मेरो मन असाध्यै खिन्न भएको थियो । वर्दियाको अँध्यारो कन्हरा जङ्गल छिरेका कमैया थारुहरुको कालो विगत उनीहरुकै मुखबाट सुनेपछि मन खिन्न हुनु सिवाय कुनै विकल्प थिएन । मान्छे भएर पनि मान्छे सरह जिउन पाउने उनीहरुको हक, अधिकार यो आधुनिक युगमा पनि सम्पूर्ण खोसिएको थियो । जुन हक अधिकार एक प्रकारले मैले आफ्नो जीवनमा पूर्ण उपभोग गरिरहेको थिएँ । मनमा खिन्नता भएपनि मैले कतै कहीँ जङ्गलका ती रुखहरुका हाँगा, पातका छिद्रबाट एउटा उज्यालो भविष्यको किरण छिरिरहेको महशुस गरेको थिएँ । कमैया मुक्त समाजको उज्यालो छर्न, एउटा उज्यालो बिहानी प्रभातको किरण लिएर झुल्किने सम्भावना देखिरहेको थिएँ।
उ धुस्रे थियो । चार ठाउँ टालिएको थियो । रङ्ग खुइलिएको थियो । तर उ सबैको यात्रा सहारा थियो । हामी हतार हतार बस भित्र चढ्यौं । सबैले त्यसै गरे । किनभने सबैलाई तराईको गोरु गाडा बाटोमा चल्ने बसको सिट चाहिएको थियो । बस भित्र, ह्वास्स गन्हाइरहेको थियो । थोत्रा सिटका बस्ने सिटहरु चोक्टा चोक्टा परेका थिए । झ्यालमा सिसा थिएन । हामीले सिट पायौं । धेरै सिट नपाउनेहरु कोही उभिए, कोही थचक्क बीचको खाली भागमा बसे । बसको इन्जिन घ्यार घ्यार गर्न थाल्यो । हाम्रो सती–टिकापुर यात्रा पनि सुरुभयो । किन हो कुनी ! बस भने घल्टयाक, घल्यटयाक गर्दै कुद्दै थियो । उ मानिस भन्दा अलिकति मात्र छिटो दगुरीरहेको थियो । हेर्दाहेर्दै, सिसा बिनाका झ्यालबाट कुहिरी मण्डल भएर बाक्लो धुलोको मुस्ला बसभित्र छिर्न थाल्यो । हामी कसैले कसैलाई देख्ने नसक्ने भयौं ।
हामीले बर्दियालाई विदा ग¥यौं । तारातालमा एउटा साइकलको बन्दोवस्त भयो । त्यसैमा आफ्ना भारी बाध्यौं । अनि अझ पश्चिमको यात्रामा लम्कियौं । धुलो, कच्ची बाटोमा हामी दुई भाइ पालोपालो साइकल ठेल्दै झण्डै दुई अडाई घन्टामा कोठियाघाट पुगेका थियौं । कोठियाघाट कर्णालीको पूर्वी भङ्गालो हो । जसलाई गेरुवा भङ्गालो भनिन्छ । तारातालमा पैंचो लिएको साइकल निर्धारित स्थानमा छाडेपछि हामीले डुङ्गा चढेर कोठीयाघाटको नदी पार गरेका थियौं । पारिबाट बर्दियाकै पश्चिम बजार राजापुर बेलुकासम्म पुग्ने लक्ष्य थियो । तर कसरी पुग्ने टुङ्गो थिएन । वारिपट्टि डुङ्गा ठेकेदारले टागा, एक्का पाईन सक्ने सङ्केत दिएका थिए । नत्रभने तीन घन्टा बढी पैदल हिड्नु पथ्र्यो ।
भाग्य बलियो रहेछ । कताबाट हो कुनी एउटा टाँगा हामीलाई नै पर्खे जसरी पर्खिरहेको थियो । थाहा भयो, उ राजापुरबाट कुनै सवारी लिएर आएको रहेछ । त्यसताका यी सबै सडक साधनहरु अनियमित र अस्थायी थिए । तारातालमा गुलेरियाबाट कोठियाघाट एउटा थोत्रो बस पनि बेला बेला धुलो उडाउदै कुदेको हामीले देखेका थियौं । तर, हामीलाई आज त्यसमा सवार हुने भाग्यले जुराएन । जे होस, कोठियाघाटमा टांगा पाउँदा मन हर्षित भयो । हामीजस्तै अरु पनि टांगा यात्री भेला भए । अनि घोडाको टापले ताप ततायो । अटिनअटी बसेका हामी नौ जनालाई उ कन्दै तान्दै थियो । बाटो उही कच्ची, हिउँदे धुलाम्य । यात्रामा थाह भयो, वर्षायाम त यी सबै बन्द हुने रहेछन् । नेपालबाट नेपालीहरु नेपाल जानलाई नै भारतको भर पर्नु पर्ने रहेछ । गुलेरिया वा राजापुरका मानिस टांगामा भारतीय सिमाना गयो, बसमा गन्तव्य सिमाना आयो अनि टांगामा नेपाल छि¥यो । नेपालगञ्ज जानका लागि पनि त्यही बाटो पच्छ्याउनु पर्ने रहेछ ।
करीब डेढ घन्टा लामो घोडाको खटपट खटपट, टांगावालाको साङ्केतिक आदेशमा एकोहोरो टांगा यात्रा पछि साँझपख हामी राजापुर पुग्यौं । हामीले सोचेको भन्दा बाटोमा थुप्रै बाक्लो थारु बस्ती यात्रामा हामीले भेट्यौं । बाक्लो थारु बस्ती, गुजमुज एकै ठाउँमा, खपडाले छाएको छाना, माटोको भित्ता अनि माटोले नै लिपेको आँगन । बुट्टे घाँघर र छोटा चोलीमा सजिएका थारु महिलाहरु र कछाड लगाएका पुरुषहरु देखिन्थे । स–साना केटाकेटीहरु यत्रतत्र खेलिरहेका थिए । घरहरु एकआपसमा जोडिएका थिए । बाँकी सबै धान काटेपछि खुला छाडिएका खेतका बाँझा गह्राहरु देखिन्थे । ती सम्पूर्ण भेगमा वर्षको एक बाली धान मात्रै रोप्ने चलन रहेको पनि सहयात्रीहरुलाई सोद्धा थाह भयो । वर्षका बाँकी समय खेत खाली हुदों रहेछ । कुरैकुरामा एकजना सहयात्रीले सुनाए–‘धान काटेर छाडेका खेतमा आफैं जङ्गली घाँस जस्तै गरी गाँजा फल्छु । त्यसको उपयोग वा दुरुपयोग केमा र कसरी हुन्छ, मैले सोधीखोजी गरिन । अनुमान लगाएँ, थारुहरु थाकेको ज्यान थकाइ मेटन प्रयोग गर्दा होलान ।
साँझपख राजापुर पुगेका हामी, बासको जोहो गर्दागर्दै झमक्क रात प¥यो । राजापुरलाई देख्न, भोग्न र महशुस गर्न पाइएन । जुन होटलमा भात खाइयो, त्यही एउटा कुनामा रात वितायांै । राजापुर निकै पुरानो बजार रहेछ । सदरमुकाम गुलेरिया भन्दा पहिल्यै बस्तीबाट बजार गुलजार भइसकेको रहेछ । धानको उत्पादन अचाक्ली हुने भएकोले पनि यसले बजार विस्तार र विकासको बाटो देखेको मैले प्रष्ट महशुस गरे । तर, सरकारी अड्डा सबै गुलेरियामा भएपछि यो बजार किनारा लागेको रहेछ । सरकारी राष्ट्रिय बेवास्ता, जमिन्दारहरु उत्पादनमुखी नहुदाँ धान फल्न औसत बृद्धिको सट्टा ह्रास आउन थालेपछि, अनि कर्णालीका दुई भङ्गाला पूर्व र पश्चिमबीचमा यो बजार परेर च्यापिएपछि प्राकृतिक हिसाबले समेत पिछडिएको रहेछ । तर, बजारमा पुराना धान किनमेलका अस्तित्वहरु हामीले प्रसस्त देख्यौं । अनि नेपालगञ्जको गगनगञ्ज जस्तै यहाँ पनि यौन व्यवसाय गर्ने बादी जातीको छुट्टै टोल नै रहेछ । गाउँ जस्तो बजार, राजापुर बजारलाई बर्दियाको पश्चिम किनार भने पनि हुन्छ ।
एक हिसाबले, गुलेरिया राजनैतिक सदरमुकाम हो भने राजापुर आर्थिक सदरमुकाम रहेको मैले भान गरेँ । प्रष्ट अडकल काटेँ । राजापुरमा बजारकै केही मानिससित हामीले अस्तिदेखि बोकेर हिडेको समस्याका बारेमा छलफल ग¥यौं । पूर्व बर्दियामा झै यहाँ पनि कमैया प्रथा व्यप्त रहेको थाह भयो । उस्तै जमिन्दारी प्रथा, उस्तै शोषण, दमन, अन्याय, अत्यचार यहाँ पनि रहेछ । उनीहरुलाई प्रतिनिधि पात्रको सत्य खबर ठानेर हामीले मान्यता बनायौं । अनि राजापुर छाडेर अझ पश्चिम नेपालतिर आफ्नो यात्रा लम्कायौं ।
राजापुरबाट केही हिडेपछि बलौटे बाटो शुरु भयो । मैले अनुमान लगाएँ, हामी खोला किनारमा हिडिरहेका छौं । नभन्दै हामी कर्णालीको अर्को पश्चिम भङ्गालाको तिरैतिर हिडिरहेका रहेछौं । बलौटे बाटो छाडेर, बालुवामै हिडन थालेपछि हामीलाई खोलामै छिरेको आभाष भयो । कहिले घुडाँसम्म, कहिले कम्मरसम्मको पानी छिचोल्दै हामीले पश्चिम कर्णाली भङ्गालो पार गरेका थियौं । बलौटे बाटो, भङ्गालोको पनि भङ्गालो तर्दै कतिखेर सिङ्गै कर्णाली पार गरिएछ, पत्तै भएन ।
त्यसको झण्डै आधा एक घन्टा पछि हामी सती बजार पुगेका थियौं । सती बजार । स्थानीयलाई सोद्धा थाह लाग्यो, कुनैबेला गुलजार थियो, रात परेपछि झिलमिल हुन्थ्यो । मुजरा चल्थ्यो । नाचगान चल्थ्यो । टाढा टाढाबाट पैसावालहरु पैसा लुटाउन आउँथे । नर्तकी माथि पैसा फ्याँक्थे । पैसा चढाउथे । अर्थात हिन्दी सिनेमामा देखिने दृश्यहरु यहाँ सजीव देख्न पाइन्थ्यो । एउटा ठूलो यौन बजार थियो । सती बजार । यौन व्यवसाय गर्ने महिलाहरु, नर्तकीहरुको नाम पनि हिन्दी सिनेमामा नामुद हिरोइनहरुका नामसित जुधाइन्थ्यो रे । रेखा, हेमा, हेलेन, जिनत, पुनम आदि । म त्यसको भग्नावशेष हेर्न त्यहाँ पुगेको थिएँ । या त्यो भग्नावशेष मेरो बाटोमा आइपुगेको थियो ।
सबै सुन्दा कथा जस्ता । भारतको लखनउसम्मका धनाढ्य, नेपालका ठुल्ठुला जमिन्दार, राजा रजौटाहरु सबै रमाइलो गर्न त्यहाँ पुग्दा रहेछन्, त्यसताका । सुनेर म छक्क परेँ । चकित भएँ । यो पनि हाम्रै नेपालमा कुनै कालखण्डमा भएको थियो ।
सतीमा हामीलाई बास बस्नु थिएन । हाम्रो गन्तव्य टिकापुर थियो । कैलाली जिल्लाको टिकापुर बजार । कुद्दा कुद्दै बीचबाट दुई फ्याक पर्लाजस्तो एउटा थोत्रो बस हल्लिदै हल्लिदै मध्यदिनमा सती बजार आइपुग्यो । परैबाट ठूलो स्वरमा हर्न बजाउदै शानका साथ उ आइपुगेको थियो ।
उ धुस्रे थियो । चार ठाउँ टालिएको थियो । रङ्ग खुइलिएको थियो । तर उ सबैको यात्रा सहारा थियो । हामी हतार हतार बस भित्र चढ्यौं । सबैले त्यसै गरे । किनभने सबैलाई तराईको गोरु गाडा बाटोमा चल्ने बसको सिट चाहिएको थियो । बस भित्र, ह्वास्स गन्हाइरहेको थियो । थोत्रा सिटका बस्ने सिटहरु चोक्टा चोक्टा परेका थिए । झ्यालमा सिसा थिएन । हामीले सिट पायौं । धेरै सिट नपाउनेहरु कोही उभिए, कोही थचक्क बीचको खाली भागमा बसे । बसको इन्जिन घ्यार घ्यार गर्न थाल्यो । हाम्रो सती–टिकापुर यात्रा पनि सुरुभयो । किन हो कुनी ! बस भने घल्टयाक, घल्यटयाक गर्दै कुद्दै थियो । उ मानिस भन्दा अलिकति मात्र छिटो दगुरीरहेको थियो । हेर्दाहेर्दै, सिसा बिनाका झ्यालबाट कुहिरी मण्डल भएर बाक्लो धुलोको मुस्ला बसभित्र छिर्न थाल्यो । हामी कसैले कसैलाई देख्ने नसक्ने भयौं । कतै बीचमा केहीबेर रोकिँदा, एकअर्कालाई हेर्दा, कसैले कसैलाई नचिन्ने भइसकेका रहेछौं । गाडीका कण्डक्टर बेला बेला उत्रिरहन्थे । अनि, बसलाई बाटो देखाउथे । किनभने अरुबेला गाउँलेका लागि त्यो बाटो गाईवस्तु बान्ने गोठ या धान अन्न सुकाउने आँगन हुन्थ्यो । केटाकेटीका लागि खेल मैदान बन्थ्यो ।
यसरी यो बस यात्रा, खल्ड्याङ खुल्डुङ, धुलाम्य रह्यो । बसभित्रै उप्री फाफ्री थियो । सायद त्यही तनावले बाटोका दायाँबायाँका मेरा सम्झनामा पनि धमिलै भए ।
हामी टिकापुर पुग्दा घाम पनि पश्चिम तल्लो किनारतर्फ ओरालो लागिसकेको थियो । एउटा झुत्रे भात खुवाउन मात्रै खोलेको होटेलमै हामीले दाम तिर्ने बासको जोहो ग¥यौं । अनि, धुलोले जरक्क भएको कपाल, गाडीले उचाल्दै पछार्दै अरक्क पारेको ज्यानलाई तेर्सो पार्ने ठाउँ फेला पारेर रात कटायौं ।