आफैं हराएको आजीविका दर्शन

आजीविका दर्शन अर्थात नियति र भवितव्यलाई प्रमूख आधार बनाएर प्रस्तुत गर्ने विचारधारा हो ।  यो विचारधारा कहिलेवाट र को वाट सृजना भयो भन्ने वारे कुनै तथ्यगत जानकारी कतै पाइएको छैन । यो दर्शन कुनै समयमा भारतवर्ष भरिनै फैलिएको थियो भने तत्कालिन समयमा आजीविका चिन्तनको नेतृत्व मंकाली घोसाल नाम गरेका एकजना विद्वानले गरेका थिए । मंकालि गोसाल भारतको तामिलनाडृ प्रान्त अन्तर्गत त्रिचिपल्ली जिल्लामा जन्मिएका हुन । गोसालको जीवनका विवरणहरू विरलै पाइन्छन् । गोसल र आजीविका चिन्तनको बारेमा सबै उपलब्ध जानकारी सामान्यतया बौद्ध र जैन स्रोतहरूबाट आउँछ ।  उनको विरोधी चिन्तन बोक्ने जैन र वुद्ध विचार तत्कालका प्रमुख दर्शनहरु थिए ति विचार बोक्ने ग्रन्धहरुमा उनलाई मंकाली पुत्र भनि उल्लेख गरेको पाईन्छ ।

शिक्षा दिक्षा लिनु र दिनु नै सत्कर्म हो र झुट तथा बेमानी गर्नु साथै धोका दिनु अनि भ्रम फैलाउनु दुश्कर्म हो भन्ने कुरामा जोड दिएको पाइन्छ।

गोसालका शिक्षाहरू उहाँको समयका बौद्ध र जैन विचार तथा  नेताहरूको प्रतिद्वन्द्वी भएको देखिन्छ । यस जानकारीलाई अधिकांश विद्वानहरूले साम्प्रदायिक शत्रुताबाट पूर्णरूपमा प्रभावित र रंगिएको मान्छन् । मंकालीका छोरा घोसालको आलोचना गर्दै ती ग्रन्थहरुका विभिन्न अध्यायहरुमा उल्लेख्य आलोचना भएको पाइन्छ । विशेषगरी मंकाली गोसालको आलोचना महाविर जैनका ग्रन्थमा प्रशस्त पाइन्छन् । यस्तो हुनुको मुख्य कारण महाविर र मंकालि दुबै समकक्षी चिन्तकहरु हुन । मंकाली गोसालका वारेमा अध्यान गर्दा के भेटिन्छ भने महाविर र मंकाली एउटै गुरुकुलमा अध्ययन गरेका र लामो समयसँगै रहेका थिए साथै उनिहरु विच घण्टौ लामो चिन्तन बहस र शास्त्रार्थ हुने गरेको भेटिन्छ । आजीविका कथाको अर्को सम्भावित रूपान्तरण महावीरको आफू र गोसलबीचको सम्बन्धको अन्त्यको व्याख्यामा पाइन्छ जुन कुरा भगवती सूत्रमा लिपिबद्ध छ । जहाँ भनिएको छ बीउको भाग्य र भविष्य निर्धारण बिरुवाको रुपमा रुपान्तरण भएपछी हुनेछ । महावीरले गोशालतर्फ इङ्गकित गर्दै भनेका छन्, उनिहरु अहिले बिउ नै छन्, पछि बढेर नयाँ बिरुवा बन्ने छन् भन्ने कुरा बताएको पाइन्छ । महावीरले गोशाललाई घृणा गर्दै भनेका छन, उनीले आफ्नो मालिकको भविष्यवाणीलाई विफल पार्ने दृढ संकल्प लिए त्यसैले गोसल विउबाट विरुवा त बने तर स्वभाव फैलिने बिरुवा जस्तो भएन । बरु जरा कती गहिरो तल पुग्यो उखेलेर हेर्ने ठाँउमा पुगे । अनि पछि एक्कासी पानी परेकोले समयमा बिरुवालाई पुनरुत्थान र पुनः जरा सहित गाढेर पहिला झै बनाइयो भन्ने आलोचना गरेका छन् ।

मंकाली गोसालको नाम मंकाली गोसाल कसरी रहन गयो भन्ने बारे विभिन्न तर्कहरु पाइन्छ । जस्तो कि तामिलनाडुको त्रिचिपल्ली जिल्लाको एउटा बिकट गाँउमा मंखाली नाम गरेका भिक्षु थिए । तिनै भिक्षु मंकालीको छोरा नै मंकाली गोसाल हुन भन्ने मान्यता छ भने अर्को तर्क  मंकाली गोसालको नामको पछाडि घोसाल रहनुको मुख्य कारण उनी गौशाला अर्थात गाईको गोठमा जन्मिएका थिए । त्यसैले उनको नाम गौशाल हो भन्ने मत पनि छ । उनलाई मंखाली नाम किन राखियो भन्ने बारेमा बुद्ध धर्ममा एउटा अनौठो कथा प्रचलित छ । जसका अनुसार मंकाली गोशालका दास थिए । एक पटक उनी तेलको गाडा बोकेर अगाडि पछाडि हिँडिरहेका थिए र उनको मालिक पछि पछि । त्यसपछि चिप्लो ठाँऊ आयो अनि मालिकले भन्यो– ‘तत् ! आमा, तात ! मा खली ’ “ओह ! पोखिएला ख्यालगर्नुहोस्, पोखिएला विस्तारै गर्नुहोस भन्दा भन्दै गोशालक फुट्यो र तेल भुइँमा बग्यो । उनी मालिकको डरले भाग्न थाले । त्यसपछि उनका मालिकले उनको लुगा समाए । लुगा च्यातियो । उनि नाङ्गै भागे । यसरी उनी नग्न भिक्षु बने र मानिसहरूले उनलाई पछि ‘मानखली’ भन्न थाले भन्ने कुरा छ ।

उनका समकालीनहरूमध्ये अन्य प्रमुख दार्शनिकहरू थिए । पूरन कासापा, पकुधा कच्चन, अजित केसम्बली, सञ्जय वेलाथिपुट्ट र गौतम बुद्ध । अलार कलाम अर्का प्रमुख अजिवाक थिए । जसलाई बुद्ध पहिलो पटक प्रवज्यमा भेट्न पुगेका थिए । जैन–बौद्ध ग्रन्थहरूमा धेरै आजीविका चिन्तकहरू उल्लेख गरिएको छ । चेम्बन, संकिचा र नन्दवच्छ नामका दुई प्रख्यात अजिवाकहरू छन् जो मख्खलीभन्दा अघिका थिए भनिन्छ ।

के हो आजीविका

जैनको सार यो संसारको दुःख र कर्महरूबाट मुक्त भई शाश्वत सुख, मुक्ति, शुद्ध आत्मस्वरूप तर्फ अघि बढ्नु हो भन्ने तर्कको खण्डन गर्दै उनले मोक्ष कर्मको आधारमा नभई पुर्व निधारित् तय भएको हुन्छ र मानिसले आत्मा परमात्माको चिन्ता लिनु पर्दैन साथै यदी आत्मा हुन्छ भने त्यो परमाणुबाट बनेको हुन्छ भन्ने मत यस विचारधारामा पाइन्छ । यस विचारधाराले जिवन जिउनको लागि हो र जिवन भनेको धान्नको लागि मात्र हो भन्ने मत राख्दछ साथै दैनिकी चलाउन त्यसका लागि लोभ लालच नगर्नु र कोहीमाथी अन्याय, अत्याचार गदै नर्गनु, हिंसावाट टाढा बस्नु यी सवै कार्य गरेमा जिवन सुखि र खूसि हुन्छ भन्ने तर्क राख्दछन् । भोलिको चिन्ता नगर भोलि कहिल्यै आउँदैन, भोलिको लागि आज साच्यौं भने त्यो तिम्रो भागमा पर्दैन । त्यसैले आज जे छ त्यही तिम्रो हो त्यसमै रमाउनु पर्छ भन्ने कुरा यस विचारधाराले गर्छ । यो दर्शनले निजी सम्पत्ति जोड्ने र भोलिको लागि आज जमाउने कुराको विरोध गर्दछ भने दैनिक जीवन चलाउनका निम्ति कर्म गर्ने र जिवन गुजारा गर्न खेतिपाती तथा पशुपालन गरी जिवन चलाउने कुरामा सर्मथन गर्दछ ।

शिक्षा दिक्षा लिनु र दिनु नै सत्कर्म हो र झुट तथा बेमानी गर्नु साथै धोका दिनु अनि भ्रम फैलाउनु दुश्कर्म हो भन्ने कुरामा जोड दिएको पाइन्छ।

मंखली गोसालले पुराना विचारधाराका विचारहरूलाई नयाँ सिद्धान्तमा जोड्ने काम गरेको देखिन्छ । उनले नियतिलाई प्राकृतिक रुपमा अपनाउदै सम्भवतः परिणाममा विश्वास गरेको देखिन्छ । जसले गर्दा अन्य विचारधाराका चिन्तनहरुको  अहेतुवाद,  ज्ञानवाद, र अवज्ञवादको  विभिन्न रूपमा अध्ययन गर्न प्रेरित गरेको हुन सक्छ । उनका अनुसार सबै प्राणीको विकासको परिणाम पहिल्यै निर्धारित हुन्छ । यो नियति (भाग्य), भव (प्रकृति), र  संगति (परिवर्तन) को कारकहरूको प्रभाव अन्तर्गत नियतिमा रहेको अन्तिम मोक्षमा समय (संसारशुद्धि) मा समाप्त हुन्छ ।

यस्तो नियति एक मात्र खेलाडीको रूपमा देखा पर्दैन, बरु मौका वा अनिश्चिततावादले उनको सिद्धान्तमा भूमिका खेल्छ र यस प्रकार नियतिवादले यस अर्थमा सबैका लागि मुक्ति जस्ता कुराहरुलाई भविष्यका घटनाहरूले  निर्धारित गरेको हुन्छ ।

चिन्तनको इतिहास

ईसापूर्व छैठौं शताब्दीसम्म (मौर्यहरूको उदय हुनुभन्दा करिब दुई सय वर्षअघि) भारतमा धार्मिक सम्प्रदायहरू प्रचलित थिए । यी सबै धर्महरू कुनै न कुनै रूपमा वैदिक प्रणालीसँग जोडिएका थिए । ईसापूर्व छैठौं शताब्दीमा लगभग ६२ सम्प्रदायहरूको अस्तित्व पाइन्छ, जसमा बौद्ध र जैन सम्प्रदायहरूको उत्थान (समयको क्रममा) अन्य भन्दा बढी थियो ।  मौर्यकालसम्ममा बौद्ध र जैन सम्प्रदायको विकास भइसकेको थियो भने अर्कोतर्फ, दक्षिणमा शैव र वैष्णव सम्प्रदायहरू पनि विकसित भइरहेका थिए । त्यही विचमा आफ्नो प्रभुत्व कायम गर्दै आजीविका विचार बोक्ने सम्प्रदाय चौतर्फी फैलिएको थियो । चाणक्यको कुटनीति तथा राजनीति मार्फत् सफल भएका चन्द्रगुप्त मौर्यले आफ्नो दरवारमा सवै प्रकारका विचार सम्प्रदायहरुलाई समान रुपमा हेर्दथे । सवै विचारहरुको शास्त्रार्थ गराउँदै त्यसको अनुसरण गर्ने र विद्वानहरुलाई स–सम्मान गर्दै स्वगत् तथा विदाई गर्ने प्रचलन थियो । पछि गएर चन्द्रगुप्त मौर्यले आफ्नो सिंहासन त्यागेर छोरा विन्दुसारलाई राज्य सुम्पी जैन धर्म अपनाए अनि उनी कर्नाटकको श्रवण बेलागोलामा आफ्ना गुरु जैनमुनि भद्रबाहुसँग सन्यासीको रूपमा बस्न थाले । त्यही उनको जैन जस्तै उपवास बसेर सोही ठाउँमा मृत्यु भएको पाइन्छ ।

राजा बिन्दुसार चन्द्रगुप्तको उत्तराधिकारी हुन तर उनको बारेमा लेखिएको इतिहास वारे सामाग्री पाउन मुस्किल छ । बिन्दुसारलाई प्रायः दक्षिणतिर साम्राज्यको विस्तारको श्रेय दिइन्छ, यद्यपि उनले कहाँ कहाँ विजय हाँसिल गरे भन्ने वारे कुनै प्रमाण छैन । जैन परम्परा अनुसार उनको आमाको नाम दुर्धारा हो र पुराण अनुसार बिन्दुसारले २५ वर्ष शासन गरे भन्ने उल्लेख गरिएको छ । साथै उनलाई ग्रीक ग्रन्थमा “अमित्रोकेदेस” भनिने अमित्रघता (शत्रुहरूको विनाशकर्ता) को उपाधि पनि दिइएको छ । राजा बिन्दुसार सरल तथा सामान्य जीवन व्यतित गर्ने  स्वभावका थिए, सो समयमा मौर्य साम्रज्यले भारतवर्षमा अतुलनिय बलशालि र सशक्त राज्यमा पहिचान बनाई सकेको थियो । यस्तो शतिmशाली राज्यमा वाह्य आक्रमण तथा हस्तक्षेप हुने सम्भावना नै थिएन । आजातशत्रुको जिवनीमा वौद्ध परम्पराको मत अनुुसार बिन्दुसार अजिवाक धर्ममा विश्वास गर्थे । त्यही समयमा थियो आजीविका चिन्तनले आफ्नो प्रभुत्व कायम गरेको ।

पछि राजा विन्दुसारका उत्तराधिकारी अशोकले कलिंग युद्ध पछि बौद्ध धर्म अपनाए । बुद्ध धर्म ग्रहण गरेपछि उनले जीवनमा लागू गर्ने प्रयास पनि गरे । उनले शिकार र पशु मार्ने काम छोडे र मानिस र जनावरहरूको लागि औषधालयहरू स्थापना गरे । उनले ब्राह्मण र विभिन्न धार्मिक सम्प्रदायका तपस्वीहरूलाई उदारतापूर्वक दान दिए । यसबाहेक उनले विश्रामगृह, धर्मशाला, इनार निर्माणको काम पनि गराए । उनले आफ्नो बावु बिन्दुसारको धर्म रक्षा गर्न आजीविका विचार मान्नेहरुलाई उनिहरुको इच्छा अनुसार गुफा र मन्दिरहरू निर्माण गरिदिने कार्य गरेको पाइन्छ ।  आज पनि बिहारको जेहानाबाद जिल्लामा भारतवर्ष कालिन प्राचीन गुफा मन्दिरहरू रहेका छन् । ति गुफाहरू ग्रेनाइटबाट कोरिएका थिए । राम्रो सित पालिश गरिएको आन्तरिक गुफा सतहहरू छन् र त्यँहा प्रत्येकमा दुईवटा कक्षहरू रहेका छन् । पहिलो ठूलो आयताकार हल छ र दोस्रो सानो, गोलाकार, ध्यान गर्ने कक्षको रुपमा प्रयोग गर्ने गरेको अनुमान लगाउन सकिन्छ । आजीविकाका धेरै चट्टान काटिएका गुफाहरू मौर्य सम्राट अशोक (आर. २७३ ईसापूर्व देखि २३२ ईसापूर्व) को समयका भेटन् सकिन्छ ।

अन्त्यमा 

आजीविका दर्शनको मूल शास्त्रको एक प्रती पनि उपलव्ध नहुन सक्छ, सम्भवतः यी हराइसकेका छन् । यी सिद्धान्तहरुका बारेमा प्राचीन भारतीय साहित्यका विभिन्न स्रोतहरूमा भएका आजीविकाका बारेमा गरिएका उल्लेखहरूबाट लिएका हुन् । आजीविका नियतिवादीहरू र तिनीहरूका संस्थापक गोसालहरूको जिकिर प्राचीन भारतवर्षका चिन्तक बौद्ध र जैन धर्मग्रन्थहरूमा पाइन्छ । हाल विभिन्न विद्वानहरूले यो बिषयमा बहस गर्दै आएका छन् । उनिहरुको भनाई के छ भने आजीविका दर्शनका माध्यमिक स्रोतहरूमा कतै पनि निष्पक्ष छैन । जुन समूह (जस्तै बौद्ध र जैन) आजीविका दर्शन र धार्मिक प्रथाहरूसँग प्रतिस्पर्धी र विरोधी थिए ती द्वारा लेखिएका र बोलेका विषयमा अध्ययन गर्दा के आजीविका दर्शनको अध्ययनले पुर्णता पाँउछ ? भन्ने कुरा न्यायोचित होला । तसर्थ यो सम्भव छ कि आजीविकाहरू बारे उपलब्ध धेरै जानकारीहरू केही हदसम्म गलत छन् । तिनीहरूका विशेषताहरूलाई ध्यानपूर्वक र आलोचनात्मक रूपमा रहेको विचार ठान्दै अध्ययन गर्दै गहिरो शोध गर्नुपर्ने देखिन्छ ।

Facebook Comments
Bijaya
Comments (0)
Add Comment