एमालेका चुनावी सम्पति

स्थानीय निकायको निर्वाचनमा मतदान गर्ने दिन आइसकेको छ । अहिलेको चुनावमा एकातिर झिना मसिना त्यान्द्राहरू जोडेर पाँचदलीय गठबन्धन उभिएको छ भने अर्कातिर गठबन्धनका अगाडि नेकपा एमाले पहाड बनेर उभिएको छ । सबै दल र राज्य शक्ति नै एमालेलाई पराजित गर्न लागिपर्दा पनि चुनावी प्रतिस्पर्धामा एमाले नै अगाडि देखिनु गठबन्धनका लागि दुर्भाग्य सावित भएको छ । एमालेप्रतिको जनआकर्षण देखेपछि गठबन्धन दलका नेताहरू तिलमिलाएर छटपटाउन थालेका छन् । निर्भयतापूर्वक विचरण गर्ने सिंहका अगाडि उभिएका निर्बल प्राणी जस्ता देखिने पाँचदलीय गठबन्धनका नेताहरू एकै ठाउँमा गुडुलो पर्दै कहिले भरतपुर त कहिले विराटनगरको शयरमा निस्किएका देखिन्छन् ।

सशक्त सङ्गठन, विस्तरित पार्टीपंक्ति, अनुशासित र पार्टीप्रति दृढ कार्यकर्ता, क्षमतावान र जनताले विश्वास गर्न योग्य नेता भएकै कारण एमले पार्टीले अन्य दललाई आफू भन्दा निकै पछि छोड्न सफल भएको हो । अर्को तर्फ विगतमा एमाले सरकारमा हुँदा राष्ट्रहित, देश विकास र जनताको पक्षमा गरेका महत्वपूर्ण तथा ऐतिहासिक कार्यहरुले जनतामा पारेको प्रभाव निर्वाचन जित्नका लागि अर्को शसक्त पक्ष हो । वास्तवमा एमालेसँग नेतृत्व क्षमता भएका नेता र पार्टीको निर्देशन अक्षरश पालना गर्ने कार्यकर्ता पंक्ति सुदृढ भएकै कारण चुनावी लहर एमालेको पक्षमा गएको हो । पार्टीको काममा अहोरात्र खट्ने नेता र कार्यकर्ताले गर्दा एमाले बलशाली बनेको छ ।

आफैंभित्र सल्किएको विग्रह र विद्रोहको आगो निभाउन नसकेर पाँचदलीय गठबन्धन एमालेतिर हेरेर भयातुर बनेको छ । जनआधार गुमाइ सकेकाहरूलाई बोकेर हिडेको नेपाली कांग्रेसका आफ्नै कार्यकर्ताले आफ्ना नेताहरूले दिएको निर्देशन नमान्ने घोषणा गरेर गठबन्धन माथि विग्रहको कोर्रा बर्साएका छन् ।

अहिले एमालेलाई मुलुकभरि रहेका स्थानीय तहको चुनाव जित्नु छ भने पाँच दलीय गठबन्धनलाई एउटै भरतपुर महानगरले पसिना छुटाएको छ । भरतपुरमा गठबन्धनले चुनाव जित्ने कुनै आधार नभए पनि परमादेशी सरकारका अंशियारहरू ‘जसरी पनि भरतपुर जित्नुपर्छ नत्र राष्ट्र नै खतरामा पर्छ’ भनेर एमालेलाई नै धम्की दिदै छन् । उनीहरूले धम्की दिनु अस्वभाविक होइन किनभने राष्ट्रको मायाँ एमालेलाई मात्र छ परमादेशी सरकारका मतियारहरूलाई छैन । तसर्थ राष्ट्र जोगाउनका लागि पनि एमालेले सम्पूर्ण पालिका जित्नैपर्छ ।

चुनावी लहर

मुलुकभरि एमालेप्रति चुनावी लहर आइ रहेका बेला गठबन्धनका नेताहरू भने एक महानगरका स्वतन्त्र उम्मेदवारको उम्मेदवारी फिर्ता गराउन भरतपुरमा जम्मा भएका छन् । ती नेताहरू उनै स्वतन्त्र उम्मेदवारसँग अनुनयविनय गर्दै ‘तपाइँको उम्मेदवारी फिर्ता नभए गठबन्धन र वर्तमान सरकार पार्लाकपुर्लु लड्ने भयो’ भनेर रुदैछन् । यस्तै अवस्थामा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भने जनसभाहरूलाई सम्बोधन गर्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगिरहनु भएको छ । ती जनसभाहरूमा अन्य दलका नेता–कार्यकर्ता पंक्तिबध्द भएर एमालेमा प्रवेश गरिरहेका छन् । अनौठो त के छ भने कतै कलम चिन्ह लिएर उठेका गाउँपालिका अध्यक्ष र वडा अध्यक्षका उम्मेदवार नै लर्को लागेर सूर्य चिन्हमा मत माग्न खटेका छन् भने कतै हँसिया हथौडा र रुख चिन्हबाट उठेकाहरू एमाले प्रवेश गर्दै छन् । अहिलेलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रतिको जनआकर्षण र एमालेको जनपरिचालन अरुका लागि लोभ लाग्दो देखिन्छ ।

सशक्त सङ्गठन, विस्तरित पार्टीपंक्ति, अनुशासित र पार्टीप्रति दृढ कार्यकर्ता, क्षमतावान र जनताले विश्वास गर्न योग्य नेता भएकै कारण एमले पार्टीले अन्य दललाई आफू भन्दा निकै पछि छोड्न सफल भएको हो । अर्को तर्फ विगतमा एमाले सरकारमा हुँदा राष्ट्रहित, देश विकास र जनताको पक्षमा गरेका महत्वपूर्ण तथा ऐतिहासिक कार्यहरुले जनतामा पारेको प्रभाव निर्वाचन जित्नका लागि अर्को शसक्त पक्ष हो । वास्तवमा एमालेसँग नेतृत्व क्षमता भएका नेता र पार्टीको निर्देशन अक्षरश पालना गर्ने कार्यकर्ता पंक्ति सुदृढ भएकै कारण चुनावी लहर एमालेको पक्षमा गएको हो । पार्टीको काममा अहोरात्र खट्ने नेता र कार्यकर्ताले गर्दा एमाले बलशाली बनेको छ । अहिलेकै अवस्थामा भन्ने हो भने चुनावी रणमैदानमा एक्लो सिंह बनेर एमाले गर्जनुको कारण उप्रति जनताले गरेको विश्वास नै हो । अरु पार्टीहरु गठबन्धनको भरमा छन् भने एमाले जनताको भरमा छ । जनताको साथ पाएको एमालेसँग गठबन्धन डराएको छ, ओइलाएको छ र झुकेको छ ।

गठबन्धनका कतिपय नेताहरू आफ्नो उम्मेदवारलाई जिताउन भोट मागिरहेका छैनन् । उनीहरू जनता सामु गएर ‘जसरी हुन्छ एमालेलाई हराइ दिनु होस्’ भन्दैछन् । उनीहरूसँग देश विकासको कुरो छैन, योजना छैन, सुशासन र सम्बृद्धिको खाका छैन । प्रत्येक भाषणमा एमाले र अध्यक्ष ओलीलाई सराप्ता सराप्तै भोट माग्न बिर्सिएर उनीहरूले भाषण समाप्त गर्ने गरेका छन् । यो अवस्थालाई नेपाली जनताले राम्रैसँग बुझेर ‘एमालेलाई हराउन होइन जिताउनलाई सूर्यमा भोट दिन्छौ’ भन्न सकेका हुन । यही नै एमालेप्रतिको जनलहर हो, आकर्षण र जनताको मायाँ हो ।

अझ बलियो एमाले

नेकपा बनेपछि केही नवआगन्तुकहरूले एमालेले तयार गरेको जनाधार, जबज र दह्रो सङ्गठनमाथि बज्रप्रहार गर्न थालेका थिए । तर, नवआगन्तुकहरूको बज्रप्रहारले एमालेलाई दरख¥याउन पनि सकेन । जब अदालतले ऋषि कट्टेललाई मुद्दा जिताइदियो तब एमाले र माओवादी केन्द्र आआफ्नै घर फर्किनु पर्ने अवस्था आयो । त्यो दिन एमालले आफ्नो घर फर्किएर उत्सव मनाएको थियो भने माओवादी आफ्ना धेरै सहयोद्धालाई एमालेतिरै छाडेर थोत्रो पाटीमा बास बस्न पुगेको थियो । पछि एमालेको स्यानो चोइटो उछिटयो । तर, अहिले त्यो स्यानो चोइटोतिर उछिटिएकाहरू मध्ये पनि धेरैजसो एमाले मै फर्किसकेका छन् ।

माओवादी पार्टीका नेताहरूले जनाधार भएका आफ्ना सहयोद्धाहरू एमाले बनेकोमा विरोध गर्न पनि सकेनन् । बादल, रायामाझी, भट्ट, प्रभु साहलगातका नेता कार्यकर्ता एमालेतिरै बसेपछि एक प्रकारले माओवादी रित्तो भयो । एमालेको भने एकजना कार्यकर्ता पनि माओवादीतिर गएन । त्यसपछि माओवादी र चोइटिएर गएको टुक्रो थकाइ मार्न बसे भने एमाले गतिशील बनेर जनतालाई आफ्नो कुरा सुनाउन गाउँघरतिर दौडीरह्यो । त्यसैको प्रतिफल हो एमालेमा भईरहेको प्रवेशको लहर । माओवादीका झण्डै आधा जसो कार्यकर्ता एमालेतिरै बसे । थुप्रै नेताले एमाले मात्र कम्युनिष्ट पार्टीको मूल प्रवाह हो भन्ने बुझे । यसर्थ एमाले फुटेको पनि छैन र घटेको पनि छैन । केही चोइटिएको संख्याभन्दा प्रवेश गर्नेको संख्या धेरै छ । त्यसै कारण झन बलियो, पुष्ट र दर्विलो बनेको छ ।

लोभ लाग्दो विरासत, नारा र मुद्दा

एमाले बाहेक अरु पार्टीहरूलाई जनताको घरदैलोमा जाँदा के बोल्ने होला, के भनेर भोट माग्ने होला भन्ने लाग्न सक्छ । तर, एमालेसँग जनतालाई सुनाउने नारा र मुद्दाहरू यथेष्ट छन् । आफ्नो गाउँ आफै बनाउँदेखि बृद्ध भत्तासम्मको घोषणा एमालेले गरेको हो । त्यो जनताले विर्सिएको छैन । बेला बेला बृद्ध भत्ता बढाउने र चार हजार पुराउने काम केपी ओलीको प्रधानमन्त्रीत्व कालमा भएको हो । पहिला बृद्ध भत्ता दिदा विरोध गर्नेहरू अहिले ६५ वर्ष पुगेपछि बृद्ध भत्ता दिने गफ चुट्दै छन् तर त्यस्ता गफ जनताले पत्याउने आधार छैन । किनभने बृद्ध भत्ता दिनु हुँदैन भन्ने मुख्य व्यक्ति उनीहरू नै हुन ।

अर्कातिर नाकाबन्दीको डटेर सामना गर्ने साथै विपी, राजा महेन्द्र र गिरिजाप्रसादले जोड गर्दा पनि चीनसँग गर्न नसकेको पारवहन सन्धि गर्ने, अम्लेखगञ्जसम्म तेलको पाइप लाइन विछ्याउने काम ओलीकै कार्यकालमा भएको हो । यस्ता विषयलाई एमालेले प्रचार सामग्री बनाउन सक्नुपर्छ ।

भूकम्पले क्षतविक्षत भएका नेपालका धरोहरहरू धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायतका संरचना, भत्किएका अस्पताल भवन, विद्यालय भवन र व्यक्ति विशेषका अधिकांश घरहरू पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रधानमन्त्रीत्व कालमा निर्माण भएका हुन । ओलीले रेल ल्याउने कुरा गर्दा कागजको रेल बनाएर पहाडको टुप्पोबाट गुल्ट्याउनेहरू र तथानाम लेख्नेहरू अहिले नतमस्तक छन् । डराउनु पर्ने र जिब्रो चपाउनु पर्ने कुरै छैन । काम धेरैको पालामा भए पनि काठमाडौंका जनताले ओलीकै पालामा मेलम्चीको पानी खान पाएका थिए भने ओलीकै कार्यकालमा माथिल्लो तामाकोशीको बिजुली मेन लाइनमा जोडिको थियो ।

अहिले पनि ५र ६ जना पूर्व प्रधानमन्त्री हुनहुन्छ तर कुनै उल्लेख गर्न लाएकको काम उहाँहरूबाट भएको पाइँदैन । राष्ट्रियता र जनजीविकाको सवालमा एमाले अध्यक्ष बाहेक नेपालमा अरु दलका नेता बोल्नसक्ने अवस्थामा छैनन् । चाहे चुच्चे नक्शा पास गर्दा लगाइएको आरोपको बारेमा भन्नुहोस् वा तुइन काटेर धामी मारेको बारेमा भन्नुहोस् ओली बाहेक अन्य पार्टीका नेता बोल्न पनि सकेनन । यो नै एमालेको सम्पत्ति हो ।

स्थानीय प्रतिबद्धता

स्थानीय निकायमबाटै अहिले स्थानीय विकासका कामहरू हुने गरेका छन् । आफ्नो पालिकाको बजेटको आकार हेरेर, जनताको आवश्यकता बुझेर जनप्रतिनिधिले विकासको काम गर्न सक्ने अवस्था छ । पालिकामा सूर्य चिन्ह लिएर उठ्नु भएका उम्मेदवारले आफूले गर्न सक्ने र जनताले विश्वास गर्ने प्रतिबद्धता जाहेर गर्न सक्नुहुन्छ । मधेस र पहाडको समस्या एकै खालको नहुन सक्छ । स्थानीय समस्या बुझेर समाधान गर्ने आधार प्रस्तुत गर्ने हो भने एमालेका उम्मेदवारलाई जनताले अत्यधिक मत दिएर विजयी गराउने छन् । हाम्रो ग्रामीण अथवा शहरी क्षेत्रमा विभिन्नतामा आधारित समाज रहेको छ । जात, जाति, भाषा, धर्म, लिङ्ग र समाजमा नकारात्मक सन्देश प्रवाह हुने र आफूलाई प्रत्युपादक हुने विषयमा नबोल्दा जितिन्छ । यस्ता विषयमा उम्मेदवार सजग हुन जरुरी छ ।

पालिकाबाटै ‘सम्बृद्ध नेपाल, सुखी नेपाली’ को जग बसाउन स्थानीय निर्वाचन जित्नै पर्ने मान्यता एमालेले बोकेको छ । नेपाली जनता कसैलाई हराउन होइन देश निर्माणका लागि मतदान गर्न तत्पर छन् । तर पाँच दलीय गठबन्धन सम्पूर्ण राज्यशक्ति लगाएर जनताको भरोसाको केन्द्र एमालेलाई पराजित गर्न सकिन्छ कि भन्ने लिखुरे आशा बोकेर बसेको छ । एमालेलाई हराउने एकमात्र ‘भिजन’ बोकेको पाच दलीय गठबन्धन आफैमा नकारात्मक सोचको कुँडुलो मात्र बनेको छ, जसले देश विकास र राष्ट्र निर्माणको अभिभारा बोक्न सक्दैन भन्ने निश्कर्ष निकाल्न जनतालाई कुनै गाह्रो पर्दैन । यसैकारण पनि जनताको अपार मायाँ दिनप्रति दिन एमालेतिर बढी रहेको छ । जहिले पनि जनताको पक्षमा सत्यको जित हुन्छ । तसर्थ एमालेका कार्यकर्ताले निर्भयतापूर्वक जनताको घरदैलोमा जाने बाटो खुला छ । किन कि एमालेलाई जनताको साथ छ र रहने छ ।

Facebook Comments
Govinda
Comments (0)
Add Comment