अञ्जान ठाउँको एउटा निरुद्देश्य किशोर यात्रा

म आफू एक्लै हिँडडुल गर्न थालेको चालिस वर्षजति भएछ । एसएलसीको जाँच दिएपछि म केही समयका लागि स्वतन्त्र भएँ । भनेको रिजल्ट नआउन्जेल फुक्का थिएँ । बुवाको नजरमा लाठे भएँ । जवान भएँ । ‘अब संसार भोग्नुपर्छ, देख्नु्पर्छ’ भन्दै दुई हजार रुपीयाँ मेरो हातमा थमाई दिनुभयो । अनि संसार विचरण गर्न मेरा हात खुट्टा फुक्का गरिदिनुभयो । यत्रो पैसा र त्यत्रै घोषणा मैले मेरो जीवनमा पहिलोचोटि सुन्दै र देख्दै थिएँ ।

रातको यात्रामा मैले सम्झने राप्ती नदिको डुङ्गा र तिनउको झुलुङ्गे पुल नै हो । राप्तीमा काठको डुङ्गा चढेर पारी तर्नु जोखिमको अर्को नाम थियो । मुश्किलले आठ दश जना अट्ने त्यो डुङ्गामा दोब्बर मानिस खाँदिएका थिए । पहिलो खेपमा म अलमलमै छुटे । दोस्रो खेपमा मुश्किलले झोला झुन्डाएर म पनि झुन्डिएको डुङ्गा माझीले ‘यतिका मान्छे, डुङ्गा डुब्छ’ भनेर जान मानेन । म बाहिरिनु प¥यो । तेस्रो खेपमा बल्ल मैले राप्ती तर्ने मौका पाएँ । त्यसअघि नै पार गरेका यात्रीहरु डर मिश्रित ‘राम राम र नारायण’ सुनिसकेको म, मेरो पनि हंशले ठाउँ छाडिसकेको थियो । त्रासका साथ टाउको निहिराएरै म राप्ती पारि पुगेको थिएँ । दायाबाया हेर्ने आँट भएन ।

मनमा असिम उत्साह र एक्लो यात्रा त्रासको सम्मिश्रण थियो । मलाई जता र जहाँ जान पनि छुट थियो। आफ्नो देशको सिमाना मात्रै मेरो यात्रा सिमाना थियो ।

रातभर सोचेँ । कहाँ जाऊँ ? कता जाऊँ ? अन्तत, आफ्नो बाल्यथलो पूर्वलाई नै गन्तव्य बनाएँ । किनभने, त्यसैमा म आत्मनिर्भर हुन सक्थँे । त्यसमा आत्मविश्वास थियो । सानैदेखि आमा बुवासित, कहिलेकाहीँ आफन्तसित मैले यात्रा गरेको पूर्व नै थियो । पूर्व यसकारण कि त्यसताका मेरो बसोबास पश्चिम नेपाल, नेपालगन्जमा थियो । बिहान आफ्नो घोषणा र निर्णय सबैलाई सुनाएँ । आमाले माया र चिन्ता मिश्रित नजरले एकचोटि नियालेर हेर्नुभयो । ‘एक्लै, केही होला कि ? कसरी जाला ?’ उहाँको आँखामा यस्तै सन्देहपूर्ण माया थियो ।

कुरा २०४१ साल तिरको हो । पूर्व पश्चिम राजमार्ग पुरै खुलिसकेको थिएन । बस चल्न भने थालिसकेको थियो । तर, मेरो गन्तब्य झापा पुग्न दुई ठाउँ गाडी फेर्नु पथ्र्यो । राप्ती नदीमा पुल बन्दै थियो । त्यहाँ जोखिमका साथ डुङ्गामा नदी तर्नुपथ्र्यो । पारि अर्को बस पर्खेर बसेको हुन्थ्यो । त्यस्तै बुटवलको तिनाउ खोला तर्न झुलुङ्गे पुल पार गरेर अर्को गाडी भए ठाउँसम्म पुग्नु पथ्र्यो ।

नारायणी नदीमा भने भर्खर पुल बनिसकेको थियो । तर नारायणी नदीमा आधामात्र पुल बनेको अवस्थमा मैले देखेको छु । त्यो म स्कुल पढ्दाताका कै कुरा हो । हवाईजहाजमा नेपालगन्ज गईरहेको बेला अकस्मात मौसम बिग्रिएपछि हाम्रो जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो । अनि त्यो रात नारायणगढको एउटा होटलमा बिताउनु परेको थियो । हामी बाउ छोरालाई । त्यही साँझ मैले आधा बन्दै गरेको नारायणी पुल देखेको थिएँ । त्यसताका त्यहाँ पनि मानिस राम राम भन्दै डुङ्गामा नदी तर्थे । यो चै त्यहीँ बास बस्दा बुवासित कसैले कुरा गर्दै गर्दा सुनेको हो । भोगेको होइन।

नारायणगढबाट पूर्व भने काठमाडौबाट झापा जाने चलन चल्तीको बाटो भईसकेको थियो । हुन त, सानोमा म ‘बाईरोड’को बाटो भएर पनि पूर्व गईसकेको थिएँ । त्यो घुम्ती बाटो यात्रा पनि अविष्मरणीय लाग्छ । पूर्व हिडेका हामी हेटांैडा नपुग्दै आधा ज्यानका भईसक्थ्यौं ।

भालुवाङ्गका एक दुई झुप्रे चिया पसल, डुङ्गा चढन तछाडमछाड । खस्यौली र बटौलीलाई जोड्ने त्यो झुलुङ्गे पुल नै चुडिएला जसरी अर्को गाडी चढ्न यात्रीको भागदौड । त्यसपछिको तुलनामा सहज यात्रा । राप्ती र तिनाउमा यात्री अर्को गाडीले छोडेर जाला झैं जसरी हस्याङफस्याङ गर्दै पारि जान आतुर हुन्थे । जुन मैले आफैं पनि गरेको छु ।

त्यसताका पश्चिम साच्चै दुर्गम थियो । म उसबेलाको नेपालगञ्जवासी । मलाई नेपालको निकट शहरहरु पुग्नु भन्दा पारिपट्टि भारतका शहरहरु निकट लाग्थ्यो । किनभने सिमाना शहरमा रेलगाडी, बस र टयाक्सी सहज थियो ।

रातको यात्रामा मैले सम्झने राप्ती नदिको डुङ्गा र तिनउको झुलुङ्गे पुल नै हो । राप्तीमा काठको डुङ्गा चढेर पारी तर्नु जोखिमको अर्को नाम थियो । मुश्किलले आठ दश जना अट्ने त्यो डुङ्गामा दोब्बर मानिस खाँदिएका थिए । पहिलो खेपमा म अलमलमै छुटे । दोस्रो खेपमा मुश्किलले झोला झुन्डाएर म पनि झुन्डिएको डुङ्गा माझीले ‘यतिका मान्छे, डुङ्गा डुब्छ’ भनेर जान मानेन । म बाहिरिनु प¥यो । तेस्रो खेपमा बल्ल मैले राप्ती तर्ने मौका पाएँ । त्यसअघि नै पार गरेका यात्रीहरु डर मिश्रित ‘राम राम र नारायण’ सुनिसकेको म, मेरो पनि हंशले ठाउँ छाडिसकेको थियो । त्रासका साथ टाउको निहिराएरै म राप्ती पारि पुगेको थिएँ । दायाबाया हेर्ने आँट भएन ।

खस्यौली पारि बुटवल जानलाई पार गर्नु पर्ने झोलुङ्गे पुल पुग्दा अँध्यारो भईसकेको थियो । त्यसअघि कहल्यै नतरेको झोलुङ्गे पुल त्यसरी हल्लिन्छ भन्ने पनि थाह थिएन । पुल त अब खस्नै लाग्यो भनेर कम्ता डर लागेन । अगाडिको मानिसलाई समातेर पार गरियो । राप्तीमा जस्तै नदी पारि कुरेर बसेको बसमा चढ्न उस्तै तछाडमछाड । मेरो पहिलो एक्लो यात्राको यो यात्रा संघर्ष ।

त्यसपछि त अँध्यारोमा गाडी कुदेको मात्रै याद छ । निदाएछु पनि । उज्यालो हुदा जङ्गल बीचबाट बस कुदिरहेको थियो । सबैतिर जङ्गल । बीचबाट गाडी कुदिरहेको छ । कतिखेर हेटौडा आईपुग्यो, कतिबेला पथलैया कट्यो । थाहपत्तो पाईन ।

अहिले ठडिएका मध्य तराईका शहरहरुमा त्यसताका कि स–साना झुप्रा घरहरुको बजार थियो, या जङ्गल बीचको विश्राम । वागमती पुलपछि मात्र मानव वस्ती भए झैं मलाई त्यसबेलाको यात्रामा महशुस भएको थियो । ती पनि राजमार्गबाट अलिक टाढा टाढा देखिन्थे । लाहानलाई मैले बाटोको दुई किनारमा झोपडी अबस्थामै देखेँ । कोशी व्यारेज अहिले जस्तो छ, त्यसबेला पनि त्यस्तै थियो । अहिले अलि बुढो भएको छ । ईटहरी बजार चौक वरिपरि मात्र सिमित थियो ।

बाटोमा म धेरै बोलिन, कसैसित हिमचिम पनि गरिन । यो खास आमाको निर्देशन थियो । त्यसैले यात्राको मुख्य कुरा भनेकै आफूसित यात्रा गरिरहेका पात्रहरु अथवा भनौं यात्रुका बारेमा लेख्नका लागि मसित केही कुरा छैन ।

जे होस, एक रात र एक दिनको यात्रापछि म विराटनगर पुगेँ । नेपालगञ्जबाट हिँडेको म, पहिलो गन्तब्यमा सुरक्षित पुगेँ । अबभने मेरो आँट दरिलो थियोे । किनभने यस भेगमा मेरा आफन्तहरु छरिएर बसोबास गर्ने गरेको कुरा मलाई थाह थियो ।

झण्डै पैतिस वर्ष अघि म एक्लै त्यति लामो यात्रा गरेर विराटनगर पुगेको थिएँ । त्यसबेला, मेरा लागि विराटनगर निकै चलायमान बजार लागेको थियो । नेपालगञ्ज जस्तो सुस्त लागेन । मानिस हतारमा देखिन्थे । सबै बेफुर्सदी झै लाग्थे । बिराटनगरका बारेमा घर छोड्नु अघि पढ्नु केही पढेको थिएँ । औद्योगिक र राजनीतिक थलो । राजधानी काठमाडौंलाई पनि बाटो देखाउने व्यक्तित्वहरु जन्मे, हुर्केको ठाउँ । क्रान्ती गर्ने क्रान्तिकारीहरुको गढ । अभिनेता, नेता । सहित्यकार, उध्योगपति । खेलाडी । सबैले नाम सुनेकाहरुको शहर । तर, घुम्दा भने एकदिनमा सकिएको थियो । सबै कामधन्दाका लागि मात्रै आउने यो शहरमा हामी जस्ता फुर्सदिलाका लागि भने हेर्ने र घुम्ने केही पाइन । सिनेमाको पारखी म, सिनेमा हलहरुमा भुलेर दिन काटेँ । बाँकी अर्को दिन आफन्तलाई भेटेर बिताएँ । पारि जोगबनी गएँ, सानैदेखि सुनेको विराटनगर जुट मिललाई पर्खाल बाहिरबाटै हेरेँ । त्यसताका रिक्सा बाहेक शहर यात्राको विराटनगरमा अर्को विकल्प थिएन । नेपालगञ्जमा जस्तो घोडाले तान्ने टाँगा, एक्का थिएनन् ।

अहिले सोच्छु, विराटनगर जस्तो ऐतिहासिक ठाउँमा त्यस्तै कुराहरु दर्शाउने म्युजियम बनाए पनि हुने । जसमा राणाकाणदेखि पञ्चायती व्यबस्थाका बेला यस शहरका राजनीतिज्ञहरुले गरेको संघर्ष, क्रान्ती र बलिदानका कुरा झल्काउने केही भए हुने । त्यहाँ ईतिहास र राजनीति शास्त्रका विद्यार्थीले अध्ययन अनुसन्धान गर्न मिलोस् । मातृका, विपि, जिपि कोईराला निवास र मानमोहन, भरतमोहन अधिकारीका विरासतहरुलाई संरक्षण गरेर राष्ट्रिय अध्ययन केन्द्र बनाउन सके कस्तो राम्रो हुन्थ्यो । यस्तो थुप्रै देशका थुप्रै शहरहरुमा छन् ।

एउटा घोप्टे बस विराटनगरबाट धरान कुदथ्यो । त्यस्तो बस मैले नेपालको अर्को कुनै ठाउँमा कुदेको देखेको छैन । बसको इन्जीन नै पछाडि पट्टि थियो । यी बसहरु कुनै एउटा समय भित्रिए अनि गए । मर्मत सम्भारमा समस्या भएपछि यी गाडीहरु सडक बाहिर हुनु परेको हो । संसार घुम्न हिडेकाहरुले नै यी गाडी यहाँसम्म ल्याइ पु¥याएको हुनु्पर्छ । किनभने यसरी केही साना ठुला गाडीहरु काठमाडौं पनि छिरेका थिए । म सानो छँदा कुद्ने स्कुल बसहरु त्यस्तै थिए ।

त्यसखाले सबै बस लोप भए । म सानो छँदा काठमाडौंमा पनि त्यस्तै घोप्टे गाडी कुदेको देखेको छु । कसैकसैले भन्थ्ये– हिप्पीहरुले चढी ल्याएका थिए, यही वेचेर गए ।

धरान विराटनगर कुद्ने बस चै कसरी आईपुग्यो मेरालागि खोजीकै कुरा छ । म त्यस्तै बस चढेर पहिलो पटक धरान पुगेको हुँ । भानु चौकमा ओर्लिएँ अनि लागे गणेश टाकिजतिर । मेरो धरान आउनुको एकमात्र उदेश्य गणेश टाकिजमा चलिरहेको ‘कान्छी’ फिल्म हेर्नु थियो । टिकट काउन्टरमा ठुलो भिड थियो । म पनि त्यही भिडमा लाइन लागेँ । पाँच रुपियाँको टिकट किनेर नजिकै रहेको होटेलमा होटेलमा खान पस्दा पो थाह पाएँ । मेरो पर्स अघि वेपत्ता पारि सकिएको रहेछ । मेरो पकेट मारिसकेका रहेछन् । धन्न, घर छोड्दा खल्तीमा चाहिने भन्दा बढी पैसा नोबोक्नु, अर्को गोजीमा पनि पैसा जोगाएर राख्नु भन्ने पाएको बुवा मन्त्रले काम ग¥यो । ‘कान्छी’ सिनेमा हेरेर त्यही घोप्टे बसमा विराटनगर फर्कन सकेँ । त्यसबेला मैले देखेको धरान त्यति नै हो । भानु चौकदेखि गणेश टाकिजसम्म । अनि त्यहाँका मानिसबारे परेको छाप पनि त्यही हो– पकेटमार ।

त्यसपछि हानिएँ झापातिर । झापा मेरालागि नौलो थिएन । तर झापा भनेको काकडभिट्टा, विर्तामोड, चन्द्रगढी, भद्रपुर र मेरो गाउँ पृथ्वीनगरमात्र जस्तो लाग्थ्यो मलाई । त्यहाँभन्दा अरुतिर मैले देखेको थिइन । गएको पनि थिइन । विर्तामोड चौकमा कच्ची टिनले छाएको दिगमिग लाग्दो मिठाई पसलमा बुनिया खानु अनिवार्य थियो, मेरा लागि । साथमा पुरी र पिरो तरकारी । अनि, मध्यान्हमा छुट्ने कोचमा गाउँ लागिन्थ्यो । मानिस बसको छत पनि फुटाउला जसरी भित्र अनि छत खसाउला जसरी माथि । उकुसमुस यात्रा । पसिना पसिना । पसिनाकै गन्ध । तैबिसेक भद्रपुरसम्म जेनतेन बाटो साँघुरो भएपनि पक्की थियो ।

त्यसपछि शुरु हुन्थ्यो, जीवन मरणको यात्रा । धुले कच्ची बाटोमा गाडी कुद्न थालेपछि, बसभित्र पनि धुलो–राज शुरु हुन्थ्यो । देउनिया खोलामा काठको पुल थियो । बस हिड्दा उ पनि लगलग काम्थ्यो । पुल खसिहाल्छ जस्तो डर लाग्ने । आफैंले आफैंलाई चिन्न गाह्रो हुने अवस्थामा गाउँको मोडमा उत्रिदा, थकित, गलित, धुस्रे, फुस्रे ‘सिङ्गल पिस’ भइएको हुन्थ्यो ।

गाउँ भने साच्चै गाउँ जस्तै थियो । मेरो एक्लो यात्रा योजनाविहिन थियो । गाउँ बसाइका क्रममा एकजना दाइले आफू भुटान जान लागेको सुनाए । म पनि सँगै जान तम्तयार भएँ । अनि विहानै काकडभिट्टा हुँदै भारतको सिलिगुडी पुगियो । त्यहाँबाट ‘लोकल बस’मा भुटानको सीमा । भुटान र भारतको पश्चिम बंगाललाई जय गाउँले छुटयाउँदो रहेछ । जय गाउँबाट नजिक भुटानी नगर फुन्चुलिङ छ । म त्यहाँ पुगिन ।

त्यसताका नेपालीलाई भुटान छिर्न बन्देज थिएन । तर, निश्चित क्षेत्र तोकिएको थियो । ती ठाउँहरु नेपाली भुटानीका घना बस्ती थिए । म चाहिँ नेपाली बस्ती मकैबारीसम्म मात्रै पुगेको हुँ । मकैबारीमा मेरी एकजना दिदीको बिहे भएको थियो । उनीहरु त्यहाँका सम्पन्नमै गनिदा रहेछन् । त्यही पुगेर थाह पाएँ । अदुवा र सुन्तला भारतको सिलिगुडी ल्याएर बिक्री गरी राम्रो आम्दानी गर्दा रहेछन् । बाटोमा मैले भुटान ट्रान्सपोर्टको एउटा बस पनि देखेँ । सोद्धा थाह भयो, उ भुटानी शहर साम्चीबाट मकैबारी दिनको एक पटक कुद्दो रहेछ । साम्ची त्यस भेगको भुटानी सरकारी केन्द्र नै रहेछ।

त्यसपछि हानिएँ झापातिर । झापा मेरालागि नौलो थिएन । तर झापा भनेको काकडभिट्टा, विर्तामोड, चन्द्रगढी, भद्रपुर र मेरो गाउँ पृथ्वीनगरमात्र जस्तो लाग्थ्यो मलाई । त्यहाँभन्दा अरुतिर मैले देखेको थिइन । गएको पनि थिइन । विर्तामोड चौकमा कच्ची टिनले छाएको दिगमिग लाग्दो मिठाई पसलमा बुनिया खानु अनिवार्य थियो, मेरा लागि । साथमा पुरी र पिरो तरकारी । अनि, मध्यान्हमा छुट्ने कोचमा गाउँ लागिन्थ्यो । मानिस बसको छत पनि फुटाउला जसरी भित्र अनि छत खसाउला जसरी माथि । उकुसमुस यात्रा । पसिना पसिना । पसिनाकै गन्ध । तैबिसेक भद्रपुरसम्म जेनतेन बाटो साँघुरो भएपनि पक्की थियो ।

म पुग्दा भुटानमा नेपाल भाषी भुटानी नेपालीको आन्दोलनको गन्ध आउन थालिसकेको थियो । घरघरबाट भारतीय टिभी च्यानल दुरदर्शनहरु नहेरुन भनेर छतका डिस्क ऐन्टना झिक्न लगाइँदै थियो । घर भित्र मात्र होइन, बाहिरको काममा समेत भारतीय मजदुरलाई बन्देज गरिएको थियो । ससाना प्राथमिक तहका केटाकेटीलाई समेत दिग्लाम नाम्जा (घो र किरा) भुटानको राष्ट्रिय पोशाक लगाएर स्कुल जान अनिवार्य गरी सकिएको थियो । राती राती, घर घरमा भुटानी प्रहरीले छापा मार्न थालिसकेको थियो । भुटानी नेपालीमाथि एकप्रकारको निगरानी शुरु भइसकेको थियो । ठुलालाई पनि सरकारी कामकाजमा अड्डा कार्यलय जाँदा बख्खु लाउनुपर्ने र जोङ्खा भाषा बोल्नु पर्ने बाध्यात्मक उर्दी थियो । तर पनि मैले नेपालीका जीवन समान्य नै पाएको थिएँ । खेती किसानीबाट सबैलाई सम्पन्न नै देखेको थिएँ ।

त्यहीँ रहँदा, भुटानबारे मलाई भुटानको दक्षिण सिमानबारे एउटा यथार्थ सुनाइयो । बेलायतले भारतमा राज गरिसके पछि भुटानी राजालाई सोधे छन्– तिमी के गर्छौ?

अनि भुटानी राजाले जुक्ति निकालेछन, ‘म पहाडको टुप्पोबाट ढुङ्गा खसाल्छु, त्यो जहाँसम्म गुड्किदै जान्छ, त्यहाँसम्म मेरो देश’ । सहमति भएछ। हुन पनि एक्लै, एकैपटक म गएको भुटान त्यस्तै छ । समतल आएपछि ढुङ्गा गुड्न छाड्यो, भुटानको सिमाना पनि सिद्धियो । पहाड शुरु, भुटान शुरु । भुटानको दक्षिणी सिमाना त्यसबेला मैले ठयाक्कै त्यस्तै पाएँ । र, मेरो एक्लो यात्रा पनि त्यहीँ पुगेर टुङ्गियो ।

Facebook Comments
Prateek
Comments (0)
Add Comment