पहिलो भ्रमण भारतकै गर्छु १ भनेर अड्डी लिनु भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतले भ्रमणको निम्तो दिन धेरै आनाकानी गर्यो । तर, हाम्रो प्रधानमन्त्रीले हरेक प्रकारको हारगुहार गरेर निमन्त्रणा प्राप्त गरेरै छाड्नु भयो । र, ठूलो दलबलसहित दिल्ली पुग्नु भयो । कुटनैतिक रुपमा अत्यन्तै फितलो र तयारीविहिन अवस्थामा दिल्ली पुगेको नेपाली प्रतिनिधि मण्डल र पत्रकारले त्यहाँ वेवारिसे अवस्था महसुस गर्नु पर्यो । नेपाल फर्किए पछि प्रधानमन्त्री दाहालले जतिसुकै ठूलो कुरा गरे पनि भारतीय सञ्चार माध्यम र नेपाली पत्रकारहरूले सबै पोल खोली दिए ।
प्रधानमन्त्री दाहालले यो भ्रमणलाई महिमामण्डित गरेर हिमाल चुचुरो भन्दा अग्लो देखाउने भरमग्दुर प्रयास गर्नु भयो । तर, उहाँकै शब्द सापट लिएर भन्नुपर्दा ञकुरो बिग्री सकेको थियोेझ धन्न समाले । भ्रमण असफल भएको आभास प्रधानमन्त्री दाहाललाई त्यति खेर भयो जति खेर उहाँ होटलमा एक्लै पर्नु भयो । उहाँसँग त्यसबेला भ्रमण टोलीमा रहनु भएका मध्य छोरी मात्र साथमा हुनुहुन्थ्यो । त्यसैबेला भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार डोभाल र विदेश सचिवसँग भेटवार्ता थियोे । भारतीय प्रधानमन्त्रीको चबाउने दातका रुपमा रहेका डोभालले हाम्रो प्रधानमन्त्रीलाई मोदीसँग ञगर्ने र नगर्नेझ कुरा र ञजाने र नजानेझ ठाउँको बारेमा निर्देशन दिदा नेपालका परराष्ट्रलगात सबै मन्त्री साथै मुख्य सचिवलगायत सबै सचिव गायव थिए ।
त्यहाँ नेपालका प्रधानमन्त्री दाहाल बसेको होटलमा भेटघाट गर्न आउनु भएका भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालले दाहाललाई कुनकुन विषयमा कुरा गर्ने कुनकुन विषयमा नगर्ने भनेर पहिला नै अर्जाप्नु भयो । प्रधानमन्त्री दाहाल नराम्रोसँग निराश हुनेगरी अर्जापिनु भयो । र, “परिस्थिति विग्रेला जस्तै थियो, मोदीजीसँग तीनपटकसम्म वान टु वान वार्तापछि समालियो” भनेर पत्रकारहरूलाई सुनाउनु भयो । वास्तवमा हाम्रो प्रधानमन्त्री दाहाललाई डोभालद्वारा तेजोबध गर्न लगाइयो । त्यही कारण नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले ञईपीजीको विषय उठाएर माहोल विगार्नतिर लागिएनझ भन्नू पर्यो ।
भारतबाट निम्तो आएपछि हाम्रो प्रधानमन्त्रीले भारतसँग ६/७ विषयमा गम्भीर वार्ता गर्ने गफ सुनाउनु भएको थियोे । उहाँले भन्नू भएको थियोे ( नेपाल भारत समस्या समाधान खातिर प्रबुद्ध समुहले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै कार्यनयन गर्ने तहमा पुराउने, भारतले रोकेर राखेको पञ्चेश्वर परियोजना थालनी गर्नुपर्ने, कालापानी, लिम्पियाधुरा र लिपु लेकको विषयमा गम्भीरता पूर्वक कुरा राख्ने, बंगलादेशमा विद्युत व्यापारको लागि भारतले सहयोग गर्नु पर्ने लगायत विषय थिए । यी मध्य प्रबुद्ध समूह, लिपु लेक र पञ्चेश्वरको विषय उठान ञगर्दै नगर्नेझ सर्तमा मोदीसँग भेट गर्न दिने कुरा डोभालले आदेशात्मक रुपमा राखेपछि दाहाल निराश बन्नु भयो र त्यसबेला आफू हदैसम्म हेपिएको महसुस गर्नु भयो ।
आफूले जुन विषयमाथि छलफल गर्छु भन्ने सोच हाम्रो प्रधानमन्त्रीले बनाउनु भएको थियोे डोभालले एक्कै झड्कामा समाप्त पारिदिएपछि दाहाल छटपटाउनु भयो । उहाँको मुखाकृति हेर्दा एउटा काँतर मनुवा मालिकको कोपभाजनको शिकार भइरहेको अवस्था झल्किन्थ्यो । प्रधानमन्त्री दाहाल आफैले तेस्रो पटकको प्रयासमा मात्र वातावरण सामान्य बन्न सकेको स्विकार्नु भएको छ । वास्तवमा भारतीयहरूले नेपाली प्रतिनिधि मण्डललाई दासता स्विकार्न आएको बथान ठानेको थियो । नत्र सात वर्ष अघि नै छिनोफानो भई सकेको मुर्रा राँगो दिने र विराटनगर सुखा बन्दरगाहसम्म रेल ल्याउने विषय उठाएर हाम्रो प्रधानमन्त्रीलाई भुलभुलैयामा जाक्न सक्ने थिएनन् । बंगलादेशलाई नेपालले मात्र ५० मेगावाट विद्युत बेच्न पाउने हाँस्यस्पद सहमति गर्ने थिएनन् ।
हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमणको आफै दिल खोलेर प्रसंशा गर्दै अरुलाई सुनाए पनि कसैले पत्याउने अवस्था छैन । भारतले आफूलाई चाहिने विषयमा सहमति गरायो । नेपाललाई चाहिने विषयमा उच्चारण गर्नसमेत नगर्न डोभाल मार्फत प्रतिबन्ध लगायो । होइन भने प्रबुद्ध समुहले तयार गरेको प्रतिवेदनका बारेमा कुरा उठ्थ्यो, कालापानी लिपुलेक बारेमा छलफल हुन्थ्यो, सीमा विवादका बारेमा आफ्नो विचार राख्न सकिन्थ्यो । गहन छलफल भयो, सौहार्दपूर्ण भयो, सम्बन्धले उच्च छलाङ मार्यो भनेर मात्र हुनेवाला केही छैन । विद्युत व्यापारको विषय उठेको पक्ष राम्रो छ । तर, गफले विजुली बेचिदैन । व्यापार गर्नका लागि उत्पादन हुनुपर्छ । हामीकहा उत्पादन छैन । नेपालीले अहिले पनि अघोषित लोडसेडिङ भोगिरहेका छन् । सहजरूपमा विद्युत् उत्पादन गर्न सकिने नदीहरू धमाधम भारतीय कम्पनीलाई सुम्पने काम हुदै छ ।
प्रधानमन्त्री दाहालले यसपालिको भ्रमणमा पनि तल्लो अरुण र कर्णाली फुकोट जिम्मा लगाएर आउनु भयो । बनाए त ठिकै थियोे तर पञ्चेश्वरकै नियति अन्य आयोजनाले भारतबाट भोगिरहेका छन् । दुखद पक्ष यही नै हो । नेपालबाट भारतले १० हजार मेगावाट विद्युत किन्ने सहमति भयो । सुन्दा सुखद लाग्ने यो पक्षले बाबुराम भट्टराई अर्थमन्त्री हुदा ञ१० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गरेर भारतलाई बेच्नेझ निर्णयको सम्झना गराउछ । धेरैलाई थाहा नहुन सक्छ अहिले पनि हामी भारतबाट किनेको विजुलीले जेनतेन काम चलाउदै छौ । नेपालले उत्पादन गर्न सकेको छैन । उत्पादन नभएको वस्तु बेच्न अहिले प्रधानमन्त्रीले सहमति गरेर आउनु भएको छ । र हामी त्यही उत्पादन नभएको विजुल बेच्न आतुर छौं ।
वास्तवमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको यसपटकको भारत भ्रमण ठिकै खालको रह्यो । बंगलादेशको मोडलमा जमिन सट्टापट्टा गर्न सकिने सतही तर्क गरेर आफ्नो वैट घटाउने बाहेक अरु नराम्रो कुरा गर्नु भएन । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जसरी नै राष्ट्र, राष्ट्रियता, अखण्ड नेपाल, समानता र सिमानाका बारेमा सबै प्रधानमन्त्रीले बोल्न सक्छन् भन्ने अपेक्षा गर्नु पनि हुदैन । त्यसमा पनि वर्तमान प्रधानमन्त्री दाहालले पहिला नै ञभारतका लागि यतिको कमफर्टेवल सरकार अरु हुनै नसक्नेझ घोषणा गरि सक्नु भएको छ । जब हाम्रो प्रधानमन्त्री आफैले भारतका लागि ञकमफर्टेवलझभन्नू भएपछि उहाँले गर्ने काम पनि भारतका लागि कमफर्टेवल हुनु अस्वभाविक होइन । नेपालका जनताले यसरी नै बुझ्नु पर्छ । फेरि भएन माओवादी आन्दोलनको उठान, बैठान र पहिचान भारतसँग घुलित भएको छ । यसमा गम्भीर हुन जरुरी नै छैन ।
यसपटक नेपालको दाहाल सरकारलाई भारतले आफ्नै जस्तो ठान्यो । भारतीय सञ्चार माध्यमले नाकाबन्दी पछि भारत भ्रमणमा जानू भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई जस्तो ञनेपाल का प्रधानमन्त्रीझ भन्ने कष्ट पनि गरेनन् । ठूलो उपलब्धि भनेको दुई देशका प्रधानमन्त्रीको भलाकुसारी नै थियोे । अरु विषयमा सुरक्षा सल्लाहकार डोभालले नै बिट मार्दी सक्नु भएको थियो । चुच्चे नक्शा, सीमा समस्या, ईपीजी जस्ता विषय उठान गर्दा भारतीय पक्षले नराम्रोसँग बैठान गर्छ भन्ने कुरा हाम्रो चतुर प्रधानमन्त्रीलाई थाहा थियोे । त्यसैले यस्ता समस्याग्रस्त पक्षमा प्रवेश गर्नु भएन ।
नेपालका प्रधानमन्त्री दाहालको र वर्तमान नेपाल सरकारको धरातलीय अवस्थाको विश्लेषण मोदी सरकारले राम्ररी गरेको बुझिन्छ । लपनछप्पन गर्दै आफ्नो दुनो सोझ्याउन माहिर दाहालको पार्टी नेपालको तेस्रो पार्टी हो । यो पार्टी मात्र होइन दाहाल सरकार पनि बैशाखीको भरमा अडेको छ । र, कुनै पनि बेला यसको आयु समाप्त भएर ढल्छ भन्ने विश्लेषण भारतीयहरूले गरेका छन् । यही आधारमा दिल्लीले दाहाल प्रति रुखो व्यवहार देखायो । सुरक्षा सल्लाहकार डोभालले कुटनैतिक मर्यदा र मर्यादाक्रमसमेत नाघेर नेपालका प्रधानमन्त्री दाहाललाई निर्देशनात्मक आदेश दिनुको कारण पनि यही थियो । नेपालबाट लिएर गएको वार्ता गर्ने लिष्ट पन्छाएर डोभालले थमाएको विषयमा मात्र हाम्रो प्रधानमन्त्रीले बोल्नु पर्यो । यो भन्दा लज्जाको विषय अरु के हुन्छ रु एउटा मुलुकको प्रधानमन्त्रीलाई अर्को मुलुकको प्रधानमन्त्रीको सल्लाहकारले यतिको डोमिनेट गर्ने वातावरण कस्ले निमार्ण गरेको हो रु यही नै अहिले खोजीको विषय बनेको छ ।
अर्को बढी आलोचित र नेपालीलाई अनौठो लागेको विषय बनेको प्रधानमन्त्रीले धारण गरेको गेरु वस्त्र हुन पुग्यो । गेरु वस्त्र पहिरिएकोमा होइन प्रधानमन्त्री पुष्पकमल दाहालले पहिला गर्नु भएका धार्मिक उदण्डताका बारेमा जनताले उहाँको खैरो खने । भारत उज्जैनको महाकालेश्वर मन्दिरमा धर्मच्युत भएका ब्यक्तिलाई नाङ्गेझार पारेर मन्दिर भित्र हुलिन्छ र पत्या गराइन्छ भन्ने भनाइ छ । हुन त यश बारेमा प्रधानमन्त्रीले ञधार्मिक कुटनीतिझ भनेर अर्थ्याइ सक्नु भएको छ । धार्मिक आखाले हेर्नेहरूले दाहालको मानसिक परिवर्तन, भौतिकवादबाट धार्मिक पथमा अवतरण, प्रयाश्चित वा पश्चाताप भनेर अर्थ्याएका छन् । वाम विचारकाहरूले भने मुख खोलेका छैनन् । यश पंक्तिकारलाई भने हास्य सिनेमा हेरे जस्तै लागेको छ ।