फातिमालाई लेखेको चिठ्ठीको कुरो चाहिँ नगरौ है काम्रेड हो, मेरो कन्सिरी तातेर अाम्छ!

फुटानी

कांग्रेसको विश्वास गर्नै नहुने ! हाम्रो प्रचण्ड काम्रेड पनि सप्पैको विश्वास गर्छन । हामीलाई भने `मनको वह कसैलाई नकह´ भने जस्तो भयो । फेरि यहीबेला बाबुरामजीले हाम्रो प्रचण्ड काम्रेडको धोती खुस्किने गरी अन्तर्वार्ता दिएछन् । लु अन्तर्वार्ता त दिए दिए अोलीको प्रसंसा चाहिँ किन गर्नु परेको ? अोली बचनको पक्का अरे, प्रचण्ड चाहिँ `जता मल्खु उत्तै पल्कु´ अरे ।

हुन त बाबुरामले भनेको ठिकै हो । हाम्रा काम्रेड त्यस्तै छन् -अाफू दिल्लीमा बसेर `लौ अब भारतीय विस्तारवादसँग युद्ध गर्नु पर्ने भयो काम्रेडहरू पहाडका दुर्गम जिल्लामा बङ्कर खन्न थाल्नु होस्´ भनेर हामीलाई अादेश दिए । हामीले बङ्कर खनेर पहाड ढुट्टो बनायौ । उनी भने दिल्ली दरवारमा सम्धी खान्गी खार मोजसँग बस्ता रान । हैन अस्ति एमसिसीकी फातिमालाई चिठ्ठी लेखेर `हामी पास गर्छौ´ भनेर किन ल्याप्चे ठोकेको ? अबको जमानामा दुईतिरै ठिक्क हुन सकिदैन । बाबुरामले प्रचण्डको मूल्याङ्कन ठिकै गरेका छन् । कहिले `कमफर्टेवल´ भनेको छ, जयसिं धामी मारेको बारेमा हाम्रो पार्टीको चरोमुसो कोही बोलेन । अोली बाहेक अरु नेता भारतीयसँग बोल्न सक्ने नै छैनन् । अोलीले पास गराएको चुच्चे नक्शा हामी खारेज गर्छौ भनेर भारतीयलाई खुशी पार्दै हाम्रा नेताहरू बसेका छन् ।

अाफ्नैहर्को बानी – बेहोरा हेर्दा ब्रह्माण्ड घुमेर अाम्छ । कांग्रेसको काखमा बसेपछि, उसैलाई सरखारको नेतृत्व दिएर अाफु त्यही सरखारमा लेपासिएपछि, एउटै टाट्नोमा बाँधिएर घाँस खाएपछि उसले भनेको नमानी हुन्छ ? गठबन्धन नटुटाउने, सरखार नछाड्ने अनि एमसिसी पनि पास नगर्ने भनेपछि नेपाली कांग्रेसले चाहिँ यिनार्लाई पालेर राख्नु पर्ने ! हाम्रैहर्को तर्क कुतर्क भयो । नामोनिशान नरहने गरी चुनापमा पछारियो भने हाम्रो नेताहर्को अवस्था कस्तो होला ! यिनार्को अहिलेको तामझाम, रहनसहन, उठबस, लुवाइ खुवाइ, बोलाइ हिडाइ सप समाप्त हुन्छ । घर, जग्गाजमिन र सम्पत्ति भने हाम्राहरूसँग प्रखस्त रहन्छ । कोठामा बोसो घटाउने मेसिन, अाँगनमा स्विमिङ पुल, दाहिनेपट्टी लनटेनिस कोर्ट, देब्रेतिर बेलुका अागो बालेर सेकुवा पोल्दै ब्ल्याक लेवलको चुस्का दिने झुपडी, उत्तापट्टी १०/२० जना भेला भएर भूजा ज्यूनारान गर्ने सुन्दर खोल्मा त सुरक्षित होला । तर, शक्तिको स्रोत सुकेपछि पुरानो कुरो सम्झेर यिनारू सुकेर मर्छन् ।

नमस्कार है विध्वंसे काका ! केको गम खादै छौ कुन्नि ! हामी त अाज अाइतबार `जाम काकीले बनाएको एक एक कप चाय खाम´भनेर यता पो अायौ । ए सण्डे ! झुम्री काकीलाई चाय बाउन भन त । अनि काका ! काठमाडौंतिर तिम्रा नेताहर्लाई एमसिसीले तिरिमिरी झ्याँई देखायो भन्छन त ! खासमा कुरो के भको रछ ! केही थाहा पायौ ? कि तिमी पनि प्रचण्डको कुरा सुनेर चकित भयौ ? चिठ्ठी नलेखेको भए अलि गाह्रो पर्ने थिएन । उता एमसिसी पास गर्ने भनेर चिठ्ठी लेखे, यता एमसिसी घातक छ भनेर कार्यकर्ता उचाले र अाफै पुङमाङ बने ।

अरिमठे कुरो नगर भिरघरे ! तँ कांग्रेसीले पास गर्नुपर्छ भनेर हामी मान्दैनौ । सोझै अम्रिकने सेना भित्र्याउने कुरो हामीलाई स्विकार्य छैन । यदि कांग्रेसले पास गर्छ भने कांग्रेसलाई देश निकाला गर्ने शक्ति हामीसँग छ । हो यदि अोलीले सही गर्छन भने हामी पनि गर्छौ । होइन भने अोलीलाई नफसाई हामी पनि फस्तैनौ । त्यसै भएर त अस्ति विहिवार हाम्रो प्रचण्ड काम्रेडले देउवालाई अोलीकोमा पठाको । तर, अोली टसकोमस नभएपछि पो वित्यास् पर्यो । होइन भने सकुनी पासा त हाम्रो काम्रेडले फ्याँकेकै होनी ।

हो, काकाले भनेको ठिक हो । अम्रिकाले चार लाख सन्तानब्बे हजार दुई सय एकाउन्न जना सेना नेपाल पठाउनलाई हावाजाज्मा हालेर राखेको छ अरे । त्यो सेना गनेर अाम्नेले काठमाडौंबाट फुन गरेर मलाई भनेको । एमसिसी पास भको दिन त्यो सेना यहाँ अाएर घिउ बेचुवाको घाँटी समाएर पाहा पछारे जसरी पछार्ने ठूलो योजना बनेको छ अरे !यहाँ भने तरवार बेचुवा र घिउ बेचुवा पानदलेको लठबन्धनको गाईजात्रा छ । पानदलेलाई गाह्रो छ । अहिलेसम्म नेपाल नाम गरेको राष्ट्र यिनार्ले नै जोगाका थिए अब भने सक्तैनन् कि क्या हो ।

खसालेर सटारो नहान सण्डे ! यो सप्पै भको अोलीले गर्दा हो । अोलीले अहिले माधवका १४ जना सांसदलाई र हाम्रो काम्रेड सभामुखलाई मया गर्छु भनेर बोल्ने हो भने सप्पै कुरो मिल्छ । एमसिसीका वारेमा नबोल्ने अनि माधव नेपाल खलक र काम्रेड अग्निलाई सदनबाट चोर गाई लखेटे जसरी लखेट्ने कुराले सप्पै बर्वाद गर्यो ।

हेर काका ! हाम्रो सोझो देउवा दाइ प्रचण्डको भनाइमा लागेर विग्रिए । फातिमालाई चिठ्ठी लेख्दा `हामी पास गर्न सक्तैनौ एमसिसी फिर्ता लैजानु´ भन्न किन नसकेको ? अहिले माअोवादीले सत्ता छोड्न सक्तैन, गठबन्धन तोड्न सक्तैन यता एमसिसी पास त होइन टेबुल गर्न पनि सक्तैन । यस्तो उत्त्म समयमा देउवा दाइले पुष्प र माधवजीलाई घोक्रेठ्याक लगाउनु नै उत्त्म विकल्प हो । देउवा दाइले पनि एमसिसीका वारेमा नबोले हुन्छ । बरु अोलीसँग वार्ता गरेर स्थानीय चुनाप सकिएपछि छ महिना भित्र प्रतिनिधिसभाको चुनाप गर्ने वातावरण बनाउछु साथ देउ भन्नुपर्छ । अोलीले प्रतिनिधिसभा भङ्ग गर्ने र छ महिना भित्रमा चुनाप गराउने सर्तमा सरकार बाहिरै बसेर देउवालाई अडेसो दिन सक्छन । एमसिसी फर्कार लैजाअोस् केही फरक पर्दैन ।

अोलीको वैशाखी टेकेर कांग्रेस अघि बढ्छ भन्ने नसोचे हुन्छ भिरघरे ! यदि तैले भने जस्तै भएमा हाम्रो काम्रेडहर्ले काठमाडौं भष्म पारेर खत्तम पार्छन । अोली र देउवा हेरेको हेरै ।

जसरी पनि माअोवादी र नेकपा समाजवादी मटियामेट हुन्छ । हिड सण्डे उभिण्डेतिर झरौं । विध्वंसे काका चुनापपछि उत्तानो टाङ लगाएर बस्नु ।

अहिलेलाई भने, जै नेपाल !

Facebook Comments
Phutani
Comments (0)
Add Comment