आमा,
तीन दिनदेखि परेकाे पानीले
ठाडाे खाेलाकाे बाटाे वगाएकाे छ ।
बुवाकाे खुट्टा लगलग काँपेकाे देखेकाे थिएँ,
लाैराे पनि राम्ररी टेक्न सकिरहेका थिएनन ।
तिमीलाई समातेर पछि लाउनु
सक्छन कि क्या हाे ?
मलाई त भर छैन ।
भुटेका मकै र भट्ट हाल्न नविर्सनु,
तिर्खा लागे बाटाेमा
जति नि,
मुहान छँदैछ ।
काँईला त विहानै,
आफ्नाे फाेर व्हिलमा बुढी र केटाकेटी वाेकेर लागि सकाे,
दिउँसाे मिटिङ पाे भ्याउनु छ रे ।
केटाकेटीलाई स्कुल लान तैयारी पार्नुपर्ने रे
बुहारीकाे,
चाउचाउ, चिप्स सबैकाे व्यवस्था गर्नुपर्ने रे ।
तपाईलाई थाहै छ,
मलाई गाडीमा,
त्यसमा पनि पहाडकाे बाटाे,
कम्ता डर लाग्दैन ।
मेराे हवाई जहाजकाे टिकट छ,
भात खान घर पुग्छु ।
तपाईहरु चैँ,
हाेशियार भएर, समय गाँस र वाँसकाे
ख्याल राख्नु हाेला ।
तीन दिनकाे दिन त भेट भैहाल्छ नि ।
अनि, कुमारी (भान्छे) ले पकाएकाे मिठाे खाउँला,
बाउ, छाेरा, आमा सँगै बसेर मिठाे खानुपर्छ है,
बुहारीलाई चैँ विर्सनु हुन्न,
फेरि रिसाउँछिन ।
दुई छाक त हाे,
फेरि फर्काइहाल्नु पर्छ,
उहाँहरूलाई शहर मिठाे लाग्दैन,
भन्दैथिन् ।
ओह, मेराे जहाज आउने बेला भइसकेछ,
नआत्ति, सुस्तरै र बिस्तारै आउनु हाेला ।
नमरी वाँचे, कालले साँचे
अवश्य भेट भैहाल्छ नि ।
शुभ यात्रा,
आमा
बुवा ।