प्रचन्न काम्रेसले देको सुन शासना!

हरेक भोग्नुपर्छ । भोगिरहेका छौ । हेर त अहिले न्वरान काजी र प्रचन्न भर झ्यापै (सु) शासना दिए । मलाई चाहिँ यति छिट्टै साशना दिन्छन् जस्तो लागेको थिएन । साशकमा अठोट हुनुपर्छ, आँटिलो हुनुपर्छ र देशमा धर्यवान जनता हुनुपर्छ । त्यसपछि यस्ता साशना त कति भोगिन्छ कति ! हाम्रो न्वरान काजी काम्रेसले त “ललिता निबास काण्ड, २३ कुइन्टल सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड र अन्य काण्डहरूमा संलग्नलाई कसैको दबाबमा नछाड्ने” डङक्का पिटी सके । न्वरान काजी मान्छे चाहिँ दरै हुन गाँठे । हाम्रो प्रचन्न काम्रेसले जस्तै नाटक पनि गर्न जानेका रान । त्यसै हाम्रो सुप्रिमो काम्रेसले “भारतको लागि पनि कमफर्टेवल सरखार” भनेको होइन नि। कि कसो भिरघरे !

हो नि काका ! ललिता निवास काण्डमा माधव र बाउराम, २३ किलो सुन ककाण्डमा धनार्जन शर्मा, महराका बाउ छोरा, न्वरान काजी आफै र प्रकाशसरण अनि शरणार्थी काण्डमा राष्ट्रिय दाजु भाउजू लगायत अन्यले तगारो नलगाएको भए तिम्रो न्वरान काजीले आफू र आफ्नालाई जोगाउदै चर्तीकला गर्ने थिए । तर, तगारो खोल्नै सकेनन् । माधव र बाउरामतिर अगाडि बडौ सरखार चिलिमच्वाँट हुने, सुनतिर अगाडि बढ्ने ठाम्नै थिएन । अगाडि बढ्दा धनार्जन, आफू, महारालगायत माउवादी धेरै जाकिेने । अहिलेको परिप्रेक्ष्यमा दाजु र भाउजूतिर मुन्टो उठार हेर्न सक्ने ल्याकत प्रचन्न र न्वरान काजीसँग छदा पनि छैन । यहाँ भन्दा बढी सुशासन कति दिनसक्छ ?

सटारो हानेर बढी कुरो नगर भिरघरे ! तँ पनि कहिलेकाही त कन्सिरी तात्ने कुरो गर्छस् । यो भन्दा राम्रो र असल सुशासन विश्वको कुनै मुलुकमा छैन । माउवादीले गर्दा यतिको सुशासन दिएको । हाम्रो महान काम्रेस प्रचन्नले दिएको धम्की, घुर्की र कपटले यति भा पनि प्राप्त भाको छ । महान सुप्रिमो प्रचन्न काम्रेसले केही दिन अघि “सरखार हटाउन षड्यन्त्र हुँदै छ । यो सरखार ढल्यो भने महान जनक्रान्ति हुने छ ” भनिदिए । र, यो सरखार पाँचै वर्ष चल्ने पनि ठोकुवा गरे । तेरो देउवा दाइ त ” आले न उले, आफ्नोे पार्टी भूले” भएका छन् । साँच्चै भन्ने हो भने गिरिजालाई ठेगान लगाम्न सक्ने हाम्रो सुप्रिमोका अगाडि नाथे देउवा ! अहिले हाम्रो प्रचन्नको प्रलोभनमा तेरो देउवा दाइ र भाउजू लठ्ठ छन् ।

काकाले भनेको सोह्रै आना ठिक हो । जब माउवादीका नेताहरू खुला भए त्यसबेला, गिरिजासँग नयाँ  वानेश्वरको वीरेन्द्र सभागृहमा सहमतिमा हस्ताक्षर हुने बेलामा गिरिजाप्रसादले भनेको कुरा अहिले म झलझली सम्झी रहेको छु । दुरदर्शी गिरिजाले प्रचन्नतिर देखाउदै “यस्ता क्रिमिनललाई पनि मूलधारको राजनीतिमा ल्याँए” भनेर माइकमा बोल्दै लामो सास फेरेका थिए । त्यसताका आफूमा शरण लिनआको, ढाँटी खाने बुद्धि भाको नेतालाई त्यति सारो नभनेको भानी हुन्थ्यो जस्तो लागेको थियो । तर, अहिले सम्झदा गिरिजाको मूल्याङ्कन ठ्याक्कै मिलेको देख्छु । जति धोए पनि गाई भएन । अस्ति “माधव काम्रेसको ललिता निवास मुद्दा अब कहिल्यै न ब्यूतने गरि सकिदिएँ” भनी दिए । अब त्यो मुद्दा   यिनले सकेर सकिने हो ? अर्कोतिर आफ्नो पार्टीले जिते सातै प्रदेशलाई पहिचानसहितको जातीय राज्य बनाइ दिन्छु भने ।

हौ काका ! यिन्ले सक्ने भा आफ्नोे पार्टीमा लागेका जतिलाई मालामाल बनाम्दै माउवादी जतिलाई लागेको मुद्दा खुर्केर आफल्ने थिए । हाम्रो देउवा दाइ र भाउजुले पत्याउनजेल तिम्रो प्रचन्न काम्रेसलाई “सिंहदरबारको राज, पत्याउन छाडेका दिन जेलभित्रको काज” भन्ने सबैले बुझेको छ । अहले जे गर्नुछ सक्छन् भने गर्दा हुन्छ । कर्मले होइन प्रचन्नलाई भाग्यले जोडले टेवा देको छ । डोकामा दूध दोए पनि, सुनै सुनले आफ्ना नेताका छाउरा धोए पनि,फलिफापै फलिफाप । प्रचन्नले यही शासनालाई “सुशासन” भने । वास्तवमा उनले भन्न खोजेको “सुन शासना” हो । मलाई यस्तै लाग्छ ।

हेर भिरघरे ! जर्केको कुरा नगर । “सुन” र “शासना” भनेका बेग्लाबेग्लै विषय हुन । दुईवटा कुरोलाई एकै ठाउँ घोलघाल पारेर हाम्रो महान काम्रेस प्रचन्नलाई काङ्ग्रेसहरू मिलेर खुइल्याउन खोज्दै छन् । मलाई प्रष्ट थाहा छ तँ पनि कोइरालो काङ्ग्रेस होस् । दाइ काङ्ग्रेसहर्ले यसरी आगोका झिल्का निस्कने गरि भन्दैनन् । “सुन” भनेको अहिले हाम्रो छोरा खलकलाई फसाउन खडा गरिएको फण्डा हो । नत्र हाम्रो केटाहर्ले नाथे २३ कुइन्टल सुन ल्याम्दा यत्रो खर्याङखर्याङ आवाज आम्ने गरि कन्याम्नु पर्छ । अनि हाम्रो काम्रेसले यति राम्रो सुशासनको पद्धति बसाम्दै छन् । त्यो चाहिँ  तलाई “शासना” भयो ? शासना भनेको सत्तामा बसेर यातन दिनु, दण्ड दिनु हानी पुर्याउनु भनेको ।

हो काका ! तिमीले विश्लेषण गरेको ठ्याक्कै मिल्यो । मैले भन्न खोजेको त्यही हो । धनार्जनलाई जोगाउन भाउजू लागिस्यो, माधवलाई जोगाउन दाजु लागिस्यो, महरा, न्वरान काजी आफू र अर्थमन्त्री  जोगाउन प्रचन्न काम्रेस आफैं लागिस्यो । “सुन ल्यम्ने माउवादी नेता, दुख पाम्ने भरिया केटा” भनेको यही हो । आफ्नो सुन काण्ड ढाकछोप गर्न कहिले जलाहारी काण्ड, कहिले गिरिबन्धुको धम्की । अब त ओलीले च्यालेन्ज गरिसके “सक्छस् भने फायल खोल” भनेर । झापाको गिरिबन्धुमा पनि तिम्रो माउवादीले भ्याइसके जस्तो छ ।

बढी बकबक नगर भिरघरे ! हाम्रा काम्रेसहर्ले काँकडभिट्टादेखि दमकसम्म ४०/५० बिघा जग्गा जोड्दा पूर्वका काङ्ग्रेसहर्लाई हनहनी ज्वरो आको छ । हाम्रो पश्चिमका यस्ता बज्रस्वाँठ त थिएनन्। तँ चाहिँ पूर्वको बिउ कसरी पश्चिममा हुर्किन पुगिस हँ ?

हेर काका ! अहिलेसम्मको अध्ययन अनुसार कुनै माउवादीले सत्य कुरो पचाएको थाहा छैन । किन भने उनीहरूलाई राजनीति थाहै छैन । हत्या र लुटपाटमा रमाउदै रक्सी धोकेर क्यासिनो कब्जा गर्न थालेपछि माउवादीहर्को चिनारी  युद्ध सर्दाहर्को रुपमा भयो । उनार्का कार्जेकर्तासमेत जनताका सामु अहिले पनि  आफूहरू कानुन भन्दा माथिको युवराज धिराज महाराज भएको छवि बनाएर हिडिरहेका छन् । धेरै के भन्नू तिम्रो चित्त दुख्छ । म लागे घरतिर । आजलाई  जै नेपाल !

Facebook Comments
Comments (0)
Add Comment