आखिरमा पानदलेले चिसै पानीमा नुहाउने रे!

फुटानी

गठबन्धनका पानदले नेताहर्ले ठूलो माथापच्ची गरे । असामान्य सौहार्दता नेताहर्मा देखियो । चोलेन्द्र श्रीमानले देको `परमादेशको प्रसाद´ खादै बैठक बस्तै गरेर बैठक सकियो । यी पानदलेले जसरी पनि पारलाम्छन भन्ने मलाई पैलानै लागेको थियो । अहिले अार घरप्प सकेर छाडे । अब मिलेको कुरा गोषना गर्न मात्र बाँकी रह्यो ।  पानदले नेताहर्को बीचमा के निर्नय भयो भनेर काठमाडौंको पत्रकारहर्ले पनि था पाएन । निर्नयको लास्टाँ लेखिएकै छ – `मित्रवत प्रतिस्पर्धा गर्ने´ भनेर । अब हाम्रो पत्रकारहरू चाहिँ `सिट भाँडफाँड हुन नसकेपछि पानदले नेताहर्ले मित्रवत प्रतिस्पर्धा गर्ने´भनेर लेख्न थाल्ने छन् । लेखे लेखुन के नाप्छन् । हो त ! म त रिसै उठेर अाम्छ । मित्रवत प्रतिस्पर्धा गरिने छ भनेर निर्नय गर्नु र एमसिसीमा `व्याख्यात्मक टिप्पणी´ को पारदर्शी लगौटी भिराइ दिनु एकै हो भनेर हाम्रो पत्रकारहर्लाई कल्ले पढाम्ने । हे भैंसी भगवान ! यी पत्रकारहर्लाई जान्ने बनाइ देउ ! बुद्धि देउ भनौ भने बुद्धि जति हाम्रो प्रचन्न काम्रेस र माधौ काम्रेसले सोरपट्टार पारेर अाफैसँग राखेका छन् । अब सप्पैले बुझ्नु पर्छ कि प्रचन्न काम्रेस भएसम्म गठबन्धन टुट्दैन । कुरा यत्ति हो ।

माधौ काम्रेसलाई अपमान नहुने गरी व्यवस्थापन गर्ने, हाम्रो महान छलाङका जन्मदाता विश्व सर्वहारा वर्गका एकमना नेता काम्रेस प्रचन्नलाई चितवने काङग्रेस सप्पै मिलेर जिताउनु पर्ने र उपेन्द्र ज्यादवसँग मधेसमा काङग्रेसको मात्र गठबन्धन हुने निश्चित जस्तै भयो । जलनाथ, माधौहर्को पार्टीका मेटमणि मेटिए, किसान बारातिर भेटिए, अालेले डोटीमा नपाउने र झाक्रीलाई गुल्मीबाट धपाउने यस्तै निर्नय हुने देखियो । अब पानदले गठबन्धन देउवा दाइले नथामे भत्काउछन् ।

नमस्कार है काका ! अस्तिको हप्ता पनि अाम्न पाइन । अाज चाहिँ पुच्छारघरे र सण्डे पनि काका-काकीसँग गफ्फा गर्न जाने भन्न थाले अनि लुरुलुरु अायौ पो । लौ काकी मिठो चिया खाम र काकाको पाङदुरे राजनीतिक विश्लेषण सुनौ । काकाको विश्लेषण अचम्मैसँग रमाइलो हुन्छ । कि कसो सण्डे भाइ !

हो नि भिरघरे दाइ ! जसरी हुन्छ अाफ्नो पार्टी माओवादी केन्द्रले गरेको गल्ती ढाकछोप र एमालेले गरेका राम्रो कामको विरोध गर्ने ठेक्का यिनकै भागमा परेको छ । डेड वर्ष अघिसम्म काङग्रेसको सतोसराप र एमालेको प्रसंसा गर्थे । विचरा माअोवादी ! अब कार्जेकर्ता सिला खोज्नु पर्ने अवस्थामा पुग्दै छ । अललि भका जिल्ला स्तरका देखि केन्द्र स्तरकासम्म माउवादीहरू एमालेतिरै जादैछन् । लु अरु त गयो गयो त्यो चितवन जिल्लाका माउवादीका सदावहार अध्यक्ष प्रचन्नका चुनावका कमाण्डर, अब अाम्ने चुनाउमा उम्मेदवारको टिकस् पाइसकेका जिल्ला सहइञ्चार्ज, तथाकथित जनयुद्धका कमाण्डर पनि दलबलसहित एमालेमा किन गाको ? पद देकै थियो, माउवादीमा लागेर पैसो कमाकै थ्यो ।

वाइयात कुरो नगर सण्डे ! त्यो मुलाङहरू गर के नाप्छ ? हाउरो सदावहार अध्यक्षले चितवनकै काङग्रेसको नेतालाई चुनाउको कमाण्डर बनार पनि चुनाउ जितेर अाम्छन् । मतदाताले पत्यार मात्र हुन्छ ? जे गर्छ मत खसालेको बाक्सा र गणनाले गर्छ । तर, एउटै कुरा के हो भने असल र यसैपालि सांसद बन्ने मान्छे एमालेमा गए । यमबहादुर परियार चितवन माउवादीका खम्बा थिए । अध्यक्ष प्रचन्नले पनि पत्याएका व्यक्ति । नराम्रोसँग गए । अरु नलगेको भए राम्रो हुन्थ्यो । अरुलाई पनि लिएर गए ।

हेर विध्वंसे काका ! पुच्छरघरेले के भन्यो भनौला मलाई त हाम्रो नेकपा समाजवादी र तिम्रो माउवादीका नेता कार्जेकर्ता अलिलि गर्दै सप्पै एमालेतिरै जान्छन् जस्तो लाग्न थाल्यो । हाम्रो नेकपा समाजवादी सर्लाही जिल्ला समितिका काम्रेडहरू अध्यक्ष बाहेक सोरपट्टार  उतै गयो । उपाध्यक्ष लगायत जिल्ला समितिको एउटै बाँकी रहेन गुटुङटङ गयो । यता हाम्रो झाक्री दिदीको जिल्लाँ गुल्मीमा त जिल्ला समिति मात्र होइन हामीलाई निमिट्यान्नै पारेर  एमालेले लेर गयो । यता अाफ्नो हालत यस्तो छ उता गठबन्धन बीचमा सिट भाँडफाँड मिल्ला जस्तो छैन । हाम्रो अवस्था एमसिसी पास गरेदेखि नै खस्कियो । अब यो नागरिकता सम्बन्धी विधेयक बाघको कन्पट बन्ला जस्तो छ। छाडौ भने टोक्ने डर , नछाडौ भने ठोक्ने डर ।

हौ काका ! प्रचन्नले नेपालमा सप्पै परिवर्तन अाफूले गरेको, अहिले पनि जनताले माउवादीलाई देशको चावी बुझाउन खोजेको र अाफ्नो पार्टी मात्रै सक्कली कम्युनिष्ट पार्टी भएको भन्दै जतिसुकै भासन गरे पनि जनताले पटक्कै मन नपराउने पार्टी माउवादी पार्टी नै हो । यो कुरा छाडौ गठबन्धनका पानदलेले सिट भाँडफाँड गर्न बनाको समितिले केही गर्न सकेन हात उठायो । शीर्ष नेताहर्ले पनि पारा ल्याउछ जस्तो छैन । यदि चुनाउमा एक्ला एक्लै जानु पर्ने भो भने हाम्रो नेपाली काङग्रेस खुशी साथ जान्छ, तिमारू के गर्छौ ? लु झुम्री काकी भन यिनारू के गर्लान र गति के होला ?

झुम्रीलाई के सोध्छस् भिरघरे ! यसले त ओलीको पक्ष लिइ हाल्छे नि ! तैले भनेको कुनै कुरा पनि मिल्दैन । गठबन्धन टुट्नै सक्दैन । यदि गठबन्धन टुटेर एक्ला एक्लै जाने हो भने पानदलको बनिबास हुन्छ, ओलीले काँचै खान्छन् । गठबन्धनले गर्दा काङग्रेसले अहिले सत्ताको तर मार्न पाको छ । माधौ काम्रेसका मान्छेले पियनदेखि मन्त्रीसम्म पद पाकाछन् । हाम्रै महान अध्यक्ष काम्रेसले चोलेन्द्रलाई प्रभावमा पारेर परमादेश ठोक्न लगाका हुन । `ओलीले प्रतिगमन गरे´ भनेर हाम्रो प्रचन्नले वाइयात हल्ला माधौ र देउवाले मन नलागि नलागि पत्याए । चुनाउ गराउदैमा प्रतिगमन हुदैन भन्ने दुनियाँलाई थाहा छ ।

हौ काका ! राष्ट्रपतिले नागरिकता विधेयक पास नगरेर फेरि प्रतिगमन गर्न खोज्दै छिन भनेर तिम्रो सदावहार अध्यक्ष महान नेता प्रचन्नले अस्तिकै दिन भासन गरीसके । त्यो राष्ट्रघाती विधेयक पास नगर्दा नै प्रतिगमन हन्छ भनेर हामी काङग्रेसले पनि पत्याइदिनु पर्ने दिन अायो । विधेयक रोकिएकाले सात लाख नागरिक नागरिकता पाउनबाट बन्चित भए अरे । अहिले नागरिकता नपाएका भनेको नेपाली नागरिकसँग विवाह गरेर अाएकी विदेशी बुहारीले मात्र हो । नत्र अंगिकृत नागरिकका छोराछोरीले पनि नागरिकता पाइ सकेका छन् । तिम्रा अध्यक्ष पुकदालाई भारतको इच्छा पुरा नगरेसम्म भोक न निद्रा भाको । तिम्रो अध्यक्ष भनेको भारत र अम्रिकाको लागि भयङ्कर कमफर्टेवल भएर नस्के । वास्तवमा यिनलाई नेपालको राजनीति परिदृष्यबाट हटाउदानै राष्ट्र, राष्ट्रियता र देश साथै नेपाली जनतालाई फाइदा हुन्छ ।

लु काका अब हामी उभिण्डे खोलातिर लाग्छौ

जै नेपाल !

Facebook Comments
Phutani
Comments (0)
Add Comment