राजनीतिक पार्टीहरूको ठूलै कुम्भमेला चल्दैछ चितवनमा

हालसालै टुक्रिएका कम्युनिष्ट पार्टीहरू; समाजवादी, माओवादी लगायत अन्य सरकारमा रहेका पार्टीहरू न्वारान देखिको बल लगाएर के पी ओली बिरुद्द शंखध्वनि जोडतोडका साथ फुक्दै छन् भने अर्को तर्फ नेपाली कांग्रेस पार्टी महाअधिवेशन सफल पारेर आधिकारिकता खोज्न तल्लीन छ। यस मध्ये सबैको आशा र भरोसाको केन्द्र एमाले पार्टी आफ्नो दसौं महाअधिवेशनको तयारी भव्य र सभ्य रुपमा तीव्र रुपमा अगाडि बढाउँदै छ। यही मङ्सिर १० गते नारायणी नदीको किनार, नारायणगढमा पाँच लाख आम मानिसको उपस्थितिमा उद्घाटन गराउनेछौं भन्ने उद्घोषका साथ द्रुत गतिमा तयारी गर्दैछ।

नर्सले आफ्नो कार्य क्षेत्रमा समूह निर्माण गरी व्यक्तिलाई पूणर्ताको आधारमा (holistic approach) सेवा प्रदान गर्ने काम गर्दछ र स्वास्थ्य क्षेत्र भनेको एक असल समूह निर्माण गरेर बहुआयामिक संस्कृति जस्तो भाषा आदि क्षेत्रलाई सम्बोधन हुने गरी सेवा प्रवाह गर्ने उच्च वैज्ञानिक सेवा क्षेत्र हो। यहाँ पारामेडिक, जनस्वास्थ्य, प्रयोगशाला विज्ञ, नर्सिङ, चिकित्सक साथै उपभोक्ता आदि बीच अति घनिष्ठ र समन्वयकारी भूमिका हुनु पर्दछ। यसका लागि राज्यले आवश्यक पहल गर्नु अति जरुरी छ। राजनीतिक रुपले विचार निर्माण गर्ने महाधिवेशन जस्ता अनुष्ठानहरु जारी रहेका मौकामा यसलाई अति गहन बहसको विषय बनाइनु पर्दछ।

समाज चलायमान यसकारण चाहिन्छ ताकि त्यहाँका जनमानसलाई आफ्नो अस्तित्व बोध गर्न र गराउन सकून्। त्यस्तै सङ्घ, संगठनमा यसकारण आबद्ध हुनु पर्दछ ताकि सामूहिक निणर्य गर्न र गराउन सकून्, सङ्गठन निर्माण गर्न र त्यसमा आफ्नो सक्रिय भूमिका स्थापित गर्दै सङ्गठनलाई जीवित र चलायमान बनाउन सकून्।

नर्सिङ पेशाकर्मीको हैसियतले यसमा के भूमिका निभाउन सकिन्छ? नर्सिङ पेशाकर्मी भएर राजनीतिक पाटोमा कलम चलाउन मिल्छ र? अझ एक प्राज्ञिक व्यक्ति भएर यस राजनीति पाटोमा आबद्ध हुन मिल्छ र? भन्ने कुरा आम नर्सिङ पेशाकर्मी र प्राज्ञिक जगतमा उब्जिएकै होला!
अझ स्पष्ट भाषामा भन्नुपर्दा कसैलाई मैले यो विषयमा नलेखी दिएको भए राम्रो हुन्थ्यो भन्ने लाग्दछ होला । मेरा हितैषी सहकर्मीले पार्टीको कुरो नगरिदिनुहोला, सबैले मन पराउँदैनन् भन्ने पनि सल्लाह दिएका छन्।

खासमा यो कुरा समय सान्दर्भिक यस अर्थमा लागेको छ कि एमाले पार्टीले चितवनमा महाअधिवेशन गरेर हामी सम्पूणर् स्वास्थ्यकर्मीलाई सङ्गठन, राजनीति चेतनाको ऊर्जा थप्ने काम गरेको छ।

नर्सिङमा अस्पताल प्रशासन तथा व्यवस्थापन विषय प्रवीणता पत्र तहदेखि स्नाकोत्तर तहसम्म पढाई हुने गर्दछ। नर्सलाई अस्पतालको पिता पनि भन्दछन्। त्यसैले नर्सिङ पेशाकर्मी लगायत स्वास्थ्यकर्मीहरु सबैले अस्पताल वा स्वास्थ्य ब्यवस्थापन र राजनीति बीच के सम्बन्ध छ, पदीय दायित्व र अधिकार प्रयोजन बीच कति घनिष्टता छ आदि जस्ता विषयमा यही मौकामा बहस गरिनु राम्रो हुन्छ।

खासमा यो लेख लेख्न किन पनि अति आवश्यक भयो भने यो महाअधिवेशन आम मानिसहरूको लागि अति ठूलो र अन्तरराष्ट्रिय चासोको विषय बनेको छ। यस पाटोमा नर्सिङ पेशाकर्मीहरुको सक्रिय उपस्थिति कतिको छ, साथै नेकपा (एमाले) पार्टी आफैंले नर्सिङ पेशाकर्मीहरुलाई प्रजातान्त्रिक अभ्यास गराउँदै कति समेटेको छ भनेर दोहोरो रुपमा हेर्न पनि अति आवश्यक छ।

किनकि स्वास्थ्य र शिक्षा कुनै पनि राज्यका लागि अति महत्वपूणर् अङ्ग हो, साथै नर्सिङ पेशा यो दुबैलाई एकसाथ लिएर हिड्ने पेशा हो। एक नर्स हुनका लागि स्वास्थ्य सम्बन्धी पूणर् ज्ञान हुनु पर्दछ साथै यस बारे पूणर् चासो राख्ने गर्नु पर्दछ, आम मानिसहरुको स्वास्थ्यको सवालमा स्तरीय, सुरक्षित सेवाको सत प्रतिशत सुरक्षाको कवचको रुपमा काम गर्न सक्षम हुनु पर्दछ। अनि त्यस दौरानमा नर्स एक असल शिक्षकको भूमिकामा पनि उत्तीणर् हुनु पर्दछ।

हाम्रा अग्रज राजनीतिक नेतृत्व वर्गमा स्वास्थ्य क्षेत्र भन्नाले मात्र एक पेशाकर्मी अझ स्पष्ट भाषामा भन्ने हो भने चिकित्सकहरुको एकल नेतृत्व हावी हुने क्षेत्र भन्ने आलोकाँचो बुझाई छ। यसैले स्वास्थ्य क्षेत्र माथिको लगानी फलीभूत बनाउन सकिएको छैन। यसलाई यही समयमा चिर्नु आवश्यक छ।

नर्सले आफ्नो कार्य क्षेत्रमा समूह निर्माण गरी व्यक्तिलाई पूणर्ताको आधारमा (holistic approach) सेवा प्रदान गर्ने काम गर्दछ र स्वास्थ्य क्षेत्र भनेको एक असल समूह निर्माण गरेर बहुआयामिक संस्कृति जस्तो भाषा आदि क्षेत्रलाई सम्बोधन हुने गरी सेवा प्रवाह गर्ने उच्च वैज्ञानिक सेवा क्षेत्र हो। यहाँ पारामेडिक, जनस्वास्थ्य, प्रयोगशाला विज्ञ, नर्सिङ, चिकित्सक साथै उपभोक्ता आदि बीच अति घनिष्ठ र समन्वयकारी भूमिका हुनु पर्दछ। यसका लागि राज्यले आवश्यक पहल गर्नु अति जरुरी छ। राजनीतिक रुपले विचार निर्माण गर्ने महाधिवेशन जस्ता अनुष्ठानहरु जारी रहेका मौकामा यसलाई अति गहन बहसको विषय बनाइनु पर्दछ।

हो, यो कुरा यस महाधिवेशनमा नर्सिङ पेशाकर्मी लगायत अन्य स्वास्थ्यकर्मीहरुले पनि राजनीतिक व्यक्तिहरुलाई विशेष अनुभूति गराउने समय हो। किनकि कोरोना महामारीले उदाङ्गो पारिदियो हाम्रो स्वास्थ्य सेवाको स्वरूप कस्तो छ भनेर। त्यसैले यो ठूलो कुम्भमेलामा स्वास्थ्य सेवाबारेमा पनि छलफल गर्ने अवसरका रुपमा लिनु पर्दछ। यसमा नेतृत्व चयन हुन्छ, यसमा राजनितिक व्यक्तिहरूको बीचमा विचारको गहन परीक्षण हुने गर्दछ। यस्तो अवसरमा नर्सिङ पेशाकर्मीहरुको पनि समानुपातिक हिसाबले नेतृत्व तहमा सहभागिता आवश्यक छ। साथै नर्सिङ पेशाकर्मीहरु आफैं पनि सचेत भै आफ्नो उपस्थिति कायम गर्न अग्रसर हुनु पर्दछ।

हाम्रो सोचले नै व्यवहार निर्धारण गर्ने गर्दछ, व्यवहार पटकपटक दोहोरियो भने आदत बन्ने गर्दछ।आज नर्सिङ पेशाकर्मीहरु माझ प्रथमतः राजनीतिप्रति नै सही सोच विकास हुन् सकिएको छैन। व्यवहार र आदत त धेरै परको कुरा भयो। त्यसैले निणर्य गर्ने क्षेत्रमा नर्सिङ पेशाकर्मीहरु हाम्रो राज्यमा पुग्न सकेका छैनन्। कारण प्राज्ञिक वर्गमा नै राजनीतिप्रति सही सोच विकास हुन सकेको छैन। पार्टीको कुरा, राजनीतिको कुरा आदि बारे नकारात्मक सोच छ, काम इमान्दारीपूर्वक पूरा मिहेनतको साथ गर्दछन् तर पारिश्रमिक, इज्जत सम्मान शून्यप्रायः छ राज्य स्तरबाट नै! कति खेदजनक विषय छ।

भरतपुर महानगरपालिका राज्यको एक मात्र अत्याधुनिक स्तरीय मेडिकल सिटी हो भन्दा अतिसयोक्ति नहोला किनकि यहाँ जति स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी छन् र जति हावापानी स्वास्थ्य सेवाका लागि उपयुक्त छ त्यो अन्य धेरै ठाउँमा पाइदैन। भरतपुर महानगरपालिका अस्पतालहरुको बाहुल्य भएको, स्वच्छ, सुन्दर, हराभरा, शान्त, प्रदूषणरहित, पूर्व मेची र पश्चिम महाकालीको लगभग मध्य भागमा अवस्थित शहर हो भन्ने मान्यता स्थापित भैसक्यो। घरै पिच्छे अस्पतालहरू छन, चार किलोमीटर वरिपरि सरकारी र निजी गरेर सरकारी, निजी र मेडिकल कलेजका अस्पतालहरूले स्तरीय विशेष सेवा प्रदान गर्दै आइरहेका छन्। तर जुन स्तरमा नर्सिङ पेशाकर्मीको स्थान हुनुपर्ने हो त्यो बिलकुलै छैन।

त्यसैले नर्सिङ, प्राज्ञिक लगायत नर्सिङ सङ्घको प्रतिनिधि भएको नाताले नर्सिङ पेशाकर्मीहरुमा पनि राजनीति चेतना हुन जरुरी छ भन्ने ठान्दछु। पार्टीको कुरा निकाल्दा हिचकिचाउनु पर्ने अवस्था आउनु हुन्न भन्ने लाग्दछ।

वर्तमान परिवेशमा हाम्रो देश राजनीति हिसाबले अन्तर्राष्ट्रिय क्रिडास्थल बन्न पुगेको छ। जसको असर सम्पूणर् राजनीति पार्टी र देश विकासमा पर्न गएको छ। हामीहरूले आ-आफ्नो सोच र व्यवहारको स्तर फराकिलो बनाउन सक्नु पर्दछ। आज त्यसैको कमी हाम्रा नेताहरुमा देखा परेको छ, जसको फलस्वरूप राजनीतिक दलहरु सिद्धान्त र विचारविहिनताको लड़ाई लडिरहे छन्। फुटले कसलाई सघाउँदै छ? हामीले ढिलो नगरी सोच्नु जरुरी छ।

आफू ठूलो पद ओगट्न, आफ्ना गुटलाई चलायमान बनाउन आफैं सधैं नेतृत्वमा रहनु पर्ने, नेतृत्व हस्तान्तरण गर्न नसक्ने जस्ता दीर्घ रोगले ग्रसित हुन पुगेका छन् नेपालका शीर्ष राजनीतिक व्यक्तिहरू। जसको असर सम्पूणर् क्षेत्रमा देखा परेको छ। न्यायालय, शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ, साथसाथै वैदेशिक नीति, वैदेशिक कारोबार सबै क्षेत्र भताभुङ्ग बन्दैछन्।

हो, नेकपा (एमाले) को यो महाधिवेशनले ती कुराहरू चिर्न कत्तिको प्रयास गर्दछ, कस्ता कस्ता विचार र नीतिका कुराहरूमा बहस हुन्छन्, कस्तो नेतृत्व आउँछ यसले समग्र मुलुकलाई प्रत्यक्ष प्रभाव पार्दछ। त्यसैले नर्सिङ पेशाकर्मीहरुको पनि पार्टी नेतृत्वमा उपस्थिति बढाउन आवश्यक छ।

निजी संस्थाहरुले स्वास्थ्यमा पुर्‍याएको योगदानलाई कसरी वैज्ञानिक तवरले सम्बोधन गर्न सकिन्छ यो कुरा हेर्न आवश्यक छ। कसरी शिक्षा सेवामुखी र सुपथ बनाउनु पर्छ, विशेषतः स्वास्थ्य सेवालाई यो पनि बहसको महत्वपूणर् विषय हो। यसलाई राजनीतिक दलहरुले कसरी सम्बोधन गर्छन् यो नै पहिलो र प्रमुख कडी हो। अर्को वैदेशिक नीति, सार्वभौमिकता सम्बन्धी प्रश्न, चुच्चे नक्शा, सीमा अतिक्रमण लगायत वर्तमान परमादेश सरकारका बारेमा पनि स्पष्ट धारणा आउनु जरुरी छ ।

के नर्स भएर यस बारे चासो राख्नु गलत कुरा हो र? के नर्सलाई बहुसंख्याको प्रतिनिधि पात्रको रुपमा अधिवेशन प्रतिनिधि बनाउनु गलत कुरा हो र?मेरो विचारमा स्वास्थ्यकर्मी र नर्सिङ पेशाकर्मी आदिले यो बदलिँदो परिवेशमा आफ्नो स्पष्ट पहिचान बनाउनु अत्यावश्यक छ।

Facebook Comments
Ramesh
Comments (0)
Add Comment