हिर्दोक हनबेर्नुहर्लाई पैंसठ्ठी सिट !

फुटानी

गृहमन्त्री जस्तो व्यक्तिले  सुझो न बुझो त्यसरी बोल्नु हुन्छ ? कस्ता मान्छे रान हँ ती त ! कांग्रेसको केन्द्रीय कमिटीको बैठकमै `गठबन्धन भएन भने माओवादी केन्द्रले अाठ सिट मात्र जित्छ´ भनेर प्वाक्क बोले । उता दुई साता अघि हाम्रो माउवादीको केन्द्रीय कमिटीको बैठकमा धनार्जनजीले `मैले प्रस्तुत गरेको बजेट लागु भएसी १६५ सिट मध्य २७० जित्छौ´ भनेका छन् । कस्को कुरा पत्याउनु ! यता माउवादीका सदावहार अध्यक्ष हाम्रो काम्रेस प्रचन्नलाई मोदीले अन्तिम अवस्थामा भेटन नमानेको विषय बजारभर छरेका छन् । उनीकन रातमा निन्द्रा न दिनमा भोक भा छ । यस्तो बेलामा `माउवादीले अाठ सिट मात्र जित्छ´भनेर `मरेमाथि कात्रो´ थप्नु हुन्छ ?  मोदी पनि उस्तै । जस्ताको तस्तै, ढिडाको निस्तै  भने जस्तो । कमफर्टेल सरकारका फावरफुल नेता, त्यसमा पनि भारत र अम्रिकाको पक्षमा लुकेर भा पनि काम गर्ने व्यक्ति । बाफरे यस्ता दुर्लभ नेतालाई नभेटेर हाम्रो घनघोर बेइज्जत गर्न कल्ले  उकास्यो कुन्नि ! हाम्रो प्रचन्नलेसमेत यो कुराको भेउ पाएनन् ।

उता केही माग्नका लागि ल्याङल्याङ गर्न नपाइ फर्कनु पर्रेको बाध्यता यता त्यसैबेला गृहमन्त्री बालकृस्न खाँणको मुखबाट कटु सत्य निस्काशन ! `सिंङगारी हराउनु र चितुवा कराउनु´संयोग मात्र पकै होइन होला । यो दुईटै विषयमा `ओलीले गर्दा´भनेर पन्छिन पनि मिलेन । हैन मोदीले त मानौ `झ्याउझुसलाई के भेट्नु´ भनेर भेटेनन अरे यसमा उनलाई हाम्रो प्रचन्नले माफै दिए । तर, गृहमन्त्रीले त्यसरी प्वाक्क `अाठ सिट मात्रै जित्छौ´ भन्नु हुन्छ ? यो त गृहमन्त्रीले माउवादीलाई हेपेको हो । के गर्नु मेरो त कन्सिरी तातेर अाम्छ भने प्रचन्न र धनार्जनको अवस्था कस्तो होला । भन्नु उसो होइन यस्तो बेलामा अावेशमै अाएर भए पनि `हामी एक्लै लढ्छौ मुलाङ हो´भनेर माउवादीले घोषणा गरे पनि हुने । हो त कस्तो खसालेर बोलेको ! के हाम्रो माउवादीले अाठ सिट मात्रै जित्छ त ? त्यो नाथे सुरक्षा निकायले निकालेको अाँकडा होला । त्यस्तो नाथे अाँकडा मारो गोली ! अाम्मै भन्न त भनियो नि तर हामीलाई लुतो फ्याँके जसरी कांग्रेसले फ्याँको भने के गर्ने होला ! हत्यरी यी गृहमन्त्रीले कस्तो ब्रुमहत्ते बनाए । यदि गठबन्धन भएन भने गृहमन्त्रीले बोलेको सत्य हुन बेर छैन् ।

कांग्रेसीहर्ले हामीसँग निहुँ खोज्दै छन् । हुनत हाम्रो काम्रेस प्रचन्न पनि कम छैनन् । झारपात बटुलेर भए पनि कांग्रेससँग वार्गेनिङ पावर बडाम्दै छन् । तर, कांग्रेसीहर्ले `एक सय सिट हामी छाड्दैनौ, पैंसठ्ठी सिट तिमारू हिर्दोकहर्ले बाँडनु´भन्यो भने पनि मानै पर्ने वाध्यता छ । एक प्रकारले यी हिर्दोक हनबेर्नुहर्लाई ६५ सिटमा थन्क्याउनु पर्छ भनी सके । कांग्रेसको बुई नचडौ वैतर्नी नतरिने, बुई चडौ त हेपाइले मरिने !

धन्न अहिलेसम्म सत्ता छोड्नु परेको छैन् । सत्ताच्यूत भएपछि एमाले र कांग्रेसले हाम्रो के गति बनाउलान । सम्झदा पनि मुटु भक्कानिएर अाम्छ । अरुले विरोध गरे पनि हाम्रो माउवादीको लाइन, नीति र विचारमा देउवा दाइ भने मन, धन, कर्म, हुर्दुङमती र राष्ट्र जाअोस भाँडमा भन्ने सिद्धान्तमा प्रतिबध्द छन् । उनले अहिलेसम्म हामीलाई हिर्दोक र हनबेर्नु भनेका छैनन् । भन्ने ह्याउ पनि छैन ।

हौ विध्वांसे काका नमस्कार है ! गत अाइतबार पनि अाम्न पाइएन अनि अाज सण्डे र म बिहानै निस्केको पानीले लुछुप्पै भिजायो । लु भन हौ काका काठमाडौंतिर तिम्रो माउवादीका नेताहर्को खबर के छ । फाल ठोकेर दौडदै मोदीलाई भेट्न इण्डिया पुगेका तिम्रा नेता प्रचन्नले कोसेलीको रुपमा के सर्दम बोकी ल्याए अरे तिमीलाई भनेकी नाई ! फुन त गरे होलान । हिंसात्मक काममा अग्रणी भूमिका निर्वाह गर्दै सोरपटारे नीति अन्तर्गत नेपालमा तहल्का मच्चाएकै थियौ । कि फुन गरेनन् ?

यो भिरघरे पनि एक्कै चोटि प्रश्नको अोहिरो लगाम्छ । खबर के हुनु ! लाँष्टाँ मोदीले धोका दिए । मोदीले कमफर्टेवल नेतालाई धोका दिनु हुन्थेन । तर, मोदीले नराम्रोसँग हाम्रो सदावहार अदक्ष काम्रेस प्रचन्नको बेइज्जत गरे । अन्तिममा लास्ट हतियार प्रयोग गरेर रिजेक्ट गर्दिए । हाम्रो प्रचन्न पनि के कम `नो टेन्सन´भनेर अयरपोर्टमा हाँसे जस्तो गर्दै पत्रकारहर्लाई दह्रो जवाफ दिए । तर, केटा हो दिल्ली भ्रमन सोचे भन्दा राम्रो चाहिँ भकै हो । सबैभन्दा राम्रो, कूटनैतिक हिसाबले उच्चस्तरको, एेतिहासिक र सफल वार्ता अारजु मेडम र हाम्रो कांग्रेसका हिमायती सर्वकालिक अदक्ष प्रचन्नबिच दिल्लीमै भयो । यो एेतिहासिक सफल वार्ताको नतिजा भविष्यमा देखिने छ । दिल्ली पुगेर १९५० को सन्धि समयानुकुल परिमार्जन गर्नुपर्छ भनेर कसैले भन्न सकेको थिएन । तर, हाम्रो काम्रेस प्रचन्नले अारजु मेडमसँगको उच्चस्तरीय वान टु वान वार्तामा त्यो कुरा उठाए । विशाल राष्ट्रवादी भावना बोकेर गएका प्रचन्नले दिल्लीमा पुगेर अारजु मेडमलाई भेटेर भ्याट्टै विषय वस्तु उठाएको कुरालाई सामान्य उपलब्धि ठान्न मिल्दै मिल्दैन ।

तिमी पनि वाइयात कुरो गर्छौ काका ! अारजु मेडमलाई भेट्न दिल्ली पुगीरहनु पर्थ्यो त ? नेपालकै बालुवाटार, बुढानिलकण्ठ वा कुनै होटलमा भेटे भै हालथ्यो नि !

तँ कुरै बुझ्दैनस् सण्डे भतिज ! नेपालमा भेट्नु र दिल्लीमा भेट्नु अाकास जमिनको फरक छ । एक त हाम्रो माउवादी पार्टीलाई हुर्काउने, बढाउने, पढाउने र फैलाउने काम दिल्लीले नै गरेको हो । अर्को कुरा नेपालको वर्तमान र भविष्यसमेतको निर्णायक वार्ता दिल्लीमै गर्नुपर्छ भन्ने मान्यता छ । परमपरालाई ध्यानमा राख्दै काम्रेस प्रचन्न र अारजुबिच चुच्चे नक्शा खारेज गर्ने, चिनले बनाइ दिन लागेका योजनाहरू खारेज गर्ने, अम्रिकानीहर्लाई तिब्बती शरणार्थी शिविरमा निर्विघ्न घुम्न दिने र कच्चा पदार्थको भन्सार अत्यधिक बढाएर भारतबाट बनिबनाउ अाउने सामानमा भन्सार छुट दिने विषयमा तगडा वार्ता भयो ।

हौ काका ! किन रंगन ढंगको कुरा गर्छौ । हाम्रो अारजु भाउजूलाई भेट्न र वार्ता गर्न दिल्ली नै जानुपर्छ भन्ने छर ! हाम्रै झुलाघाटतिर वार्ता गर्दा भै हाल्थ्यो नि !

भिरघरे तँ पनि केटाकेटी कुरो गर्छस् । कहाँको दिल्ली कहाँको झुलाघाट ! दिल्ली भनेको दिल्ली नै होनी । हाम्रो काम्रेस प्रचन्न कम बाठो छैनन त !

लु तिम्रो दिमाख चाहिँ सड्किए छ काका ! मोदीलाई भेट्न नपाए पछि भक्कानिदै अाएका प्रचन्नलाई सप्पैले देखे । तिमीले गफ दिनै पर्दैन । गठबन्धन जोगाइ माग्न गका थिए । हाम्रो कांग्रेसले सय सिट राखेर ६५ सिट तिमारू चार पार्टीलाई दिन्छ । यदि तिमार्ले चित्त बुझाएनौ भने हाम्रो कांग्रेस एक्लै लड्छ । हिड सण्डे उभिण्डे खोलातिर लागौ । लौ त काका !

अाजलाई जै नेपाल !

Facebook Comments
Phutani
Comments (0)
Add Comment