म बर्दिया मैनापोखर भएर सदरमुकाम गुलेरिया पुगेँ । यसअघि म भारतीय सिमाना मुर्तिया जङ्गलको बाटो हुँदै अग्लो अरबी घोडाले तान्ने टाँगा चढेर त्यो बजार पुगेको थिए । जङ्गलमा डाँकाको विगविगी थियो ।
ती बाख्रा व्यापारी अलिक ढिलै माथि आए। अनि आ–आफ्नो ओच्छयानमा ‘या अल्लाह’ भन्दै थाकेको ज्यान बिसाए। कोही कसैसित बोलेनन्। एकछिनमा घुर्न थाले । मैले भने अर्ध निन्द्रामै रात काटेँ। बिहानसम्म केही नभएपछि, आफैंसित लाज लाग्यो, आफ्नो अविश्वासप्रति धिक्कार लाग्यो। मुख धुनेबेला उनीहरु उल्टो धुँदै थिए । या मेरो उल्टो उनीहरुको सुल्टो थियो। चिउँडोबाट निधारतिर पानी खन्याईरहेका थिए।
सडक किनारमा एउटा चिया खाजा खाने होटलले माथिल्लो तलाको लामो कोठालाई बास बस्न दिने गर्दो रहेछ । भारतबाट गाउँमा खसी वाख्राकिन्न आउनेहरु त्यसैलाई रात कटाउने बासका लागि उपयोग गर्दा रहेछन् । हामी पनि तिनै मुसलमान बाख्रा व्यापारीका समुहमा मिसयौं । एउटा कुनोलाई आफ्नो बासस्थल बनायौं ।
तारातालमा टिम्बर कर्पोरेसनको ठुलै अड्डा थियो । अर्थात त्यस भेगको जङ्गल कटानीमा सरकारकै लगानी थियो ।
माघको पहिलो साता । माघे संक्रान्ती । थारुहरुको महान पर्व माघी । हामीले काम थालेको दिन ।
तारातालबाट झण्डै एक घन्टा हिडेपछि पुगिन्थ्यो कन्हराको जङ्गल । यही जङ्गल बीचबाट काशीराम थारुले कमैया मुक्तिको घोषणा गरेका थिए । बर्दियाका कमैया थारुहरु आफूले आफैंलाई मुक्त गरेर यहाँ अस्थायी झोपडी बनाएर करीब दुई सय भन्दा बढी परिवार आईबसेका थिए । न खानेपानी, न बाटो, न उज्यालो । म पुग्दा दिउँसै रात परेजस्तो थियो । साना केटाकेटीहरु त्यही जङ्गल भित्र खेल्दै थिए । जाडोमा नङ्गै, भुतुङ्गै । छाप्रा बारिएको काठका बीचबाट चिसो सिरेटो उनका झुप्रा भित्र बेरोकटोक छिरिरहेको थियो ।
त्यो अस्थायी बस्तीको बीच बीचमा आगो बालेर ठाउँ ठाउँमा झुम्मिएर उनीहरु आफुलाई न्यानो पार्दै थिए । महिलाहरु पनि एकसरो पातलो लुगामा बेरिएर जाडोसित जुद्धै थिए । कति पुरुष त लङ्गौटीमा मात्रै पनि देखिए । खानका लागि जमिन्दारबाट पाएको थोरै अन्न थियो । शायद, अर्को दुई महिना धान्ने पुग्छ । काशीराम र उनका साथीहरूसित थोरै कुराकानी गरेपछि हामीले त्यस दिनका लागि कन्हराबाट बिदा लियौं । माघीको दिन परेकोले उनीहरु सबै सारा दुख विर्सएर रमाईलो मनाउने सुरमा थिए । चहलपहल थियो । हामीले त्यसमा विध्नवाधा पार्न चाहेनौं । फर्किदै गर्दा मैले टाढा जङ्गल बीचबाट धुवाँ उडीरहेको देखेँ । मनमनै सोचे, अब दासता विरुद्धको यो धुवाँको मुस्लोले आकाश छोपिने छ । अन्यायको विरोधमा यही नै बलियो सङ्केत हो ।
ताराताल, बर्दिया । पहिलो रात सकसपूर्ण बित्यो । सँगै बास बसेका रुम पार्टनरहरु अन्जान थिए । लामा दाह्री जुंगा । कुर्ता पाईजामा । टाउकोमा फेटा बाधेका। फरक धर्म ।
मेरो मनमा केही वर्ष अघिमात्र भारतको अयोध्यामा रक्तपात मच्चाएको बाबरी मस्जिद बिवाद ताजै थियो । हिन्दु मुसलमान दङ्गा । म नेपालगञ्जकै बसोबासी भएको हुदाँ त्यसको नमिठो गन्ध सुँघिसकेको थिएँ । त्यहाँ छँदा हरेक दिन, हिन्दुले मुसलमानको गाउँनै खरानी पारेको अनि बदलामा मुसलमानले हिन्दु जिउँदै जलाएको भारतीय अखबारमा पढेको हिजोमात्र जस्तो मनमा लाग्दै थियो ।
उनीहरु तीन जना हट्टाकठ्ठा मुसलमान । त्यो पनि हरेकादिन हतियारसित साइनो भएका मासु व्यापारी । अनि, दिनको पाँच पटक नमाज पढ्ने कट्टर मुसलमान ।
हामी साँझपख पुग्दा पनि उनीहरु पाँचौ पटकको नमाज (मगर्हिब) पढ्दै थिए । केही नबोली मैले आफ्नो कुना ओगटँे । कसैले चाल नपाउनेगरि सबै सामान पोका पारेर ताल्चा लगाएँ ।
खटिया (काँसको डोरीले बुनेको काठको खाट) मुन्तिर हाले । झटपट तल ओर्लेर जे पाकेको थियो, त्यही गाँस छिराएर माथि उक्लिएँ । मभित्रको डर, मलाई पट्टकै देखाउनु थिएन । तल गुनगुन गफ गरेको आवाज स्पष्ट थिएन । शायद, उनीहरु अँगेनामा आगो ताप्दै होटल साहुसित बात मार्दै थिए। मेरो अडकल । किनभने उनीहरु नियमित ग्राहक थिए ।
ती बाख्रा व्यापारी अलिक ढिलै माथि आए । अनि आ–आफ्नो ओच्छयानमा ‘या अल्लाह’ भन्दै थाकेको ज्यान बिसाए । कोही कसैसित बोलेनन् । एकछिनमा घुर्न थाले । मैले भने अर्ध निन्द्रामै रात काटेँ । बिहानसम्म केही नभएपछि, आफैंसित लाज लाग्यो, आफ्नो अविश्वासप्रति धिक्कार लाग्यो । मुख धुनेबेला उनीहरु उल्टो धुँदै थिए । या मेरो उल्टो उनीहरुको सुल्टो थियो । चिउँडोबाट निधारतिर पानी खन्याईरहेका थिए ।
चिया खाएपछि, हिड्ने बेला ती मध्येका एउटाले ‘खुदा हाफिज’ भन्यो र बाख्रोको हुलसहित बाटो लाग्यो ।
हामी पनि बिहानको खाना खाएर, कन्हराको जङ्गलतिर लम्कियौं । आजको दिन लामो थियो । काशीरामसित सल्लाह गरेर धेरैभन्दा धेरै महिला, पुरुष, वृद्धवृद्धासित बातचित गर्नु थियो । अर्थात, उनीहरुको दुख अनुभव रेकर्ड गर्नुथियो । जङ्गलको बाटो भएर समयमै हामी कन्हरा जङ्गलबीच पुग्यौं। काशीराम हामीलाई नै पर्खेर बसेका रहेछन् । जङ्गली बस्तीमा माघीको रमझम चलेकै थियो । ‘यो सात दिन चल्छ’, काशीरामले बताए ।
एउटा दुख लागेको कुरा । उनीहरुले दिनको चारपटक पटक खाएर, यसैको जाँड बनाएर आधा अन्न त यही सात दिनमा सिध्याउँदा रहेछन् ।
थारुका पाँच जात मध्ये कन्हराको जङ्गललाई बासस्थल बनाउने बर्दियाका डंगौरा र देसुउरी थारु कमैयाहरु थिए । डंगौरा थारु आफुलाई दाङ्गको मुलवासी ठान्छन्। देसुउरीहरु बाँके, बर्दिया र कैलाली फैलिएको मान्छन् । त्यसबाहेक पूर्वी नेपालका कोचीला, चितवनका चितवने र कैलालीर कञ्चनपुरबासी राना थारु हुन । यस भेगका थारु समुदायबाट शक्ति केन्द्रका नजिक पुगेर पञ्चायतकालमा लामो समय उच्च ओहदामा बस्नेहरु पनि नभएका होइनन् ।
दाङका परशुनारायण चौधरी नेपाली काँग्रेस सातसालपछिकै प्रभावशाली नेता हुन । पछि राजाको उनी पञ्चायाती व्यवस्थाको समर्थक भए । पञ्चे बने । बाँकेका फत्तेसिंह थारु पनि पञ्चायतकाल भरि थुप्रै महत्वपूर्ण मन्त्रालयको मन्त्री भए । तर, जमिन्दार फत्तेसिंह आफैं आफ्नो जमिनमा निधक्र्क थारु कमैया राख्थे । आफूलाई सम्पन्न देखाउन उनले ठकुरीसित दोस्रो विवाह पनि गरेका थिए ।
काशीरामले सबै बन्दोबस्त मिलाईसकेका रहेछन् । सबैलाई एकै ठाउँ भेला पारेर कुराकानी गर्न चाँजोपाजो गरेका रहेछन् । तर तिनमा सबै पुरुषमात्र थिए । हाम्रो उदेश्य महिला, बृद्ध र केटाकेटीसित पनि कुरा गर्नु थियो । तर, मैले उसको व्यवस्थापनमा कुनै टिप्पणी गरिन ।
अनि, अगाडि सारेका पाँच पुरुषसित कुराकानी भयो । तर, त्यो कुराकानी अलिक बढी राजनैतिक भएको अन्तमा मेरो निष्कर्ष निस्कियो । अनि, साँझमा भोलि फेरि भेट्ने निधो गरेर फर्कियौं । राती रेकर्ड गरेका अन्तर्वार्ता दोहो¥याएर सुनँे चित्त बुझेन । झन राजनैतिक रङ्ग महशुस भयो । राजनैतिक यसकारण कि काशीराम कम्युनिष्ट कमैया नेता भईसकेका थिए । ती पाँचजना उनकै कार्यकर्ता थिए । ती दिनहरुमा उनी सदरमुकाम गुलेरियामा धर्ना, जुलुस गरिरहेकै हुन्थे । काशीराम पछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट सांसद पनि भए ।
दिनभरका बातचितबाट उनीहरु तराई नेपालका रैथाने हुन भन्ने थाह भयो । प्रकृतिका पुजारी थारु जातीले आफ्नो बासस्थल सँधै जङ्गल किनार रोजे । खेती किसानी र माछा मारेर खानु उनीहरुको जीवन हो । उनीहरुका देवी देउता पनि त्यही जंगलमा नजिकै बस्छन् । रोगी विमारीको औषधी थारु समुदाय बनमै खोज्छन्। उनीहरु ती रुख बिरुवामा जडीवुटी चिन्छन् । त्यसका लागि पनि यिनले आफ्नै डाक्टर तयार पारेका छन् । कतै गुराउ, कतै गुरुबा । माघीकै दिन उनीहरु आफ्नो समुदायको नेता ‘बाह्रघरे’ चुन्छन् ।
अनि, माघीकै दिन उनीहरुको अदृश्य किनबेच हुन्छ । जमिन्दारहरु बीच उनीहरुको बडाबड लाग्छ । उनीहरुको घर फेरिन्छ । गाउँ बदलिन्छ । ठेगाना परिवर्तन हुन्छ, अनि भाग्य फेरिन्छ । यस्तै अस्थायी र अर्धमानव जीवन भोगीरहेका थिए, दास प्रथाको अवशेसको शिकार कमैया थारु ।
मैले आफ्नो जीवनको त्यत्रो लामो समय नेपालगञ्जमा बसेर पनि यी कुरालाई गहिरोसित बुझेको रहेनछु । किनभने मसँगै पढने, सँगै खेल्ने, मिल्ने साथीहरु पनि तिनै जमिन्दारका छोराछोरी थिए । मैले पनि नजानीकनै थारु समुदायलाई दोस्रो दर्जाको मान्छे स्वीकारेको रहेछु । यो पाषण पीडा र समस्या हो भनेर कहिल्यै ठानेको रहेनछु । यस्तै सोच्दै र पश्चताप गर्दै मन भारी बनाएर रात बिताएँ ।