फेरि तेस्रो दिन । कन्हरा पुग्दा पुरै सुनसान थियो । म झसङ्ग भएँ । के भएछ ? सबै कहाँ गए ?
जाडो छल्न बालिएका दाउरा खरानी भइ सकेका थिए । कुनैकुनै बचेका ठुटाबाट हल्का धुवाँ उडिरहेको थियो । जङ्गल बीच सन्नाटा थियो । हिजोअस्तीका स्वर, हल्लाखल्ला, मानिसको घना उपस्थिति सब गायब । म जङ्गल बाहिर निस्केर कारण खोज्न थालेँ । कच्ची गोरेटोमा हिडी रहेका एकजना भद्रभलादमीले सबै गुलेरिया गएको जानकारी गराए । काशीरामको नेतृत्वमा पुरै ‘स्वघोषित’ मुक्त कमैयाहरु बिरोध जुलुसका लागि सदरमुकामतिर हानिएका रहेछन् । मैले पनि गुलेरिया जाने निधो गरेँ । यातायात सहज थिएन । सहयात्री, सहकर्मी मित्रले कसोकसो गरेर साईकलको व्यवस्था गरे । हामी दुईभाइ त्यसैमा कच्ची धुलोबाटो हुँदै गुलेरिया बजार पुग्यौं।
मेरा सहकर्मीका बारेमा केही भनौं । उनको नाम मनोज मात्र मलाई याद छ । मैले उनलाई खासगरी बाल बँधुवा सम्बन्धी काठमाडौं मै तयार पारिएको फारम भर्ने काममा सघाउन अनुरोध गरेको थिएँ । उनी बर्दिया, कैलाली र कञ्चनपुरमा त्यही काममा सक्रिय रहे । जसले मलाई निस्फिक्र अन्तर्वार्ता लिन धेरै सजिलो बनायो । उनी सितको साथ र भेटघाट पनि जीवनभरका लागि त्यति मै सिमित भयो।
यस्ता निर्दयी घटनाहरु ती मध्यरातहरुमा कति घटे होलान्, जुनबेला कमैया थारुहरुलाई पशुवत व्यवहार गरिन्थ्यो । उनीहरु साउनमा धान रोप्थे अनि माघ फागुनमा धान काटेर जमिन्दारका घरमा धान भित्र्याउँथे । कमैया चंै आधा पेटमा रात काट्थे । उनीहरुमा अशिक्षा र अज्ञानता चरम थियो । गाउँमा बाटोघाटो थिएन । पढाइमा पहुँच थिएन । जीवन जिउनका लागि अरु थुप्रै कुरा चाहिन्छ भन्ने उनीहरुलाई थाह पत्तो थिएन ।
दिनभर, कमैया विरोध जुलुस र बजार अवलोकन मै बित्यो ।
अनि फेरि बेलुका ताराताल बास स्थल । होटल भनौं कि बटुवाका लागि बिश्राम घर । सँधै एकैखाले खाना पाक्थ्यो । मैले पनि कुनै ‘फरमाइस’ गरिन । जे दिए, त्यहि खाएँ । स्थानीय थारुहरु भने पाकेको धान खाएर पुष्ठ भएका मुसा खुब मन पराउँदा रहेछन् । धान काटिसकेको खेतमा मुसा खोज्न खनेका खाल्डा मैले ठाउँठाउँमा देखेँ । माछा त उनीहरुको प्रिय भई नै हाल्यो, त्यस बाहेक घुंघी खान पनि थारु समुदायले मन पराएको थाह भयो । तर जङ्गलमा गएर जङ्गली जनावारको शिकार गर्नुलाई उनीहरु पाप नै ठान्दा रहेछन् । हो, कन्दमुल, भ्याकुर अनि घाँसपातका लागि बेलाबेला बन पस्ने गर्छन् । उनीहरु प्रकृतिका पुजारी हुन । जङ्गल, जमिन, जलको साधाना गर्छन् ।
हामी फेरि कुना कन्दरा बर्दिया जङ्गल बीचको कन्हरा पुग्यौं । आज चै सबै हामीलाई नै पर्खेर बसेका रहेछन् । हामी के गर्दैछांै, किन उनका दुखका कुरा सुनाउन भनिरहेकाछौं, यस्को यो जङ्गल वाससितको के साईनो ? कसैले केही सोधेनन् । सबैभन्दा ठुलो कुरो नै कोही उनीहरुको कुरा सुन्न आएका छन् । उनीहरु त्यसैलाई आफ्नो जीवनको पहिलो र महत्वपूर्ण घटना ठानीरहेका थिए, हामीलाई त्यही बताइरहेका थिए ।
अन्तरवार्ताका लागि हामीले रोजेका कमैया थारुहरु हरेकका कथा एउटै थिए । आँसु, दुख, पीडा, अन्याय, अत्यचार, चरमशोषण, असमानता सबैको भोगाइ यही बाटो भएर अगाडी बढ्थ्यो । ती मध्ये केही त बोल्दाबोल्दै अचानक ठयाम्मै रोकिन्थे, अनि भक्कानो छाडेर रुन थाल्थे । खासगरेर महिलाहरु । उनीहरु आफूमाथि वितेका कुरा भन्नै नस्क्ने गरी अड्किन्थे । सम्झनाले तर्सिन्थे । विगत आँखै अगाडि आएर ताण्डव गर्ला झैं ठानेर होशहवास उडेको म तिनका टिलपिल आँसुले भरिएका आँखामा प्रष्ट देखिरहेको हुन्थेँ ।
यस्तै प्रताडित एक छोरीका बाबुको कथाले मलाई अझैसम्म पच्छयाउन छाडेको छैन । उनीले हामीसित सोझो आखा जुधाएर आफ्नो कुरा राख्ने हिम्मत जुटाउन सकेनन् । डर र लाजले अनुहार बहुरङ्गी बनाए । त्यो लाज र डर आफुसित नभई उनलाई प्रताडना दिनेहरुसित थियो ।
त्यस्तो अवस्था भएपछि, मैले टेपरेर्कडर खोलेर एउटा कोठामा उनलाई एक्लै राखेर आफ्नो कुरा मन लागिन्जेल भन्न लगाएर रेर्कड गरेको थिएँ । अनि राती बासस्थल फर्केपछि उनको कथा सुन्दा म एक्लै भक्कानिएर रोएको थिएँ । उनका गाउँका जमिन्दारको घीनलाग्दो कथा । उनले बन्द कोठामा एक्लै रुदै सुनाएका थिए । त्यो कथा मैले धेरै समय कसैलाई सुनाइन । कसैलाए बताइन । मसितको टेपमै गोप्य रहिरह्यो । उनको सत्य कथा कि मैले सिनेमामा डरलाग्दो अत्यचारको चित्रण हेरेको थिएँ, कि त उपन्यासमा पढेको थिएँ । यस्तो वास्तवकि जीवनमा पनि होला, त्यो पनि आफ्नै देशमा होला, म जहाँ उभिएको छु, त्यहाँ त्यस्तो भएको थियो भन्ने पत्याउन खोज्दा समेत मेरा शरीरका रौं ठाडा भइरहेका थिए । मलाई अझै पनि त्यो कटु सत्य यहाँ उल्लेख गर्न मन लागिरहेको छैन । तर, यो बर्दियाको अत्यचारको कथा, यौन शोषणको कथा सबैले थाह पाउन जरुरी छ । त्यो गाउँ, ती जमिन्दार, ती पीडित कमैयाहरुको कथा अब सरसर्ती म तपाईलाई सुनाउनु छु :
उ त्यस्तो जमिन्दार थियो, जसको गाउँमा बिहे गर्ने जो कोही कमैया युवाले बिवाहको पहिलो रात आफ्नी नव दुलही उनको ओच्छयानमा चढाउनु पथ्र्यो । ती बुवा कमैयाका छोरीलाई त्यसै गर्नपर्यो । तर उनकी नव दुलही छोरी त्यसका लागि तयार भइनन् । आफ्नो आदेश विपरीत जाने जो कोहीलाई पनि उनी सहनै सक्दैन थिए । अनि राती दुलहीको रातो भेषमा भित्रिएका उनकी छोरी मध्यरातमा रातो रगतमा लतपतिएर लाश भएर जमिन्दारको घरबाट निकालिएकी थिइन । लाग्थ्यो, तिनै छोरीको रगतका थोपा बाबुका आँखामा आँसु बनेर अझै टिल्पिलाइ रहेका थिए ।
तर, विरोधको स्वर निकाल्न नचहाने, दमन र शोषण नै जीवन ठान्ने कुमारी नव दुलही कतिले आफ्नो पहिलो रात ती ज्ञावली थरका जमिन्दार सामु सुम्पे त्यसको लेखाजोखा छैन ।
यस्ता निर्दयी घटनाहरु ती मध्यरातहरुमा कति घटे होलान्, जुनबेला कमैया थारुहरुलाई पशुवत व्यवहार गरिन्थ्यो । उनीहरु साउनमा धान रोप्थे अनि माघ फागुनमा धान काटेर जमिन्दारका घरमा धान भित्र्याउँथे । कमैया चंै आधा पेटमा रात काट्थे । उनीहरुमा अशिक्षा र अज्ञानता चरम थियो । गाउँमा बाटोघाटो थिएन । पढाइमा पहुँच थिएन । जीवन जिउनका लागि अरु थुप्रै कुरा चाहिन्छ भन्ने उनीहरुलाई थाह पत्तो थिएन ।
अर्की कमैया आमालाई नावालाख छोरा विरामी हुदाँ हुदै साउनको रोपाइमा जर्वजस्ती लगाइयो । उनी त्यो बिहान कदापि आफ्नो नानी छाडेर जाने सोचमा थिइनन् । तर रोपाइका बेला ती पासविक जमिन्दारको उर्दीका विरुद्धमा उनी बोल्न सक्दिन थिइन । अनि, झुप्रो भित्र ओच्छयानमा जतिसक्दो सुरक्षित राखेर, आमाको मन भारी पार्दै उनी खेताला लागिन । दिनभर पसीनामा लोतपोत हुँदै, हिले खेतमा जोतिएर गलित थकित भएर बेलुका ती कमैया आमा हतार हतार छोराको चिन्तामा घर फर्किन । तर घर पुग्दा छोराले भने उनलाई अगि नै कतिखेर छाडेर गइसकेका रहेछन् । उनी खुब रोइन, रोइरहिन । मेरो टेप रिर्कडरमा म सुनीरहेको थिएँ । यी दुवै प्रतिनिधि घटना मात्र हुन । यस्ता अनगन्ती घटनाहरु मेरो यात्रामा मैले थाह पाएँ, सुनेँ । केही देखेँ । कति अवलोकन गरँे । अनि कित चैं महशुस गरेँ ।
बर्दिया, कन्हराको जङ्गल छिर्दा, मेरो मनमा एउटै प्रश्न थियो । यस्तो अनकन्टारमा यी कमैया थारुहरु किन पसेका होलान ? अन्त्यमा जवाफ आफैले आफूलाई दिएँ– अर्को विकल्प के त, कहाँ जाउन, कसलाई गुहारुन ।
म अड्चालिस सालको अन्त्यतिर पुग्दा बहुदलीय व्यवस्था आएर, बहुदलीय संविधान बनिसकेको थियो । प्रतिवन्धित पार्टीहरु सिंहदरबारमा पुगिसकेका थिए । बर्दियामा पनि मैले त्यसका सकारात्मक रङ्गहरु देखेको थिएँ । त्यही रङ्गमा यी कमैया थारुहरु रङ्गएिका थिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थानीय नेताहरुले तिनलाई सघाइरहेका थिए । काशीराम थारुले हाँकेको त्यो आन्दोलनलाई बाटो देखाउने काम गरिरहेका थिए ।
उनका विगत सुनेर, मन भारी पार्दै कन्हरालाई छाडेर अझै सुदुर पश्चिमतिर लागेँ । तर, मलाई कन्हराको अँध्यारो जङ्गलमा उनीहरुको उज्यालो बिहानको घाम झुल्कने आशा र विश्वास जागिरहेको थियो ।
(२०४८ सालको अन्ततिर म काठमाडौबाट दाङ हुँदै, बाँके, बर्दिया, कैलाली, कंञ्चनपुरको यात्रामा निस्केका थिए । यात्रा उदेश्य थियो, बाल बँधुवा मजदुरु सम्वन्धमा जानकारी संकलन गर्नु । सक्दो सत्य, तथ्य सुचना खोज्नु । यो यात्रामा हामीले यी पाँच जिल्लामा बसोबास गर्ने आदिवासी थारु समुदायमा व्यप्त कमलहरी र कमैया प्रथालाई पनि नजिकबाट चिन्ने कोशीस ग¥यौं । हामी गएका बेला यस भेगमा अझैपनि यातायात र बासस्थनको सहज बन्दोवस्ती थिएन । मैले पनि तिनै नै घोडा गाडी (टाँगा), रिक्सा, पैदल, ट्रक, बस जे जे भेटिन्छ त्यसैमा यात्रा गरेको थिएँ । अनि, बाटोमा बास पनि त्यसरी बसेको थिएँ । यस अघि, मैले दाङ, बाँके र बर्दिया यात्रामा देखेको कुरा लेखिसकेको छु –लेखक ।)