हामीलाई चितवनको मानव सागरले नराम्रो झड्का दियो । होइन किन आ’का हुनन तिनारू ! पैसा दिएर वा मासुभात खान आको भनेर अरुलाई सुनाउन त ठिकै हो आफ्नै मनले मान्दैन । ओलीको आह्वानमा त्यतिका बगुन्द्र वैरिन्छन् भने चुनापमा हाम्रो माओवादी र माधव काम्रेडको पार्टीको कुन हविगत बनाउने हुन । म जस्तो दह्रो माओवादीको मनमा यस्तो ड्याङग्रो ठोकेको छ भने हाम्रो पार्टीका लकपकेहरू फड्किन बेर छैन । आफ्नै खप्परमा आफैंले चिर्पटले हानौं जस्तो भाको छ । ओलीको धुवाधार विरोध गरेर एक वर्ष अघिदेखि कान्तिपुर, नया पत्रिकालगायतका पत्रपत्रिका, विभिन्न अनलाइन, युटुव र सामाजिक सञ्जालमा भाको नभाको प्रचार गरेकै छ । र, पनि यो देश नै ओलीमय बन्दै छ ।
नमस्कार है काका ! झोक्रार बसेका छौ त । केको तोड पर्यो ? काकीले चितवनको यथार्थ वर्णन गरेपछि तिमीकन पसिना छुट्ने नै भया । तर डराउनु पर्दैन स्थानीय र प्रतिनिधि चुनापमा हाम्रो कांग्रेसको अत्यधिक बहुमत आम्छ । हाम्रो कांग्रेसको सरकारले निकै राम्रो काम गर्दै छ । अस्ति मात्र संसद डाक्नु अघि छ वटा अध्यादेश जारी गरेर छक्क पार्दियो । अब पाँच दलीय गठबन्धनलाई प्रधानन्यायाधीश जोगाउने दायित्व आइलागेको छ ।
हाम्रो प्रचण्ड काम्रेडले त अस्ति ‘प्रधानन्ययाधीशले हामीलाई गुन लगाको छ । अब हामीले पनि त्यो गुनको पैंचो तिर्नुपर्छ’ भनेर भनिसके । अब रह्यो तेरो काकी झुम्रीले चितवनबाट ल्याएको कुरो । एमालेले मान्छे चाहिँ बगुन्द्रै ओसारे छ । मान्छे ओसार्दैमा केही हुनेवाला छैन । पुलिसहरू बाह्र लाख जति भन्छ, कांग्रेस पाँच लाख जति जनता भेला भा थिए भन्छ, कोही आठ लाख भन्छन्, हामी २०–२५ हजार भन्छौं । तर, त्यस्ता नाथे भेलासँग हामी डराउदैनौं । त्यसैले हामी अधिवेशन, राष्ट्रिय सम्मेलनमा आमसभा, जुलुस नै नगर्ने निर्णय लिएका छौं । बन्द सत्रमात्र गर्ने हो अब । किन जुलुस र आमसभा चाहियो, हाम्रो माओवादीको दश लाख त कार्यकर्ता नै भै सके ।
भनेपछि नेपालमा सबैभन्दा ठूलो पार्टी काकाहर्को माओवादीकै भयो । हाम्रो कांग्रेस र एमालेको साडे आठ लाख तिमार्को त्यत्रोभाँडीम् । चुनापमा भोट त सोलोलो ल्याम्छौ होला । भनेपछि एमाले समाप्त हुने भयो । चुनापसम्ममा तिमार्को कार्यकर्ता ३० लाख जति पुग्छ होला है !
सजिलै पुग्छ । ३० लाख कार्यकर्ता र २० लाख जति हाम्रा शुभचिन्तक मतदाता जोड्दा ५० लाख भोट हामीलाई खस्छ ।
कस्लाई ५० लाख भोट खस्छ भनेको भिरघरे भतिज !
नमस्कार है काकी ! विध्वंसे काकाले आफ्नै पार्टीले त्यति भोट ल्याम्छ र सबैभन्दा ठूलो दल बनेर राज गर्छ भनेका हुन । भन्न त पाइन्छ नि काकी !
भन्न त पाइन्छ । तर मलाई भने तेरो काकालाई डिप्रेशनझले गाँजेछ भन्ने चिन्ताले सताउन थाल्यो । के बोलेको पनि थाहा छैन, कुनै विश्लेषण पनि छैन, अत्तो न पत्तोसँग बोल्न लाज लाग्नुपर्ने हो त्यो पनि छैन । एमालेको रिस गर्दा पनि ठिक गरे त हुने नि ! अर्काले सुन्दा पनि ‘लौ बौलाए छ’ भन्ने गरी के विरोध गर्नु ?
जान्ने न हुँ झुम्री ! तँ ओली भक्तले भनेको एउटा कुरो पनि पत्यउदिन । कहिले चितवनमा मानव सागर उर्लियो भनेकी छ, कहिले ओलीको भाषणको प्रशंसा गरेकी छ, कहिले व्यवस्थापनको तारिफ गरेकी छ । हामीले पनि माओवादी र कांग्रेसका अनलाइन, पत्रपत्रीका, रेडियो र टेलिभिजनहरू हेरेका छौं, पढेका छौं । ओलीलाई भरमार गाली गर्ने, उसले गरेका राम्रो कामको पनि नकारात्मक प्रचार गर्ने भनेर हाम्रा पत्रकार पनि ज्यान फोलेर खटेका थिए।
हुन त हो नि काका ! ओलीलाई गाली गर्न खटेकाहरू थाकेर लोत भए, ओली नथाकी अगाडि बढेको बढ्यै गरे । ओली चुचुरोमा पुगीसके तिम्रा–हाम्रा नेता र पत्रकार फेदीमा बसेर झोक्राउँदै छन्। बृद्ध–बद्धा, बयष्क, युवक–युवती ओलीको साथमा छन् भन्ने प्रमाण चितवन बन्न पुग्यो । हामी यता ओलीको रिसले आफ्नै छाती पिटेर बसेका छौं ।
तैंले पनि ओलीको प्रशस्ती गाउन थालिस् । तैंले हाम्रो र आफ्नो नेताको प्रशंसा गरेको सुहाउँछ, ओलीको प्रशंसा गरेको सुहाउँदैन । ओली जतिसुकै चुचुरोमा पुगे पनि हाम्रो काम्रेडले फेद ढाल्न जानेको छ । कि कसो झुम्री !
नप्पियो ! ‘आफू छ छारामा, खुट्टा टेक्छ भारमा’ भनेको यही हो । कहाँको राजा राम, कहाँको गने केजाति’ ओलीसँग तुलना गर्दा आफ्नै अनुहार लोपर्दै छौ । मैले बुझेको यही हो ।
ठिक भनिन् काकीले । लौ काका–काकी म अब लागें रुवाबासी डाडातिर ।
जै नेपाल ।