धेरै दिन पछि मैले एउटा लेख यहाँहरु समक्ष राख्न खोजें । हुनत यो नितान्त व्यक्तिगत घट्नासंग सम्बन्धित छ । तर यसलाई एउटा सानो घटनावली अध्ययन (केश सटडी) का रुपमा लिएर लेख्न आवश्यक ठानें । किनभने म वाइस वर्ष भन्दा बढी सरकारले खटाएको तराइ, पहाडका विभिन्न स्वास्थ्य संस्था हुंदै विभाग मन्त्रालयका नर्सिङ सेवा गरेर अवकाश प्राप्त व्यक्ति हुँ । वीर अस्पतालमा मात्र वा¥ह ते¥ह वर्ष काम गरेको अनुभव मसंग छ । त्यसमा पनि वीर अस्पतालको अर्थोवार्डमा थोरै अवधि इन्चार्ज भएर काम गर्दा पनि विभिन्न विकास व्यवस्थापन सम्बन्धी काम गरेकोे एक वरिष्ठ, इमान्दार नर्स स्वास्थ्यकर्मीले त आफ्नो श्रीमानको लाइपोमा सर्जरी गराउन, साथीभाइहरुको साथ सहयोगका सम्भावना हुँदाहुँदै पनि समस्या भोग्न बाध्य भएँ । आखिरमा आफू सम्बन्धित रहेको काठमाडौं मोडेल अस्पतालमा आएर उपचार गर्नु प¥यो भने साधारण जनतालाई कति गा¥हो हुन्छ होला भन्ने लागेर यस बारे कलम चलाउन मन लाग्यो । यस लेखले जनमानस तथा स्वास्थ्य सेवा प्रदायकलाई पनि केही मात्रामा भए पनि समस्या सम्बन्धी ध्यान आकर्षित गर्न सकिन्छ कि भन्ने आशाका साथ लाइपोमाको समस्या बारे पनि केहीे परिचय गराउनु अर्को उद्देश्य रहेको छ ।
यति कार्य हुँदा जेहोस् यसका लागि ट्रमा सेण्टरमा धाउँदाको दुख, मानसिक तनाव हराएर जिउ नै हलुङ्गो भएको अनुभव भयो । यसबाट डा.शिक्षाको सीप र कौशलमा कति पनि कमी नभएको प्रष्ट भयो । उहाँलाई धेरै धन्यवाट दिन चाहन्छु । अर्को महत्वपूर्ण विषय यस संस्थासंग सम्बन्धित व्यक्ति भएर पारिवारले पाउने सहुलियत सुविधाले गर्दा गैर–सरकारी तथा निजी अस्पतालमा हुन सक्ने खर्चभन्दा धेरै कम मात्र भयो । यो मैले यस संस्थामा विस वर्षसम्म इमान्दारीताका साथ निभाएको योगदानको उपलब्धि ठानेर गर्व महशुस भयो । तर एक स्वास्थ्यकर्मी भएका नाताले सरकारी अस्पताल ट्रमा सेन्टरको गैर–जिम्मेवारी देख्दा नेपाली स्वास्थ्य सेवाको दुर्गतिप्रति खिन्न र चिन्तित भइरहेछु । आम मानिसले कस्तो स्वास्थ्य पाइरहेका होलान भन्ने कुराले मलाई दुखी तुल्याइरहेछ ।
आज भन्दा १६ वर्ष अगाडि २०६३ साल (२००६) मा मेरो श्रीमानको देव्रे तिघ्रामा एउटा ठूलो डल्लो आयो । दुख्नेवर्ने समस्या केही नभएकोले पत्तै भएन कहिले कसरी आयो । एकदम ठूलो भएर हिड्दा अलि अप्ठेरो, पाइण्ट लगाउँदा त्यस ठाउँमा अलि कसिने भएकोले मात्र समस्या महसूस भएको थियो । आफू जन स्वास्थ्य सरोकार ट्रष्ट (फेक्ट नेपाल), काडमाण्डू मोडेल अस्पतालसंग सम्बन्धित भएकाले यहाँका सर्जन प्रा। डा सरोज धितालसंग कुरा गरें । उहाँको सल्लाह अनुसार एमआरआइ गराएँ । यो हेरेर उहाँले यो लाइपोमा हो, यसले खासै समस्या गर्दैन र शरीरमा यसले केही तकलिफ नगरे केही गर्न पर्दैन । अलि दिन पर्खौं र हेरौं भन्नु भयो र केही गरिएन ।
दुईवर्ष पछि २०६५ सालमा अलि अपठेरो महशूस भएर फेरी एमआरआइ गराए र यसको साइज बढेर ठूलो भएको देखियो । समस्या तिघ्राको मासुको केस्रा केस्रामा पस्नुका साथै हड््डीमा समेत टाँसिन सक्ने जस्तो देखिएपछि अर्थोपेडिक (हाडजोनी) विभागसंग सल्लाह गर्नु भई अपरेशन गर्ने निर्णय गर्नुभयो । उहाँलाई डाइवेटिजको समस्या पनि भएको हुनाले मेडिसिन विभागसंग पनि सल्लाह गर्नुभयो र फिजिसियनले रगतमा चिनीको मात्रा मिलाउने उपचारका साथैअर्थोपेडिक सर्जन र जनरल सर्जनको संयुक्त टोलीबाट अपरेशन भयो । वायोप्सीको रिपोर्ट साधारण आयो । त्यसबेला समस्या समाधान भयो ।
सम्बत् २०७८ साल आसार महिनामा फेरि त्यही ठाउँमा समस्या देखियो । ते¥ह वर्ष पछि त्यही समस्या दोहरियो । एमआरआइ गराएँ । फेरि काठमाण्डू मोडेल अस्पतालका वरिष्ठ सर्जन प्राडा सरोज धितालसंग कुरा गरें । आजकल उहाँले आफ्नो क्लिनिकल जिम्मेवारी आफ्ना टिमका सहकर्मी सर्जनहरुलाई हस्तान्तरण गरीसक्नु भएको हुनाले सर्जनहरुसंग कुरा मिलाई दिनुभयो । सर्जनले अर्थोपेडिक विभागसंग सल्लाह गर्नुभयो । यतिवेला यहाँका सिनियर सर्जन आफैं विरामी हुनुभएकोले होला, यो अपरेशन काठमाण्डू मोडेल अस्पतालमा गर्नु भन्दा राष्ट्रिय ट्रमा सेण्टर, राष्ट्रिय चिकित्सा विज्ञान संस्थानमा गर्नु राम्रो होला भनी त्यहाँको हाडजोर्नी क्यान्सर विशेषज्ञसंग सल्लाह गरी त्यहाँ पठाउनु भयो ।
सम्बत् २०७८ साल आषाढ २३ गते हामीले राष्ट्रिय ट्रमा सेण्टरको अनकोलोजी अर्थापेडिक विभागमा गइ डाक्टरलाई भेट्यौं । यतिवेला देशमा कोरोना महामारीका कारण गरिएको लकडाउन भरखरै खुलेको थियो । अस्पतालमा कोरोना सङ्क्रमित विरामीहरु छँदै थिए । डराएर भएन । अस्पतालमा गयौं । सरकारी अस्पताल भिडभाड त भइनै हाल्छ । लाइन बस्यौं । धेरैवेर पछि पालो आयो । डाक्टरसंग कुरा भयो । उहाँले मेरा बारेमा परिचय पनि पाइसक्नु भएको रहेछ । राम्रो र सहज वातावरणमा सम्मानजनक व्यवहारका साथ कुरा भयो । उहाँको विद्वत सल्लाह अनुसार अपरेशन नगरे पनि हुन्छ भन्ने थियो । तर साइज ठूलो छ । दैनिक जीवनमा यसले केही अप्ठेरो पारेको छ भने मात्र गर्नुपर्ला भन्नुभयो । अपरेशन गरे पनि फेरि आउने सम्भावना हुन्छ भन्नुभयो । तर पनि विरामीले हिड्दा आफूलाई अप्ठेरो महशूस भएको बताएपछि साउन ८ गते अपरेशन गर्ने दिन तोकियो र यसका लागि तयार गर्न आवश्यक मुटु, फोक्सो सम्बन्धी सम्पूर्ण जाँच रगत, पिसाव, इकोकार्डियोग्राम, इसिजी, एक्सरे आदि आवश्यक सवै ल्याव परिक्षण गरायौं । अपरेशनका लागि सबभन्दा ठूलो समस्या डाइवेटिजले गर्दा भयो । रगतमा चिनीको मात्रा कम गरेर आउनु भन्नुभयो । यसको उपचार काठमाण्डू मोडेल अपस्तामा गराइ राखेको हुनाले त्यहीँ आयौ भर्ना भयौ । तर पाँच दिनसम्म अस्पतालमा बसेर व्यवस्थापन गर्दा पनि आवश्यक मात्रामा चिनीको तर झार्न सकिएन । शारीरिक रुपले हलचल विना, वार्डको ओछ्यानमा वसी रहेकोले हो कि भनीे घरमा नै बसी मिलाउँछौं भनी घर आयौं ।
घर आएपछि प्रेस्कृप्सनमा हेर्दा अपरेशनको इण्डिकेशनमा विरामीको चाहनामा (On Request of Patient) भनेर लेखिएको रहेछ । एकातिर यसको अर्थ अपरेशन खास गरेर आवश्यक नै नरहेको जस्तो भयो । अर्को तर्फ कोरोनाका विरामीहरु अझ पनि वाँकी नै थिए । ट्रमा सेण्टरका साथीहरुका अनुसार पनि त्यहाँ प्राइभेट वार्ड पनि धेरै छैन र जनरल वार्डमा इन्फेक्सन नहोला भन्न पनि सकिंदैन भन्ने विचार विमर्श भएपछि अपरेशन गराउने विचार अहिलेलाई स्थगित ग¥यौं ।
करिव नौ महिना पछि फेरि उहाँलाई यो समस्याले खुट्टामा अप्ठेरोे महशूस भयो । उपचार गराउन आवश्यक ठानेर २००७८ साल चैत्र ९ गते ट्रमा सेण्टरमा गएर डाक्टरलाई भेटेर कुरा ग¥यौं र पून एमआरआइका साथै अन्य आवश्यक सवै ल्याव टेष्टहरु गरायौं । शुक्रवार चैत्र १८ गते अपरेशन गर्ने र पृअपरेटिभ एनेष्थेटिक जाँच गराएर आउनु भन्ने सुझाव दिनुभयो । चैत्र १७ गते पृअपरेटिभ एनेष्थेटिक जाँच परीक्षण गरायौं र उहाँले सुगर घटाउनु पर्छ भन्ने सल्लाह दिनुभयो । सर्जनलाई देखाए, सल्लाह अनुसार अपरेशन मिति सार्ने र आइतवार २० गते सम्पर्क गर्ने सुझाव दिनुभयो । काठमाण्डू मोडल अस्पतालमा आएर फिजिसियनलाई भेट्यौं । इन्सुलिन मिलाउनु भयो । सुझाव अनुसार फेरि २० गते ओपिडी गयौं र अपरेशन अव मंगलवार चैत्र २९ गते गर्ने र आइतवार २७ गते ४ वजे फलोअप गर्न आउने सल्लाह दिनुभयो । यस अवधिमा चिनीको मात्रा सात (७ ) मा आइसकेको थियो र फिजिसियनले अब अपरेशन गरे हुन्छ भनी सिफारिस पनि गरी दिनुभयो ।
नेपाली पात्रो अनुसार त्यस दिन चैत्र २७ गते रामनवमि परेको रहेछ । त्यस दिनमा पात्रोमा हेर्दा विदा लेखिएको थिएन । तर एकदिन अगाडि सार्वजनिक विदा हुने भन्ने सञ्चार माध्यमबाट जानकारी हुन आयो । अब ओपिडी खुल्ने हो कि होइन भन्ने मनमा दुविधाले सताउन थाल्यो । यसका लागि साथीभाइसंग सोधखोज गरें । जवाफ स्पष्ट कसैबाट पाउन सकिन । संस्थामा भनेको त एउटा नीति पहिले नै तय भएको हुनु पथ्र्यो । विदाको दिनमा विदा दिने वा नदिने वा यस दिनमा काम गर्ने कर्मचारीहरुलाई सट्टा विदा दिने र संस्थाको सेवा निर्वाध रुपमा सञ्चालन गर्ने जस्लेगर्दा विरामीहरुको सेवा निर्वाध रुपमा चलिरहोस् । विगतमा हामी सरकारी सेवामा रहँदा भने यस्तो थियो । अहिले किन यस्तो नभएको अचम्म लाग्यो । आखिरमा मैले सर्जनलाई नै फोन गरें । उहाँले फोन उठाउनु भयो र उहाँबाट थाहा पाइयो यो दिन विदा हुने भयो । तर ओपिडी भने खुल्ला रहन्छ त्यहाँ उहाँको टिमका डाक्टरहरु हुन्छन् कुरा गरेर भेट्न जानु भन्नुभयो र फोन नम्बर पठाइ दिनुभयो । फोन गरें र १० वजेदेखि नै म हुन्छु जति वेला आए पनि हुन्छ भन्नुभयो ।
यो दिन मेरा लागि पारिवारिक विभिन्न कार्यले गर्दा अत्यन्त व्यस्त दिन थियो । त्यसैले मैले १० वजे नै अस्पताल पुगेर अन्य कार्य पछि गरौंला भनी १० वजे नै अस्पताल पुगें । तर एक दुइजना विरामी हेरे पछि तपाईहरु बस्दै गर्नु भनेर डाक्टर बाहिर निस्कनुभयो । अर्को डाक्टरसंग सोद्धा उहाँ वैठकमा जानु भएको आउनुहुन्छ बस्दै गर्नु भन्नुभयो । तर कति वेला आउनु हुन्छ थाहा भएन । पर्खेर बसेँ । दिन नै वित्यो । दुई वजी सक्यो । डाइवेटिजको विरामीहरु हामी । हाइपो ग्लेसिमियामा जाला जस्तो भइसक्यो र क्यान्टीनमा गएर एक एक कप चिया विस्कुट खाएर आउँदा डाक्टर आइसक्नु भएको रहेछ र आफ्नो पालोमा भित्र पस्यौं । पहिलेको प्रिअपरेटिभ कन्सल्टेशनले हुँदैन फेरि गराएर आउनु भन्नुभयो । माथि गयौं फेरि लाइनमा बस्यौं । दुईजना विरामीपछि एक घण्टामा आफ्नो पालो आयो । पहिलाको प्रिअपरेटिभ कन्सल्टेशनल रिपोर्ट र सुगरको रिपोर्ट देखायौं । उहाँहरु अपरेशनका लागि सिफारिस गर्न तयार हुनु भएन । सुगर लेभल ६ पु¥याएर आउने सल्लाह दिनुभयो वा एच वि एवन सी गराउने सल्लाह दिनु भयो । जब कि यो टेष्ट गराएको झण्डै दुई महिना पनि भएको थिएन र तीन महिना नभइ ठिक रिपोर्ट आउँछ र? भनी मैले कौतुहल व्यक्त गरें । उहाँहरुले मलाई सुगर बढी मात्रामा अपरेशन गर्दा आउन सकने खतरा बारे परामर्श दिनुभयो । अपरेशन गराउन तयार हुनु भएन । यो कुरा फेरि सर्जरी ओपिडीमा आएर बताएँ पछि उहाँहरुले पनि त्यस्तै जवाफ दिनुभयो । हामी निरास भएर फक्र्यौं । यो ट्रमा सेण्टरमा उपचार गराउन नयाँ भएकोले यहांको सेवा बारेमा अनुभव नभएको हुँदा यतिवेलासम्म व्लड वैंक, बस्ने वार्ड तथा क्याविन तथा अन्य आवश्यक कुराहरु बारे केही जानकारी साथीभाइबाट लिन थाली सकेका थियौं । अपरेशन निजी अस्पतालमा गराउने कि भनी सर्जनसंग पनि कुरा गरेका थियौं । तर उहाँले किन धेरै पैसा खर्च गर्ने र यही गराउने नी भन्नु हुँदा म धेरै खुशी भएकी थिएँ । तर त्यसो भएन । यसले मनमा एक किसिमको तनाव लिएर घर फक्र्यौं । वेलुका एकचोटी सर्जनलाई सम्पर्क गर्न खोजें तर सकिन । साथीभाइसंग पनि यस बारे विचार विमर्श पनि गरें त्यसबाट पनि त्यहाँ अपरेशन उपचार गराउन त्यति सजिलो नभएको खास गरेर एनेस्थेटिष्टहरु सजिलै तयार हुँदैनन् भन्ने जस्ता प्रतिक्रिया पाए पछि म झनै निरास भएँ ।
भोलिपल्ट चैत्र २८ गते काठमाण्डू मोडेल अस्पतालमा गएर आफ्नो फिजिसियनलाई सुगर कम गरेर आउनु भनेको कुरा बताएपछि उहाँले किन अपरेशन यही नगराई ट्रमामा गएको बारे प्रश्न गर्नुभयो । उहाँ अहिले यो अस्पतालको निर्देशक पनि हुनुहुन्छ र उहाँले यहींको सर्जनसंग गएर कुरा गर्नु र यहीं अपरेशन गर्नु भन्नुभयो । मैले त्यही अनुसार गरें । सर्जन उहाँ आफैंले मलाई लिएर अर्थाे सर्जनसंग कुरा गर्न जानुभयो । सबै कुरा बताएपछि अपरेशन थिएटरमा गएर प्रिअपरेटिभ कन्सल्टेशन गराउन सल्लाह दिनुभयो । मैले त्यस्तै गरें । उहाँका अनुसार सुगर लेभल ८ देखि नै अपरेशन हुन्छ तर केही औषधिहरु मिलाउनु पर्छ भन्नुभयो । त्यस अनुसार मुखबाट खाने सुगरको औषधिको सट्टा इन्सुलिनमा राख्ने । हर्टको औषधि पनि अल्सार्टनको सट्टामा आम्लोडमा राख्ने सल्लाह दिनु भयो । यो कुरा फेरि सर्जनलाई देखाएपछि अब अपरेशन यहीं गर्छौं तर तपाईको श्रीमानको लाइपोमा साइजमा ठूलो भिसेरल टाइपको भएको हुनाले प्लाष्टिक सर्जनको पनि सहयोग लिनु पर्छ र कीर्तिपूर अस्पताल (काठमाण्डू मोडलको आफ्नै) संग सल्लाह गरेर तपाइलाई खवर गर्छु भन्नुभयो । एमआरआइको फोटो मोवाइलमा खिच्नु भयो उहाँलाई देखाउन । चार दिन भयो खवर आएन र फेरि फोन गरेँ । व्यस्तताले गर्दा भेट्न नपाएको खवर पाएँ । पछि सल्लाह गरेर वैशाख ६ गते अस्पतालमा बोलाउनु भयो । कीर्तिपुरबाट प्लाष्टिक सर्जन आउनु भयो । विरामी हेर्नु भयो । भोलिपल्ट वैशाख ७ गते भर्ना हुने र ८ गते विहीवार अपरेशन गर्ने प्लानमा राख्नुभयो । चार युनिट रगतको व्यवस्था गर्न लगउनु भयो र मेडिसिन विभागसंग पनि परामर्श भयो । वैशाख ७ गते भर्ना भयौं । वैशाख ८ गते सबैको सहकार्यमा डा. शिक्षा अर्थोपेडिक सर्जन आफैंले अपरेशन गर्नुभयो । आफू स्वयं विरामी भएर पनि डा. रोशन श्रेष्ठ आफैं पनि आउनुभयो । अपरेशन गर्न झण्डै चार घण्टा लाग्यो । रगत पनि दिन परेन । चौविस घण्टाका लागि मुखबाट खाने डाइवेटिजको औषधि सबै बन्द गरी इन्सुलिनमा राख्नुभयो । दिनमा चारपटक सुगर जाँचगरी इन्सुसलन स्लाइडिंगमा राखियो ।
यति कार्य हुँदा जेहोस् यसका लागि ट्रमा सेण्टरमा धाउँदाको दुख, मानसिक तनाव हराएर जिउ नै हलुङ्गो भएको अनुभव भयो । यसबाट डा.शिक्षाको सीप र कौशलमा कति पनि कमी नभएको प्रष्ट भयो । उहाँलाई धेरै धन्यवाट दिन चाहन्छु । अर्को महत्वपूर्ण विषय यस संस्थासंग सम्बन्धित व्यक्ति भएर पारिवारले पाउने सहुलियत सुविधाले गर्दा गैर–सरकारी तथा निजी अस्पतालमा हुन सक्ने खर्चभन्दा धेरै कम मात्र भयो । यो मैले यस संस्थामा विस वर्षसम्म इमान्दारीताका साथ निभाएको योगदानको उपलब्धि ठानेर गर्व महशुस भयो । तर एक स्वास्थ्यकर्मी भएका नाताले सरकारी अस्पताल ट्रमा सेन्टरको गैर–जिम्मेवारी देख्दा नेपाली स्वास्थ्य सेवाको दुर्गतिप्रति खिन्न र चिन्तित भइरहेछु । आम मानिसले कस्तो स्वास्थ्य पाइरहेका होलान भन्ने कुराले मलाई दुखी तुल्याइरहेछ ।