नैराश्यताबीच आशा र सही मार्ग कोर्नु नर्सिङ सङ्घको उत्तरदायित्व

कोरोनाको प्रतिकुलताले विगत वर्ष २०७८ माघ १५ मा भव्यताका साथ मनाउने तयारीमा रहेको नेपाल नर्सिङ संघको ६० औ बार्षिक उत्सव (हिरक जयन्ती) सम्पन्न गर्न सकिएन । यसैगरी आउँदो अंग्रजी महिना मे १२ तारिखमा अन्तरराष्ट्रिय नर्सिङ दिवस मनाउने तयारी गरिएता पनि स्थानीय निर्वाचन मे १३ तारिख (वैशाख ३० गते) हुन गइरहेकाले त्यो पनि सम्भव नहुने भयो । तसर्थ केही दिन अघिसारेर आज वैशाख १० गते हिरक जयन्ती र नर्सिङ दिवस दुवैलाई सम्बोधन हुने गरी “स्वास्थ्य सुरक्षाको फैलाउँदै ज्ञान, पहिलो पंक्तिमा उभिइ सेवा दिने हाम्रो पहिचान” भन्ने नाराका साथ आज भव्य कार्यक्रम देश भरी सम्पन्न भइरहेका छन् ।

एकातिर कोरोना माहामारी, अर्कातिर चिकित्सा शिक्षा आयोगको अव्यावहारिक नीति । कस्तो मिलेको स्वास्थ्य र शिक्षाका अभियन्ताहरुको लागि! सामान्य अवस्थामा त असहज बनाइदिन सक्नेहरुका लागि यो असामान्य अवस्था त झन बहाना बनाउन सहज हुने नै भो। यसैको फाइदा केही व्यक्तिहरूले लिन पाइरहेका छन्, विदेश पठाई रहेका छन् विद्यार्थीहरू। यो रोक्नु पनि ठूलो चुनौती छ नर्सिङ सङ्घलाई । यसको प्रत्यक्ष असर नर्सिङ शिक्षक, नर्सिङ पेशाकर्मीहरु सबैमा परेको छ। जब स्वास्थ्यकर्मी नर्सहरू आफै पीडित बनाइन्छन भने त्यसको असर आम नागरिकहरुको सुरक्षित र स्तरीय स्वास्थ्य सेवामा पर्ने नै भयो। त्यसैले यो स्तरीय र सुरक्षित स्वास्थ्य सेवा उपभोग गर्न पाउनु पर्ने अधिकार आम नागरिकहरुको सुनिश्चित गर्न र गराउन पनि नर्सिङ सङ्घले दरो र स्पष्ट धारणा यो भेला मार्फत दिनु पर्दछ।

यसपाली अन्तर्राष्ट्रिय नर्सिङ परिषदले नर्सिङ दिवसका लागि Nurses: A voice to lead Invest in nursing and respects rights to serve global health भन्ने नारा तय गरेको छ। एकातिर अन्तर्राष्ट्रिय स्तरमा नर्सिङमा लगानी बढाऊ र विश्व स्वास्थ्य सेवाको अधिकारलाई सम्मान गर” भन्ने नारा तय गरिएको छ भने अर्को तर्फ विशेष गरी नेपालमा नर्सिङ सेवा सीमित घेरा भित्र जबरजस्त रुपमा बाँध्न खोजिएको छ। नर्सिङ सेवा विस्तार स्तरीय नर्सिङ शिक्षाले गर्ने हो तर चिकित्सा शिक्षा आयोगको नयाँ नीति र नियमावलीले नर्सिङ शिक्षा साँघुरो अवैज्ञानिक घेरा भित्र धकेलिदिएको छ।

नर्सिङ विज्ञविना नर्सिङ शिक्षा कसरी अगाडि बढ्न सक्तैन । तर विभाजित गर र राज गर भन्ने साम्राज्यवादको हैकमी सामन्ती सिद्दान्त नै नेपालमा जुनसुकै दलको सरकार भएपनि स्वास्थ्य सेवामा नीति निर्माताहरुको मुल मन्त्र नै बनेको छ । विगतको लगभग दुई तिहाई नजिकका सरकारले जति नर्सिङ पेशा माथि उठाउन सक्दथे, त्यस्तो कार्य गरिएको अनुभूति गर्न पाइएन। त्यस्तै वर्तमान अवस्थामा आफ्नो स्वार्थलाई मुख्य विंदुमा राखी गरिने व्यक्तिपरक क्रियाकलापको प्रत्यक्ष असर नर्सिङ पेशा लगायत सबै क्षेत्रमा नकारात्मक रुपमा देखा परेको छ।

कोरोना महामारीमा नर्सिङ पेशाकर्मी नर्सिङ सङ्घको छाता मुनि एक ढिक्का हुनु पर्नेमा त्यसो हुन सकिरहेको छैन । नर्सिङ सङ्घको कुनै काम छैन, केही पनि राम्रो काम गरेको छैन भनेजस्ता आरोपहरु लगाउन कुनै पक्ष सक्रिए देखिएको छ । नर्सिङ संघप्रति नै वितृष्णा फैलाउने कार्यहरु पनि केही केहीले गर्ने गरेको पाइन्छ । अझ सरकारी सेवामा कार्यरत केही नर्सहरु त नसिङ संघलाई नजरअन्दाज गर्न कोशिस गरिरहेका छन् ।

हाल जसरी युक्तेनलाई अघि सारेर, नेटो सङ्गठन देखाएर अमेरिकाले युद्द चाहिरहेको छ र आफ्ना युद्ध सामग्री अन्तरराष्ट्रिय बजारमा बिक्री गराउने भित्री खेल खेली रहेको छ, त्यसैगरी हाम्रा नर्सिङ संघका विशेष पदाधिकारीहरुलाई पनि प्रयोजन गरिरहेको अनुभूति भइरहेको छ। यसै सन्दर्भमा गो नानका विशेष पदहरुमा आसिन गराएर हुन्छ कि कुनै सरकारी निकायमा जिम्मेवारी दिएर हुन्छ कि नर्सिङ सङ्घदेखि टाढा राख्न वा नर्सिङ सङ्घको काम र कर्तव्यबाट अनेत्र मोडेर नर्सिङ सङ्घ बिरुद्द नै प्रयोग गरिँदै आइरहेको छ। यसको ज्वलन्त उदाहरण सबैले अनुभूति गरी सकेका छन्।

अहिले कोरोना महामारी चुनौती थपिएको हुँदा हुँदै पनि ठूलो अवसर पनि सृजना गरिदिएको छ नर्सिङ पेशाकर्मीहरुका लागि। नर्सिङ सङ्घ जति सक्रिय हुनु पर्ने हो त्यो भै रहेको छैन भन्ने कुरो यत्रत्यत्र, जताततै गाइगुँई धरै सुनिरहेका छांै। कारण धेरै छन्, त्यसमध्ये यहाँ हाम्रा नर्सिङ संघका केही विशेष पदाधिकारीहरुलाई आफ्नो वर्चस्व नर्सिङ क्षेत्रमा निरन्तर कायम राख्न सक्दो उपयोग गरी रहेको अवस्था एकातर्फ छ भने अर्कातर्फ जुन प्रतिबद्धता र विधान मार्फत चुनाव जीतेर आइयो त्यो लागू गराउन सफल हुन नसक्नु पनि अर्को यथार्थ हो। त्यस्तै चुनौतीहरुको रास ठूलो पहाड बन्दै छ भने धेरै राम्रा अवसरहरु सृजना हुँदैछन् त्यसलाई चिन्न नसक्नु, प्रयोजन गर्न नसक्नु अर्को प्रमुख कारण बनेको छ। साथै राजनीति अस्थिरता, विशेष परमादेशबाट विश्वमा कहीं नभएको हाम्रो देशमा प्रयोगमा ल्याइएको सरकारले सिजना गरेको नैराश्यता पनि अर्को कारण हुन सक्दछ।

हो यो नैराश्यता, अनिश्चितताका बीच आशा र सही मार्ग कोर्नु नर्सिङ सङ्घको ठूलो उत्तरदायित्व हुन आउँदछ। आजको कमलादी प्रज्ञा प्रतिष्ठानको भेलाले सही मार्ग कोर्नु पर्छ। जो लामो समयदेखि नर्सिङ शिक्षण पेशामा आवद्ध छन् उनीहरु कोरोना र चिकित्सा शिक्षा आयोगको वर्तमान निर्णयले गर्दा बेरोजगार तथा कम तलबमा काम गर्नु पर्ने बाध्यता सिर्जना गरि दिएको छ। त्यस्तै नेपालमा नियोजित रुपमा नर्सिङ जनशक्तिको ठूलो अभाव सामना गर्नु पर्ने अवस्था सिर्जना हुँदै छ। कारण एकातर्फ दशौं हजार संख्यामा बर्सेनी नर्सहरू विदेश पलायन हुँदैछन भने प्रवीणता प्रमाण पत्र तहका नर्सिङ कलेजहरू धमाधम बन्द गराउँदै छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो आङ्गिक कलेजहरूमा प्रवीणता प्रमाण पत्र तह नर्सिङ कार्यक्रम हटाएका छन् । कारण सिटिइभिटीका लागि अलग्गै भवन, अलग्गै जनशक्ति चाहिने हुनाले, तर त्रिविले भएको जनशक्तिलाई सही तवरमा काम लिन, आवश्यक मनोबल थप्ने काम गर्न धौधौ भएको बेला अर्को झन्झट किन लिने थियो र! त्यस्तै सिटिइभिटी र त्रिवि छुट्टै निकाय भएकाले पनि हुन सक्दछ त्यो कार्यक्रम बन्द नै गरे

एकातिर कोरोना माहामारी, अर्कातिर चिकित्सा शिक्षा आयोगको अव्यावहारिक नीति । कस्तो मिलेको स्वास्थ्य र शिक्षाका अभियन्ताहरुको लागि! सामान्य अवस्थामा त असहज बनाइदिन सक्नेहरुका लागि यो असामान्य अवस्था त झन बहाना बनाउन सहज हुने नै भो। यसैको फाइदा केही व्यक्तिहरूले लिन पाइरहेका छन्, विदेश पठाई रहेका छन् विद्यार्थीहरू। यो रोक्नु पनि ठूलो चुनौती छ नर्सिङ सङ्घलाई । यसको प्रत्यक्ष असर नर्सिङ शिक्षक, नर्सिङ पेशाकर्मीहरु सबैमा परेको छ। जब स्वास्थ्यकर्मी नर्सहरू आफै पीडित बनाइन्छन भने त्यसको असर आम नागरिकहरुको सुरक्षित र स्तरीय स्वास्थ्य सेवामा पर्ने नै भयो। त्यसैले यो स्तरीय र सुरक्षित स्वास्थ्य सेवा उपभोग गर्न पाउनु पर्ने अधिकार आम नागरिकहरुको सुनिश्चित गर्न र गराउन पनि नर्सिङ सङ्घले दरो र स्पष्ट धारणा यो भेला मार्फत दिनु पर्दछ।

अस्पताल व्यवस्थापनका पिता नर्सहरू सुरक्षित र आत्म सम्मानका साथ गर्व गर्दै काम गर्ने वातावरण तयार पार्नु पर्दछ। एक–अर्को विपरीत समूहलाई पुरै निस्तेज पार्दै आफ्नो समूहलाई मात्र काखी च्याप्ने काम नर्सिङ सङ्घले कदापि गर्नु हुँदैन। विश्वमा प्रजातान्त्रिक मूल्य र मान्यता अनुरुप निवर्तमान अध्यक्षलाई विशेष सम्मानका साथ प्रमुख सल्लाहकारमा मात्र देखाउनका लागि नराखेर आम नर्सहरुले प्रत्येक नर्सिङ सङ्घको कार्यक्रममा प्रत्यक्ष अनुभूत हुने गरीका कार्यव्यवहार गरिनु पर्दछ। त्यस्तै पहिलेका कार्यकारीणी समितिले गरेका ईपी नर्स वा प्राकृतिक वा अन्य प्रकोप व्यवस्थापन तथा न्यूनीकरणमा खेलिएको भूमिकालाई निरन्तरता दिनु पर्दछ। साथै ७७ जिल्लामा जिल्ला नर्सिङ सङ्घ लगायत स्थानीय तवरमा ठूला ठूला अस्पताल, मेडिकल कलेज र प्रतिष्ठानहरुमा नर्सिङ सङ्घको उपस्थितिका लागि त्यही नर्सिङ संघको युनिट खडा गर्नु पर्दछ। यसका लागि पनि योजना र रणनीति आजका र यस्ता भेलाले तय गर्नु पर्दछ।

आजको भेला परमादेशको सरकारले नाम मात्रको नर्सिङ परिषदमा आफ्नो हनुमानहरुलाई नियुक्ति दिएको जस्तो हुनुहुन्न। नर्सिङ सङ्घले आगामी पौषमा तीन वर्ष आफ्नो कार्यकाल पूरा गर्ने हुनाले त्यसका लागि समयमा चुनाव गराउने ठोस योजना र रणनीति तय गरिनु पर्दछ। नर्सिङ सङ्घ उच्च मर्यादित अन्तर्राष्ट्रिय मान्यता प्राप्त पेशागत संगठन भएकाले अहिले सत्तामा टिकिरहन विधान विपरीत जुन सुकै हदमा नीच कार्य गर्ने, आफु बाँडीचुण्डी सत्तामा रही रहन गठामन्धनको रटान लगाएर अनेक नाटक मञ्चन गरे जस्तो नर्सिङ संघले गर्न मिल्दैन। त्यसैले समयमा नै चुनाव गराउनु ठूलो दायित्व हुनेछ। यसका लागि असार श्रावण महिना भित्र राष्ट्रियस्तरको सेमिनार गरिनु पर्ने हुन्छ। त्यहाँ बहस र छलफल चलाउन पर्ने हुन्छ।

आशा राखौं, यो १९ औं कार्य समितिले पारदर्शी रुपमा आफ्नो अहम भूमिका पूरा गर्नेछ। यो कोरोना महामारी बीच ठूला चुनौतीका बावजूद पनि धेरै साहसी र सबैले महसुस गर्न सक्ने कार्य गर्दै आएका छ। जस्तै चक्रवर्ती हवी नर्सिङ कलेजको समस्या, भक्तपुर अङ्ग प्रत्यारोपण अस्पतालको नर्सिङ जनशक्ति सम्बन्धी समस्या, मनमोहन अस्पतालमा रिले अनशन सम्बन्धी समस्या, कोरोना महामारीमा नर्सहरुलाई नेतृत्व तहको भूमिका दिलाउने, नर्स लगायत स्वास्थ्यकर्मीहरुको सुरक्षा कवच उपलब्ध गराउने सम्बन्धी, त्यतै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी अध्यादेश, नर्सिङ सङ्घको आफ्नो भवन र जमिनको कर सम्बन्धी, सिन्धुपाल्चोकमा गएको विनाशकारी बाढी पहिरोमा जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्ने लगायत राहत वितरण आदि धेरै कार्यहरू नर्सिङ् संघले गरेको छ।
आशा गरौं यसरी नै यो १९ औ कार्य समितिले इतिहास र वर्तमान दुवैलाई जोड्दै सुनौलो अक्षरमा आफ्नो नाम लेखाउन सफल हुनेछ।

Facebook Comments
Ramesh
Comments (0)
Add Comment