हाम्रो काम्रेड परचन्नले राजकीय भर्मनमा अति मित्रु राष्ट भारत जानू अघि चारवटा बुंदामा सहमती हुने घोषना गरेका थिए । पहिलो लम्बरमा धनगढी र लुम्बिनीबाट हवाई रुट, दोस्रो लम्बरमा महाकाली पञ्चेश्वर परियोजनाको कार्य थालनी गर्ने, तेस्रो लम्बरमा प्रबुद्ध समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्ने र लागू गर्ने, चौथो लम्बरमा बंगलादेशलाई विद्युत बेच्न भारत हुदै विद्युत लाइन विस्तार गर्ने । यी विषयमा नर्तकीहर्ले एयरपोर्टमै मुजुरा देखाई दिए भन्ने खबर अायो । होटल पुगेपछि डोबल एकजना अाम्ने भनेकोमा विदेश सचिवसमेत मिस्कट भएर अाए । र, इडिटेड बनाम्दै `चाइनाले बनाएको एयरपोर्टमा जहाज लेण्ड गर्न भारतले रुट दिदैन´ भनिदिए ।
ए बाबा हो ! भारतकै इच्छा अनुसार सम्झौता होइन सन्धि नै गरेको `महाकाली पञ्चेश्वर निर्माणको काम थालनी गरिदिनु होस् भ्रभु´ भन्दा ठाडै इन्कार गरि स्यो अरे । `रेशमलाई छाडी सके, अनि नागरिकता `उदेक´ पारित गरेर कमफर्टेवल सरखार भएको प्रमाणित गरीसके´ भन्दा पनि `हाम्रो अनुकूल समयमा बनाम्छौ´ भन्ने ठाडो जवाफ दिनु भए छ । एउटा काम चाहिँ सारै दिल खोलेर गर्दियो भारतले । यताको कमफर्टेवल सरखार र भारत बीचको अदित्तिय मानक नै मान्नुपर्छ नेपालले बंगलादेशलाई ५० मेगावाट (अलि अलि होइन पच्चास मेगावाट) विद्युत बेच्न पाम्ने । भारतको बाटो हुदै हाम्रो विजुली ५० मेगावाट बंगलादेश पुगेर दक्षिण एसिया नै झलमल्ल पार्नु सानू उपलब्धि होइन नि भुन्टी ।
अरुण र फुकोट दिदा पनि भारतको मन पग्लिएन । एउटा काम चाहिँ गज्जबको गरे प्रचन्ले यता कम मूल्य पर्ने विद्युतीय गाडीको भन्सार महसुल बढाइ दिए र महंगा गाडीको भन्सार दर घटाइ दिए अनि घोषना गरे पेट्रोलियम पदार्थ अायत अत्यधिक बढेको हुदा `अायत´ घटाउने भनेर निर्नय नै ठोके । पारि पुगेर नर्तकीहर्को मुजुरा देखेपछि पेट्रोलियम पाइप लाइन बिच्छ्याउने र अायत बढाम्ने सहमति गरे । अाखिर भर्मन सफल पार्नु थियो, भयो । हेर भुन्टी ! कमफर्टेवल भनेको कमफर्टेवलै हो । जसले जतिसुकै भनोस् हाम्रो प्रचन्न भनेको विश्वमा निमकको सोझो गर्ने एक मात्र सर्वअारावादी नेता हो ।
नेपालमा कतिपय मान्छे भर्मन बारे भ्रमको खेती गर्दै छन् । उनार्ले किलोर भर बुझे हुन्छ अब अाम्ने चुनावमा हाम्रो प्रचन्नले रोल्पाबाट उठेर तोरीको फूल देखाइ दिन्छन् । भारतीय सञ्चार माध्यमले लेखी सके, बोली सके र भनी सके `यतिको कमफर्टेवल सरखार अहिलेसम्म नेपालमा बनेकै थिएन´ भनेर । नेपाल बारे र हाम्रो प्रधानमन्त्री बारे अत्यधिक धेरै र बहुतै बुझेका भारतीय पत्रकारहर्ले भित्री हृदय देखिनै गदगद हुदै भनी सके, लेखि सके `अब अोलीले नेपाली सदनबाट पास गरेको चुच्चे नक्साबाट चुच्चो हटाएर हाम्रो प्रचन्नले लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतकै हो´ भनी उल्लेख गर्ने छन् ।
त्यति मात्र होइन भुन्टी- चाइनासँग भएको पारवहन सन्धि खारेज गर्नेछन् । अब अोलीले बिगारेको धरहरा, रानी पोखरी, ३३६ वटा झोलुङ्गे पुल, उसैले हाम्रो भारतबाट किनेर लगेको दुईवटा रेल, पोखरा र लुम्बिनीको अन्तर्राष्ट्रिय एयर पोर्ट र चाइनाले बनाई दिएको अन्य भौतिक संरचना अाफ्नै कार्जेकर्ता लगाएर डाङडुङ भत्काएर नेपालमा कमफर्टेवल सरखार भएको निकट भविष्यमै प्रमाणित गर्ने छन् । `तब तुम लोग को मालुम हो जायगा´ भनेर इन्डियनहर्ले हामीलाई सुनाए । दिल्लीका पत्रकारहरू डोबलको शब्दहरू सापट लिएर हमीलाई भन्दै थिए `हमरा बन्दर के, हम है मदारी´ भनेर । धन्न हाम्रो प्रधानमन्त्री चतुरे भएर मात्र महाकालीमा मारिएका दुईजना नेपाली र अोलीलाई महाकालीको सीमानामा बनाम्न नदिएको झोलुङ्गे पुलको कुरा उठाएनन ।
यदि त्यो कुरा उठाको भे ठामको ठाम हाम्रो बेहाल बनाम्ने थिए । जे होस् सीमा मिचिएको बारे, हुलाकी सडक नसकेको विषय, चिनले निर्माण गर्दै गरेको संरचनामा चाहिने विष्फोटक पदार्थ भारतले रोकेको सम्बन्धमा हाम्रो प्रधानमन्त्रीले कुरा नउठाएर राम्रो गरे । हैन ! उठाउनु पनि कसरी मुजुरा र भाङगडा भन्दा दरो दनक डोबले होटलमा अाएर दि हाले । डोबल पनि दह्रो रान हवाई रुट र बंगलादेश विद्युत निर्यात गर्न दिन नसकिने स्पष्ट पारे । प्रबुद्ध समुहको प्रतिवेदन र पञ्चेश्वर निर्माणको कुरा भविष्यमा गर्दै जाने भन्दिए । त्यसबेला प्रचन्न रातो – पिरो, निलो कालो, हरियो पहेंलो भए । तर, अाफूलाई समालेर, हेपिएको महसुस नगरी – त्वमेव,माता च:पिता त्वमेव, त्वमेव सर्वम मम देव देव – भनी दिए ।
चुरो कुरो डोबलले नै खन्ती खलास गरि दिएपछि प्रधानमन्त्री मोदीसँग हाम्रो प्रचन्नले पाँच मिनेटमै कुरो तुरी दिए । हाम्रो प्रतिनिधि मण्डलले `भारतीय तरकारीमा जति विषादी हाले पनि नेपालीले किनेर खानै पर्ने निर्नय नेपालको क्याविनेटले गरेको छ´ भनेर सुनाउनै पाएन । यसपालाको भर्मनमा दुईवटा कुरा हुन सकेन हामीलाई त्यसमै ठूलो विस्मत छ । नेपालीले नै बनाम्न चाहेको तर सरखारले नदिएको निकै सस्तोमा निर्मान गर्न सकिने माथिल्लो अरुण भारत जस्तो महानतम् छिमेकीलाई जिम्मा लाम्न नपाएको र अर्को कुरा अब हाम्रा जुवाई, भान्जा भान्जी र उनार्का अाफन्तलाई समेत नागरिकता दिन्छौं पठाई दिनु भन्नै पाइएन । उनार्ले भविष्यमा गर्दै जाने उधारो कुरो गरे हामीले हाताहात्ती ठोकेर अायौ । त्यसैले उनारू असफल भए पनि हाम्रो भर्मन सफल भयो ।