प्रचन्नले आममाफी घोषना गर्ने!

यसपटक तीजमा चेलीहर्लाई लटरम्म सुनको गहना लगाइ दिम्ला भनेको थियोे सकिन । सुन त कुस्त बोकेर ल्याको थिएँ । भरे त्यो सुन त महरा, धनार्जन, न्वरानकाजी, प्रचन्न, प्रकाशशरण, महरा पुत्र, नन्दकिशोर पुत्र काम्रेसहर्को पो र`छ । मलाई भरिया बनाको थाहै पाइन । जम्मा ३३ कुइन्टल ल्याकोमा एक कुइन्टल अएरपोर्टमै पक्रियो । अरु सुन हाम्रो काम्रेसहर्को घर-घर पु-याई सकेछ । चेलीबेटीलाई चिरिच्याँट पार्छु, राष्ट्रलाई पनि धनी बनाउछु भनेर त्यत्रो जतन गरिकन लुकाएर ल्याको सुन पक्रिन मिल्छ? उनार्को भागमा परेको ३२ कुइन्टल लिएर गैसकेपछि हामी भरियाहर्को भागमा परेको नाथे एक कुइन्टल चाहिँ किन पक्रेका हुनन्!

दिमाख चक्राएर आम्छ, मन भक्कानिएर आम्छ । उहाँ हङकङ र सिंहापुरमा भने “लिएर जानू, उहाँ पुगेपछि मालामाल हुन्छौं” भनेर फकायो । यहाँ आएर ट्याक्सीमा खाँदेर एयरपोर्टबाट निकाली सकेपछि त्यसका ठाँडो किन पक्रिनु परेको ! उनार्को पनि पक्रेको भा चित्त बुझाम्ने ठाम हुन्थ्यो । उनारुकन बडो चोखो, निर्दोष भै जाने हामी भने अपराधी करार भै जेल जाने ! “अपराध गर्ने नेता, जेल जाने केटा” भनेको यही हो । हाम्रो प्रचन्न काम्रेस पनि बुझी नसक्नु रान । धनयुद्ध कालमा पाँच हजार कुइन्टलको गफ हाक्थे, अहिले ३३ कुइन्टलमै ब्रेक लाम्न खोजे जस्तो गर्छन् । ओलीले एकपटक बुझेरै ” प्रचन्नलाई सुन, चाँदी, पैसा, ठेक्कापट्टा, भ्रष्टाचार, लुटपाट, मार्ने, काट्ने, खाने, जम्मा गर्ने र भकारी भर्न पाए पुग्छ” भनेका थिए । वास्तवमा त्यही नै सत्य हो ।

उता ललिता जग्गा काण्डमा न्वरानकाजी र प्रचन्न मिलेर “एमसीसी पास नगर्ने” भनेजस्तै गरेर छाडे । प्रचन्नले “माधवलाई बल्ल चोख्याइयो” भनेपछि हाम्रो माधप काम्रेस पनि टिङग्रिङ उभिएर “कोशीमा मध्यावधि भए अहिले भन्दा तीन दोब्बर बढी सिट ल्याइन्छ” भनेर ख्वाक्क खोके । अनि “गठबन्धन भत्काउन र सरखारबाट हामीलाई हटाउन खोज्दैछन्” पनि भने । उता हाम्रो उच्च गौरवशाली छलाङ वाला माउवादी पार्टीका सर्वकालिन सदावहार अध्यक्ष काम्रेस प्रचन्नले एमालेमा पैह्रो गएको सपना देखे । सपना देखेकै बिहान “एमाले अब सकियो, एमालेका नेता कार्जेकर्ता सप्पै गुटुङटुङ हाम्रो माउवादीमा आम्ने भए” भनेर प्रहसन शैलीमा दिए भाषन । हाम्रो नेताले बोलेपछि इन्तु न चिन्तुको शैलीमा हामीले पनि हत्केलामा फोका उठ्ने गरि ताली पढ्काकै हो ।

नमस्कार है विध्वंसे काका ! हौ काका ! सुन कान्डमा तिम्रो पनि नाम आको सुने । खुसी छौ कि दुखी भयौ । हाल खबर के कसो छ भनेर बुझ्न मन लागेर आको हौ। अनि थाहा पायौ होला नि ओलीले चेलेन्ज गरेको कुरा । त्यो झापाको चाय बगान केनाम अरे ! अँ “गिरीबन्धु टि स्टेट” को वास्तविकता खोजेर तुरुन्त बाहिर ल्याउ होइन भने तिमी जोगिने छैनौ भने जसरी प्रचन्नलाई धम्की पो दिदै थिए। ओलीको यस्तो धम्की आम्दा पनि तिम्रा बाँचुनजेलका अध्यक्ष काम्रेस प्रचन्न चुपचाप बसेको गजबको दृष्य देखिदै छ । कि यसको पनि हिरो चाहिँ प्रचन्ननै हुन ? यदि हुन भने प्रचन्नलाई त “मरे माथि कात्रो” हुने भयो ।

तँ पनि वाइयात कुरो गर्छस् भिरघरे ! गिरिजाप्रसाद कोइरालाका पालामा कोइरालाले नै हाम्रो महान सर्वखाओवादी प्रचन्नसँग मिलो मतो गरिकन राजमार्ग छेउको जग्गा यताउता गरेको हो । अब राजमार्ग छेउको त्यत्रो महँगो जग्गा गिरीबन्धु टि स्टेटको स्वामित्वमा रहनु भन्दा हाम्रै “आउरे बाउरे धुपौरे” को पोल्टामा जाक्नु राम्रो हो भनेर गिरिजा र प्रचन्नले फराकिलो छाती पारेर काम गरेकै हुन । तर, त्यहाँनेर एउटा गल्ती के भयो भने गिरिजा र प्रचन्नले ऐन कानुन केही बनाएनन् । जग्गा सट्टापट्टा मात्र गरे । ओलीका पालामा ऐन कानुन बनाए । संसदबाट पास भयो, सट्टापट्टा भने गर्न भ्याएनन् । यही कारणले गर्दा अहिले ओलीले ठूलो कुरा गर्न पाएका हुन ।

अनि हौ काका ! तिमेर्का काम्रेसहरू ओलीलाई सतोसराप गर्थे । अपराध जति आफैं गर्दारान । ललिता निबास काण्ड बाहेक अरु सप्पै काण्डमा माउवादीका नेताहर्को नाम आइराको छ । अब त लुकाएर पनि नलुक्ने भै सकेको छ । के गर्छौ काका ! अन्तिममा माउवादीहर्को बास जेलमै हुन्छ जस्तो छ ।

तँ मुलाङले बढी फुटानी लाम्नु पर्दैन । हामी अपराधी भए काङ्ग्रेस महाअपराधी । तिमार्को नेताहर्ले जम्मै अपराध हामीसँगै मिलेर गरेको छ । अब हामीलाई डर छैन । हाम्रो प्रचन्न काम्रेस प्रधानमन्त्री भकैबेला सप्पै अपराधलाई आम माफी बकस हुन्छ । जसरी हत्या काण्ड र सुन काण्डमा हुँदै छ । केन्टोनमेन्टदेखि कमफर्टेवलसम्म, नुन काण्डदेखि सुन काण्डसम्म, ललिता निबासदेखि खुमलटार निबाससम्म, मान्छे कटनीदेखि मट्टी पटनीसम्म, भुटानीदेखि लुटानीसम्म, फुटेज गाएबदेखि रेडियो नेपालको जग्गा खायबसम्म, एमसीसीदेखि १२ बुँदेसम्म, बाँदर मुडेदेखि हातिसुडेसम्म जे जति अपराध हामीले गरेको छ त्यो सप्पै आममाफी हुनेवाला छ । निकट भविष्यमै तैंले छर्लङ्ग देख्नेछस् ।

काका ! तिमीले भनेको सोह्रैआना ठिक हो । अब अम्रिका र भारतले आममाफी दिएपछि तिमारूका नेताहरू अपराधबाट मुक्त हुनेछन् र उनार्कै कमाराको रुपमा भारततिरै लुकेर बस्ने छन् । नेपालमा तिमार्लाई जनताले कुनै हालतमा बस्न दिदैनन् । नङग्र्याएर, चिथोरेर, चिमोटेर मार्छन । तिमेरकै कारणले गर्दा बेरोजगार, भ्रष्टाचार, असुरक्षा सबै बढ्दैछ र युवा विद्यार्थी पलायन हुदैछन् । यसको बदला नेपालीले तिमारूसँगै लिनेछन् । लौ काका ! आजलाई जै नेपाल ।

Facebook Comments
Comments (0)
Add Comment