पुस्तकालयमा आम मानिसको पहुँच विस्तार गर्दै लैजाने पहल सुरु गरेको कुरा कलेजका निमित्त क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले बताउनु भएको छ । 

कलेजले आज एक प्रेस विज्ञप्ति जारी विज्ञप्तिमा भनिएको छ– पुस्तकालयसम्म अध्येताहरूको सहज पहुँच विस्तार गर्न आफ्नो पुस्तकालय विद्यार्थीलगायत आम सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको छ । सामुदायिक शैक्षिक संस्थाका रूपमा सञ्चालित यस कलेजले समुदायप्रतिको दायित्व महसुस गरी यो कदम अघि बढाएको हो ।

हाललाई अध्ययन गर्न चाहने जोसुकै अध्येताका लागि पुस्तकालयको सुविधा पुस्तकालय परिसरमै बसेर लिनुपर्ने व्यवस्था गरिएको छ । समाज, संस्कृति, साहित्य, भाषा लगायतका विविध विषयमा नेपाली र अंग्रजी भाषामा लेखिएका करिब १० हजार पुस्तक कलेजको पुस्तकालयमा उपलब्ध छन् । पुस्तकालय प्रयोगकर्ताले त्रिवि केन्द्रीय डिजिटल पुस्तकालय र यस मार्फत विश्वका विभिन्न डिजिटल डाटाबेस ‘सर्च’ गरी अध्ययन गर्न पाइने प्रबन्ध मिलाइएको छ । आम अध्येतासमक्ष यस अवसरको अधिकतम फाइदा लिई दक्षता अभिवद्धि गर्न कलेज हार्दिक आग्रह समेत गर्दछ ।

यस कलेजले शिक्षक र विद्यार्थीमाझ पठन संस्कृति प्रवद्र्धन गर्न विभिन्न गतिविधि र प्रोत्साहनका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ । पुस्तकालयबाट वर्षभरीमा सबैभन्दा बढी किताब अध्ययनका लागि लैजाने तीन जना विद्यार्थीलाई पुरस्कृत गरिने नीति पनि कलेजले लिएको छ ।

यसैगरी किताबमाथिका परिचर्चा आवधिक रूपमा क्याम्पसमा सञ्चालन भइरहेका छन् । यस क्रममा लेखक र समीक्षकहरूलाई आमन्त्रण गरी शिक्षक र विद्यार्थीसँग अन्तरक्रिया गराउने कार्य नियमित सञ्चालन भइरहेका छन् । अनुसन्धान तथा खोजलाई प्रश्रय दिन तथा नयाँ ज्ञान उत्पादन गर्नका लागि कलेजले ‘जर्नल अफ प्रोडक्टिभ डिस्कोर्स’ र ‘श्वेतशार्दुल’ जस्ता जर्नलहरू पनि प्रकाशन गर्दै आएको छ । यस कलेजले समयसमयमा काठमाडौंबाहिरका विभिन्न शैक्षिक संस्थाहरूको पुस्तकालय क्षमता अभिवृद्धिका लागि सहयोग स्वरूप पुस्तकहरू उपलब्ध गराउँदै आएको छ ।

सिर्जनशील, व्यवहारिक र आलोचनात्मक चेतको शैक्षिक जागरण अभियानमा विगत दुई दशकभन्दा लामो समयदेखि क्रियाशील मदन भण्डारी मेमोरियल कलेजको मूख्य धेय पठनलाई सौख होइन, संस्कृति बनाउनु रहेको कुरा पनि प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments
Comments (0)
Add Comment