अोलीले नपछारेको भा हाम्रो प्रचन्नले एमाले कब्जा गर्थे गर्थे!

फुटानी

हाम्रो महान पार्टीका अध्यक्ष काम्रेड प्रचन्नले मनको कुरो फ्याट्ट भनेछन् । मेरो पनि मनमा त्यही लाइ राथ्यो । एमालेका नेता-कार्यकर्ताले प्रचन्नलाई अाफ्नो अध्यक्ष बनाउन नसक्नु संसारको ठूलो असफलता हो । उनार्ले `महान नेता, हाम्रो अध्यक्ष, जुन पार्टीमा गयो त्यही पार्टी बनाएर हिड्ने खुबी भएका विश्व कम्युनिष्ट अान्दोलनका एक मात्र सर्वश्रेष्ठ विचारक´ भनेर अोलीलाई पार्टीबाट हुत्याउनु पर्थ्यो । उनारू त अबुझ रान । अोलीलाई त होइन हाम्रो प्रचन्नलाई पो `अाफल तेरो ठाँडो´ बनाए । अोली पनि जब्बर रान । हाम्रो प्रचन्न, माधव, झलनाथ, वामदेवलगायत माअोवादीका हाम्राहर्ले अोलीलाई तीनपटकसम्म साधारण सदस्यसमेत नरहने गरी निकालेकै थिए । तर, टसकोमस भएनन् । अहिले एमाले र अोली नै राजनैतिक अाकर्षणको केन्द्र बनेका छन् । पार्टी विभाजन हुदा एमालेका नेता-कार्यकर्ता एकजना पनि हाम्रो माअोवादी केन्द्रमा अाएनन । हाम्राहरू भने पचास प्रतिशत भन्दा बढी नेत-कार्यकर्ता एमालेिरै लिसो बनेर टाँसिए ।

जति सम्झ्यो उति मेरो त ब्रमन फुटेर अाम्च भने प्रचन्नको कुन गति होला । एमाले कब्जा गर्न सकेको भए अहिले देउवालाई नेता मान्दै कांग्रेसको पछुवा बनेर हिड्नु पर्ने नै थिएन । हाम्रो प्रचन्नले त्यो नेकपा एमाले भन्ने पार्टीका असी प्रतिशत नेता कार्जेकर्ता अाफ्नो पक्षमा रहेका थिए भने छन् । तर, यो कुरा प्रति जनता विश्वस गर्ने पक्षमा छदैछैनन् । यदि असी प्रतिशत एमाले प्रचन्नको पक्षमा थिए भने कमसेकम एमालेका एकजना त माअोवादी केन्द्रतिर लाग्नु पर्ने किन लागेनन् ? भनेर  जनता नै माअोवादी केन्द्रलाई गिल्ला  गर्छन् । हुन पनि हो । एमालेका एकजना पनि हाम्रोतिर अाएनन् । बरु हाम्रो काम्रेडहरू भने झन्नै असी प्रतिशत पार्टी छाडेर हिडे । धेरै जसो एमालेतिर गए अहिले पनि हाम्राहरू एमालेतिर जाने क्रम रोकिएको छैन । यस्तो अवस्थामा पनि हाम्रो प्रचन्न कार्जेकर्ता भुलाउन र अाफ्नो दुख विर्सन बोल्न चाहिँ बोल्छन् गाँठे । बिचरा …! हेर्दाहेर्दै अाफ्नो विशाल पार्टी दाह्रा नङ्ग्रा झरेको ब्वाँसो जस्तो र अोलीको पार्टी एमाले ब्वाँसोलाई देखेर ह्वाङग्रङ झम्टिने विशालकाय बाघ जस्तो बनेपछि मुटु फुटेर अाम्दो हो । त्यसैले त कहिलेकाहीँ अात्माहत्या गर्न मुन लाग्छ भन्छन ।

एमाले, जवज, सूर्य चिन्ह, दह्रो संगठन, प्रतिवद्ध कार्यकर्ता पंक्ती, उत्साहित समर्थक, व्यवस्थित कार्यालय र विस्तारित पार्टी एमाले कब्जा गर्न पाएको भए हामीले वलिन्द्रधारा अाँसुको घुट्को पिउदै कांग्रेसलाई पुज्नु पर्ने थिएन । भन्नु उसो होइन हाम्रो माअोवादीको अवस्था नाजुक छ । अध्यक्ष प्रचन्न पनि `रेणु, मेरी छोरी, भरतपुर, चितवन´ भन्दाभन्दै लखतरान भै सके । रेणुले हारिन भने हाम्रो पार्टी र प्रचन्नको बचेखुचेको अस्तित्व पनि चकनाचुर भएर सकिन्छ । अध्यक्ष काम्रेडको गफले पनि अब थेग्नेवाला छैन । `किन लडिस् मंगले अाफ्नै ढंगले´ भने जस्तै भयो । विर्सन सकिदैन, सम्झियो विरक्त लागेर अाम्छ । प्रचन्नको `क्रेज´ समाप्त भयो । उता अोली भने बाघ गर्जिए जस्तो गर्जिदै देश दौडाहामा छन् । माधव र प्रचन्नको ढाकछोपे र लोतिखरे अावाज अोलीको गर्जन सामु नराम्रोसँग दवियो । `प्रतिगमन भै सकेको थियो, हामीले प्रतिगमन हुन दिएनौ र संविधान बचायौ´ भनेर घोक्रो फुटुन्जेल चिच्याउदा पनि जनताले पत्याएनन । कम्युनिष्ट भएर कांग्रेससँग मिल्ने चाहिँ अग्रगामी र अाफ्नै जनपक्ष अडानमा अडिग रहेने चाहिँ कसरी प्रतिगमनकारी भयो भनेर जनताले सोध्न थालेकाछन् ।

हामीलाई फटाहा तुल्याइसके । प्रधानमन्त्री देउवाले नै `माअोवादीको अस्तित्व समाप्त भैसकेको छ, सप्पै एमालेतिर गैसके, अलिअलि बाँकीछन् । ती बाँकी रहेकाको संरक्षण कांग्रेसले गरेन भने ती पनि एमालेतिरै टाप ठोक्छन्´भनी दिए । देउवाले सत्य कुरा गरेर हाम्रो माअोवादीको धोति खुस्काइ दिए । यता हाम्रो अध्यक्ष प्रचन्नले पनि माधव नेपाललाई `अाफ्नो धरातल नविर्सनु, तिमीले एमालेको स्यानो चोइटो पनि उप्काउन सकेनौ । त्यसैले गठबन्धनमा ठूलो भाग नखोज। सबैभन्दा ठूलो पार्टी एमालेकै नेता जस्तो गरेर नबोल´ भनेर धम्क्याई दिए । अस्ति शुक्रवार बसेको माअोवादी केन्द्रको बैठकमै हाम्रो अध्यक्षले त्यसो भनेपछि माधवको मन पनि कुटुक्क काटियो होला । प्रधानमन्त्री देउवा र प्रचन्नको भनाइले स्थानीय चुनापमा एमालेलाई सप्पै मिले पनि हराउन सकिदैन भन्ने सन्देश दिएको छ । नेताहर्ले यस्तोभाँडी नबोलेनी हुन्थ्यो नि ! एकजना माअोवादीको `अस्तित्व नै छैन´ भन्छन् । अार्को चाहिँ `माधवले एमालेको स्यानो चोइटो पनि उप्काउन सकेनन्, भाग मात्र ठूलो खोजछन्´भनेर एमालेलाई नै फाइदा पुग्ने कुरा गर्छन् । चुनापमा लाजैमर्दो बनाउछन जस्तो छ ।

अाखेरी हामीलाई सप्पैले हेपे । चुनाउ त दुई दल बिचमा मात्र होला जस्तो छ । एमाले र कांग्रेसको महाभिडन्त पर्ने भयो । अोलीको पार्टीलाई हराउने भनेर हाम्रोहरू सप्पैले रुखमा छाप लाम्छ, उता कांग्रेसले भने हँसिया हथौडा र कलममा ज्यान गए छाप लाम्दैन । मैले त अाफूलाई थाहा भाको कुरो भन्द्याछु । नरिसाउ है काम्रेड हो । `जता धेरै उतै थुप्रो´ भने जस्तो हुने भयो ।

हेप्न पनि कति हेपेको ? भिरघरे र सण्डे सँधै जस्तो अाइतवार विहानै अाइ पुग्थे । अाज अाम्दा पनि अाएनन् । मलाई माअोवादी केन्द्रको मान्छे भनेर हेपेका होलान । हाम्रो माअोवादीको गाउँमा जगजगी हुदा मूलाङहरूलाई सर्वस्वहरण गरेर डाडा कटाएका थियौ ।

गठबन्धनका पानदलेले यो गाउँपालिका अध्यक्षको टिकस् मलाई दिएन भने सण्डेसँग कुरा मिलाएर म पनि एमालेतिरै हुतिन्छु होला । हेपिएर, एक्लो भएर बस्नु भन्दा त `नेकपा एमाले जिन्दावाद,सूर्य चिन्ह जिन्दावाद´ भनिन्छ । हैन बस्न पनि के कुरेर बस्नु ? `टेक्ने न समाउने, कल्पनामा रमाउने´गरेर हुदैन केरे । अरुलाई सुनाउन पो नहुने मन भित्र भन्न त केभोर ! हाम्रो प्रचन्नको गफ पत्याउने हो भने यो संसार उनैले थामे जस्तो लाग्छ । तर, ब्यवहार हेर्ने हो भने यीबाट माखो मर्दैन । यी बैद्य, बाबुराम, बादलहर्ले गर्दा दुई दुई पटक प्रधानमन्त्री भए । त्यसबेला प्रधानमन्त्री जस्तो मान्छेले देखिने गरी केही काम गर्देको भए अहिले चुनाउ प्रचारमा जनतालाई भन्न त पाइन्थ्यो । वरको सिन्को पर सारेनन् । अोलीको हेर चिनसँगको पारवहन सन्धि भनेकाछन्, चुच्चे नक्शा भनेकाछन्, रेल ल्याको, रानी पोखरी, काष्ठमण्डप र धरहरा साथै लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाको भनेकाछन् । उनार्लाई भोट माग्न  सजिलो भाछ । हाम्रो त `चिरिप्पझ्याप´ बाहेक केही गर्दै गरेनन् । अा…! म जस्तोले यस्तो सोचेर के गर्नु ? हौ झुम्री एक कप चिया लेले खाम !

अाज भिरघरे र सण्डे अाएनन्, चुनाउ प्रचारमा गए होलान । गठबन्धनका पानदलेबाट भिरघरे र हाम्रो एमालेबाट स्वाँराको थापा कान्छाले टिकस् पाउने भए भनेर गाममा हल्ला चलेको रछ ।

हल्ला जेसुकै चलोस् हाम्लाई लुतो न कन्याई । जा चिया पकार ल्या ।

Facebook Comments
Phutani
Comments (0)
Add Comment