हाम्रैतिरका देउवा दाइ प्रधानमन्त्री भएका छन् । अाफ्नै नेता काम्रेस प्रचन्न र माधव यही सरखारका लङगडा घोडा बनेका छन् । भट्टी पसलमा जस्तो दैनिक गठबन्धने पानदले नेताहर्को कचमच चल्छ । त्यो कचमचमा विद्यार्थीको समस्या, किसानको समस्या, मजदुर र भुइँ मान्छेका समस्या अनि राष्ट्रिय समस्याका वारेमा कहिल्यै कुरा उठ्दैन । त्यहाँ पद, पैसा, ठेक्का-पट्टा, सरुवा-बढुवा र गठबन्धनको दीर्घजीवन बारेमा कुरा उठ्छ । अस्ति असार १५ मा सरखारले धान दिवस मनायो । किसानहरू भने मल नपाएर रुएर बसे । यस्तै बेलामा देउवा भने `अन्नमा अात्मानिर्भर बनाम्छु´ भनेर भासन ठोक्छन । भन्नु उसो हैन कि यी मुलाङहर्ले भन्दा त अोलीकै पालामा अाईलागेका समस्या समाधान गर्न गहन छलफल, विचार-विश्लेषण हुन्थे । साथै राष्ट्र र जनताका समस्या धेरै हदसम्म समाधान भएका थिए । अहिलेका हाम्रा हन्तकाले त `कम्युनिष्ट नामधारी, कांग्रेसको चाकरी´ गरेको प्रत्यक्ष देखियो ।
हाम्रो प्रचन्न काम्रेसले अझै एक-दुईपटक देउवालाई झुक्याउन सक्छन् । तर, ओली भने अब झुकिदैनन् । अहिले हाम्रो साम्राज्यवादको अनुयायी माउवादी केन्द्र र माधव नेपालको दक्षिण कोरियानी होली वाइन विचारपथ घालघुल पारेर देउवाको काम्रेस लाइनमा `लिसोवाद´ निर्माण गरिएको छ । यो कामरेड र काङग्रेसको घुलनबाट उत्पन्न भएको `काम्रेस´शब्दको उत्पत्ति खासमा परापूर्व कालको `धूर्त´ र `पाखण्ड´नीतिमा उल्लेख छ । यस नीतिमा छल, कपट, धूर्त्याइँ र गठबन्धनका वारेमा तथ्यपरक रुपमा व्यापक विश्लेषण गरिएको छ । अहिले नेपालमा काङग्रेस र कामरेडको घुलन, मिलन र मिसावटले गर्दा हाम्रो माउवादी केन्द्रको कार्जेकर्ता, देउवा र माधवका कार्जेकर्ताहर्लाई नेपाली जनताले `काम्रेस´ भनेर सम्बोधन गर्न थालेका छन् । यो शब्द गठबन्धन र वर्तमान सरकार कायम रहेसम्म चलनचल्तीमा रहने उलेख गरिएको छ।
हाम्रो गठबन्धनका नेताहरू त्यसमा पनि काम्रेस प्रचन्न अहिले धूर्त (द्रुत) गतिमा अथक प्रयत्नद्वारा तीनवटा पार्टी एकीकरण गरी `काम्रेस देदाने´ (देउवा, दाहाल, नेपाल) पार्टी गठन गर्न तिव्र गतिमा लागेको देखिन्छ । अहिले हाम्रो लोभी प्रचन्नलाई एमालेतिर हेरेर र्याल चुवाइरहेको देखिए पनि खासमा उनको उद्देश्य काङग्रेसलाई ध्वस्त बनाम्ने नै हो । ओलीका अगाडि टिक्न नसकेपछि उनी `अंगुर अमिलो´ छ भन्दै कांग्रेसको पाउ मोल्न पुगे । गत चुनाउमा केही फाइदा पनि लुटे । हुनत उनी मेरो अाफ्नै नेता हुन तर के गर्नु पार्टी ध्वस्त बनाइहाले । एउटो भेलालाई महाधिवेशन भन्ने नाम दिएर केन्द्रीय कमिटी बनाएको घोषणा गरियो । त्यसपछि हाम्रो कुनै खोज खबर भएन । अहिले एकोहोरो कमाउनका लागि मरिहत्ते गरेकाछन् । `दाहालका मन्त्री कमाउन थाले, बोल्नै छाडे झाक्री र अाले´ भन्ने गीत नै बनाका छन् रे काठमाडौंतिर ।
अस्ति असार १५ गते हाम्रो काम्रेसले बेजोडको भासन गरे । विप्लवका केही व्यक्तिका अगाडि उभिएर `म त नव अागन्तुकलाई सम्मानित पदमा राखीहाल्छु, पहिला पनि महासचिव नै दिएको थिएँ । तपाईंहरू निस्चिन्त रहनुहोस्´ भनिदिए । हामी पुरानालाई त नाप्पियो नयाँलाई के दिन्थे ! खोइ केन्द्रीय कमिटी बाहेक पार्टीका अरु अवयव ?
अाफू सदावहार अध्यक्ष भएपछि अरु कोही चाहिन्न ? मदन भण्डारीले प्रतिपादन गरेको जवज त अाफ्नो पार्टी संगठनमा भित्र्याए तर त्यसलाई व्यवहारमा लागु गर्न नसकेको सही साँचो हो । नेपालमा भएका कम्युनिष्ट पार्टीमा महासचिव नै कार्यकारी हुने पद्दति हटाएर अध्यक्ष प्रणाली लागु गर्ने मदन भण्डारी नै हुन । पार्टी भित्र प्रजातान्त्रिक अभ्यासको खरो रुपमा लागु गर्ने एमाले नै हो । जिब्रो चवाउनै पर्दैन एमालेका सप्पै संगठनहरू चुस्त दुरुस्त छन् । हाम्रो भने एउटो अध्यक्ष मात्रैछन् । अनि भासन गर्दा पनि हाम्रो प्रचन्न काम्रेस `बैद्य र विप्लव पनि मेरो नेतृत्वमा अाम्नुपर्छ´ भन्छन् । `हाम्रो पार्टी माओवादी केन्द्रमा अाम्नुपर्छ´ भन्न सक्तैनन ।
वास्तवमा अब यो माओवादी केन्द्र भन्ने पार्टी प्रचन्नको मात्र बन्न पुग्यो । माओवादी पार्टीमा लागेका अरु नेता कार्जेकर्ताको पार्टी बन्न सकेन । प्रचन्नले अरुलाई `यो मेरो पनि पार्टी हो´ भन्ने ठाउँ नै दिएनन् । हुन पनि ३५ वर्षदेखि पार्टीको प्रमुख भएर बैद्य, बाबुराम, बादल, विप्लव लगायतलाई लात हानेर बसेका छन् । राम्रो काममा त ओलीको सिको गर्नुनी, देउवाको सिको गर्छन अनि पार्टीको संगठन कहाँबाट बन्छ ?
नमस्कार है विध्वंसे काका ! काठमाडौं नगर के झोक्रार बस्छौ ! उहाँ तिम्रो नेतो प्रचन्नले मन्त्री फेर्नलागे भन्ने हल्ला छ । सांसद नभए पनि झ्याप्प मन्त्री बनार ५/६ महिना राष्ट्रको सम्पत्ति चिरिप्पझ्याप पार्न दिन्छन् । नेतोले महिनाको यसो सुरुबुरु ८/१० करोड उपार्जन हुने बाटो मिलामछन् । मन्त्री साझा, पैसा अाधा । कुरो बुझ्नु काठमाडौं कुध्नु । गफ चाहिँ प्रचन्नको जत्तिकै दिन्छौ त !
हेर भिरघरे भतिज ! तँलाई केन ढाट्ने । हाम्रो माउवादी केन्द्रको मन्त्रीहरू फेरिदैनन । राष्ट्रको अाठ अरब रुपैयाँको थैलो हराएको छ । त्यो कहाँ छ भन्ने कुरो देउवा दाइ, हाम्रो प्रचन्न काम्रेस र धनार्जन शर्मालाई थाहा नहुने कुरै भएन । त्यो नपचाएसम्म हाम्रो तिरको मन्त्रीहरू `चेन्ज फेन्ज´ हुदैन । हाम्रो धुर्त चतुरेले नेता त्यस्तो कच्चा खेल खेल्छन भन्ने मलाई चाहिँ लाग्दैन ।
हौ काका सण्डेले बढी कुरो गर्यो भनौला भने पनि भन । सत्य कुरा चाहिँ तिम्रो नेतोले पैसोको लागि जे पनि गर्छन् । खै माउवाद ! खै प्रचन्नपथ ! खै सर्वहारा वर्ग ! खै साम्राज्यवाद र विस्तारवादको विरोध ! अहिले तिम्रो नेतो प्रचन्नले अम्रिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र युरोपियन यूनियनको तावेदारी गरिरहेका छन् । चुच्चे नक्शाको विरोध गर्नु, एमसिसी पास गर्न हदैसम्मको नाटक गर्नु, वाम एकता भत्काएर नीति, विचार, सिद्धान्त, दर्शन, व्यवहार र सोचसमेत नमिल्ने कांग्रेससँग एकाकार हुनु माउवादीको पतन हो । अहिले प्रचन्न र माधव जस्ता तथाकथित वामहरूलाई देउवाले लात हाने भने अस्तित्व नै समाप्त हुने अवस्था छ । यदि देउवाले गठबन्धन तोडे भने प्रचन्न र माधवले कमण्डलु बोके हुन्छ । कि कसो झुम्री काकी !
ठिक भन्यो सण्डे भतिजले ! यिनारू अहिले साम्राज्यवादी र विस्तारवादीको दलाल बनेका छन् । कांग्रेसको पुच्छर समाएर चुनावी बैतर्नी तर्न जुनसुकै सर्त मान्य पक्षमा छन् । तर, यता कांग्रेसीहरू पनि यिनार्लाई लतारेर घिसार्ने योजना बनाम्दै छ । वामेहर्लाई कुम्भीपाक नर्कको ढोकामा पुगाएर कांग्रेसले ठेलेपछि थाहा पाम्छन् । संघीय संसदमा जम्मा एक सय ६५ सिट छ । कांग्रेस एक सय सिटबाट नघट्ने, माउवादीलाई ४० प्रतिशत नभै नहुने । यता माधवलाई २५ र उपेन्द्रलाई पनि २५ प्रतिशत नै चाहिने ।
जान्ने भर नबोल झुम्री ! अन्त्यमा गएर प्रचन्न र देउवा दुईजनाको पार्टी मात्र मिल्छ । माधव, उपेन्द्र, झ्याउझुस् जान्छन् गोलखाडी । एक सय ६५ सिट कतिलाई भाग पुगाउनु ! एक सयवटा देउवालाई, ६० वटा प्रचन्नलाई र बाँकी रहेको पाँचवटा दुई दुईवटा माधव-उपेन्द्र र अर्को जनमोर्चा ।
काका त्यस्तो हुदैन । ३० वटा सिट दिदा प्रचन्न नमान्ने कुरै भएन । ओलीका रिसले माधव र तिमार्को माउवादी कार्जेकर्ताले खोजिखोजी रुखमा भोट हाल्छ । तिमार्को चिन्हमा हाम्रो कांग्रेसकाहर्ले भोट हाल्दैन । तिमारू भनेका विचार, सिद्धान्त, लाजघिन केही नभएका लठबुङ हौ । कहिले कांग्रेससँग मिसिन्छौ, कहिले एमालेतिर, कहिले चाइना फर्किन्छौ कहिले अम्रिकातिर । तिम्रा माउवादीका नीति `लुटी ल्यायो, भुटी खायो´ त होनी । लु काका ढिलो भयो । जउ सण्डे ।
जै नेपाल ।